आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले’ सार्वजनिक(भिडियोसहित)

विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले’ सार्वजनिक(भिडियोसहित)

मनोरन्जन, समाचार
विक्रम बरालको स्वरमा रहेको गीत ‘भन्थे बाजेले…’ सार्वजनिक भएको छ । रेम्बो अधिकारीको शब्द, हरि लम्सालको सङ्गीत र रिकेश गुरुङ्को एरेञ्ज रहेको गीत ‘भन्थे बाजेले…’को भिडियो सार्वजनिक भएको हो । शान थापाको निर्देशन र राजिव समिरको सहनिर्देशन रहेको गीतको भिडियोमा देशभक्त खनाल, अलिशा राई, रम्बो अधिकारी र रिया पोख्रेल फिचर्ड छन् । अर्जुन तिवारीले छायाँकन गरेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो स्रोता/दर्शकमाझ प्रस्तु्त गरेका छौ, सबैको साथ सहयोग र माया पाउने अपेक्षा लिएका छौं,’ सङ्गीतकार हरि लम्सालले भने । गीतको भिडियो टुवेल्थ टोन्स मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/y-RItOAIoEM ...
सरकारले जनताका पिर मर्का बुझन सकेन : डा. डीआर उपाध्याय

सरकारले जनताका पिर मर्का बुझन सकेन : डा. डीआर उपाध्याय

राजनीति, समाचार
– डा. डीआर उपाध्याय कोरोना भाइरस (कोभिड-१९)को महामारीको रोकथाम र नियन्त्रण भन्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन १२०औँ दिनमा अन्त्य भएको घोषणा गरेको छ । यो चार महिनाको अवधिमा मुलुकको अर्थतन्त्र कमजोर बन्न पुगेको छ । यस्तै पछिल्लो समय देशभर देखिएको बाढी पहिरोले आम जनतालाई थप आक्रान्त बनाएको छ । देश यस्तो परिस्थितिबाट गुज्रिरहेको बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भने पार्टीभित्रको अन्तरद्वन्द्वममा फसेको छ । यसले आम जनमानसमा निराशा छाएको छ । सरकारले जनताका पिर मर्का बुझन सकेन । नेताहरु सत्ता कसरी जोगाउने भन्र्ने आन्तरिक झगडामा लागीरहेका छन् । सत्तारूढ दल नेकपाको आन्तरिक विवाद के को लागि हो ? यो बेमौसमी वाजा किन बजाइएको छ ? यति बेला सत्तारुढ दलको यो गतिविधि देखदा जनताको आशामा निराशा छाएको छ । नेकपा र तत्कालिन माओवादी एक भएर चुनाव लडदै आम जनतामाझ बाँडेका सपना,...
महोत्तरीका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु,नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१

महोत्तरीका ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु,नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१

समाचार, स्वास्थ्य
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो । यो सँगै प्रतिष्ठानमा उपचारका लागि आएका दोस्रो कोरोना संक्रमितको मृत्यु भएको छ । यस अघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो । ...
निर्मल शर्माको निर्माण तथा गजित विष्टको निर्देशनमा  ‘अचानक’आजबाट दर्शक समक्ष

निर्मल शर्माको निर्माण तथा गजित विष्टको निर्देशनमा ‘अचानक’आजबाट दर्शक समक्ष

मनोरन्जन, समाचार
काठमाण्डौँ, लोकप्रिय कलाकार निर्मल शर्माको निर्माण तथा अभिनेता गजित विष्टको निर्देशनमा नयाँ टिभी सिरिज ‘अचानक’ आजबाट दर्शक समक्ष प्रसारण हुने भएको छ । जिवन्त अभिनय गर्ने नायकको रुपमा परिचत अभिनेता तथा सफल कोरियोग्राफरको रुपमा चर्चा कमाएका गजितले ‘अचानक’ टिभी सिरिजबाट निर्देशनमा डेब्यु गरेका हुन् । उक्त टिभी सिरिज रमाइलो एचडी टिभीबाट आज बिहिवार साँझ ८ बजे देखि प्रशारण हुंदैछ । सिरिजको कथा र परिकल्पना गजित स्वयंको रहेको छ भने कार्यकारी निर्माता कलाकार निर्मल शर्मा गैडा रहेका छन् । निर्मल शर्मा, रजनी केसी, गजित विष्ट, कृष्ण सिवाकोटी, प्रकाश बस्नेत, अंशिका बस्नेत, मेलिना ओलीलगायतका लोकप्रिय कलाकारहरुको अभिनय रहेको ‘अचानक’ क्राइम थ्रिलर सिरिज रहेको निर्देशक गजितले बताए । यो सिरिजको ४ एपिसोडको छायांकन पूरा भइसकेको छ । रमाइलो एचडीसँग १२ एपिसोडका लागि सम्झौता भएको जानकारी कार्यकारी निर्...
साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष तथा बरिष्ठ उद्योगपति लक्ष्मीदास मानन्धर अस्पताल भर्ना

साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष तथा बरिष्ठ उद्योगपति लक्ष्मीदास मानन्धर अस्पताल भर्ना

आर्थिक, समाचार
काठमाडौं, पूर्व सांसद एवम् प्रतिष्ठित उद्योगपति लक्ष्मीदास मानन्धरलाई अस्पताल भर्ना गरिएको छ । आफ्नै निवासमा लडेर घाईते भए पछि मानन्धरलाई उपचारका लागि बागबजार स्थित काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको छ । आंगनमा ओर्लने क्रममा खुट्टा चिप्लिएर उनी लडन पुगेका थिए । उनको दायाँ खुट्टाको हडडी भांचिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन । ९३ वर्षिय मानन्धरलाई थप उपचारका लागि आजै नेपाल मेडिसिटी अस्पताल लैजाने तयारी पनि गरिएको छ । हाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड का संचालक समिती अध्यक्ष समेत रहेका मानन्धर तत्कालिन एमालेबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । उनी उद्योग वाणिज्य समितीको सभापती समेत थिए । ...
एन–९५ मास्क कोरोना भाइरस रोक्न अपनाइने नियमविपरीत :भारतका स्वास्थ्यमन्त्री डा. हर्ष वर्धन

एन–९५ मास्क कोरोना भाइरस रोक्न अपनाइने नियमविपरीत :भारतका स्वास्थ्यमन्त्री डा. हर्ष वर्धन

शिक्षा
कोरोना भाइरसबाट बच्न मास्क लगाउनु एक प्रभावकारी उपाय मानिएको छ। त्यसमा पनि एन–९५ मास्कलाई सबैभन्दा सुरक्षित ठान्ने गरिएको छ। तर भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनले छिद्रवाला एन–९५ (एन–नाइन्टी फाइभ) मास्क कारोना रोक्न सक्षम नभएको जानकारी दिएका छन्। ट्विट गर्दै उनले भनेका छन्, ‘छिद्रयुक्त श्वास यन्त्र राखिएको एन–९५ मास्क कोरोना भाइरस रोक्न अपनाइने नियमविपरीत छ। सबैलाई कपडाले बनेको तीन तहयुक्त मास्क लगाउन र अरूलाई पनि यसैमा प्रोत्साहन गर्न आग्रह छ।’  ...
गीतकार तथा समाजसेवी यशु थापा रचित ‘बरिलै माईतिको आंगन’ गीत सार्वजनिक(भिडियो)

गीतकार तथा समाजसेवी यशु थापा रचित ‘बरिलै माईतिको आंगन’ गीत सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं, । हिन्दू नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बजारमा तिजका गीतसंगीत पनि सार्वजनिक हुने क्रम बढिरहेको छ । यस्तै विषयबस्तुलाइ समेटेर गीतकार तथा समाजसेवी यशु थापाको शव्दमा “बरिलै माइतिको आंगन ” सार्वजनिक गरेकी छिन् । कतारमा भएको स्टार ईन्टरनेशनल अवार्ड, सगरमाथा अवार्ड लगायत थुप्रै विधामा सम्मानित भैसकेकि गीतकार यशुका यस अघिका केही गीतहरु चर्चामा रहेका छन । सार्वजनिक भएका तिज गित भन्दा फरक तथा मौलिक किसिमको रहेको गितमा आवाज भने गायिका अन्जु पन्त र गायक तिलक बसनेतको रहेको छ भने संगीत पनि तिलक बस्नेतकै रहेको छ । गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन् । “बरिलै माइतीको आंगन” गितको भिडियोलाइ भने अर्जुन तिवारीले छायाँकन गरेका छन । शिव बिकले निर्देशन गरेका भिडियोमा गायक तथा मोडेल दुर्गेस थापा र सर्बाधिक नाचेर विश्व रेकर्ड राखन सफल दिदि र बहिनि रुबिशा श्रेष्ठ र एलिश...
लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

लकडाउन अन्त्य गर्ने सरकारको निर्णय

राजनीति, समाचार
सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निर्णय गरेको छ। गत चैत ११ गतेबाट जारी भएको लकडाउन आजरातिबाट खुल्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए। आमनागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले बताए। लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए। सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए। यद्यपि विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उनले बताए। सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहणसम्बन्धी कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ। सेमिनार र भेला भने...
‘म भन्दा ठूलो देशभक्त कोही छैन’ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

‘म भन्दा ठूलो देशभक्त कोही छैन’ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प

अन्तराष्ट्रिय, समाचार
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूभन्दा ठूलो देशभक्त कोही नभएको बताएका छन् । ट्रम्पले सो कुरा आफ्नो ट्वीटमा भनेका हुन् । ट्रम्पले मास्क लगाउने विषयमा गरेको ट्वीटमा भनिएको छ, ‘हामी अदृश्य चिनियाँ भाइरसलाई हराउनका लागि एकजुट छैं र थुप्रै मानिसहरुले सामाजिक दुरी अपनाउन नसके मास्क लगाउनु देशभक्तिको काम बताएका छन् । त्यसो भए यहाँ मभन्दा ठूलो देशभक्त कोही छैन, तपाईंलाई मनपर्ने राष्ट्रपति । ’ पछिल्लो समयमा ट्रम्पले कोभिड–१९ माथि लगाम लगाउनका लागि मास्कको आवश्यकतामाथि भिन्न–भिन्न बयान दिएका छन् जसका लागि उनका विपक्षी डेमोक्रेट्स र थुप्रै वैज्ञानिक सल्लाहकारले उनको आलोचना गरेका थिए । फक्स न्यूजलाई आइतबार दिएको अन्तरवार्तामा उनले मास्क लगाउनुमा आफूले विश्वास राख्ने तर यसको समस्या पनि हुने गरेको बताए । उनले भने, ‘विशेषज्ञले मास्क लगाउन आवश्यक ठान्छन् तर सो विषयमा उनीहरु बीच मतभ...
नारायणी नदीमा पछिल्लो ४१ वर्ष यताकै सबैभन्दा ठूलो बाढी,चारको मृत्यु

नारायणी नदीमा पछिल्लो ४१ वर्ष यताकै सबैभन्दा ठूलो बाढी,चारको मृत्यु

समाचार, समाज
काठमाडौं- नारायणी नदीमा पछिल्लो ४१ वर्ष यताकै सबैभन्दा ठूलो बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सन १९७९ देखि अहिलेसम्मको रेकर्डअनुसार नारायणी नदीमा सोमबार आएको बाढी अहिलेसम्मकै ठूलो हो। सन २०१३ मा नारायणी नदीको जल सतह ९.१५ मीटर पुगेको थियो। त्यसअघि सन १९७९ मा ९.४ र १९८९ मा नारायणीको जल सतह ९.२ मीटर मापन गरिएको थियो। तर, नारायणी नदीको देवघाटमा रहेको स्वचालित जल मापन यन्त्रले नारायणी नदीको जलसतह ९.७८ पुगेको देखाएको छ। यो खतराको तहभन्दा १.७८ मीटर बढी हो। चार जनाको मृत्युगएरातिदेखि भएको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित बनेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक जानकारी अनुसार सोमबार साँझसम्म देशभर भएका घटनामा चार जनाको मृत्यु भएको छ। अहिलेसम्मको जानकारी अनुसार दुई जना हराइरहेका छन् भने तीन जना घाइते भएका छन्। दार्चुलामा दुई,...