फेसियल हाउसको ईटहरी ब्रान्च उद्घाटन
नेपालको सौन्दर्य सेवा क्षेत्रमा परिचित संस्था फेसियल हाउसले आफ्नो सेवा विस्तार गर्दै प्रदेश नं. १ को प्रमुख व्यापारिक केन्द्र ईटहरीमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।नयाँ शाखाको उद्घाटन एक विशेष समारोहबीच ईटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ ब्यूटिसियन सुष्मा महराले संयुक्त रूपमा रिवन काटी सम्पन्न गर्नुभयो ।उद्घाटन समारोहमा बोल्दै सुष्मा महराले भनिन्,“फेसियल हाउसले सात वर्षअघि झापाबाट सेवा आरम्भ गरेको थियो। यद्यपि, कोभिड महामारीका कारण केही समयका लागि सेवा रोकिएको थियो। अहिले हामीले पूर्वका सबै सेवाग्राहीलाई लक्षित गरी ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएका छौं। सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो मूल उद्देश्य हो।“ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले ईटहरीलाई...









