आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
टेलिसिरियल ‘वाचा बन्धन’को ट्रेलर (भिडियो)

टेलिसिरियल ‘वाचा बन्धन’को ट्रेलर (भिडियो)

मनोरन्जन, समाचार
टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक गरिएको छ । ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियल ‘वाचा बन्धन’को ट्रेलर रिलिज गरिएको छ । नियतिको बन्दि बनेको अमर अजर प्रेम ट्रेलरमा देख्न सकिन्छ । ओएसआर डिलिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा सकम्वरी नामले चिनिनुभएकी मोडल कुशुम शर्मा, सरिता ढुङ्गाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट सुभाष गजुरेल लगायतका कलाकारलाई देख्न सकिन्छ । https://youtu.be/36D4dqejKyY कमल बुढाथोकी को प्रस्तुति रहेको यो टेलिसिरियललाई दीपा बुढाथोकी, कमल बुढाथोकी मिलेर निर्माण गर्नुभएको हो । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस टेली सिरियलमा हेमराज घर्ती कार्यकारी निर्माता रहनुभएको छ । शिव विकको छायाकंन, उमेश थापा मगरको दृश्य सम्पादन, प्रविण ढकालको कलर, रतिश भारतीको भिएफएक्स, नेत्र विष्टको निर...
गीतकार नारायण खतिवडाको“दुःख सुनाएर के काम ? ” सार्वजनिक(भिडियो)

गीतकार नारायण खतिवडाको“दुःख सुनाएर के काम ? ” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं। गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत “दुःख सुनाएर के काम?” सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ। गीतलाई नमस्ते नेपाल डिजिटल स्टुडियो बाट युट्युबमा तथा विभिन्न अन्तर्राष्ट्रिय अडियो र भिडियो प्लेटफर्महरूमा अपलोड गरिएको छ। मानिसको जीवनमा सुखका मात्र होइन, दुःखका पलहरू पनि आउँछन्। त्यस्तो बेला धेरैजसो मानिसहरू सम्हालिन सक्दैनन् र आफ्नो दुःख, पीडा, दर्द, भोक, रोग, शोक, गरिबी र कठिनाइ अरूलाई सुनाउँछन्। सुन्ने त धेरै भेटिन्छन्, तर साथ दिने भने थोरै मात्र हुन्छन्। आज साथ दिएको मान्छेले भोलि गएर त्यही कुरा हाँसो, मजाक र खिल्लीको विषय बनाउन सक्छ। हरेक व्यक्तिका आफ्नै बाध्यता हुन्छन्। मानिसले आफ्नै दुःख ठूलो ठान्छ, अरूको दुःखमा साथ दिने मानिस निकै कम हुन्छन्। कतिपय अवस्थामा मानिस बिराम...
अखिल क्रान्तिकारीले गर्‍यो कार्यविभाजन, उपत्यका विशेष मा निरोज श्रेष्ठलाई

अखिल क्रान्तिकारीले गर्‍यो कार्यविभाजन, उपत्यका विशेष मा निरोज श्रेष्ठलाई

राजनीति, शिक्षा, समाचार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कार्यविभाजन गरेको छ। २०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको प्रथम बैठकमा गरिएको निर्णयलाई संगठनले सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार, उपत्यका विशेष प्रदेश समितिको इन्चार्जको जिम्मेवारी निरोज श्रेष्ठलाई दिइएको छ। श्रेष्ठलाई काठमाडौं उपत्यका भित्र विद्यार्थी संगठन विस्तार, आन्दोलन सञ्चालन तथा संगठनात्मक समन्वयको मुख्य नेतृत्व दिने निर्णय भएको छ। बैठकले संगठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, तथा राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्यविभाजन गरिएको बताइएको छ। बैठकमा विभिन्न प्रदेश, विभाग र जिल्लाको इन्चार्जको जिम्मेवारीहरू पनि तोकिएको र निकट भविष्यमै संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिने जनाइएको छ। संगठनले उक्त निर्णयलाई नयाँ ऊर्जा र रणनीतिक धारको...
क्यानडा मा पहिलो पटक कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझ हुदै

क्यानडा मा पहिलो पटक कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझ हुदै

मनोरन्जन, समाचार
क्यानडा- क्यानडाको कालगेरी शहरमा पहिलो पटक लाईभ दोहोरी साँझ हुने भएको छ । मातृभुमी मेलोडी आर्टसको सहयोगार्थमा आयोजना हुने लागेको कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साँझमा वरिष्ठ स्टैण्ड अप कमेडी एवं कलाकार मनोज गजुरेल,मानसिह खड्का,मिना पोखरेल,संगीता थापा मगर र साथमा स्थानीय कलाकारको दमदार प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । विशुद्ध समाजसेवाको भावनाले आयोजित उक्त कार्यक्रम एक च्यारेटी शो हो । क्यानडा समय अनुसार जुन १४ शनिबार साँझ ७ देखी ११ बजे सम्म रहनेछ । कमेडी इभिनिङ एण्ड लाईभ दोहोरी साझ मा टिकट को मुल्य ३० र २५ क्यानेडियन डलर राखिएको छ । कार्यक्रमलाई विभिन्न संघ संस्थाको सहयोग रहेको छ । भने मिडिया पार्टनरमा राष्ट्रखबर र नमस्ते अनलाईन मिडियो रहेको छ । ...
‘वाचा बन्धन’को फष्ट लुक पोष्टर सार्वजनिक

‘वाचा बन्धन’को फष्ट लुक पोष्टर सार्वजनिक

मनोरन्जन, समाचार
३० वर्षपहिले र अहिले दुई पुस्ताबीचको रोचक ऐतिहासिक प्रेम कथामा आधारित टेलिसिरियल ‘वाचा बन्धन’को फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । कमल बुढाथोकीको प्रस्तुति, दीपा बुढाथोकी र कमल बुढाथोकीको निर्माण रहेको सिरियललाई यज्ञजंग विक (आयुष)ले निर्देशन गर्नुभएको छ भने लेखन पनि यज्ञजंगकै रहेको छ । बनिरहेका टेलिसिरियलभन्दा निकै उत्कृष्ट र फरक रहेको दाबी गरिएको ‘वाचा बन्धन’मा हेमराज घर्ती कार्यकारी निर्माता, शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, रतिस भारतीको भिएफएक्स, नेत्र विष्टको निर्माण नियन्त्रण छ । यस टेलिसिरियलमा सविन गायकको पोष्टर, आकाश मगरको गीत/संगीत/एरेन्ज, मुभी प्वाइन्टको पोष्ट प्रोडक्सन छ । चर्चित गायक रामचन्द्र काफ्लेले यसका गीतमा स्वर दिनुभएको छ । ‘वाचा बन्धन’मा सुभाष गजुरेल, विशाल पहाडी, सरिता ढुंगाना, रश्मी भट्ट, कुसुम शर्मा, हेमराज घर्ती, प्रशान्त बुढाथोकी (करण), प्...
शंकर बिसीको शब्द एलिनाको स्वरमा “एउता नाता” सार्वजनिक(भिडियो)

शंकर बिसीको शब्द एलिनाको स्वरमा “एउता नाता” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक भएको छ। यस गीतमा एलिना चौहानको स्वर रहेको छ भने उनै शंकर बिसीको मर्मस्पर्शी शब्द, रमेशराज भट्टराईको संगीत रहेको छ। सो गीतमा राम कुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको मिक्सिङ रहेको छ। यस गीतको भिडियोमा शंकर बिसीको निर्देशन रहेको छ भने दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा एलिना चौहानको अभिनय रहेको छ। यस गीतको भिडियोलाई शंकर बिसी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। एउता नाता नामक गीतको भिडियो हेर्ने र सुन्ने हो भने एलिना चौहानको वास्तविक कथामा आधारित गीत यो लिंक क्लिक गरेर हेर्नुहोला । https://www.youtube.com/watch...
नायक गजित बिस्ट ‘महाराजधिराज’मा अनुबन्धित

नायक गजित बिस्ट ‘महाराजधिराज’मा अनुबन्धित

मनोरन्जन, समाचार
पछिल्लो समय लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ मा ‘जेठान’ को भूमिकाबाट चर्चा कमाएका अभिनेता गजित विष्ट यस वर्षको फूलपातीमा रिलिज हुने चलचित्र ‘महाराजधिराज’ मा अनुबन्धित भएका छन् । अभिनयमा आफ्नो राम्रो पकड भएका बिष्टले यस चलचित्रमा जोडिन पाउँदा खुसी व्यक्त गरेका छन् । ‘मायाज बार’ नामक चलचित्रबाट अभिनयमा डेब्यु गरेका गजित बिष्टले आफ्नो १५ वर्षको चलचित्र करियरमा २० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । यसका साथै, उनले ‘लभ यु बाबा’ र ‘हैरान’ जस्ता चलचित्र निर्माण समेत गरेका छन् । टेलिभिजन रियालिटी शोहरूको निर्देशनमा पनि अनुभव बटुलेका विष्ट अब ‘महाराजधिराज’ मा कस्तो भूमिकामा देखिन्छन् भन्ने कौतुहलता बढेको छ । ‘महाराजधिराज’ मा गजित बिस्टको आगमनले कलाकारहरूको सूचीलाई अझ बलियो बनाएको छ । यसअघि नै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत, वर्षा सिवाकोटी, जय किशन बस्नेत र पुष्प ख...
१२ औं संस्करणको मिस्टर एण्ड मिस एसईई आइकन भए अग्रिया र प्रेरिल

१२ औं संस्करणको मिस्टर एण्ड मिस एसईई आइकन भए अग्रिया र प्रेरिल

मनोरन्जन, समाचार
काठमाडौं– मिस्टर एण्ड मिस एसईई आइकन २०२५ (सिजन १२) को  फिनाले शानदार प्रस्तुति सहित सम्पन्न भएको छ। नवप्रतिभाहरूको उत्साह, मेहनत र कलात्मक क्षमतालाई उजागर गर्ने यस बहुप्रतीक्षित प्रतियोगितामा प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । यस वर्षको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् कमल किरण कटुवाल, इन्डिया नरुलाज एण्ड कम्पनी, दिल्लीका संस्थापक तथा कार्यक्रम निर्देशक डा. शिखा नरुला र मोडल शारोन लेप्चा बज्राचार्य रहेका थिए। उक्त प्रतियोगितामा सुमी बानियाँको कोरियोग्राफी, इभेन्ट स्ट्रक्चर रिकिस चित्रकार तथा प्रणिमा दाहालको उत्कृष्ट सञ्चालनले कार्यक्रमलाई पूर्णता दिएको थियो । उक्त प्रतियोगितामा मिस तर्फ  अग्रिया सिंह विजेता भएको थियो ,भने प्रथम उपविजेता अंकिता रिमाल, द्वितीय उपविजेताः प्रिशा पोखरेल, तृतीय उपविजेता सम्राज्ञी जोशी, चौथो उपविजेता स्वस्तिका कार्की, पाँचौँ उ...
प्रज्वल राज भट्ट “कला सम्मान -२०८२”बाट सम्मानित

प्रज्वल राज भट्ट “कला सम्मान -२०८२”बाट सम्मानित

मनोरन्जन, समाचार
काठमाडौं ।  कार्यक्रम ब्यबस्थापन संघ नेपालको पाँचौं साधारणसभा एवं बिसेश सम्मान समारोहको अवसरमा मोडल/कलाकार प्रज्वल राज भट्ट“ कला सम्मान-२०८२”बाट सम्मानित भएकाछन। राष्ट्रीयसभाका अध्यक्ष सम्माननीय नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यता एवं ब्यबस्थापिका संसदको अर्थ समितिका सभापति माननिय सन्तोष चालिसे बाणिज्य तथा आपुर्ति समिति सभापति माननिय अब्दुल खान माईती नेपालकि संस्थापक एवं अध्यक्ष अनुराधा कोईराला लगायतका बिशिष्ठ ब्यक्तीत्वहरुको गरिमामय उपस्थिति रहेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष लव बहादुर कार्कीको सभापतित्व एवं राजेन्द्र लुईंटेलको संयोजनमा सम्पन्न भएकोथियो। थुप्रै र्याम्प स्टेज शो हुँदै कलाकारिता क्षेत्रमा प्रबेश गरेका प्रज्वलले दिल आफ्नै थियो” खुशी तिमीलाई”औधि मन पराएँ” मुटु रेटियो” चोखो मायामा लगायत १ दर्जनभन्दाबढि गीतहरुमा कुशल अभिनय गरिसकेकाछन भने केहि गीतहरु बजारमा आउने...
कार्यक्रम व्यवस्थापन संघको ५ औं वार्षिक साधारण सभा:तृप्ति खड्का गुरुङ्गलाई सम्मान

कार्यक्रम व्यवस्थापन संघको ५ औं वार्षिक साधारण सभा:तृप्ति खड्का गुरुङ्गलाई सम्मान

मनोरन्जन, समाचार
काठमाडौं - लोकप्रिय गायिका एवं संगीतकार तृप्ति खड्का गुरुङ्गलाई यो वर्ष सम्पन्न कार्यक्रम व्यवस्थापन संघको ५ औं वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा गायन सम्मान २०८२ बाट सम्मानित गरिएको छ ।राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा साधारण सभामा अर्थ समिति सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य आपूर्ति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान तथा माईती नेपालकी संस्थापक अनुराधा कोईरालाको विशेष आतिथ्यतामा सम्पन्न सो सभामा उनी सहित नेपाल भारतका प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो । प्रमुख अतिथी दाहाल, विशिष्ठ अतिथीहरु चालिसे र खानको हातबाट उनलाई सो विशेष सम्मान प्रदान गरिएको थियो । लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायिका एवं संगीतकार तृप्तिलाई उक्त सम्मान प्रदान गरिएको हो। तृप्तिले वैशले मातिए, ए निष्ठुरी स...