आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
विप्लव समूह निकट अखिल (क्रान्तिकारी)की विद्यार्थी नेतृ पक्राउ

विप्लव समूह निकट अखिल (क्रान्तिकारी)की विद्यार्थी नेतृ पक्राउ

अपराध, समाचार, समाज
कास्की— चैत्र २६ नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको समूह निकट अखिल (क्रान्तिकारी) कास्कीका एक नेतृलाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई आज बिहान प्रहरीले पोखरा–११ फूलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । स्याङ्जा स्थायी ठेगाना भएकी विद्यार्थी नेतृ नेपाली हाल फूलबारीमा बस्दै आएकी थिइन् । प्रहरीले गत हप्ता सोही विद्यार्थी संगठनका पृथ्वीनारायण क्याम्पस एकाइका अध्यक्ष प्रकाश बाँस्तोला र जिल्ला सदस्य उज्जवल पुनलाई पक्राउ गरेको थियो । यसअघि उक्त समूहका प्रदेश संयोजक किसानसिंह गुरुङ र कास्की प्रमुख रामकाजी गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको थियो । (रासस)...
यशराज ब्यानरको फिल्ममा अभिनेता रणवीर सिंह र पूर्व मिस वर्ल्ड मानुषी छिल्लर

यशराज ब्यानरको फिल्ममा अभिनेता रणवीर सिंह र पूर्व मिस वर्ल्ड मानुषी छिल्लर

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २६ । फिल्म ‘पद्मावत’, ‘शिम्बा’ र ‘गली ब्वाय’ जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका अभिनेता रणवीर सिंह यति बेला बलिउडकै व्यस्त नायकमा पर्छन् । साथै उनले वर्ष २०१८ मा सर्वाधिक कमाइ गर्ने फिल्मका अभिनेताको रुपमा पनि आफ्नो पहिचान बनाइसकेका छन् । रणवीर सिंहलाई निरन्तर मिलिरहेको सफलताका कारण बलिउडका ठूला प्रोडक्शन कम्पनीले यतिबेला उनका साथ काम गर्न खोजिरहेका छन् । यसैबीच रणवीर सिंहले यसराज ब्यानरको नयाँं फिल्म साइन गरेको खबर सार्वजनिक भएको छ । उक्त फिल्म निकै नै ठूलो लगानीमा निर्माण हुने चर्चा पनि यतिबेला भइरहेको छ । यसका साथै यस फिल्ममा रणवीर सिंहको जोडीको रुपमा अनुबन्धित हुने अभिनेत्रीको पनि चर्चा भइरहेको छ । यशराजको आगामी फिल्ममा पूर्व मिस वर्ल्ड मानुषी छिल्लरको अभिनय रहेको बताइएको छ । खबरहरुका अनुसार रणवीर सिंह र मानुषी छिल्लरको नाम यशराजको अब बन्ने फिल्मका लागि...
आज बिहान सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

आज बिहान सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

समाचार, समाज
बैतडी— चैत्र २६ । सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो । यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ । (रासस)...
इङ्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लियो, वेष्टह्याम युनाईटेड २–० ले पराजित

इङ्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लियो, वेष्टह्याम युनाईटेड २–० ले पराजित

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २६ । वेष्टह्याम युनाईटेडलाई हराउँदै चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा चेल्सीले वेस्टह्याम माथि २–० को जित निकाल्यो । चेल्सीका लागि दुबै गोल बेल्जियन खेलाडी एडिन हाजार्डले गरे । जितसँगै चेल्सीले ३३ खेलबाट ६६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ८२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ८० अंकसहित दोस्रो स्थानमा छ । चौथो स्थानको टोटनह्याम हट्सपरको ६४ अंक छ भने ६३ अंकका साथ आर्सनल पाँचौ स्थानमा छ । (ईमेज खबर)...
आईपीएल क्रिकेटमा हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबको चौथो जित

आईपीएल क्रिकेटमा हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबको चौथो जित

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २६ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंङ्स इलाभेन पन्जाबले चौथो जित निकालेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबले चौथो जित निकालेको हो । चन्डीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको १ सय ५१ रनको लक्ष्य पन्जाबले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । पन्जाबका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले । राहुलले अविजित ७१ रनको योगदान दिँदा अग्रवालले ५५ रन जोडे । हैदरावादका सन्दीप शर्माले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रन जोड्दा विजय शंकरले २६ रन जोडे । जितसँगै ६ खेलबाट ८ अंक जोडेको पन्जाब लिगको तेस्रो स्थानमा उक्लिएको छ । ६ अंक जोडेको हैद...
राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

राप्रपाको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

राजनीति, समाचार
काठमाडौँ — चैत्र २५ । हिन्दू राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनबाट अध्यक्ष कमल थापासहितका नेता गिरफ्तारीमा परेका छन् । प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई गिरफ्तार गरेको थियो । तर कार्यकर्ताहरुले प्रहरी नियन्त्रण परिसकेका थापासहितका नेतालाई खोसेर आफैसँग फिर्ता ल्याएका छन् । काठमाडौंको भृकुटीमण्डपबाट शुरु भएको प्रदर्शन पद्मोदय मोडमा पुग्दा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडपको अवस्था आएको थियो । प्रहरीले अध्यक्ष थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्रे पनि कार्यकर्ताले फेरि फिर्ता ल्याएको नेता मोहन श्रेष्ठले जानकारी दिए । हिन्दू राष्ट्र पुर्नस्थापनाको माग गर्दै राप्रपाले सोमबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा विरोध सभाको आयोजना गरेको थियो । (ईमेज खबर)...
देशैभरि एसईई सुन्दर सुन्दरी छान्ने लहर, राजधानीमा मात्रै ४० भन्दा बढी प्रतियोगिताको घोषणा

देशैभरि एसईई सुन्दर सुन्दरी छान्ने लहर, राजधानीमा मात्रै ४० भन्दा बढी प्रतियोगिताको घोषणा

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र २५ । वर्ष २०७५ को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १० गते प्रारम्भ भएर चैत २१ गतेसम्पन्न भएको छ भने एसईई परीक्षा सकिँदा–नसकिँदै एसईई सौन्दर्य प्रतियोगिताको चहल–पहल प्रारम्भ भएको छ । एसईई सम्बन्धित प्रतियोगिताहरूले आ–आफ्नो फेसबुक पेजको भित्तामा प्रतियोगितासम्बन्धी प्रचारप्रसार गरेको पाइन्छ जसमा प्रायः सबैले फेसबुक स्पोन्सर्ड विज्ञापन सुविधा प्रयोग गरेका छन् । केहीले भने त्यससँगै पोस्टर, पम्प्लेट र लिफ्लेट समेत प्रयोग गरेका छन् । काठमाडौं केन्द्रित अधिकांश एसईई प्रतियोगिताले आफ्नो अडिसन चैत २३ र ३० गते शनिबारलाई तय गरेका छन् । यस अर्थमा एसईई प्रतियोगिताहरूबीच आफैंमा रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । एएनपी मिडिया हाउसको ब्यानरमा घोषणा भएको मिस्टर एन्ड मिस एसईई आइकन, नयाँ बानेश्वरस्थित रोयल एलिनाज् बेकरी क्याफेमा, रिबन इन्टरटेनमेन्टको ब्यानरमा सञ्चालन ...
नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गीहरुलाई व्यावसायिक सिप विकास तालिम प्रदान

नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गीहरुलाई व्यावसायिक सिप विकास तालिम प्रदान

समाचार, समाज
काठमाडौँ — चैत्र २५ । जेसीआई काठमाडौं लेडी नेपालको आयोजनामा गत चैत्र २४ गत्ते सानेपास्थित साथी श्रम प्रशिक्षण केन्द्रमा नीलहीरा सामुदायिक समाजका तेश्रोलिङ्गी सदस्यहरुलाई व्यापारिक सिप विकास तालिम (वेकरी) शुभारम्भ गरिएको छ । यस संस्थाको उद्देश्य संविधानले मान्यता दिएतापनि समाजले नगरेको र बाध्यताले गर्नुपर्ने कामलाई विस्थापन गराउने तथा दिगो विकास अन्तर्गत आर्थिक वृद्दि तथा समाजमा मर्यादित रोजगार लक्ष्य राखेर सामाजिक रुपान्तरणमा सहयोग पुग्ने विश्वास संस्थाकी अध्यक्ष अर्चना श्रेष्ठ मुनकर्मीले जनाएकी छिन ।...
कांग्रेस–कलहः देउवाले बोलाए नेताहरुको बैठक, सिटौला गएनन्

कांग्रेस–कलहः देउवाले बोलाए नेताहरुको बैठक, सिटौला गएनन्

राजनीति, समाचार
काठमाडौँ — चैत्र २५ । नेपाली कांग्रेसभित्रको कलह एकपछि अर्को गर्दै झागिँदै गएको छ । महाधिवेशन भएको वर्षौसम्म पनि बनाउन नसकिएको केन्द्रीय कार्यसम्पादन समिति गठनबारे फेरि अर्को रडाको देखिएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच ६०/४० प्रतिशतका आधारमा समिति बनाउन खोजेपछि अर्का नेता कृष्ण सिटौला विरोध जनाएका छन् । नेताहरुबीच कुरा नमिलेकै कारण सभापतिले बोलाएको केन्द्रीय समितिको बैठकसम्म बस्न सकेको छैन । केन्द्रीय समितिको बैठकमा नाम प्रस्ताव गर्नु पूर्व सहमति खोज्न भन्दै सभापति देउवाले आज बोलाएको नेताहरुको बैठक पूर्व महामन्त्री सिटौलाले भने बहिष्कार गरेका छन् । सभापति देउवाले आफ्नै निवासमा पार्टी पादाधिकारी र पूर्व पदाधिकारीहरुको वैठक बोलाएपनि सिटौला जान नमानेका हुन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय समिति पछिको श...
उपत्यकामा राति १० बजेसम्म सार्वजनिक यातायातका गाडीहरू चल्ने

उपत्यकामा राति १० बजेसम्म सार्वजनिक यातायातका गाडीहरू चल्ने

आर्थिक, समाचार
काठमाडौँ — चैत्र २५ । काठमाडौं महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरू राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ । अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी महानगरले दिएको छ । काठमाडौं महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । कात्तिकदेखि माघ मसान्तसम्म भने बसले बिहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । ऐनमा महानगरसँग स्वीकृति नलिई सार्वजनिक सवारी साधनमा कुनै विज्ञापन राख्न नपाइने, बसमा फोहोर फाल्ने भाँडो, अग्नि नियन्त्रक उपकरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । चालक र सहचालकलाई प...