सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
के कुनै नेताको सनकले मुलुकलाई अन्योलमा धकेल्न मिल्छ ?

के कुनै नेताको सनकले मुलुकलाई अन्योलमा धकेल्न मिल्छ ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय/ मुलुक राजनीतिक अस्थिरता तर्फ जाने खतरा बढेर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको प्रावधान प्रयोग गरी प्रतिनिधि सभा विघटन गरेपछि यो अवस्था सृजना भएको हो । मुलुकको राजनीतिक अवस्था बिग्रियो । अहिलेको गतिविधिले राजनीति संकट निम्त्याउँदै छ । सरकार गठनको सुरुवातबाटै सत्तारुढ दलभित्र खटपट हुन थालेको थियो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवहार र कार्यशैलीमा दम्भ र अहङ्कार बढेकोले बिभाजनको रेखा कोरिएको हो । ओलीले आफ्नै ढिपी छोडेनन् । प्रचण्डले ओलीलाई ‘साइज’मा ल्याउने कसरत गरे । जसले गर्दा अन्ततः सत्तारुढ दल नेकपा दुई खेमामा विभाजन हुने अवस्थामा पुग्यो । नेतृत्वको अहङ्कार र सर्वसत्तावादी चिन्तनले नेकपालाई सिद्धायो । अध्यक्षद्वय एक अर्काप्रति कटाक्ष गर्दै हिँड्ने अवस्थामा पुगे । प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशले नयाँ ज...

लाइन प्रोडुसरको रुपमा रहेका राजेन्द्रको साउथ इन्डियन फिल्म ‘मास्टर’ नेपालमा पनि सार्वजनिक

शिक्षा
कोरोना सङ्क्रमणका कारण हल आउन डराइरहेका दर्शकलाई लोभ्याउन नेपाली हल सञ्चालकले साउथ इन्डियन फिल्म ‘मास्टर’ रिलिज गरेका छन्। भारतमा सो फिल्म बिहीबारबाट रिलिज भएको छ,नेपालमा पनि बिहिबार बाट नै सार्वजनिक प्रदर्शनमा आएको छ । ‘मास्टर’ मा नेपाली नागरिक राजेन्द्र घिमिरे लाइन प्रड्युसरकाे रूपमा संलग्न छन्। नुवाकोटका घिमिरे लामो समयदेखि मुम्बई र साउथ इन्डियन फिल्मको निर्माणमा संलग्न छन्। घिमिरेले हिन्दि,तेलगु,तमिल,पन्जाबी,अंग्रेजी गरेर ७५ वटा भन्दा ठुलो बजेटको फिल्ममा लाईन प्रोडुसरको रुपमा काम गरि सकेका छन् भने दर्जनौ मल्टी नेसनल कम्पनीका बिज्ञापनहरु पनि गरि सकेका छन् । भारतमा पनि महामारीपछि ठुलो ब्यानरको फिल्म सार्वजनिक भएको यो पहिलो हो। लोकेश कंगराजको निर्देशनमा बनेको तमिल फिल्मका दुई सुपरस्टार विजय र विजय सेतुपती सँगै पर्दामा देखिएका छन्। भारतमा टिकट काउन्टर अगाडि दर्शकको सङ्ख्या कम गर...
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘यो मायाको डोरो’ सार्वजनिक(भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘यो मायाको डोरो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
भिडियोमा प्रज्ज्वलराज शाक्यको निर्देशन रहेको छ भने सह–निर्देशकको रुपमा माधव श्रेष्ठले आफ्नो जिम्मेवारी पूरा गरेका छन् । अञ्जु सुनार र सन्दिप सुवेदीको अभिनय, अखिल बास्तोलाको सिनेम्याटोग्राफी र हिम सागर बमको सम्पादन रहेको यस भिडियोलाई निर्देशकले रोमाण्टिक तथा मनोरञ्जक बनाउने भरपुर प्रयास गरेका छन् । https://youtu.be/QoeH_2DZvVs फरक शैलीका गीत मार्फत डा। उपाध्यायले ३२ विश्व रेकर्ड राख्न सफल भएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित डा। उपाध्यायले गीत सङ्गीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गरेका छन् । डा। उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोड मात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताड...
कुमारी युवा क्लबको दोश्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

कुमारी युवा क्लबको दोश्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

समाचार, समाज
कुमारी युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मण्डिखाटारमा रहेको कुमारी युवा क्लबले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।कान्तिपुर अस्पतालको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । बुढानिलकण्ठ रेडक्रस,निब्स स्कूल,चर्चित ग्रोसरी तथा प्रदिप मेडिकल लगायत मण्डीखाटारका सक्रिय युवाहरुको विशेष सहयोगमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका सभासद कुसुम कुमार कार्कीले कार्यक्रमलाई सहयोग गर्ने तथा रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । कोरोना कहरका कारण रगत संकलनमा देखिएको कमीका कारण रक्त अभाव हुन थालेकोले क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत यस क्लबको अग्रसरतामा रगत संकलन गरिएको युवा समाजसेवी रामचन्द्र गौतमले जानकारी दिए । कार्यक्रममा वडा,नगरका विशेष...
बेरोजगारी समस्याका कारण युवाहरू निराश बन्दै

बेरोजगारी समस्याका कारण युवाहरू निराश बन्दै

राजनीति, समाचार
डा.डिआर उपाध्याय/ बेरोजगारी समस्याका कारण युवाहरू निराश बन्दै अहिले देशमा बेरोजगारी समस्या बढदै गएको छ । यो हाम्रो देशको लागी चुनौतिको बिषय हो । जबसम्म देशमा बेरोजगारी समस्या समाधान हुदैन तबसम्म देशमा दिगो शान्ति कायम हुन सक्दैन । यो यथार्थ कुरा हो । आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार छन् । कैयौँ युवायुवतीहरु देशको भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । यो उनीहरुको रहर होइन बाध्यता हो । शिक्षित युवाहरु विकसित राष्ट्रहरुमा छरिएर रहेका छन् भने कम पढेलेखेका युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् ।विशेष गरेर ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् । कृषि उत्पादन घट्दो छ ।अधिकांश युवायुवती रोजीरोटीको लागी विदेश पलायन छन् भने केही शहर पसेका छन् । त्यसकारण गाउँमा वृद्धवृद्धा मात्र बाँकी छन् । कोही बिरामी पर्दा अस्पताल पु–याउने र मर्दा लास उठाउँने युवाहरुको गाउँमा...
चलचित्र ‘तिम्रो हुने कहिले’को शुभमूर्हत

चलचित्र ‘तिम्रो हुने कहिले’को शुभमूर्हत

मनोरन्जन, समाचार
राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तिम्रो हुने कहिले’ शुभमूर्हत गरिएको छ । मंकर संक्रान्तिको अवसर पारेर बिहीबार राजधानीको भद्राकाली मन्दिर परिसरमा चलचित्रको शुभमूर्हत गरिएको हो । शुभमूर्हतमा सञ्चारकर्मी गीता अधिकारीले एक्सन कट र साहित्यकार भीष्मराज फुलाराले नरिवल फोरेका थिए भने कलाकार सबिन बस्तोला, प्रकाश चन्द, सारदा गिरी (काली बुढी), करुणा पाण्डे मीना जिसी, मौसमी ओलीले मूर्हत सर्ट दिएका थिए । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्रीको निर्माण रहने चलचित्र ‘तिम्रो हुने कहिले’ माघको २ गते शुक्रबार बाट छायांकनमा जादै छ । यो सिनेमा निर्देशक गिरीले दुई बर्ष पछि निर्देशन गर्न लागेका हुन् भने उनको अघिल्लो सिनेमा ‘मखमली मखमली’ रहेको थियो । ‘तिम्रो हुने कहिले’ मा नृत्य काजिश श्रेष्ठ र सुनिता वसनेतको रहने छ । यसमा स्व. श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बट...
सुपर प्लस साइज मोडलको दोस्रो अडिसन माघ १० गते

सुपर प्लस साइज मोडलको दोस्रो अडिसन माघ १० गते

मनोरन्जन, समाचार
काठमाडौं, २८ पौष – मोडल सङ्स नेपालले आयोजना गर्दै आएको सुपर प्लस साइज मोडल २०२१ को दोस्रो अडिसन माघ १० गते हुने भएको छ । अल साइज इज ब्युटिफुल भन्ने नाराको साथ आयोजनामा आएको सुपर प्लस साइज मोडल नेपालको यो तेस्रो संस्करण हो । तेस्रो संस्करण अन्तर्गतको पहिलो अडिसन भने गत शनिवार सम्पन्न भएको थियो । काठमाण्डौको बागबजार स्थित बर्गर हाउसमा आयोजित अडिसनमा कुल २६ जनाले सहभागीता जनाएका थिए । जस मध्ये उक्त अडिसनबाट कुल ९ जना फिनालेका लागि छनौटमा परेका छन् । टेलिभिजनकर्मी सरोज ओझा, अभिनेता दिपक डोटेल, कोरियोग्राफर रोजिन शाक्य र प्लस साइज मोडेल रुबी महतो सम्मिलित निर्णायक मण्डलले मोडलहरुको छनौट गरेको थियो । मोडल सङ्स नेपाल दोस्रो अडिसनबाट थप मोडलहरु छनौट गर्दै प्रशिक्षणमा सहभागी गराउने अन्तिम तयारीमा छ । उनीहरुलाई नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यले मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण द...
भ्रष्टाचारमा लिप्त हुन सक्ने सम्भावना बढ्यो

भ्रष्टाचारमा लिप्त हुन सक्ने सम्भावना बढ्यो

राजनीति, समाचार
-डा.डिआर उपाध्याय यतिबेला नेपालको राजनीतिमा केही अन्योलता देखिएको छ । अहिले देशका विभिन्न ठाउँमा दैनिकजसो जुलुस, सभा र सम्मेलन भइरहेका छन्। आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा त भएको छ । तर निर्वाचन हुने वा संसद पुनस्थापना हुने भन्ने विषयमा बहस चलिरहेको छ । प्रतिनिधिसभा पुनस्र्थापनासम्बन्धी परेको रिटमा सर्वोच्चको फैसलापछि मुलुकले निकास पाउने देखिन्छ । हालको राजनीतिक परिस्थितिका कारण आम नागरिकमा राजनीति प्रति वितृष्णा उत्पन्न भएको छ । राजनीतिप्रति वितृष्णा पैदा भइरहेको अवस्थामा कर्मचारीतन्त्रले आम नागरिकमा आशा जगाउने खालका काम गर्न सक्नु पर्छ । कर्मचारी संंयन्त्रलाई स्थायी सरकारको रूपमा लिने गरिएको छ । नेपालको प्रशासनसंयन्त्रले आम नागरिकलाई बिना झन्झट प्रभावकारी सेवा प्रवाह दिन सक्नु पर्छ । तर अहिलेको चुनौतीपूर्ण अवस्थामा प्रशासनसंयन्त्र आ–आफ्नो स्वार्थ भन्दा माथि उठ्न सक्नुपर्छ ...
नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्स बीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्स बीच समझदारी पत्रमा हस्ताक्षर

आर्थिक, समाचार
नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्स बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षका पदाधिकारी तथा इजरायल स्थित नेपालका राजदूत डा.अन्जान शाक्य र नेपाल स्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरको भर्चुअल उपस्थितिमा सो सम्झौता सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा इजरायल चेम्बर अफ कमर्ससँगको सम्बन्ध मार्फत इजराइलबाट नेपालमा लगानी भित्राउन पहल गर्ने, नेपाल र इजरायलमा आपसी रुपमा व्यापारलाई बिस्तार गर्ने, दुइ–पक्षिय तथा बहु–पक्षीय ब्यापार तथा लगानीसँग सम्बन्धित साझा स्वार्थहरुको प्रबर्द्धन गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदान–प्रदान, व्यवसायीक सूचना आदान प्रदान गर्ने लगायतका बुंदाहरु सम...
ओलीलाई मात्र दोष देखाएर नेताहरु पानी माथिको ओभानो बन्न मिल्दैन

ओलीलाई मात्र दोष देखाएर नेताहरु पानी माथिको ओभानो बन्न मिल्दैन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय अहिले मुलुक फेरि राजनीतिक अस्थिरतातिर जाने हो की भन्ने चिन्ता छ । लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन लोकतान्त्रिक शक्तिहरुका बिच सहकार्यको जरुरी देखिएको छ । सत्ताधारी दलबीचकै आन्तरिक किचलोका कारण अचानक संसद् विघटन भयो त्यसले समग्र मुलुकलाई क्षति पु¥याएको छ। त्यसमध्ये पनि सबैभन्दा बढी दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्गलाई असर परेको छ । लामो समय लकडाउन झेलेर आर्थिक रूपले थिलथिलो भएका गरिखाने मजदुर वर्ग फेरि राजनीतिक अस्थिरताको मार झेल्नुपर्ने अवस्था सृजना भएको छ। कम्युनिष्टहरुले सर्वहारा श्रमिक वर्गको मुक्तिको लागि भन्दै राजनीति गरे त्यही विश्वासको आधारमा सबै गरिखाने अधिकांश मजदुर वर्गले कम्युनिस्टलाई सहयोग गरेरै बहुमत दिएका हुन्। तर ती श्रमिक मजदुरले आजसम्म कम्युनिस्ट सरकारबाट के पाए ? सर्वसाधारण वा मजदुर वर्ग सबैले अब अस्थिरताको राजनीति अन्त्य होस् र पूर्ण प...