आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थानको पहिलो जित, बैंग्लोर लगातार पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थानको पहिलो जित, बैंग्लोर लगातार पराजित

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २० । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो । जयपुरमा बैंगलोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । उसको जितमा जोस बट्लरले ५९ रनको योगदान दिए । यसैगरी स्टिभ स्मिथले ३८ रन जोड्दा राहुल त्रिपाठी ३४ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । बैंग्लोरका लागि पार्थिब पटेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य ब्याट्सम्यानहरुले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । गएरातीको जितसंगै राजस्थानले ४ खेलपछि पहिलो अंक जोडेको छ । छैटौं स्थानको राजस्थानको २ अंक छ । बैंग्लोरको भने यो लगातार चौंथो हार ...
माथिल्लो त्रिशूली–१ : हेजिङको रकम तिरेर सरकारले बिजुली लिने

माथिल्लो त्रिशूली–१ : हेजिङको रकम तिरेर सरकारले बिजुली लिने

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १९ । माथिल्लो त्रिशूली–१ आयोजनाबाट सरकारले १७ प्रतिशत विद्युत् लिने भएको छ । हेजिङ फन्डमा २१६ मेगावाटको यो आयोजनाले तिर्नुपर्ने बापतको रकम सरकारले व्यहोरेदिने र त्यसको सट्टा करिब ३७ मेगावाट विद्युत् सरकारलाई उपलब्ध गराउन कम्पनी राजी भएको हो । नेपाली मुद्रासँग डलरको भाउ घटबढ हुँदा हुने जोखिम कम गर्ने उद्देश्यसहित हेजिङ फन्ड स्थापनाको प्रावधान राखिएको हो । यो प्रस्ताव नेपाल विद्युत्प्राधिकरणको बोर्ड बैठकबाट पारित भई मन्त्रिपरिषद्ले यसै साता स्वीकृत गरिसकेको छ । ऊर्जा मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले यसै साता मन्त्रिपरिषद्ले आयोजनालाई हेजिङ सुविधा दिएर विद्युत् लिने प्रस्ताव पारित गरेको जानकारी दिए । आयोजनासँग प्राधिकरणले गरेको विद्युत् खरिद सम्झौता (पीपीए) मा हेजिङ फन्डका लागि तोकिएको रकममध्ये एकतिहाइ आयोजनाले तिर्ने र बाँकी प्राधिकरण तथा सरकारले तिर्ने प्रा...
नेता, उच्चपदस्थ कर्मचारीदेखि पहुँचवाला सबैको सम्पत्ति छानबिन हुँदैछ : प्रमुख आयुक्त घिमिरे

नेता, उच्चपदस्थ कर्मचारीदेखि पहुँचवाला सबैको सम्पत्ति छानबिन हुँदैछ : प्रमुख आयुक्त घिमिरे

समाचार, समाज
काठमाडौँ — चैत्र १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएर राज्यको ढुकुटी मास्ने ठूला र पहुँचवालाहरुमाथि छानबिन गरिरहेको छ । यस्ता १०० जनामाथि निरन्तर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको हो । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले छानबिनमा पर्नेमा राजनीतिक नेतादेखि उच्चपदस्थ कर्मचारी र पूर्वपदाधिकारीसमेत रहेको बताएका हुन् । सामान्य घुसका पछि लागेको भन्दै अख्तियार नेतृत्वको आलोचना भइरहेका बेला अकूत सम्पत्ति आर्जन गर्ने पहुँचवालाहरुमाथि पनि छानबिन थालिएको घिमिरेले ‘मिनि संसद’ अर्थात् समितिमा जानकारी दिएका हुन् । अख्तियार नेतृत्वमाथि कसैको दबाब नरहेको दाबी गर्दै घिमिरेले दोषी कसैलाई पनि नछाडिनेसमेत बताए । अख्तियार चुप लागेर नबसेको भन्दै अकूत सम्पत्तिका विषयमा प्रारम्भिक छानबिन भइरह...
हावाहुरी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड दिने

हावाहुरी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड दिने

राजनीति, समाचार
काठमाडौँ — चैत्र १९ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नम्बर–२ का हावाहुरीबाट प्रभावितहरुको सहयोगका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले बारा, पर्सामा हावाहुरीबाट घाइते भएका तथा विस्थापित भएकाहरुको सहयोगका लागि एक करोड सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । घोषणा गरिएको सो धनराशी प्रदेश नम्बर–२ को राहत कोषमा जम्मा गरिने जनाइएको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको बैठकले हावाहुरीका कारण प्रदेश–२ मा भएको क्षतिप्रति दुःखसमेत व्यक्त गरेको छ । (ईमेज खबर)...
जापानमा ‘रेइवा’ युग, मे महिनादेखि युग परिवर्तन

जापानमा ‘रेइवा’ युग, मे महिनादेखि युग परिवर्तन

अन्तराष्ट्रिय, समाचार
टोकियो — चैत्र १९ । जापानमा आगामी मे १ देखि सुरु हुने नयाँ शाही युगको नाम ‘रेइवा’ राखिएको छ । जापानमा सम्राट् परिवर्तन भएसँगै युगको नाम पनि नयाँ राख्ने गरिन्छ । युगका नाम चिनियाँ परम्परागत अक्षरबाट राखिने चलन भए पनि यस पटक जापानी कविता मन्योसुबाट लिइएको छ । जापानमा नयाँ युगको नाम घोषणा गरिएसँगै प्रकाशित अखबारको अतिरिक्त संस्करण लिन जम्मा भएका सर्वसाधारण । वर्तमान सम्राट् अकिहितोले यही महिनाको अन्त्यमा राजगद्दी त्याग्ने भएपछि हाल चलिरहेको ‘हेइसेई’ युग अन्त्य हुनेछ । सामान्यतः जापानका सम्राटकाे निधन भएर अर्कोले गद्दी सम्हालेपछि नयाँ युगको घोषणासँगै नाम सार्वजनिक गरिन्छ । तर वर्तमान सम्राट् अकिहितोले आफ्ना युवराज नारुहितोका लागि राजगद्दी त्याग्ने भएकाले हालको अवस्था भने फरक छ । नागरुहितोले मे १ बाट राजगद्दी सम्हाल्नेछन् । मन्त्रिपरिषद् प्रमुख सचिव योसहिहिडे सुगाले यसअघि अनुमान ...
जानी राखौ यौन सन्तुष्टिकाबारे अनुसन्धानले बताएका कुरा

जानी राखौ यौन सन्तुष्टिकाबारे अनुसन्धानले बताएका कुरा

शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौँ — चैत्र १९ । यौन सम्पर्क कुन समयमा गर्दा उपयुक्त हुन्छ ? यो सामान्य प्रश्न हो । यसको उत्तर पनि मानिसहरुले अति सरल रुपमा दिन्छन । जब चाहाना हुन्छ तब दुबैजनाको सहमतिमा सम्बन्ध राख्नुपर्दछ । यो कुरा पनि ठिक छ तर बिहान यौन सम्बन्ध राख्नाले स्वास्थमा निकै नै फाइदा पुग्ने तथ्य सार्वजनिक भएको छ । हेल्थ एन्ड फिटनेस कम्पनी फोर्जा सप्लीमेन्टको अध्ययनले विहानको समयमा यौन सम्बन्ध राख्नाले तनाव कम हुने र दिनको सुरुवात पनि राम्रो हुने देखाएको छ । बिशेषगरी बिहान साढे सात बजेको समय यौनको लागि बेष्ट हुँने अध्ययनले देखाएको छ । अध्ययनमा सहभागि मानिसहरुले बिहानको समय यौन सम्बन्ध राख्नाले पुरै दिन मुड फ्रेश रहने बताए । यसको एक लोजिकल कारण भनेको बिहानको समयमा पुरुषको टेस्टोस्टेरोन लेभेल निकै उच्च रहन्छ । जसले गर्दा उक्त समय यौन सम्बन्ध राख्दा निकै जोशिलो र धेरै समय टिक्ने हुन्छ । अध्ययनकर्त...
सर्वोच्च अदालतमा न्याय परिषदद्वारा पाँच जना न्यायाधीशको नाम सिफारिस

सर्वोच्च अदालतमा न्याय परिषदद्वारा पाँच जना न्यायाधीशको नाम सिफारिस

राजनीति, समाचार
काठमाडौँ — चैत्र १९ । न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा पाँच जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा आज बसेको परिषद् बैठकले सर्वोच्चको स्थायी न्यायाधीशका लागि प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको हो । परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशबाट ढुंगाना र माथेमा, कानुन व्यवसायीबाट हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको हो । न्याय परिषदको वैठकले प्रकाश कुमार ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोज कुमार शर्मालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकामध्ये ढुङ्गाना उच्च अदालत पाटन र माथेमा उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश हुन् । सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायीको तर्फबाट सिफारि...
नेकपाका सांसदले एक दिनको पारिश्रमिक दिँदा सांसद त्रिपाठीले दिए दुई महिनाको पारिश्रमिक

नेकपाका सांसदले एक दिनको पारिश्रमिक दिँदा सांसद त्रिपाठीले दिए दुई महिनाको पारिश्रमिक

राजनीति, समाचार
काठमाडौँ — चैत्र १९ । नेपाली समाजमा एउटा उक्ति छ– सहयोग गर्न धन होइन, मन चाहिन्छ । बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीले सयौं घर ध्वस्त भएको छ । २७ जनाको मृत्यु र चार सयजना भन्दा बढी घाइते हुनेगरी आएको हावाहुरीले कयौंलाई घरबारविहीन बनाएको छ । पीडित परिवारका लागि राहत तथा सहयोग जुटाउने काम भइरहेको छ । कयौंले स्वेच्छिक सहयोगको घोषणा गरिरहेका छन् । राजनीतिक दलहरु, व्यवसायी, पेशाकर्मी, नेता तथा सांसदहरुले समेत सहयोगको घोषणा गरेका छन् । सहयोग घोषणाका क्रममा पनि केहीको मन निकै कसिलो र केहीको निकै उदार देखिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले एक दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् । संसदमा झण्डै दुई तिहाई हिस्सा ओगटेका सत्तारुढ दलका सांसदले एक दिनको पारिश्रमिक सहयोग गर्ने घोषणा गर्दा तत्कालिन नेकपा एमालेको चुनाव चिह्न ‘सुर्य’बाटै निर्वाचित भएका सांसद...
सुन्दरता विभिन्न आकार–प्रकारमा आउँछ—  प्लस साईज मोडल केसी

सुन्दरता विभिन्न आकार–प्रकारमा आउँछ— प्लस साईज मोडल केसी

शिक्षा
काठमाडौँ — चैत्र १९ । पछिल्लो समय सौन्दर्य प्रतियोगितामार्फत नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गर्ने युवा/ युवतीहहरुको मोह बढेको छ । रंगीन पर्दा भित्र आफुलाई परिचित गराउने सुन्दर सपना बुनेर यो क्षेत्रमा आउने कतिको सपना पुरा हुन्छन् त कतिको अधुरा । त्यसै परिप्रेक्ष्यमा बिल्कुलै फरक किसिमको सौन्दर्य प्रतियोगिता "सुपर प्लस साईज मोडल नेपाल, २०१९" मार्फत नेपाली रंगमन्चमा पाईला चाल्दै छिन प्लस साईज सुन्दरी सन्ध्या केसी । राजधानीको बालकोटस्थित सिरुटारकी स्थानियवासी सन्ध्या केसी मोडल सङ्ग्स नेपालको आयोजनामा काठमाडौंमा भर्खरै सम्पन्न "सुपर प्लस साईज मोडल नेपाल, २०१९ को ताज पहिरिन सफल भएकी छिन । भविष्यमा एक कुशल नर्स बन्ने लक्ष्य लिएर नर्सिङतर्फ स्नातक तहमा अध्ययनरत सन्ध्याले सैनिक आवाशिय महाबिध्यालयबाट बिध्यालय तहको शिक्षा पुरा गरेकी थिईन । स्नातक तहमा अध्ययनरहत रहदा प्लस साईज भ...
कर्मचारीलाई कमिशन देखि बिज्ञापन लुकाएर निकाल्ने धन्दा बढ्दै

कर्मचारीलाई कमिशन देखि बिज्ञापन लुकाएर निकाल्ने धन्दा बढ्दै

आर्थिक, समाचार
पर्सा— चैत्र १९ । स्थानीय सत्ता सञ्चालनको अधिकार पाएसँगै नगर तथा गाउँपालिकाहरुले अधिकारको दुरुपयोग गर्न थालेका छन् । सिंहदरबारको अधिकार गाउँमा स्थापित गरिएको भन्दै नेताहरुले भन्दै गर्दा सिंहदरबारको भ्रष्टाचारी संयन्त्र गाउँ–गाउँ पुगेको अनुभूति हुन थालेको छ । एकातिर प्राकृतिक स्रोतको दोहन झनै बढ्दै गएको छ भने प्राकृतिक स्रोतहरुमा स्थानीय सरकारका जनप्रतिनिधिदेखि कर्मचारीहरुको कमाउने ठाउँ बनेको छ । उनीहरुले विज्ञापन प्रकाशित गर्नेदेखि विभिन्न बाहनामा कमिशन खाने गरेको गुनासो बढ्दै गइरहेको छ । विज्ञापनमा ‘कमिशन’ प्रदेश नम्बर २ को जगन्नाथपुर गाउँपालिकाले केही समयअघि सडक निर्माणको ठेक्का दिनका लागि केही पत्रिकाहरुमा बोलपत्र प्रकाशित गरेको थियो । लाखौं रुपैयाँ खर्चिएर गाउँपालिकाले माघ ८ गते प्रकाशित गरेको सूचना पुनः फागुन १६ गतेको गाउँपालिका बैठकले रद्द गरिदियो । जगन्नाथपुर गाउँपालिकाले...