सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदको जोड (सन्दर्भ : पाचौँ निर्यात दिवस)

निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदको जोड (सन्दर्भ : पाचौँ निर्यात दिवस)

आर्थिक, समाचार
काठमाडौँ, २२ पौष – निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदले जोड दिएको छ । पाँचौं निर्यात दिवसको अवसरमा बुधबार राजधानीमा परिषदद्वारा आयोजित कार्यक्रम समारोह माझ परिषदका तर्फबाट अध्यक्ष हरिबहादुर कार्कीले सो कुरा राखेका हुन । अध्यक्ष कार्कीले उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने र आपसी समन्वयका साथ हातेमालो गर्दै अघि बढनुपर्नेमा जोड दिदै निर्यात परिषद्ले सोही भावना अनुरुप काम गर्दै आएको बताए । अध्यक्ष कार्कीले निर्यात व्यवसायमा आइपर्ने समस्याहरुलाई व्यवस्थित रुपबाट समाधान गरी निर्यात व्यवसायीको हित संरक्षण गर्न र व्यवसायिक क्षमता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे । निर्यात व्यापार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड समेत रहेकाले यसको विस्तार र प्रवद्र्धनका लागि निजी क्...
‘फेसन हेरिटेज’ को प्रथम अडिसन सम्पन्न, दोश्रो अडिसन पुस २५ गते हुने

‘फेसन हेरिटेज’ को प्रथम अडिसन सम्पन्न, दोश्रो अडिसन पुस २५ गते हुने

मनोरन्जन, समाचार
काठमाडौं — पुस २२, २०७७। जाएन्ट हाउस प्रोडक्सनको आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता ‘फेसन हेरिटेज’ को पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीमा पुस १८ गते सम्पन्न भएको पहिलो अडिसनमा सहभागी भएका प्रतिस्पर्धीहरु मध्येबाट कुल ९ जना प्रतिस्पर्धीले अडिसन राउण्ड पार गर्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको आयोजक संस्थाका प्रमुख सन्देश सिंहले जनाएका छन । आयोजक सिंहले पहिलो अडिसनको समाप्तीसँगै रहर हुँदाहुदै विभिन्न बाध्यता तथा कार्यव्यस्तताले गर्दा छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको दोश्रो चरणको अडिसन पुस २५ गते युनिभर्सल क्याफे, एकान्तकु्नामा हुनेछ । प्रतियोगिताको विजेताले अष्ट्रेलियामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन पाउनुको साथै ३०,०००/- रुपैयाँ सहित विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्ने छन। प्रतियोगिताको विजेता साथै उत...
भिडभाड जस्ता गतिबिधिले कोरोनाको अर्को जोखिम निम्त्याउने हो कि भन्ने चिन्ता

भिडभाड जस्ता गतिबिधिले कोरोनाको अर्को जोखिम निम्त्याउने हो कि भन्ने चिन्ता

समाचार, स्वास्थ्य
डा.डिआर उपाध्याय संसद् विघटनपछि दिनौं जसो सडक आन्दोलन भईराखेका छन । आन्दोलनमा भिडभाड हुने हुदा कोरोनाको जोखिम पनि बढेर गएको छ। दलहरुका बैठक, भेला, लगायतका गतिविधिहरु बढिरहेका छन । कोरोना संक्रमणको जोखिमप्रति सचेत बन्नु पर्ने आबश्यकता देखिएको छ । सचेत बन्न सकिएन भने फेरि पनि कोरोनाले अर्को महामारीको रूप नलेला भन्न सकिँदैन। तसर्थ सुरक्षित तरिकाबाट राजनीतिक गतिविधि गर्नेतर्फ दलहरुले ध्यान दिनुपर्छ। पछिल्लो समय कोरोनाको जोखिम केही कम भएको अनुमान छ । तर पूर्णरुपमा कोरोना नियन्त्रणमा आउन सकेको छैन । दुईपटकसम्म लकडाउन भयो । त्यति गर्दा पनि कोरोना नियन्त्रणमा आउन सकेन । सरकारले बाध्य भएर लकडाउन फुकुवा गरेको हो । व्यक्तिगत सुरक्षाको ख्याल गरेर मात्रै कार्यक्रम गर्न सरकारले बारम्बार अनुरोध गरिरहेको छ। सरकारी अनुरोधको बेवास्था कसैले पनि गर्नु हुदैन । भिडभाड जस्ता गतिबिधिले कोरोनाको अर्को जोखिम...
गायिका सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा ‘जुन दिन तिमीले’ सार्वजनिक (भिडियो)

गायिका सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा ‘जुन दिन तिमीले’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
सारिका घिमिरेको स्वर, सङ्गीत र शब्दमा रहेको गीत ‘जुन दिन तिमीले…’ सार्वजनिक भएको छ । योगेश काजीको एरेञ्ज, एचवीन किस्मतको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=vpz9f7bfHgc&feature=emb_logo वीरेन्द्र भाट विपीनको निर्देशन, छायाँकन तथा सम्पादन रहेको गीतको भिडियोमा सारिका नै फिचर्ड छिन् । गीतको भिडियो द ट्युन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । नायिका तथा गायिका सारिका घिमिरेले पछिल्लो समय गायन मार्फत चर्चा बटुल्न सफल भएकी छन् । उनका केही गीत करोडौ क्लबमा समेत पर्न सफल भएका छन् । ...
मुलुक संवैधानिक र राजनीतिक संकटमा

मुलुक संवैधानिक र राजनीतिक संकटमा

राजनीति, समाचार
डा.डिआर उपाध्याय सरकार गठन हुँदा सुरुका दिनमा मुलुकले विकास र समृद्धिको दिशातर्फ फड्को मार्ने आशा गरिएको थियो । अहिले आशा निराशामा परिणत भएको छ । नेताहरूले विगतका कमीकमजोरी सच्चाएर अघि बढनु पर्दथ्यो । जनतामा आशा जगाउन सक्नु पर्दथ्यो । फेरी मुलुक अस्थिरतामा जाने होकी भन्ने चिन्ता बढेर गएको छ । झन्डै दुई तिहाइ स्थान प्राप्त गरेको सत्तारुढ दल नेकपा भित्रको बिवादले अन्ततः बिभाजन ल्यायो । दुई तिहाइको सरकार गठन गर्दा अब मुलुकले सही दिशा लिने आशा गरिएको थियो । विगतका कमी कमजोरी नदोहोरिने तथा संविधानको भावनाअनुरूप मुलुकलाई समाजवादतर्फ उन्मुख गराउने बाचा गरेका नेताहरु अहिले फुटेर एक अर्कोलाई गाली गदै हिडेका छन । एकीकरणले औपचारिक स्वरूप पाउन बाँकी नै रहँदा आएको यो विभाजनले नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षति पुयाएको छ । विभाजन नेपाली कम्युनिस्टको परम्परा नै भएको समेत प्रस्ट भएको छ । नेपाली कम्यु...
मुल्य बढन गई प्रतिस्पर्धामा समस्या आएको निर्यात व्यवसायीको भनाई (सन्दर्भ: पाचौँ निर्यात दिवस)

मुल्य बढन गई प्रतिस्पर्धामा समस्या आएको निर्यात व्यवसायीको भनाई (सन्दर्भ: पाचौँ निर्यात दिवस)

आर्थिक, समाचार
काठमाडौं, २० पौष- पाचौँ निर्यात दिवसको अवसर पारेर नेपाल निर्यात परिषदले पत्रकार सम्मेलन आयोजना गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सहआयोजनामा सोमबार आयोजित कार्यक्रम परिषदका अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । सो अवसर माझ परिषद अध्यक्ष कार्कीले नेपालमा निर्यातको स्थिती, विगतको अवस्था र प्रबर्धनका लागि गर्नुपर्ने प्रयासका बिषयमा प्रकाश पार्दै राष्ट्रको समग्र आर्थिक विकासका लागि निर्यात प्रबर्धनको आवश्यकता एवम् अपरिहार्यता रहेको औंल्याए । अध्यक्ष कार्कीले निर्यात दिवस मनाउनुको औचित्य बारे प्रकाश पार्दै निर्यात प्रवर्धन लक्षित कार्यक्रमले निर्यातकर्ता बीचमा एकता कायम गर्दै एक्यबद्धता प्रकट गर्दै अघि बढन, आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन पहल गर्न, निर्यात प्रबर्धनका लागि सरकारसँग हातेमालो गर्न, प्रतिस्पर्धा क्षमता अभ...
गायक योगेश काजी र अस्मिता पाण्डेको स्वरमा ‘ऐसेलु बोटैमा’ सार्वजनिक(भिडियो)

गायक योगेश काजी र अस्मिता पाण्डेको स्वरमा ‘ऐसेलु बोटैमा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
योगेश काजी र अस्मिता पाण्डेको स्वरमा रहेको गीत ‘ऐसेलु बोटैमा’ सार्वजनिक भएको छ । प्रह्लाद सुवेदीको शब्द, योगशकै सङ्गीत तथा सङ्गीत संयोजन रहेकाो गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=vD-HkGeulTs&feature=emb_logo क्रान्ति केसीको निर्देशन रहेको गीतको भिडियोमा योगेश र लोशिना लामिछानेलाई फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ । भिडियो अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर सार्वजनिक गरिएको गायक योगेशले बताउनुभयो । गायक तथा सङ्गीतकार योगेश काजीका थुप्रै गीत लोकप्रिय रहेका छन् । चलचित्र पाश्र्वगायन र सङ्गीतमा क्रियाशिल रहनुभएका योगेश गीतको भिडियो तिर बाक्लै देखिनुहुन्छ । गीत सङ्गीत जस्तै उहाँको अभिनयले पनि राम्रै तारिफ पाइरहेको छ यतिवेला । ...
जेसीआइ काठमाडौँ लेडी नेपालको ४३ औं पदस्थापना,नव निर्बाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठद्वारा अध्यक्ष पदको शपथ ग्रहण

जेसीआइ काठमाडौँ लेडी नेपालको ४३ औं पदस्थापना,नव निर्बाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठद्वारा अध्यक्ष पदको शपथ ग्रहण

समाचार, समाज
जेसीआइ काठमाडौँ लेडी नेपालको ४३ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । सांग्रिला ब्लु होटेल बखुन्डोल ललितपुरमा प्रमुख अतिथीद्वय हास्य व्यंग्य सम्राट मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य ,नेपाल जेसिस बर्ष २०२१ का महासचिब सिनेटर बिकाश मानन्धर तथा नेपाल जेसिस २०२१ को एरिया सी का कार्यकारी उपाध्यक्ष शिब प्रसाद भूसालको आतिथ्यमा २०० जना जेसी तथा आगन्तुक महानुभावहरुको उपस्थितिमा २०२० का अध्यक्ष जेसी नगीना नकर्मीले बर्ष २०२१ का नव निर्बाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठलाई अध्यक्ष पदको शपथ ग्रहण गराउदै अध्यक्ष पदको हस्तान्तरण गरिएको थियो। नव निर्बाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठले आफ्नो नेतृत्व र व्यक्तित्वको बिकाश गर्नु अन्तरास्ट्रिय सामाजिक संस्था जेसीआई काठमाडौँ लेडी नेपालको मुख्य उदेश्य भएको कुरा बताउनु भयो । साथै वहांले उक्त उदेश्यको लागि संस्थाले स्थापना काल देखी...
नेपालको राजनीतिमा छिमेकीको चासो

नेपालको राजनीतिमा छिमेकीको चासो

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले मुलुकको राजनीति त्यति सहज ढंगले अघि बढन सकेको अवस्था छैन । मुलुक पुरै अन्योलमा छ । अव के हुन्छ कुनै टुंगो छैन । जनता निराश छन । यो घटनाक्रमले छिमेकीको चासो बढेर गएको छ । प्रतिनिधिसभा विघटनको घटनालाई स्वदेशीले मात्रै नभएर दक्षिणी र उत्तरी छिमेकीले समेत बडो चासोको रुपमा हेरे्का छन । आन्तरिक विवादमा विदेशीको अस्वाभाविक चासोले मुलुक भने प्रयोगशालाजस्तै बनेको छ। यो नै समस्या हो ।नेपालका राजनीतिक दल र तिनका नेताहरु ठिक ढगले अघि बढन सकेनन् । नेताहरु ढाँटने , छल्ने प्रबृतिका धेरै भए । जसले गर्दा समस्या बढेर गएको छ । राजनीतिक दल र तिनका नेताहरु नसुध्रिएसम्म विदेशीको चलखेल अन्त्य गर्न कठिन छ । मुलुकको हरेक राजनीतिक परिवर्तनमा भारतको प्रत्यक्ष भूमिका रहेको थियो । नेपालको विकास तथा परिवर्तनसँग सम्बन्धित विषयमा निर्णय लिन नेपालका राजनीतिज्ञ आफैं सक्षम भइसक्दा पनि विदेशी...
स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई ‘प्रख्यात ब्यूटी उद्यमीको अवार्ड’  प्रदान

स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई ‘प्रख्यात ब्यूटी उद्यमीको अवार्ड’ प्रदान

मनोरन्जन, समाचार
काठमाडौं, १९ पौष , स्पर्श म्यूजिक अवार्डमा बरिष्ठ सौन्दर्य व्यबसायी सुष्मा महरालाई प्रख्यात ब्यूटी उद्यमीको अवार्ड प्रदान गरिएको छ । ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न एक विशेष समारोहमा महरा सहित नेपाली सांगीतिक क्षेत्रका सर्जक र सो क्षेत्रसँग सम्बन्धित बिषयगत विभिन्न विधाका व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । उक्त समारोहमा विभिन्न ५० विधामार्फत उत्कृष्ट सर्जकहरुलाई पुरस्कृत गरिएको हो । सोहि कार्यक्रममा दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री मौसमी मल्ल लगायत व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको थियो । मल्ल एक स्थापीत कलाकार हुन् भने महरा नेपालकै उत्कृष्ट ब्यूटि पार्लर फेसियल हाउसकी सञ्चालक तथा प्रवन्ध निर्देशक हुन् । ...