सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
पोखरामा आज र भोली सौन्दर्यविद महराले सौन्दर्य सम्बन्धी परामर्श दिने

पोखरामा आज र भोली सौन्दर्यविद महराले सौन्दर्य सम्बन्धी परामर्श दिने

आर्थिक, समाचार
पोखरा १५ मंसिर - फेसियल हाउसका सञ्चालक तथा बरिष्ठ सौंदर्यविद सुष्मा महराले पोखरामा सौन्दर्य तालिम दिने भएकी छिन् । महराले मंसिर १५ र १६ गते फेसियल हाउसको पोखरा ट्रेड मल स्थित ब्राचले आयोजना गर्ने सौन्दर्य सम्वन्धी तालिममा विज्ञका रुपमा सहभागीता जनाउन लागेकी हुन । महराले फेसियल हाउसबाट कार्यक्रम हुने बारे स्पस्ट पारेकी छिन् । महराले विषेशत: पोख्रेली माझ स्कीन हेयर सम्वन्धी समस्याकासाथै माईक्रो ब्लेडीङ र कोठी रिमुभ सम्बधमा उनले सत्र संचालन गर्ने जनाएकी छिन् । महराले १५ गते विहान ९ बजे देखि बेलुका ८ बजे सम्म र १६ गते ९ देखि अप्राहन्न १ बजेसम्म परामर्श दिने जानकारी दिएकी छन् । ...
गायक ध्रुव बिस्को र गायिका सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया’ सार्वजनिक(भिडियो)

गायक ध्रुव बिस्को र गायिका सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
ध्रुव बिस्को र सरु गौतमको स्वरमा रहेको गीत ‘झन झन माया…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा गायक बिस्कोको नै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/bp1417exGTI माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता पुष्प खड्का, नरेन खड्का, सृजना केसी र सरोज मोक्तानको अभिनय तथा नृत्य देख्न सकिन्छ । भिडियोमा दिनेश डिसी पनि फिचर भएका छन् ।  माइकल सेटअपको करियोग्राफी रहेको भिडियोलाई उत्सव दाहाल र टिमले खिचेको हुन् भने सम्पादन शिलन लम्सालको छ । नेपाली लोक तथा पश्चिमेली सङ्गीतलाई दक्षिण भारतीय बिटसँग मिलाएर डान्सिङ शैलीमा यस तयार गरिएको ध्रुव बताउँछन् । उनी भन्छन्, ‘हामीले यस गीत चलचित्रको लागि भनेर तयार गरेका थियौँ । कोरोनाका कारण चलचित्रको टुङ्गो नभएपछि भिडियोमा ल्याउने प्रयास गरेका हौँ ।’ ...
नेकपा गम्भीर सङ्कटको भुमरीमा

नेकपा गम्भीर सङ्कटको भुमरीमा

राजनीति, समाचार
डा.डिआर उपाध्याय यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर सङ्कटको भुमरीमा छ । दुई वामपन्थी पार्टी मिलेर नेकपा बनेको हो । लामो समय देखि मुलुक कोरोना भाइरसबाट आक्रान्त छ । यही अवस्थामा सत्तारुढ दल नेकपाभित्र बिवाद छ । जसले गर्दा पार्टी एकता नै सङ्कटमा पुगेको छ ।पछिल्लो समयमा दोस्रो पुस्ताका नेताहरूले पार्टी जोगाउँन त्यति पहलकदमी गरेको देखिएन । नेकपाभित्र यसअघिका विवाद भन्दा अहिलेको बिवाद निकै पेचिलो बनेको छ । परिस्थिति जटिल बनेर अघि बढिरहेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि सङ्गीन आरोपसहित प्रतिवेदन सचिवालय बैठकमा पेस गरेपछि विवादले नयाँ मोड लिन पुगेको हो । गुटगत भेला, एक अध्यक्षले अर्का अध्यक्षमाथि सङ्गीन आरोप लगाउने काम रोकिएको छैन । यसअघिका विवादहरू लेनदेनमा समाधान हुन्थ्ये । अहिले त्यस्तो अवस्था देख...
दु:खमा मलम लगाउने सहयोगी सुवास न्यौपाने, जसले सदालाई संसार देख्ने बनाए

दु:खमा मलम लगाउने सहयोगी सुवास न्यौपाने, जसले सदालाई संसार देख्ने बनाए

समाचार, स्वास्थ्य
सिरहा, १३ मंसिर - नेपालमा कोभिड–१९ को बढदो संक्रमण र मृत्युको खबरले लगभग सात महिना नेपाली जनजीवन नराम्ररी प्रभावित बन्यो । आर्थिक–सामाजिक सम्बन्धहरू तहसनहस भए । एकै घरका दुई भन्दा बढिको कोरोना संक्रमणकै कारण मृत्यु भएको खबर पनि सार्बजनिक भए । जसले मानिसहरुमा त्रासदी निम्त्यायो । घरघरका संकट त कति हो कति, लेखा जोखा गरेर साध्य नै छैन । आमनागरिकलाई महामारीबाट जोगाउन र अहिलेका संकट पार लगाउन सरकार करिब–करिब असफलजस्तै देखियो । तर यस्तोमा पनि समाजका केहि ब्यक्तिले भने कोरोनाको महामारी नभनि आफ्नै पेशा तथा कर्ममा तल्लिन रहे । मानव सेवामा समर्पित हुँदै दु:खको घडीमा मलम लगाउन कम्मर कसेर लाग्नेहरुको जमात पनि भेटिए । यिनै मध्ये एक पात्र हुन काभ्रेपलान्चोक जिल्ला नमोबुद्ध नगरपालिका ६ का सुवास न्यौपाने । न्यौपानेले चौतर्फी नकारात्मक खबरका बीच गरिब तथा असायहरुको सेवा गर्दै उनले समाजमा सकारात्मक...
‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गर्न सिफारिस

‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गर्न सिफारिस

मनोरन्जन, समाचार
रिमेश अधिकारी निर्देशित चलचित्र ‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन चलचित्र सम्बन्धित संघ संस्थाहरुले सरकारसँग सिफारिस गरेका छन् । चलचित्र विकास बोर्डले एक पत्रमार्फत् चलचित्रले ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार(प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका कारण ‘नालापानी’ लाई प्रदर्शन, प्रचार प्रचार लगायतका पाटोमा सहयोग उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ । त्यस्तै, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ र राष्ट्रिय विभुति वीर बलभद्र कुँवर प्रतिष्ठान नेपालले फिल्मलाई राष्ट्रिय विशेष चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । फिल्मले उठान ...
काठमाडौं जेसीजको निर्वाचन सम्पन, अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

काठमाडौं जेसीजको निर्वाचन सम्पन, अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

समाचार, समाज
काठमाडौं, आइतबार, १४ मङ्सिर २०७७ । काठमाडौं जेसीजको निर्वाचन सम्पन्न भएको छ । शनिवार सम्पन निर्वाचबाट बर्ष २०२१ का लागि जेसी कैलाश श्रेष्ठ निर्वाचित भएका छन् । कुलेश्वर स्थित स्टार फुड ल्याण्डमा भएको शाखाको ३८ औं अधिवेशन तथा ५० औं साधारणसभाले सर्वसम्मत रुपमा अध्यक्ष श्रेष्ठसहित पदाधिकारीहरु चयन गरेको हो । अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा जेसी रामराजा ओझा, जेसी श्यामकुमार घिमिरे, जेसी रामेश्वर सिंखडा, महासचिवमा जेसी निरोज खतिवडा , कोषाध्यक्षमा जेसी रफी भण्डारी, सह कोषाध्यक्षमा जेसी ध्रुव तिवारी र सहसचिवमा जेसी हरिहर खड्कालाई चयन गरेको छ । सदस्यहरुमा जेसी बिनोद तिमिल्सिना, जेसी समिप खनाल, जेसी पुरुषोत्तम पौडेल, जेसी गोविन्द ओझा, जेसी प्रचण्ड भूर्तेल र जेसी नकुल अर्याल निर्वाचित एवं मनोनीत भएका छन् । निर्वाचनमा सिनेटर दिपक भण्डारीले निर्वाचन अधिकृतको रुपमा काम गरेका थिए । काठमाडौं जेसीज न...
कुवेर तामाङ्गको निर्देशनमा गायक रामकृष्ण श्रेष्ठको स्वरमा ‘फूल जस्ती’को भिडियो सार्वजनिक(भिडियो)

कुवेर तामाङ्गको निर्देशनमा गायक रामकृष्ण श्रेष्ठको स्वरमा ‘फूल जस्ती’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नेपाली गीत–संगीत क्षेत्र संगै संचार क्षेत्रमा समेत क्रियाशिल गायक रामकृष्ण श्रेष्ठको स्वरमा ‘फुल जस्ती’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। प्राकृतिक छटाले रमणिय पर्यटकीय नगरी पोखराको बेगनास ताल, धम्पुस तथा पोखरा वरपरका मनोरम स्थलमा छायाँकन भएको गीतको भिडियोमा गायक श्रेष्ठको समेत अभिनय रहेको गीतको भिडियोमा मोडल अनिल श्रेष्ठ, नविना अधिकारी, अमृता घिसिङको अभिनय रहेको छ। सञ्जित घिसिङको छायाँकन तथा सम्पादन रहेको भिडियोको निर्देशन ग्ल्यामर्स फोटोग्राफरको रुपमा चिनिएका फोटोग्राफर कुवेर तामाङले गरेका छन्। https://www.youtube.com/watch?v=-XUqBRAxgOU&feature=youtu.be&fbclid=IwAR3GlAso4fY974wRrQ2Hoi1QWC1gmQeue_5XrfE8jbldCptisiz4MauGkLQ राज मेक अप स्टुडियोका प्रमुख सिनियर मेक अप आर्टिष्ट टेक राज पाण्डेको मेकअप रहेको भिडियोको ड्रोन अपरेटर संजित के घिसिङ्ग रहेका छन । गीतको संगीत ...
काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा हुँदै

काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा हुँदै

समाचार, समाज
काठमाडौं, शुक्रबार, १२ मंसिर २०७७ । काठमाडौं जेसीसको निर्वाचन मंसिर १३ मा सम्पन्न हुँदैछ । शनिवार हुने निर्वाचनको लागि शुक्रबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।काठमाडौं जेसीसको एक ब्यक्ति एक पद एक बर्षको नीतिलाई निरन्तरता दिदै २०२१ का लागि उम्मेदवारी घोषण तथा उम्मेदवार तालिम कार्यक्रम शुक्रबार नै सम्पन्न भएको छ । २०२१ का लागि अध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ । साथै ईभिपी कार्यकारीणी उपाध्यक्षको ४ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी, ४ भिपी पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । २०२१ काठमाडौं जेसीसको चुनाव भोलि शनिबार मंसिर १३ गते कुलेश्वर स्थित स्टार फुडल्यान्ड हुने २०२१ का लागि ईभिपीका उम्मेदवार रामेश्वर सिंखडाले जानकारी दिएका छन् । ...
सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक(भिडियो)

सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय गायक तथा संगीतकार सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा रहेको कवाली शैलीको गीत ‘मैसाब’को भिडियो सार्वजनिक भएको छ । गीतमा राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुको प्रयोग गरिएको छ । अमृत खतिवडा(भाञ्जा भाइ)को शब्द तथा गायक आचार्य दाजुभाईकै संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरवारिया शैलीमा निर्माण गरिएको छ । म्युजिक भिडियोमा पल शाह दोहोरो भूमिकामा छन् । पलले राजकुमार दाजुभाईको भूमिकामा अभिनय र नृत्य गरेका छन्। त्यसै गरी राजकुमारीको भूमिकामा छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ । https://youtu.be/xf7khXFaaEo होटल याक एण्ड यतीमा छायांकन गरिएको गीतमा सयभन्दा बढी कोरस कलाकार फिचर्ड छन् । भिडियोमा गायक दाजुभाई सत्यराज र स्वरुपराज आचार्यसमेत कवाली गाउँदै गरेका देखिन्छन् । भिडियोमा सुदीप बरालको छायांकन, आ...
महिलाहरुको दक्षताको अझै मूल्याङ्कन भएको छैन :डा.डिआर उपाध्याय

महिलाहरुको दक्षताको अझै मूल्याङ्कन भएको छैन :डा.डिआर उपाध्याय

समाचार, समाज
अझै पनि महिलाहरु आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपले विभेदमा छन । शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् । आजको २१औँ शताब्दीमा पनि महिलाहरु विभेदमा पर्नु दुखद पक्ष हो । आधाभन्दा बढी जनसङ्ख्याको प्रतिनिधित्व महिलाले गरेका छन । त्यस माथि पनि महिला लैङ्गिक विभेद एवं हिंसाको सिकार बनेका छन । अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवस मनाउँदै गर्दा पनि महिला माथि हुने हिंसा अझै रोकिएको छैन । भनिन्छ महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन । यो उक्ति अझै व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । महिलाहरु शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा कमजोर छैनन । तर पनि बिभेद गरिएको छ । जहाँ नारी जातिको सम्मान हुन्छ त्यहाँ भगवान् पनि खुसी हुन्छन् । यो उक्तिलाई सवैले मनन् गर्न जरुरी छ । संविधान र कानुनमा हिंसाविरुद्ध भएका प्रावधानलाई कार्यान्वयन गर्दै पीडितलाई न्याय र पीडकलाई दण्ड सजाय दिई द...