मन्दिरा श्रेष्ठ बनिन् ग्लोकल टीन हिरो २०२०
वाई वाई ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलन २०२० सम्पन्न भएकाे छन् । भब्य र सभ्य रुपमा ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२०” को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन्।
किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो।
अनलाईन कार्यक्रमकाबिच आज ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो। भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, रामेश्वर रे यादबले बिजेताको घोषणा गरेको हो । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।
वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी: एकराज घिमिरे, वातावरणविद् मन्दिरा श्रेष्ठ, स्वास्थ्य अभिय...







