आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
क्यानले एक साताभित्र राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि विज्ञापन गर्ने

क्यानले एक साताभित्र राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि विज्ञापन गर्ने

खेलकुद, समाचार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एक साताभित्र राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि विज्ञापन गर्ने भएको छ। सोमबार बसेको क्यानको कार्यसम्पादन कमिटीको बैठकले रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि आईसीसीसँग समन्वय गरी एक हप्ता भित्र विज्ञापन गर्ने निर्णय गरेको छ।कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग छलफल गरेर मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने जनाएको छ । क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको प्रशिक्षक छनोट गर्न लागेको हो । भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि लामो समयबाट नेपाली टिम प्रशिक्षक विहीन रहेको छ । कमिटीको बैठकले सात प्रदेशको लागि ७ जना प्रशिक्षकको लागि समेत दरखास्त आह्वान गर्ने निर्णय गरेको छ । कार्यसम्पादन कमिटीले केन्द्रीय कमिटिका सदस्य जयन्ती भट्टको सयोजकत्वम...
साउन ८ पछि विद्यार्थी भर्ना खुला गर्ने सरकारको तयारी

साउन ८ पछि विद्यार्थी भर्ना खुला गर्ने सरकारको तयारी

शिक्षा, समाचार
सरकारले विद्यार्थी भर्ना खुला गर्ने तयारी गरेको छ। लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेको एक मन्त्रीले बताए। यद्यपी अहिले तत्काल विद्यालयहरु खुल्ने छैनन्। धेरैजसो विद्यालयमा अहिले पनि क्वारेन्टिन बनाइएको छ। ति विद्यालयलाई निर्मलीकरण गर्नेसमेत निर्णय भएको स्रोतले जनाएको छ। यस्तै, सामुदायिक विद्यालयका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ। ...
एक जिल्लाबाट अर्को जिल्लामा छोटो दूरीका बस चलाउन दिने सरकारको निर्णय

एक जिल्लाबाट अर्को जिल्लामा छोटो दूरीका बस चलाउन दिने सरकारको निर्णय

आर्थिक, समाचार
सरकारले जारी लकडाउन खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यसबारे निर्णय गरेको हो । सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यस अघि सरकारले एउटा जिल्ला भित्र मात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो नियम उपत्यकाको हकमा भने लागू थिएन ।यस्तै आगामी भदौ १ गतेदेखि सरकारले हवाई उडान पनि थाल्ने भएको छ । यसैबीच सरकारसँग विभिन्न माग राखी बस सञ्चालनमा असहयोग गर्दै आएका यातायात व्यवसायीहरु पनि सार्वजनिक बस सञ्चालन गर्न सहमत भएका छन् । ...
खासा क्षेत्रमा रहेको केरुङ च्छो हिमताल फुट्ने खतरा, सुरक्षित स्थानमा जान प्रशासनको सूचना

खासा क्षेत्रमा रहेको केरुङ च्छो हिमताल फुट्ने खतरा, सुरक्षित स्थानमा जान प्रशासनको सूचना

समाचार, समाज
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो हिमताल फुट्ने खतरा रहेको भन्दै भोटेकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सूचित गरेको छ। सोमबार प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जारी गरेको सूचनामा ‘मित्रराष्ट चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई फुट्न सक्ने सम्भावना रहेको र न्यालम क्षेत्रमा अत्यधिक वर्षा भइरहेको भनी मित्रराष्ट्र चीनको समकक्षीहरुबाट दोभाषेमार्फत जानकारी प्राीत भएको’ जनाएको छ। साे पाेखरी फुट्न गएमा भाेटेकाेशी नदीमा आकस्मिक रुपमा पानीकाे बहाव अत्यधिक बढ्न भई नदी किनारमा रहेका भाेटेकाेशी गाउँपालिका बाह्रबिसे नगरपालिका लगायत स्थानीय तहका बजार तथा मानव बस्तीहरु बगाउन सक्ने र ठुलाे क्षति पुर्‍यार्न सक्ने भन्दै सूचनामा साे क्षेत्रमा बस्ने सर्वसाधारण व्यक्तिहरु स्थानीय तहलाई सकर्कता...
भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु हुने

भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु हुने

आर्थिक, समाचार
सरकारले भदौ १ बाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान खुला गर्ने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने प्रस्ताव पेश गरेकोमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रकारका उडान भदौ १ बाट सुचारु गर्ने निर्णय गरेको हो। ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान भदौ १ देखि सुरु गर्ने निर्णय भएको छ,’ पर्यटनमन्त्री योगेश भट्टराइले भने, ‘त्यसका लागि आवश्यक प्रोटोकल (कार्यबिधि) बनाउने जिम्मेवारी पर्यटन मन्त्रालयलाई दिइएको छ।’ ...
मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध

मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध

शिक्षा
चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा साेमबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ। दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ। इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ। रासस ...
शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ गायब

शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ गायब

समाचार, स्वास्थ्य
त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ हराएको छ। अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो। आजकोअन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेको समाचार अनुसार सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ बैंक मौज्दात छ। बैंकमा १६ करोड ४४ लाख आठ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। ...
जिल्ला न्यायाधीशमा २६ जना नाम निकाल्न सफल

जिल्ला न्यायाधीशमा २६ जना नाम निकाल्न सफल

समाचार, समाज
काठमाडौं । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २६ व्यक्ति लिखित परीक्षामा नाम निकाल्न सफल भएका जनाएको छ । आयोगले आज जिल्ला न्यायाधीशमा नाम निकाल्न सफल व्यक्तिको नामावली सार्वजनिक गरेको हो । जिल्ला न्यायाधीशको २९ पदमा ४५ जना नाम निकाल्न सफल भएका छन् । आयोगले जिल्ला न्यायाधीशका लागि आन्तरिक खुलाका लागि १४, खुला नौ, महिला एक, आदिवासी जनजाति दुई, मधेशी दुई, अपाङ्ग एक र पिछडिएका क्षेत्रका लागि एक जनाको विज्ञापन गरेको थियो । आन्तरिक खुलामा १६, खुलामा २६, मधेशी दुई र अपाङ्गमा एक जनाले लिखित परीक्षामा नाम निकालेका छन् ।      जिल्ला न्यायाधीशको परीक्षामा महिला, आदिवासी जनजाति र पिछडिएका क्षेत्रमा नाम निकाल्न नसकेकी कोटा खाली रहेको र मधेशी दुई कोटामा एक जनाले मात्र नाम निकालेका छन् ।  ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेकामध्ये ८४.८ प्रतिशत मुद्दामा सफलता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेकामध्ये ८४.८ प्रतिशत मुद्दामा सफलता

अपराध, समाचार
आर्थिक वर्ष २०७६/०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले दायर गरेकामध्ये ८४.८ प्रतिशत मुद्दामा सफलता पाएको छ। अख्तियारको वार्षिक प्रतिवेदनअनुसार उक्त वर्ष ४ सय ४१ वटा मुद्दा दायर गरिएको थियो। जुन अघिल्लो आवको तुलनामा ९० वटा मुद्दा बढी हो। अख्तियारले भ्रष्टाचार आरोपमा दायरमध्ये ८४.८ प्रतिशत मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम भएको हो। तर अघिल्लो आर्थिक वर्षको तुलनामा भने यो दर निकै बढी भएको अख्तियारले जनाएको छ। अघिल्ला आवहरुमा ६०/७० प्रतिशतको हाराहारीमा रहने गरेका थिए। गत आवमा अख्तियारले २०६ वटा घुस लिएका, नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी ८५ वटा, सार्वजनिक सम्पत्तिको हानि/नोक्सानीसम्बन्धी ७४ वटा, गैरकानुनी लाभहानिसम्बन्धी ३६ वटा, राजस्व हिनामिनाका १२, गैरकानुनी सम्पत्ति आर्जनका १८ र अन्य विविध १० वटा गरी ४ सय ४१ वटा मुद्दा दायर गरेको थियो। ४ सय ४१ मुद्दामा कुल १ हजार १...
यो पटकको साउनको सोमवार पशुपति नखुल्ने,दर्शनार्थीहरुले बाहिरैबाट दर्शन गर्नुपर्ने

यो पटकको साउनको सोमवार पशुपति नखुल्ने,दर्शनार्थीहरुले बाहिरैबाट दर्शन गर्नुपर्ने

समाचार, समाज
४ साउन, काठमाडौंः हरेक वर्ष जस्तो यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथको दर्शन गर्न भक्तजनहरुले नपाउने भएका छन् । साउन ७ गतेसम्म सरकारले जारी गरेको लकडाउन कायम नै रहेकाले यस वर्षको सोमबार पशुपतिको दर्शन गर्न भक्तजनहरुले नपाउने भएका हुन् । पशुपति विकास कोषका अनुसार पशुपतिनाथको मन्दिरलाई तत्काल खुल्ला गर्ने निर्णय नभएकाले पहिलो सोमबार मन्दिर नखुल्ने भएको हो । मन्दिर खुल्ला गर्ने निर्णय सरकारले अहिलेसम्म नगरेकाले साउनको पहिलो सोमबार पशुपति नखुल्ने भएको छ । यो वर्ष दर्शनार्थीहरुले बाहिरैबाट दर्शन गर्नुपर्ने भएको छ । सरकारले लकडाउनलाई केही खुल्ला गरेसँगै विभिन्न क्षेत्रहरु विस्तारै खुल्ला हुँदै छन् । तर, भडिभाड हुने मन्दिरलाई अहिले नै सरकारले खोल्ने सुचिमा राखेको छैन । ...