अन्तर्राष्ट्रिय नेपाली गीतकार संघका अध्यक्ष हरि उप्रेतीलाई “गीतकार सम्मान”
काठमाडौं – वरिष्ठ गीतकार हरि उप्रेतीलाई यो वर्ष सम्पन्न कार्यक्रम व्यवस्थापन संघको ५ औं वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा वरिष्ठ गीतकार सम्मान बाट सम्मानित गरिएको छ ।राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यता , अर्थ समिति सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य आपूर्ति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान तथा माईती नेपालकी संस्थापक अनुराधा कोईरालाको विशेष आतिथ्यतामा सम्पन्न सो सभामा उनी सहित नेपाल भारतका प्रतिष्ठित व्यक्तित्वहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
हाल अमेरिकामा रहेका गीतकार उप्रेती समारोहमा उपस्थित हुन नसकेका कारण मोडल एवं संगीतकर्मी विजय गुरुङ्गलाई हस्तान्तरण गरिएको थियो । प्रमुख अतिथी दाहाल, विशिष्ठ अतिथीहरु चालिसे र खानको हातबाट गीतका उप्रेतीको तर्फबाट उनलाई सो विशेष सम्मान प्रदान गरिएको थियो ।लामो समयदेखि प्रवासमा र...









