“मिस्टर एण्ड मिस ग्रेस एसईई नेपाल”का प्रतिस्पर्धीले देखाए प्रतिभा
ग्रेस इभेन्ट्सको आयोजनामा संचालित मिस्टर एण्ड मिस ग्रेस SEE नेपाल – सिजन ६ (२०२५) को ट्यालेन्ट राउण्ड २०८२ असार १७ गते भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) सुरज थापाले गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो उत्कृष्ट प्रतिभा, सिर्जनात्मकता र आत्मविश्वास प्रस्तुत गर्दै दर्शकहरूको मन जित्न सफल भए।
कार्यक्रममा निर्णायकको भूमिकामा राष्ट्रिय कलाकार सपन श्रेष्ठ, नेपालकी पहिलो एक खुट्टा नृत्यांगना रोमा न्यौपाने, मिस ग्रेस एयर होस्टेस २०२५ की फर्स्ट रनर अप सुनिशा गुरुङ, चिरायु डेन्ट केयरका एम.डी. सागर जोशी र चर्चित गायिका बेनीशा पौडेल रहनुभएको थियो। कार्यक्रमको सन्चालन फेसन कोरियोग्राफर अर्शु महर्जनले गरिरहनुभएको थियो भने, कार्यक्रमका रमाइला क्षणहरू बिन्द्रा प्रजापति र अंकित मल्ल (Cupid Photo Studio) ले त...









