आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
उच्च सतर्कता अपनाउदै व्यवसाय संचालन गरौं : उर्मिला श्रेष्ठ,अध्यक्ष  नेपाल महिला चेम्बर्स

उच्च सतर्कता अपनाउदै व्यवसाय संचालन गरौं : उर्मिला श्रेष्ठ,अध्यक्ष नेपाल महिला चेम्बर्स

आर्थिक, समाचार, समाज
काठमाण्डौं – नेपाल महिला चेम्बरले आईतबार भर्चुअल कार्यशालाको आयोजना गरेको छ । जारी लकडाउनका कारण महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित रहेर महिला चेम्बरले उक्त कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा नेपाल महिला चेम्बर सम्बद्ध सदस्यहरुको सहभागीता रहेको थियो । साना तथा मझौला उद्योग तथा व्यापारको क्षेत्रमा सकृय उद्यमी महिलाहरुलाई लक्षित गरि आयोजित उक्त कार्यशालामा राष्ट्र«भर छरिएर रहेका शाखा संजालबाट करिब ५० जनाको सहभागीता रहेको थियो । ब्राण्डिङ्ग, अनलाईन बिजनेश प्रबद्र्धन र डिजिटल पेमेण्टको विषयमा केन्द्रित रहेको उक्त कार्यशालामा पैेलक प्रबिन, अदिती गोयल र अनमोल रतेरियाले प्रशिक्षण दिएका थिए । सो अवसरमा पैेलक प्रबिनले ब्राण्डिङ्गमा व्यक्तिगत र सांगठनिक (पर्सनल र अर्गनाईजेशन) गरि दुई कोणबाट कसरी प्रबद्र्धन गर्ने भन्ने बारेमा स्पष्ट पार्दै बद्लिदो ...
वेद विद्याश्रमलाई सनराइज ब्यांकको दुईलाख २५ हजार र खाद्य सामग्री सहयोग

वेद विद्याश्रमलाई सनराइज ब्यांकको दुईलाख २५ हजार र खाद्य सामग्री सहयोग

आर्थिक, शिक्षा, समाचार
बुढानिलकण्ठ वेद विद्याश्रमलाई सनराइज ब्यांकले रु. दुईलाख २५ हजार र खाद्य सामग्री सहयोग गरेको छ। बन्दाबन्दीको वेला उक्त विद्याश्रममा रहेका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएकाले ब्यांकले सो सहयो उपलब्ध गराएको जनाएको छ। ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ वेद विद्याश्रमलाई सो आर्थिक सहयोग गरेको पनि जनाएको छ। शनिबार एक कार्यक्रम बीच बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल र ब्यांकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा रु. दुईलाख २५ हजार नगदको चेकका साथै पूजा सामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री बुढानिलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्दलाई हस्तान्तरण गरेका थिए। ...
बकैया नदीले तटबन्ध कटान शुरु गरेपछि रौतहटमा बाढीको त्रास

बकैया नदीले तटबन्ध कटान शुरु गरेपछि रौतहटमा बाढीको त्रास

समाचार, समाज
बकैया नदीले तटबन्ध कटान शुरु गरेपछि नदी किनारका बस्तीमा बाढीको त्रास बढेको छ । असारको पहिलो हप्तामै आएको बाढीले रौतहटको बौद्धिमाई नगरपालिका ३ मा बकैया नदीले तटबन्ध कटान शुरु गरेपछि आधा दर्जनभन्दा बढी गाउँमा त्रास देखिएको हो। तटबन्ध भत्किँदा बौद्धिमाई नगरपालिकाको इनरबारी, इनरबा र मटिअर्वा, परोहा नगरपालिकाको तेजापाकड, लौकाहा, डमार पोखरिया तथा राजपुर नगरपालिकाको राजपुर, अकोलवा, बैरियालगायतको गाउँ डुबानमा पर्ने खतरा रहेको परोहा नपाका मेयर शेख वकिलको भनाइ छ। बाढीले तटबन्ध भत्काउँदा जनधनको क्षति हुने खतरा रहनुका साथै स्थानीय सडक सञ्जाललाई पनि ध्वस्त बनाउने गरेको मेयर वकिलको भनाइ छ । कैयौँ गाउँका किसानको खेतको बालीनालीमा पनि बाढीले गम्भीर असर गर्ने गरेको छ। गत वर्षको बाढीले बकैया नदीको तटबन्ध कटहरिया, देवाही गोनाही, बौद्धिमाई नगरपालिकाको दर्जनौँ ठाउँमा भत्काएको थियो । गत वर्ष भत्काएको ठ...
प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन

Featured, शिक्षा, समाचार, समाज
काठमाडौँ — प्रसिद्ध शिक्षासेवी तथा समाजसेवी अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित जोशीको उपचारको क्रममा महाराजगन्जस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपालको छात्रा शिक्षालाई जोशीको महत्वपूर्ण योगदान रहेको छ । उनकै अगुवाईमा काठमाडौंमा पद्म कन्या ९पीके० क्याम्पसको जग्गा व्यवस्था र क्याम्पस स्थापना भएको हो । उक्त क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला जोशीले लागू गरेकी थिइन् । जोशीको जन्म सन् १९३२ अगस्ट १५ मा काठमाडौंको डिल्लीबजारमा भएको थियो । जोशीको कलिलै उमेरमा नेपालका पहिलो आणविक वैज्ञानिक बलराम जोशीसँग विवाह भएको थियो । त्यसपछि शिक्षाआर्जन गरेकी थिइन् । २००७ सालमा एसएलसी उत्तीर्ण गरेकी जोशीले पतिसँगै वनारसबाट राजनीति शास्त्र र संस्कृत विषयमा बिए शिक्षा हासिल गरेका थिए । त्यसपछ...
कवि पुस्तक प्रसादको ‘खस्रो यथार्थ’

कवि पुस्तक प्रसादको ‘खस्रो यथार्थ’

मनोरन्जन, समाचार
म जन्मिदासिङ्गै संसारमा जन्मिएकोथिएँकसले बाँड्योसिमानासँगै मलाईमान्छे थिएँ जन्मिदाकसले लेखिदियो मेरो अनुमतिबिनामेरै नामको पछाडि जात यही हो तेरो धर्म भनेरकसले कोरेर दियोमेरो ईश्वरको फोटो कसले दियोममाथि मनलाग्दी गर्नेअधिकार ?चराहरुले लगाएका छैनन्चर्का नाराहरूजङ्गलमा कहीँ भेटिदैनन्मृगहरुको शालिकसंसारभरि अमिलै छकागतीकाे स्वादपानीभन्दा अर्कोप्यासको धर्म देखेको छैनदेखिएको छैन हावाको जातघामले छुट्टाएको छैनसिमानाजूनले बोकेका छैनन्आ-आफ्नै देशको झन्डासाना बाबू नानीहरूकाेशान्ति खल्बलिने गरीकिन कराइ रहन्छौजिन्दाबाद, मुर्दाबादकति भक्भकाउँछौखोक्रो राष्ट्रवादकाे आलापयाहाँदुईखुट्टा बिचकोछोप्नै पर्ने कुराछोप्न पाएको छैनहोम लगाइदिन सक्छुमेरै देशको झन्डाको कट्टु । – पुस्तकप्रसाद ...
मोडल संजयराजको ‘म तिमीलाई नै चाहन्छु‘ सार्वजनिक (भिडियोसहित)

मोडल संजयराजको ‘म तिमीलाई नै चाहन्छु‘ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
अन्जान श्रेष्ठको शब्द, सङ्गीत, र स्वर रहेको गीत ‘म तिमीलाई नै चाहन्छु…’ सार्वजनिक भएको छ । टप वान मिडिया प्रा. लि.को निर्माणमा बनेको गीत ‘म तिमीलाई नै चाहन्छु…’को भिडियो सार्वजनिक भएको हो । मोडल बडिबिल्डर तथा फेसन कोरियोग्राफर ‘सञ्जय राजबिक्रमको निर्देशनमा बनेको गीतको भिडियोमा सञ्जय राजबिक्रम र मोडेल एलिजा ठकुरीको अभिनय रहेको छ । आरध्य लक्ष्मी खड्गीको कोरियोग्राफी, सोहन मानन्धरको छायाँकन र सम्पादन रहेको गीतको भिडियो काठमाडौंका विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको छ । https://www.youtube.com/watch?time_continue=1&v=oMxVJfbmAuc&feature=emb_logo ...
शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित,संक्रमितको ८६०५ संख्या पुग्यो

शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित,संक्रमितको ८६०५ संख्या पुग्यो

समाचार, समाज, स्वास्थ्य
शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्। गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ। योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ। कोरोना निको भएर शनिबार एक सय ७६ जना घर फर्किएका छन्। शुक्रबारसम्म नेपालमा आठ हजार दुई सय ७४ कोरोनाका विरामी थिए। ...
एसइईको कानूनी व्यवस्थामा परिवर्तन गरिँदै

एसइईको कानूनी व्यवस्थामा परिवर्तन गरिँदै

आर्थिक, शिक्षा, समाचार
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ। कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदबाट गत जेठ २८ गते २०७६ को एसइईको परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा यसलाई संरचनाका रुपमा विकास गर्न कानूनमा परिवर्तन आवश्यक हुन्छ। उक्त निर्णयलाई शिक्षा क्षेत्रमा सकारात्मक मानिएको छ। मुलुकमा सङ्घीयता लागू भइसकेको र माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्मलाई जनाइने नीति जारी भइसकेको अवस्थामा यसअघि नै कक्षा १० को एसइई परीक्षा राष्ट्रियस्तरमा गरिरहन आवश्यक नपर्ने शिक्षाविज्ञले आवाज उठाउँदै आएका थिए। सरकारले सङ्घीय शिक्षा ऐन जारी नभ...
होम क्वारेन्टिनमा बसेका बेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ

होम क्वारेन्टिनमा बसेका बेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ

समाचार, समाज, स्वास्थ्य
गुल्मीमा होम क्वारेन्टिनमा बसेकाबेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको छ। करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको बिहीबार राति मृत्यु भएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्तले मृत्यु भएका पुरूषको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। मुम्बईबाट आएका उनलाई प्यारालाइसिसको समस्या रहेपछि गाउँपालिकाको वडा नम्बर ५ मैनडाँडामा रहेको घरमै रेखदेख गर्नेगरी राखिएको थियो। उनलाई घरमा ल्याएपछि नै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको भए पनि पिसिआर परीक्षणको लागि भने शुक्रवार बिहानमात्र उनको स्वाब संकलन गरिएको थियो। स्वाब भैरहवा पठाएर परीक्षण गरी रिपोर्ट आउन समय लाग्ने भएकोले उनको शवलाई नेपाली सेनाको टोलीले शुक्रबार बिहान व्यवस्थापन गरेको थियो। स्वाब परीक्षणको रिपोर्टमा...
सांसद सरिता गिरीविरुद्ध जन्म कैदको माग गर्दै महानगरीय प्रहरी टेकुमा जाहेरी

सांसद सरिता गिरीविरुद्ध जन्म कैदको माग गर्दै महानगरीय प्रहरी टेकुमा जाहेरी

अपराध, राजनीति, समाचार
जनता समाजवादीकी सांसद सरिता गिरीविरुद्ध जन्म कैदको माग गर्दै जाहेरी परेको छ । महानगरीय प्रहरी टेकुमा शुक्रबार साझ अभिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल, नवराव जाहेरी दरखास्त दर्ता गरेको अधिवक्ता सन्तोष भण्डारीले जानकारी दिए। गिरीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४९ को ९५ क( उपदफा ९१) वा ९२० बमोजिमको कसुरमा कारबाही गर्न माग गरिएको छ । उक्त कानुनी व्यवस्थाअनुसार राज्यविरुद्धको कसुर ठहर भएमा सांसद गिरीलाई जन्मकैदको सजाय हुनेछ। सार्वभौम सत्ता, अखण्डता वा राष्ट्रिय एकता उपर खलल गर्न नहुने शीर्षक अन्तर्गत कसैले नेपालको स्वतन्त्रता, सार्वभौम सक्ता, भौगोलिक, प्रादेशिक वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले मानिस, हात हतियार वा खरखजना जम्मा गर्ने हातहतियारसहित सैनिक वा संगठन गर्ने वा यस्तो कार्य नगर्न नहुने कानुनमा उल्लेख गरिएको छ । दफा ४९ को २ मा नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगो...