सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘तिमी भित्रै’ सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको ‘तिमी भित्रै’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै…’ सार्वजनिक भएको छ । मनोजराज सिवकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेललाई फिचर गरिएको छ । https://youtu.be/cYmj8UnpTOc प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा ड्रोन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । फरक शैलीका गीत मार्फत डा.उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राख्न सफल हुनु भएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उहाँका चाड पर्व...
महिला घरेलु हिंसा तथा यौनजन्य अपराध

महिला घरेलु हिंसा तथा यौनजन्य अपराध

अपराध, समाचार
डा.डिआर उपाध्याय आज समाजमा कसैप्रति कसैको विश्वास छैन । महिला घरेलु हिंसा तथा यौनजन्य अपराधका घटनाहरू समाजमा दिन प्रतिदिन घटेका छन् । यो हाम्रो समाजको लागि चुनौतीको विषय हो । यस्ता घटना घट्नुको मूल कारण समाजमा अशिक्षा, गरिबी र चेतनाको अभाव हो । समाजमा बलात्कारी र अपराधीहरू दिनप्रतिदिन बढ्दैछन् । यस्ता घटना हुनबाट जोगाउन समाजमा जनचेतना फैलाउने कार्यलाई प्रभावकारी बनाउन जरुरी छ । अहिलेको युग सञ्चार र प्रविधिको युग हो । यसको सही सदुपयोग गर्न सकेको खण्डमा धेरै फाइदा छन् तर यसको गलत दुरुपयोगको कारणले गर्दा समाजमा अपराध निम्ताएको छ । सामाजिक सञ्जाल र फेसबुकको गलत प्रयोगबाट समाजमा हत्या, हिंसा र बलात्कारका घटनाले प्रसय पाएको छ । आज केही मानिस चेतनाको अभावले पशुजस्तो व्यवाहार देखाउँछन् । हाम्रो समाजमा घरभित्रै बाबुले छोरीलाई , छोराले आमालाई र दाजुले बहिनीलाई ससूराले बुहारीलाई, देवरले भाउजूल...
के संघीयता धरापमा परेकै हो त ?

के संघीयता धरापमा परेकै हो त ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले हाम्रो देशमा संसद् मूर्च्छित अवस्थामा छ । संसद ब्युतिन्छ की ब्युतिदैन त्यो त यसै भन्न सकिदैन । यतिबेला संघीयता समेत धरापमा परेको छ । । संघीय स्वरूपको जननी भनेर चिनिने मुलुक स्विट्जरल्यान्ड हो। हाम्रा नेताहरूले मुलुकलाई स्विट्जरल्यान्ड बनाउने सपना विगत देखि धेरै बाँडे। यो सवै आश्वासन मात्रै भयो । विश्वमा स्विट्जरल्यान्ड, भारत, मलेसिया, मेक्सिको, पाकिस्तान, रूस, क्यानडा, अमेरिका, सुडान, बेल्जियम, अस्ट्रेलिया र अर्जेन्टिनाजस्ता राष्ट्रमा यसको प्रयोग भएको छ। भारतमा १० करोड जनसंख्या भएको ठाउँमा एक प्रदेश छ तर नेपालमा तीन करोड जनसंख्या नपुग्दैै सात प्रदेशमा बिभाजन गरिएको छ । संघीयता मंहगो भयो । यो देशले धान्न नसक्ने अवस्था देखियो । खर्चको त कुरै भएन। विश्वमा २८ वटा मुलुकमा मात्र संघीगता छ । कतिपय मुलुक संघीय प्रणालीमा गएर अनेकौं चुनौती र विद्यमान समस्याका कारण एकात्...
मोडल सभ्यता गिरिको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक(भिडियो)

मोडल सभ्यता गिरिको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
सभ्यताको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित) काठमाडौं — पुस २४, २०७७। नायिका तथा मोडल सभ्यता गिरिको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । अनुप तिवारीको शब्द, संगीत तथा गायन रहेको ‘फूल’ बोलको गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । युवराज केशरीको निर्देशन रहेको ‘फूल’ बोलको म्युजिक भिडियोमा नारी संवेदनामा आधारित कथा देख्न सकिन्छ । https://www.youtube.com/watch?fbclid=IwAR1lFDJSIRDGm_lqy0gQ1G1WkNl3iwF7Gh0u1UkA_Scbwet-tTfQ8lVik38&v=nWBMag44UtQ&feature=youtu.be उक्त भिडियाेमा सभ्यता संगै निर्देशक स्वयं युवराज केशरी, पवन तिवारी, राज श्रीवास्तव लगायतको अभिनय रहेको छ । यस्तै भिडियोमा प्रेम कार्की र नितेश तिमिल्सिनाको छायांकन तथा प्रेम कार्कीकै सम्पादन देख्न सकिन्छ । काठमाडौमा स्थायी घर भई भारतको मुम्बईलाई आफ्नो कार्यक्षेत्र बनाउदै आएकी सभ्यताले...
गायक योगेश काजी तथा एलीना चौहानको स्वरमा‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक(भिडियो)

गायक योगेश काजी तथा एलीना चौहानको स्वरमा‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक(भिडियो)

शिक्षा
गायक योगेश काजी तथा एलीना चौहानको स्वरमा सजिएको ‘हेप्नी मलाई हेप्नी’ गीतको भिडियो सार्वजनिक भएको छ । नायिका वर्षा सिवाकोटी र नवराज न्यौपानेको जोडीको अभिनय रहेको साथै गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतलाई क्रान्ति केसीले निर्देशन र सम्पादन गरेका छन् । https://youtu.be/LTTd1w9NA2E भिडियोमा वर्षा र नवराज संगै शिवहरि वैरागी ,रश्मि भट्ट लगायत कलाकारहरूको पनि अभिनय हेर्न सकिन्छ । योगेश काजीको संगीत र एरेन्ज समावेश रहेको भिडियोलाई अजय रेग्मीले खिचेको हुन । वाइटिच युट्युब च्यानलबाट रिलिज भिडियोको निर्माण नवराज न्यौपानेले गरेका हुन । सामाजिक सञ्जालको प्रयोग र प्रेममा हुने द्वन्दलाई गीतको भिडियोमा उतारिएको छ । ...
साहित्यकार गोबिन्द कडेंल “आँसु”लाई बेस्ट लिरिसिष्ट अवार्ड

साहित्यकार गोबिन्द कडेंल “आँसु”लाई बेस्ट लिरिसिष्ट अवार्ड

मनोरन्जन, समाचार
साहित्यकार गोबिन्द कडेंल आँसुलाई बेस्ट लिरिसिष्ट अवार्ड २०२० द्धारा सम्मानित गरिएको छ । उहाँलाई जुरी छनौटद्धारा बेस्ट लिरिसिष्ट अवार्ड प्रदान गरिएको हो । उहाँले हालै बजारमा ल्याउनुभएको आधालाश जलिसक्यो बोलको गीतद्धारा उक्त अवार्ड पाउनुभएको हो । सो अवार्डलाई अभिनेता तथा निर्देशक विरेन्द्र हमालले सम्मान तथा अवार्ड प्रदान गर्नुभएको थियो । यसअघि पनि साहित्यकार कडेंलले अन्र्तराष्टिय स्टार म्युजिक अवार्ड,ग्लोबल म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड लगायतका विभिन्न राष्टिय तथा अन्र्तराष्टिय सम्मानहरु पाइसक्नुभएको छ । दुई दशकदेखि साहित्य यात्रामा निरन्तर कलम चलाउँदै आउनुभएका कडेंलले चितामाथिको बिहानी कथा संग्रह,वरपिपल खण्डकाव्य,सपनाको घर गिती संग्रह लगायत धेरै गीतहरु बजारमा ल्याइसक्नुभएको छ । उहाँले ५० भन्दा माथिको संख्यामा उपन्यासहरु सम्पादन गरिसक्नुभएको छ । ...
‘हेमबहादुर मल्ल सम्मान २०७५’ डा. गौरी शंकर लाल दासलाई दिने घोषणा

‘हेमबहादुर मल्ल सम्मान २०७५’ डा. गौरी शंकर लाल दासलाई दिने घोषणा

आर्थिक, समाचार
काठमाडौं, २४ पौष- दुई लाख राशी सहितको हेमबहादुर मल्ल सम्मान २०७५ डा. गौरी शंकर लाल दासलाई दिने घोषणा गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र नेपाल जन प्रशासन संघद्वारा शुक्रबार संयुक्त रुपमा आयोजित कार्यक्रम माझ सो घोषणा गरिएको हो । सो अवसरमा नेपाल जन प्रशासन संघका अध्यक्ष कृष्ण हरि बास्कोटाले विभिन्न क्षेत्रबाट आएका सिफारिस मध्येबाट नामहरु छनौट गर्दै विभिन्न चरणहरु पार गरि अन्तत छनौट समितीको सिफारिसका आधारमा दासलाई सो सम्मानबाट विभुसित गर्ने निर्णय लिईएको बताए । ‘राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तरराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गरेको जस्तो उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७५ का लागि डा....
देशको राजनीति तरंगित बन्दै

देशको राजनीति तरंगित बन्दै

राजनीति, समाचार
डा.डिआर उपाध्याय पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्नु भयो । त्यस पछि नेपाली राजनीति तरंगित बन्दै गएको छ । सत्तारुढ दल नेकपा दुई धारमा विभाजित भएको छ । प्रधानमन्त्रीको निर्णय संविधानविपरीत र अलोकतान्त्रिक भएको निष्कर्ष नेताहरुले निकालेका छन । प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको स्वीकृति नेपालको संविधानविपरीत छ। संविधानमा प्रतिनिधिसभाबाट सरकार बन्न सक्ने अवस्था रहेसम्म प्रतिनिधिसभा भंग नहुने प्रस्ट प्रावधान छ। कोरोना महामारी त घटिसकेको छैन। यस्तो अवस्थामा दिनदिनै सडकमा जुलुस भईरहेका छन । कोरोनाको जोखिम बढने खतरा छ । नेकपा प्रचण्ड नेपाल समूहले आन्दोलनका कार्यक्रम गरिरहेको छ । जसपा सडकमा गइसकेको छ । कांग्रेस पनि आन्दोलनमा नै छ । परिस्थिती जटिल बन्दै गएको अवस्था छ ।कांग्रेसका भ्रातृ संस्थाहरूले पनि निरन्तर असंवैधानिक कदमको वि...
‘मिस एण्ड मिसेस व्यूटिफुल’को आवेदन खुल्ला,पहिलो अडिसन २५ गते शनिवार

‘मिस एण्ड मिसेस व्यूटिफुल’को आवेदन खुल्ला,पहिलो अडिसन २५ गते शनिवार

मनोरन्जन, समाचार
नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिले “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल” आयोजना गर्दै आएको छ । बिगत ५ बर्ष देखि लगातार यस प्रतियोगिता आयोजना गर्दै आएको दक्ष इन्टरनेशनलले “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को अडिसन यहि आउदो पौष २५ गते शनिबार नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा गरिन लागेको आयोजक संस्थाका प्रमुख तथा मेक अप आर्टिष्ट टेकराज पाण्डेले बताए । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु बरिष्ठ गायक आनन्द कार्की,नायिका संचिता लुईटेल,नायक तथा मोडल शितल केसी,मिसेस व्यूटिफुल नेपाल २०२० की विजेता उर्मिला भण्डारी तथा मिस व्यूटिफुल नेपाल २०१५ कि बिजेता जेनिफरको निर्णायक मण्डलले ईच्छुक सहभागीहरुको छनौट गर्नेछन ।उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतिय...
नीतिमध्येको मूल नीति राजनीति

नीतिमध्येको मूल नीति राजनीति

राजनीति, समाचार
डा.डिआर उपाध्याय यतिखेर नेकपाका दुई खेमाका कार्यकर्ताबीच जुहारी चलिरहेको अवस्था छ । यसले गर्दा तल्लो तहदेखि माथिल्लो तहसम्मका आम कार्यकर्तामा नकारात्मक प्रभाव परिरहेको छ । विगतमा एकै पार्टीमा रहँदा नेता कार्यकर्ता बिच राम्रो सम्बन्ध थियो । अहिले पार्टी दुई खेमामा रहँदा एकले अर्कालाई गाली गलोजको वर्षा चलिरहेको छ । यसले आम कार्यकर्तामा निरास उत्पन्न गराएको छ । दुबै खेमाका नेता कार्यकर्ता हरु निम्नस्तरको गालीगलौजमा उत्रनु त्यती राम्रो कुरा होइन ।यसले त्यती राम्रो सन्देश दिएको छैन । गुटको राजनीतिले नत पार्टीको हित गर्छ नत देशको नै हित गर्छ । हाल नेकपाका दुई खेमाको अवस्था यस्तो छ । अहिले नेकपाका दुई खेमा बिच एकले अर्को समूहलाई जसरी पनि सिध्याउने खेलमा नेता, कार्यकर्ता लागेका छन्। यस्ता गतिविधिले राजनीतिक व्यवस्था माथि नै प्रश्न चिन्ह उठाएको छ ।यसले गर्दा सिंगो मुलुकलाई अन्धकारतर्फ धकेलिर...