रवि ओड टया्ग ईन्टरनेशनल एकडेमी कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर
काठमाडौं । संगीतको मञ्चमा लाखौं मुटु जितेका नेपाल आइडल रवि ओड अब युवाहरूको शैक्षिक सपना साकार पार्न अग्रसर हुँदै TAG International Academy Consultancy को ब्रान्ड एम्बेसडर बन्नुभएको छ। सुदूरपश्चिमको गाउँबाट सुरु भएको यात्राबाट काठमाडौं, अनि अ्मेरीका ,अष्ट्रेलिया, जापान अन्य थुप्रै देशहरूमा पुगेका रवि ओड, केवल गायक मात्र होइनन्, एक यथार्थवादी संघर्षशिल व्यक्तित्व पनि हुन्। नेपाल आइडलको मञ्चमा उभिएर जब उनले पहिलो पटक गीत गाए, तबदेखि आजसम्म उनको जीवन निरन्तर मेहनत, यात्राहरू र अनुभवले भरिएको छ।
रवि ओडले विभिन्न देशहरूमा सांगीतिक प्रस्तुति दिएका छन्, स्थानीय दर्शकहरूसँग भावनात्मक सम्बन्ध बनाएका छन्, र नेपाली समुदायको आवाज बनेका छन्। त्यही अनुभव, त्यो exposure, अब उनले शिक्षा र परामर्श क्षेत्रमा प्रयोग गर्न लागेको यो सहकार्य विशेष छ। TAG International Academy को तर्फबाट म्यानेजर Mr. Rozal Ri...









