सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
प्रचण्ड र ओलीबीच सत्तासंघर्षको लडाई

प्रचण्ड र ओलीबीच सत्तासंघर्षको लडाई

राजनीति, समाचार
डा.डिआर उपाध्याय यति बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको किचलोले सवैको ध्यान तानेको छ । पात्र फेरिए तर प्रवृत्ति फेरिएन । किसान, मजदुर र गरिबको हिजो जस्तो अवस्था थियो आज पनि त्यस्तै छ । लोकतान्त्रिक गणतन्त्रकालमा सर्वसाधरण जनताले फरक महसुस केही पाएका छैनन् यो भन्दा बिडम्वना के हो ? । मजदुर, किसान, श्रमजीवी, शोषित पीडित, गरिब जनताको समस्या दिनहँु बढदै गएका छन । नेताहरु एक आपसमा लडेर तमसा देखाइरहेका छन । महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम र सबै उत्पीडित जाति र पिछडिएका क्षेत्रका जनताले आफना अधिकारका कुरा उठाइरहेका छन । सबै वर्ग, तह र समुदायका जनतालाई समानरूपमा अधिकारसम्पन्न बनाई राष्ट्रिय एकता सुदृढ पार्नु नै आजको आबश्यकता हो । तर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद तीव्र बन्दै जाँदा यो पार्टी विभाजन हुनेसम्मका चर्चापरिचर्चा भइरहेका छन्। यो मुलुकका ल...
डा.डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास’ सार्वजनिक (भिडियोसहित)

डा.डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘रचे इतिहास…’ सार्वजनिक भएको छ । उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘धरोहर’मा समावेश भएको गीत ‘रचे इतिहास…’को लिरिकल भिडियो सार्वजनिक भएको हो । हुलाक टिकटमा समाबेश गरिएको बिशिस्ट ब्यक्तिहरूको नाम राखी बनाइएको यो गीतले केही समय अघि बिश्व रकर्ड राख्न सफल भएको थियो । गीतमा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत तथा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । फरक शैलीका गीत मार्फत डा. उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल हुनुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । https://youtu.be/DRcnNysrO...
लोकतन्त्रको बिकल्प लोकतन्त्र नै

लोकतन्त्रको बिकल्प लोकतन्त्र नै

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले पछिल्लो समयमा देशका विभिन्न सहरमा राजावादीहरु नारा जुलुस प्रदर्शन गरिरहेका छन । राजावादीहरु उत्साहित देखिन्छन । तर यो उत्साहको कुनै अर्थ छैन । राजतन्त्रका पक्षमा जति सुकै चर्को नारावाजी गरे पनि राजतन्त्र फर्किनेवाला छैन । लामो त्याग ,तपस्या र बलिदानवाट प्राप्त अहिले सम्मका उपलव्धिहरु जनताले गुम्न दिने छैनन् । राजा समर्थकहरूले हिन्दु धर्म र राजतन्त्रलाई जोड्ने गरेका छन् । साथै, प्रदर्शनकारीले संघीयताका विरुद्ध पनि आवाज उठाएको देखिन्छ । अप्रत्यक्षरूपमा जनमत तयार गर्ने प्रयत्न राजावादीहरुले गरेका छन । दोस्रो जनआन्दोलनका सबै उपलब्धि जोगाउँन लोकतन्त्रवादी शक्तिहरु सचेत रहन भने जरुरी छ । लोकतान्त्रिक शासन व्यवस्थामा आफ्नो पक्षमा जनमत बनाउन शान्तिपूर्ण सभा , जुलुश गर्ने अधिकार सवैलाई हुन्छ । तर देशको हित बिपरित गतिविधि बढाउन भने कसैलाई छुट छैन । नेपालको संविधानले पनि ...
लोकतन्त्रवादी शक्तिहरु एक भएर अघि बढनु पर्ने बेला आयो

लोकतन्त्रवादी शक्तिहरु एक भएर अघि बढनु पर्ने बेला आयो

राजनीति, समाचार
डा.डिआर उपाध्याय सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक बिवाद अझै समाधान हुन सकेको छैन । लामो समयदेखिको अध्यक्षद्वयका बीच देखिएको असमझदारी सतहमा आएको छ । नेकपाको नेतृत्वमा करिब दुईतिहाइको बहुमतको सरकार छ । यो ऐतिहासिक अवसरको सदुपयोग नेकपा र सरकारले गर्न सक्नुपर्ने थियो तर सकेन । अव नेकपा आफना कमीकमजोरीहरू सुधार गर्दै आत्मसमीक्षाका साथ एक भएर अघि बढ्नुपर्ने आबश्यकता देखिएको छ । यो देशको आबश्यकता हो । यो झगडा कुनै सिद्धान्त र आदर्श वा नीतिगत द्वन्द्वका कारण सिर्जना भएको देखिँदैन, व्यक्तिगत अभीष्ट नै यसको प्रमुख कारण हो । अहिलेको विवाद दलभित्रका शीर्षस्थ नेतृत्वमा रहनेहरूको व्यक्तिगत महत्वाङ्काक्षासँग सम्बन्धित छ । नेकपाले निर्वाचनमा गरेका प्रतिबद्धतालाई व्यवहारमा लागू गर्न सकेन । आपसी झगडामा मात्र समय बितायो । देश सङ्क्रमणको महामारीबाट गुज्रिराखेको छ । यस्तो अवस्थामा दलका नेत...
देशमा गुट,उपगुटको राजनीति

देशमा गुट,उपगुटको राजनीति

राजनीति, समाचार
डा.डिआर उपाध्याय नेकपाभित्रको आन्तरिक बिवाद चुलिदै गएको छ । यदि नेकपामा फुट भयो भने मुलुक गम्भिर संकटमा फस्ने छ । गणतन्त्र, धर्मनिरपेक्षता धरापमा पर्ने छ । २०६२ , ०६३ सालका उपलब्धिहरू समाप्त हुने र देश प्रतिगमनतिर जाने खतरा हुनेछ । यो नै चिन्ताको विषय हो । नेकपाभित्रको अन्तरकलह छिटो समाधान हुनु पर्छ । युग बदलिएको छ, तर जनताको अवस्था बदल्लिएको छैन । मुलुकमा समाजवाद ल्याउनु पर्छ भन्र्ने नेताहरुको कमी छैन । तर यो बिषमा कुनै सुरसार नै छैन । समाजवाद त्यति सजिलरी आउँदैन । समाजवादको बाटो त्यति सजिलो छैन । युगले त्यसको नेतृत्व गर्ने नयाँ नेतृत्व खोजेको छ । नेपाल नयाँ युगमा प्रवेश गरेको छ । संविधानमै समाजवाद लेखिएको छ । अब नेताहरूले राजनीतिक क्रान्तिका भाषण गरेर मात्र देश चल्दैन । अव राजनीतिक र तिनका नेताहरुमा आर्थिक क्रान्ति गर्ने दृष्टिकोण चाहिन्छ । भ्रष्टचार शून्य, गरिबी न्यूनीकरण, शिक्षा, स...
थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

समाचार, स्वास्थ्य
 मंगलबार नेपालमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ। यस्तै हालसम्म ६१६ जना क्वारेन्टिनमा रहेका छन् । ...
महासंघ निर्वाचन पछि हामी : सुबोध कुमार गुप्ता

महासंघ निर्वाचन पछि हामी : सुबोध कुमार गुप्ता

आर्थिक, समाचार
सर्वप्रथम, मलाई अमुल्य मत दिई नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा मतदाता साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यो म प्रतिको विश्वास हो भन्ने मेरो बुझाई छ । साथै आफ्नो प्रतिनिधी मान्दै महासंघको कार्यकारीणी सदस्यमा निर्वाचित गराउनु भएकोमा आभार प्रकट गर्न चाहन्छु । मलाई योग्य ठानी आफ्नो तर्फबाट मत जायर गर्नुहुने तमाम मतदाता साथीहरु प्रति म अनुग्रहित छु । तपाईंहरुले दिनु भएको मतको कदर गर्दै समग्र निजी क्षेत्रको साँखलाई उचो पार्दै अघि बढने प्रण गर्दछु । अग्रज एवम् समकक्षी साथीहरुको राय, सुझाव र सल्लाहलाई आत्मसात गर्दै आफ्नो विवेक र क्षमताले भ्याएसम्म निजी क्षेत्रको समस्याहरुलाई हल गर्न सकृय भएर लाग्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । यहाँहरुको आत्मियपना र रचनात्मक साथ सहयोगको अपेक्षा मेरो कार्यकाल भरि रहिरहनेछ । मुख्य कुरा यहाँहरुलाई मैले निराश बनाउने छैन भ...
वर्तमान शासन पद्धति नै भँड्कालोमा जाकिने त होइन ?

वर्तमान शासन पद्धति नै भँड्कालोमा जाकिने त होइन ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय विगतमा झैं विकृत राजनीति प्रदर्शन मुलुकमा पछिल्लो समय प्रतिगामी तत्वहरु सल्वलाईरहेका छन । लोकतन्त्र पक्षधरको लागी यो चिन्ताको बिषय हो । राजावादी पक्षधरहरुको नारा जुलुस र प्रर्दशन दिनौं हुने गरेका छन । जनताको सहभागीता पनि हुने गरेको दृष्य देख्न सकिन्छ । यसले के जनाउँछ भने मुलुक ठिक ढंगले अघि बढन सकेन । अहिले आम जनता निराश छन । जनतामा देखिएको निराशाको फाईदा राजावादी पक्षधरहरुले लिइरहेका छन । जनतालाई ‘सरकार भएको अनुभूति दिन सक्नु पर्दथ्यो , सरकार असफल भयो । प्रतिपक्षी दल पनि निरीह बनेर बसेको छ । उसको आवाज कहीँ सुनिँदैन । सरकार गलत बाटोमा जान खोज्दा सहि बाटोमा ल्याउने काम प्रतिपक्षी दलको हो । खै प्रतिपक्षी दलले आवाज उठाएको ? यहि भएर प्रतिगामी तत्वहरु सल्वलाईरहेका छन । खै लोकतन्त्रवादी शक्तिहरुले कुरा बुझेको ? मुलुक अफठ्यारो बाटोमा छ । अव सवै लोकतन्त्रवादी शक्ति...
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो

समाचार, स्वास्थ्य
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २९ नजाको निधन भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको हो।  पछिल्लो २४ घण्टामा नेपालमा थप १४७४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ छ। जसमध्ये २ लाख १४ हजार ५२१ निको भएका छन् भने १७ हजार ४२३ संक्रिय संक्रमित छन्। ...
तीन गैरआवासिय नेपालीबाट चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको सहयोग

तीन गैरआवासिय नेपालीबाट चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको सहयोग

आर्थिक, समाचार
गोरखा, १५ मंसिर- गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ६ भुम्लीचोक स्थित भद्रकाली मा.वि. र थुम्का प्रा.वि. का १ सय ३८ जना चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको स्टेशनरी तथा खाजा सहयोग गरिएको छ । भद्रकाली मा.वि. का ५० जना, थुम्का प्रा.वि. का ८८ जना चेपाङ विद्यार्थीलाई कापी, कलम, ज्यामिती बक्स, बिस्कुट लगायतका सामग्रीहरु सहयोग गरिएको हो । काठमाडौं महानगर -३, महाराजगन्ज, मनिकुल टोल घर भई विगत लामो समयदेखि ताइपेइ ताइवानमा बस्दै आएका रोहित श्रेष्ठ, आरुघाट गाउँपालिका वडा नं. ५ अल्काटार स्थायी घर भई हाल हङ्गकङ्गमा बस्दै आएका आकाश बञ्जारा र गण्डकी गाउँपालिका वडा नं. ५ दर्बुङ घर भई हाल जापानमा रहेका बिराट बाबु खनालले सो सहयोग उपलब्ध गराएका हुन । ताइपेइ ताइवान निवासी रोहित श्रेष्ठले सो सामग्री सहयोग गर्नको लागि रु. १ लाख रुपैया तथा आकाश बञ्जारा तथा बिराट बाबु खनालले रु. ५० हजार र...