आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
“मिसेस ईण्डिया २०२०” को जुरीको भुमिकामा नेपालबाट अभिनेत्री नितु कोईराला

“मिसेस ईण्डिया २०२०” को जुरीको भुमिकामा नेपालबाट अभिनेत्री नितु कोईराला

मनोरन्जन
नेपाली मनोरन्जन क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत स्वदेशमा मात्र नभएर विदेशमा समेत असंख्य सम्मान प्राप्त गरेकी अभिनेत्री नितु कोइराला भारतमा आयोजना भैरहेको एक प्रतियोगीतमा निणार्यक मण्डलमा रहेर प्रतियोगीतामा सहभागी भएकी छिन । कोरोना कहरका कारण अनलाईनको माध्यमबाट आयोजना भएको मिसेज इण्डिया - २०२०मा उनी जुरीको रुपमा रहेकी छिन । पिस अफ इन्डियाले आयोजना गरेको प्रतियोगितामा नेपालको तर्फबाट जुरिको रुपमा सहभागीता जनाएकी हुन । हाल उनी सोही संस्थामा नेपालको तर्फबाट ब्राण्ड एम्बेस्डरको रुपमा समेत कार्यरत छिन । यस् बाहेक पिन्क रोजेज इन्टर्टेन्ट्मेन्टले आयोजना गरेको मिस्टर, मिस एण्ड मिसेज इन्डियामा पनि गेस्ट अफ अनरको भूमिका निभाएकी छिन । नायिका कोइराला हालै भारतको विभिन्न संस्थाले संयुक्त रुपमा आयोजना गरेको “कोरोना वारीयर्स अवार्ड”बाट पनि सम्मानित भएकी छिन । यस् बाहेक भारतकै बिभिन्न संस्थ...
नेपाली मोडल सभ्यता गिरी अभिनित भारतीय म्युजिक भिडियो ‘पसन्द आया’ चर्चामा  (भिडियो सहित)

नेपाली मोडल सभ्यता गिरी अभिनित भारतीय म्युजिक भिडियो ‘पसन्द आया’ चर्चामा (भिडियो सहित)

मनोरन्जन, समाचार
नेपालमा मात्र नभई अहिले विश्वभर नै नेपाली कलाकारहरुले ख्याति कमाएका छन । यही जमातमा पछिल्लो समय यस्तै चर्चाको शिखरमा उक्लिदै गरेकी नेपाली अभिनेत्री तथा मोडल सभ्यता गिरीले हालै एक हिन्दी गीतको म्युजिक भिडियो मार्फत दर्शक सामु आएकी छिन । सार्वजनिक भएको सभ्यताको नयाँ हिन्दी म्युजिक भिडियो ‘पसंद आया ' मा सभ्यताको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोमा भारतीय अभिनेता भुषण पटेलको साथ सभ्यताको रोमान्स पनि देख्न सकिन्छ । मोडल सभ्यता नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै आएकी कलाकार हुन । नेपाली कलाकारिता क्षेत्रमा पनि आफ्नो कलाकारिता प्रदर्शन गरिरहेकी उनले भारतमा पनि आफ्नो कलाकारिताको चर्चा कमाइरहेकी छिन् । https://youtu.be/WbSl7EWq1T0 ए आर प्रोडक्सनको निर्माणमा बनेको उक्त भिडयोलाई अजित गाडेले कोरियोग्राफगरेका छन । गायिका प्रतिभा शर्माको आवाज तथा विपिन दासकोको शब्द, संगीत ...
गोत्रको सुरुवात कसरी भएको थियो  ? गोत्र थाहा नभए के गर्ने ?

गोत्रको सुरुवात कसरी भएको थियो ? गोत्र थाहा नभए के गर्ने ?

Featured, शिक्षा, समाचार
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र ‘त्र’ आशय हुन्छ ‘रक्षा गर्नु’ । अतः गोत्रको एक अर्थ ‘इन्द्रिय आघातबाट रक्षा गर्नु’ । जसको स्पष्ट संकेत ‘ऋषि’ को तर्फ पनि हुन्छ । सामान्यतया ‘गोत्र’ ऋषि परम्परासँग सम्बन्धित मानिन्छ । ब्राह्मणाका लागि ‘गोत्र’ विशेष रूपमा महत्वपूर्ण हुन्छ । किनकी ब्राह्मणहरु ऋषिका सन्तान मानिन्छन् । जसअनुसार प्रत्येक ब्राह्मणको सम्बन्ध ऋषिकूलसँग हुन्छ । प्राचीन कालमा चार जना ऋषिका नामबाट गोत्र पराम्परा सुरु । ति ऋषि हुन्, अंगिरा, कश्यप, वशिष्ठ र भगु । केही समय पछि जमदग्नि, अत्रि, विश्वामित्र तथा अगस्त्य पनि त्यसमा जोडिए । व्यावहारिक रूपमा ‘गोत्र’ को आशय पहिचानसँग जोडिएको हुन्छ । जो ब्राह्मणहरुका लागि उनीहरुको ऋषिकुलसँग सम्बन्ध...
पादेको अभियोगमा ५ सय युरो जरिवाना

पादेको अभियोगमा ५ सय युरो जरिवाना

अन्तराष्ट्रिय, समाचार
जिन्दगीमा कहिलेकाहीँ सानोतिनो गल्ती पनि निकै भारी पर्न सक्दछ । युरोपेली मुलुक अष्ट्रियामा हालै एकजना युवकलाई पुलिसका अगाडि पाद्नु निकै महंगो सावित भयो । पुलिसले चेकजाँच गर्न खोज्दा नियतबस ठूलो आवाज आउनेगरी पादेको अभियोगमा अष्ट्रियाको पुलिसले एकजना युवकमाथि ५ सय युरो जरिवाना गरेको छ । गत जुन ५ तारेख राजधानी भियनामा उक्त घटना भएको बताइएको छ । ती युवक भियनास्थित एक पार्कमा बेन्चमा बसिरहेका थिए । त्यहीँ बेला गस्तीमा रहेको प्रहरी त्यहाँ आयो र उनको परिचयपत्र माग्यो । बेन्चमा बसिरहेको ती युवकले एक्कासी आफ्नो पछाडिको बसेको भाग माथि उठाए र जोडसँग पादे । त्यस्तो असभ्य कार्य गरेसँगै पुलिसले ती युवकमाथि ५ सय युरो ९करिब ६८ हजार रुपैयाँ० जरिवाना गर्‍यो । आफूमाथि अन्यायपूर्ण रुपमा जरिवाना गरिएको भन्दै ती युवकले स्थानीय मिडियामा समेत अन्तरवार्ता दिए । तर पुलिसले आफ्नो कदमको बचाउ गर्दै पुलिसको अग...
तयारी अवस्थामा रहन सेनालाई प्रधानसेनापतिको निर्देशन

तयारी अवस्थामा रहन सेनालाई प्रधानसेनापतिको निर्देशन

समाचार
प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो समय भारतसँगको सीमा सम्बन्धी समस्या बढ्दै गएपछि नेपाली सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्ना सेना खडा गरेकोतर्फ लक्षित गर्दै प्रधानसेनापति थापाले सेनालाई यस्तो निर्देशन दिएका हुन् । आइतबार जंगी अड्डामा आयोजित दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ समापन गर्दै प्रधानसेनापति थापाले पछिल्ले समय भारतले अतिक्रमण गरेको नेपाली भूभागलाई समेटेर सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा सेनालाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । उनले राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरुमा पार्ने प्रतिकुल प्रभाव र असरहरुको सुक्ष्म अध्ययन विश्लेषण गर्दै रणनीति र कार्य योजना निर्माण गर्न समेत निर्देशन दिएका छन् । त्यस्तै प्रधान...
कांग्रेसद्वारा महिला हिंसा रोक्न  संघीय संसद्मा ध्यानाकर्षण प्रस्ताव दर्ता

कांग्रेसद्वारा महिला हिंसा रोक्न संघीय संसद्मा ध्यानाकर्षण प्रस्ताव दर्ता

अपराध, समाचार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण अवधिको लकडाउनमा बस्दा बालबालिका र महिला अझ बढी असुरक्षित बन्दै गएकामा सरकारको ध्यानाकर्षण गराउन संघीय संसद्मा ध्यानार्कषण प्रस्ताव दर्ता गरेको छ। लकडाउनको अवधिमा पनि महिला तथा बालबालिकामाथि हिंसाका घटना बढिरहेको उल्लेख गर्दै कांग्रेस सांसद डा डिला संग्रौला पन्त, प्रमिला राई र हिरा गुरुङले आज गृहमन्त्रीको ध्यानाकर्षण गराउन सो प्रस्ताव दर्ता गरेकी हुन्। संविधानको मर्म र भावनाअनुरुप क्वारेन्टिनको मापदण्डमै महिलाका लागि विशेष सुरक्षा प्रदान गर्नुपर्ने, महिला तथा बालबालिका माथि हुने बलात्कारका घटना रोक्नका लागि सरकारले टोलटोलमा निगरानी समूह गठन गर्न स्थानीय सरकारलाई निर्देशन दिनुपर्ने, महिलाको न्यायमा सुनिश्चित गर्नका लािग बलात्कारका घटनाको उजुरी गर्नका लागि टोलटोलमा हटलाइन सेवाको व्यवस्थापन गर्नुपर्ने प्रस्तावमा उल्लेख छ। ...
मौसम पूर्वानुमान महाशाखाको बुलेटिन मनसुन देशैभर फैलिएकाले पूर्वतयारी अपनाउनु

मौसम पूर्वानुमान महाशाखाको बुलेटिन मनसुन देशैभर फैलिएकाले पूर्वतयारी अपनाउनु

समाचार, समाज
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन देशैभर फैलिएकाले पूर्वतयारी (वर्षा, बाढी, पहिरो तथा डुबानबाट बच्न) मा लाग्न आह्वान गरेको छ। महाशाखाका अनुसार यही जुन १२ मा देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन जुन २१ देखि देशैभर फैलिएको हो। ‘सामान्यतयाः मनसुन जुन १० मा नेपालको पूर्वी भूभागमा प्रवेश गर्छ। यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो,’ आइतबार साँझ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘आज (आइतबार) जुन २१ देखि देशैभर मनसुनको प्रभाव परेको छ। यससँगै मौसमी गतिविधि बढ्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न हुन सम्बन्धित निकायलाई अनुरोध छ।’ योसँगै आज (सोमबार) देखि हिजो/अस्तिभन्दा वर्षाको मात्रा ह्वात्तै बढ्ने र बाढी, पहिरो, डुबानको सम्भावना भएकाले सतर्कताका लागि महाशाखाले विशेष ब...
रेश्मा बम्जनको स्वर रहेको ‘टुङ्नाको मिठो धुन हुन्छ’ गीत सार्वजनिक

रेश्मा बम्जनको स्वर रहेको ‘टुङ्नाको मिठो धुन हुन्छ’ गीत सार्वजनिक

मनोरन्जन, समाचार
गायिका रेश्मा बम्जनको स्वरमा रहेको ‘टुङ्नाको मिठो धुन हुन्छ’ बोलको गीत सार्वजनिक भएको छ । तामाङ समुदायको मैच्याङ र च्याङ्बासँग सम्बन्धित उक्त सेलो गीत बिहीबार कला घर सिन्धुलीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा निरुता लामा, रिता थिङ, पदम भाई र जीवन थापामगरको अभिनय रहेको छ। गीतमा शब्द संगीतमा विश्व दोङ र संगीत संयोजनमा देवेश राईले साथ दिएका छन् । त्यस्तै दिपेश प्रधानको मिक्सिङ रहेको उक्त सेलो गीतमा गायिका बम्जनलाई योगेश लामाले गायनमा साथ दिएका छन् । यसअघि गायिका बम्जनले यो कान्छीको‘, के सारो हेरेको‘, डम्फु र सेलो‘।, सोल्टिनी मैच्याङ‘।, तामाङकी चेली‘, गोरी गोरी मैच्याङ‘, अम्मैले होइ‘लगायतका गीतहरुमा आफ्नो सुमधुर आवाज दिईसकेकी छिन् । गीतलाई नेपाली बाबू सुमनले निर्देशन गरेका हुन् भने शिशिर सिद्धले छायांकन गरेका छन् । https://youtu.be/7RocToeDwIo ...
विद्यालयको शुल्क भुक्तानी गर्न प्याब्सन र एन–प्याब्सनको आग्रह

विद्यालयको शुल्क भुक्तानी गर्न प्याब्सन र एन–प्याब्सनको आग्रह

शिक्षा, समाचार
काठमाडौं/८ असार– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एन–प्याब्सन) ले अभिभावकहरुलाई विद्यालयमा बुझाउनु पर्ने शुल्क बुझाउनका लागि अनुरोध गरेका छन् ।उनीहरुले अभिभावकहरुलाई विद्यालयमा उपस्थित भई सामाजिक दूरी कायम गरी आ–आफ्ना छोराछोरीको (नयाँ तथा पुरानो) अभिलेखीकरण गराउन, ०७७ सालमा विद्यालयमा बुझाउनु पर्ने शुल्क भुक्तानी लगायतका आर्थिक गतिविधिमा सहयोग गर्न आग्रह गरेका हुन् ।कोरोना भाइरस संक्रमणका कारण विद्यालय लामोदेखि समय बन्द हुँदा निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयमा कार्यरत दुई लाख बढी शिक्षकले तलब पाउन सकेका छैनन् । शिक्षकहरुले लामो समयदेखि तलब नपाउँदा जीविकोपार्जनमा समस्या आएको गुनासो गरेका छन् भने अर्को तिर भाडामा सञ्चालन भएका निजी विद्यालयलाई कोठा भाडा र बैंकको साँवारब्याज, किस्ता तिर्न समेत समस्या भएपछि प्याब्सन र ए...
पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,संक्रमित स‌ंख्या ९ हजार कट्यो

पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,संक्रमित स‌ंख्या ९ हजार कट्यो

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार ७७२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कहाँ–कहाँ थपिए संक्रमित ? मन्त्रालयका अनुसार सबैभन्दा धेरै अर्घाखाँचीमा ७४ संक्रमित थपिएका छन् । यस्तै, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटी र कैलालीका २७/२७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० तथा स्याङ्जा र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी, धनुषाका ८ जना, गुल्मीका ७, झापा र सल्यानका ६र६ जना, उदयपुर, सर्लाहीका ५र५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पा ४र४ जना, बारा र बर्दियाका ३र३ जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी...