चेम्बर पदाधिकारीसँग रसियन फेडरेशनका ब्यापारिक प्रतिनिधिमण्डलको भेटवार्ता
काठमाडौं, २४ मंसिर – रसियन फेडरेशनका ब्यापारिक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भ्लादिसम मिट्रिभको टोलीले नेपाल चेम्बर अफ कमर्सको सचिवालय जमलमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा चेम्बर पदाधिकारीसँग भेट गरेको छ । सो अवसरमा नेपालका लागी रुसका राजदुत अलेकसेइ नेइकोभले कोभिड कहर माझ रसियन फेडरेशनका ब्यापारीक प्रतिनिधिमण्डलको भ्रमण भएकोले यसको विशेष महत्व रहेको र यस भ्रमणबाट दुवै मुलुकका जनता र व्यवसायीले लाभ लिन सक्ने कुरा व्यक्त गरे ।
व्यापारीक प्रतिनिधिमण्डलका प्रमुख मिट्रभले कोभिड विरुद्धको भ्याक्सिन रुसले परिक्षण गरी अधिक रुपमा प्रयोगमा आईसकेको उल्लेख गर्दै नेपालमा पनि सो भ्याक्सिनको प्रयोग गर्न सरल, सहज र छिटो हुने व्यवस्था मिलाउने उदेश्य निहित रहेको बताए । साथै उनले नेपाल भ्याक्सिन प्राप्त गर्ने संभाव्य दश मुलुकको सूचीमा रहेको बताउन पाउँदा आफुलाई खुसि लागेको कुरा ब्यक्त ...








