सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
‘छन्दे’को निर्देशनमा संजित र चन्दा अभिनित भिडियो आउदै

‘छन्दे’को निर्देशनमा संजित र चन्दा अभिनित भिडियो आउदै

मनोरन्जन, समाचार
एभरग्रिन वल्र्डवाईड ईन्टरटेनमेन्टको निर्माण तथा लोकप्रिय कलाकार गोपाल ढकाल ‘छन्दे’ निर्देशित ‘जुन दिन मलाई’ वोलको मार्मिक गीतको भिडियोको छायांकन सम्पन्न भएको छ । गोकर्ण स्थित काठमाडौ ट्राउट रिसोर्ट लगायत काठमाडौं वरपरका रमणीय दृश्य कैद गरिएको भिडियोको छायांकन ३ दिनमा सम्पन्न गरिएको जानकारी निर्देशक ढकालले जानकारी दिए । हांस्य कलाकारको रुपमा ख्याती कमाएका ढकालले निर्देशनमा समेत जम्ने प्रयासका लागी आफुले मिहिनेत गरेर भिडियोहरु बनाउने तर्फ लागेको बताए । हिजो छायांकन सम्पन्न उक्त भिडियोको गितका गायक कृष्ण राज भण्डारीकै स्वर,शव्द र संगित रहेको छ । भने कलाकारहरुमा चकलेटी नायक संजित भण्डारी, श्रीदेव भट्टराई,चन्दा कुईकेल,प्रेम पाण्डे,रोहित कार्की, शुसिला बिडारी लगायत रहेका छन । भिडियोलाई छायांकार रिदम वाईबाले छायांकन गरेका छन भने मेकअप युमिषा पाण्डेको रहेको छ । चांडै नै ‘छन्दे’&nbs...
किरण माइकल’को ‘फेवा’सार्वजनिक (भिडियो)

किरण माइकल’को ‘फेवा’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
किरण घिमिरे ‘माइकल’को स्वरमा रहेको गीत ‘फेवा’को भिडियो सार्वजनिक भएको छ । गीतमा युवायुवतीको ग्रामिण परिवेशको प्रेम झल्काइएको छ । पोखरा र त्यस आसपासका ठाउँमा छायाँकन गरिएको भिडियोमा छुल्ठिम गुरुङ र तीर्थ कोजी फिचर्ड छन । https://youtu.be/Ex6IL3qtoLY सुदिप आत्रेय र माइकलको शब्द, गायक माइकलकै सङ्गीत र एम प्रधानको एरेञ्ज रहेको गीतको भिडियो हरि लामा र सुदिप आत्रेयले निर्माण गरेका हुन् । सौरभ लामा छायाँकन रहेको भिडियोमा सम्पादन तथा निर्देशन लक्ष्मण सुनारको छ । ...
बजारमा अप्रत्यासित रूपमा फेरि मूल्य बृद्धि

बजारमा अप्रत्यासित रूपमा फेरि मूल्य बृद्धि

आर्थिक, समाचार
डा.डिआर उपाध्याय यतिबेला मुलुकमा राजनीतिक अस्थिरता बढेर गएको छ । राजनीतिक अस्थिरताको फाइदा मुलुकका केहि ठूला व्यापारीले उठाइरहेका छन् । जनताका दैनिक उपभोग्य बस्तुमा अप्रत्यासित रूपमा मूल्य बृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् । मूल्य बृद्धिले जनताको ढाड सेक्ने काम भएको छ । उपभोक्ताको चुलोमा दैनिक प्रयोग हुने चामल ,तेल,दाल ,पिठो अन्डा लगायत निर्माण सामग्रीका वस्तुमा मूल्यदर एकाएक आकासिएको छ । ठूला व्यापारीले सामान लुकाएर हो या बजारमा अभाव भएर हो त्यो कुरा अझै आम उपभोक्ताले बुझ्न सकेका छैनन् । जसले गर्दा दुर्गम क्षेत्रका उपभोक्ताहरु बढी मूल्य तिरेर पनि सामान पाउन सकिरहेका छैनन् । सरोकारवाला सरकारी निकाय र उपभोक्तावादी संघ सस्थाहरुले प्रभावकारी रुपमा बजार अनुगमन गर्न नसक्दा मूल्यवृद्धि हुन गइरहेको देखिन्छ । व्यापारीको मनलागी र सरोकारवाला निकाय मुकदर्शक हुनुको परिणाम यसको मूल कारण हो ।...
शिशिर भण्डारीको नयाँ गीत ‘भोली हामी भेट्छौं’ सार्वजनिक (भिडियो)

शिशिर भण्डारीको नयाँ गीत ‘भोली हामी भेट्छौं’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
शिशिर भण्डारीको नयाँ गीत सार्वजनिक भएको छ । कुशल सञ्चारकर्मी एवम् सामाजिक अभियन्ता शिशिर भण्डारीले ‘भोली हामी भेट्छौँ’ बोलको गीत बजारमा ल्याएका छन् । परदेशी जिवनको मार्मिक कथामा रहेको गीतमा सुजाता केसी र शिशिरको स्वर रहेको छ । शब्द संगीत अभिनय उनि आफैले गरेका हुन भने गीतमा गरिमा शर्मा,सुजाता केसी,गणेश केसी लक्ष्मण अभिकारीको अभिनय देख्न सकिन्छ । ज्ञानेद्र शर्मा हुमागाईं को छायाकंन मा रहेको गीत दिन्सन शाहले सम्पादन गरेका हुन भने शिशिर आफ्नै निर्देशन रहेको छ । समाजमा दुखी गरिब अशायको शाहाराको रुपमा अफुलाई समाजमा चिनाउन मन पराउने सञ्चारकर्मी, हाकलाकार एवम् गायक संगीतकार हुन् । शिशिर भण्डारी । पहिलो गीत हाम्रो माया जिन्दावाद दर्शको माया साथ पाएका उनले दुइ दिनको जिन्दगीमा, फोटो फिरिममा लगाएत अपार सफलता हात पारेका उनले धेरै गीतमा अभिनय समेत गरिसकेका छन् । निकै नै दर्दनाक कथा बोकेको गीत, भोली ...
नेपाल चेम्वर अफ कमर्स तथा नेपाल सुन चांदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरु बीच छलफल

नेपाल चेम्वर अफ कमर्स तथा नेपाल सुन चांदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरु बीच छलफल

आर्थिक, समाचार
काठमाडौं, ०५ माघ -नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सुनचांदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी बीच आज चेम्वर भवन जमलमा छलफल तथा भेटघाट भएको छ । उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नवनिर्वाचित कार्य समितिको सफलताको कामना गर्दै दुवै संस्थाको लक्ष्य एवम् उद्धेश्य समान भएकाले नेपाल सुनचांदी व्यवसायीहरुको समस्यालाई नेपाल चेम्वर अफ कमर्सले गम्भीरतापूर्वक लिने र यसलाइ सम्वोधन गर्न नेपाल चेम्वर अफ कमर्स तत्पर रहेको पनि बताए । सो अवसरमा नेपाल सुनचांदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिक रत्न शाक्यले सुन चांदी व्यवसायी महासंघ नेपाल चेम्वर अफ कमर्ससँग लामो समय देखि आवद्ध रहेको स्मरण गर्दै निजी क्षेत्रको हक हित स्थापित गर्न चेम्बर सदैव अग्रसर रहने गरेको उल्लेख गरे । साथै अध्यक्ष शाक्ले सुनचांदी व्यवसायका विभिन्न समस्याहरु समाधानका लागि पहल गर्न चेम्बर नेतृत्वल...
संवाद, सहमति र सहकार्य नै समस्याको समाधान

संवाद, सहमति र सहकार्य नै समस्याको समाधान

राजनीति, समाचार
-डा.डिआर उपाध्याय देशमा चरम राजनीतिक अस्थिरता छाएको छ । राजनीतिक अस्थिरताले अव के हुन्छ केहि भन्न सकिने अवस्था छैन । वैशाखमा दुई चरणको निर्वाचन मिति सार्वजनिक भएको छ । तर निर्वाचन घोषित मितिमा हुन्छ या हुदैन त्यो पनि किटान गरेर भन्न सकिने अवस्था छैन । लोकतन्त्रमा निर्वाचन हुन नसके संवैधानिक संकट आउन सक्ने खतरा पनि उत्तिकै छ । त्यसैले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन अनिवार्य सर्त हो । ओली समूह बाहेक अरु दलहरुले ससद पुनस्थापनाको माग अघि सारेर आन्दोलनमा छन् । समस्याको समाधान आन्दोलन होइन, संवाद, सहमति र सहकार्य नै समस्याको समाधान हो । राजनीतिक दलहरु समस्या बल्झाउने भन्दा पनि समस्या समाधान गर्ने बाटो तर्फ अग्रसर हुन जरुरी छ । नेपाली जनताले लामो समयदेखि राजनीति दल र तिनका नेताहरुको बानी व्यवहार,आचरण र कार्यशैली नियाल्दै आएका छन् । दल र तिनका नेताहरु आफू सत्तामा हुँदा सबै कुरा ठिक देख्छन् ज...
नेकपा दुई खेमामा विभाजित भएपछि चुनाव कांग्रेसको लागि ठुलो अवसर

नेकपा दुई खेमामा विभाजित भएपछि चुनाव कांग्रेसको लागि ठुलो अवसर

राजनीति, समाचार
डा.डिआर उपाध्याय/ सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादको कारण प्रतिनिधिसभा विघटन भयो । संसद विघटनपछि मुलुकको राजनीति अन्योलमा परेको छ । मुलुकको राजनीतिले कहिले निकास पाउँछ भन्ने यकिन छैन । सरकारले अघि सारेको विकास र समृद्धिको नारा पनि अधुरो रहने संभावना देखिएको छ । विकास समृद्धि र सुशासन सरकारका कार्यभार हुन्। तर नेकपा दुई खेमामा विभाजित भएपछि यी कार्यभार पुरा नहुने संकेत देखिएको छ । सुरुका दिनमा नेकपा नेतृत्वको सरकार प्रति आम जनतामा एक प्रकारको आशा थियो । अहिले आशा निराशामा परिणत भएको छ ।देशमा विकास समृद्धि र सुशासन कायम होला भनेर जनताले केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म नेकपालाई बहुमत दिएका थिए । अहिले माथिबाट तलसम्म विभाजनको दिशामा नेकपा गएको छ । जसले गर्दा तिनै तहका सरकारमा विकास निर्माणका काम प्रभावित भएका छन् । अहिले नेताका अहम् र आकांक्षाको टकरावले सिंगो मुलुक ...
टेलिसिरियल ‘मादलको खरि’लाइ भोजपुरमा भब्य सम्मान

टेलिसिरियल ‘मादलको खरि’लाइ भोजपुरमा भब्य सम्मान

मनोरन्जन, समाचार
हाल रमाइलो टिभी बाट प्रसारण भै सामजिक बिसङ्गति बिरुद्द्को आवाज बनेर आएको टेलिफिल्म मादलको खरीले गाउँ सहरमा चर्चा परिचर्चा बटुल्दै गर्दा भोजपुरमा भव्य सम्मान पाएको छ । भोजपुरको अरुण गापा ७ सिक्रेटारमा आयिजोत मादलको खरी विशेष सम्मान एब सान्सकृतिक कार्यक्रममा लेखक/निर्देसक किसोर अनुराग सहित कलाकर ईश्वर बल्लभ उप्रेती, रोजि कुवर, सुरत बिस्ट, भीष्म आचार्य, दिनेश खड्का, रिता थापा, ग्यानेन्द्र कोइराला, समीर राई, आशिष् केसि, आइसा राइ सहित अन्य कलाकर र प्राबिधिक तर्फ छायांकार/ निर्माता आनन्द प्रभाकर घिमिरे सहितको टोलिलाई सम्मानपत्र र अबिरको साथमा स्थानिय बालन नाचले स्वागत र सम्मान गरिएको थियो। जीवन थापाको सम्योजकत्वमा स्थानीय सगरमाथा माबिमा भएको कार्यक्रममा मादलको खरी नाटकको विशेष मन्चन सहित कलाकार ईश्वर बल्लभ र रोजि कुवरको युगल नृत्य, सुरत बिस्टको क्यारिकेचर र सारङ्गि प्रस्तुति सहित स्थानिय कला...
मिस एण्ड मिसेस व्यूटिफुलको पहिलो अडिसनबाट २२ जना प्रतिस्पर्धी छनौट,दोश्रो अडिसन माघ १० मा

मिस एण्ड मिसेस व्यूटिफुलको पहिलो अडिसनबाट २२ जना प्रतिस्पर्धी छनौट,दोश्रो अडिसन माघ १० मा

मनोरन्जन, समाचार
बिगत ५ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को छनौट प्रक्रिया अन्तर्गत पहिलो अडिसन पौष २५ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुलको पहिलो अडिसनबाट २२ जना सहभागी छनौट भएका छन । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु नायिका संचिता लुईटेल,नायक तथा मोडल शितल केसी,मिसेस व्यूटिफुल नेपाल २०२० की विजेता उर्मिला भण्डारीको निर्णायक मण्डलले प्रतिस्पर्धि छनौट गरेका थिए । थुप्रै ईच्छुक सहभागीले अडिसनमा उपस्थिती जनाउन नसकेका कारण पून अर्को अडिसन माघ १० गते शनिवार सोही स्थान रोयल एलिनाज बानेश्वरमा हुने आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए । उक्त प्रतियोगिता...
ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा शाक्य निर्वाचित

ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा शाक्य निर्वाचित

आर्थिक, समाचार
ललितपुर, ३ माघ -ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । उक्त साधारण सभा कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको बिशेष आतिथ्यता माझ जावलाखेलमा सम्पन्न भएको हो । साधारण सभाको उदघाटन गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशिल रहेको बताउनुका साथै वैशाख १७ र २७ गते तोकिएको निर्वाचन सफल पार्न चेम्बर लगायत समग्र निजी क्षेत्रको साथ उत्तिकै आवश्यक रहने औल्याए । साथै मन्त्री पौडेलले सरकारले कोभिड १९ विरुद्धको भ्याक्सिन निशुल्क उपलब्ध गराउने उल्लेख गर्दै भ्रमको पछि नलाग्न पनि आग्रह गरे । सोही अवसर माझ मन्त्री पौडेलले ललितपुर चेम्बर अफ कमर्श स्मारिका को विमोचन समेत गरे । त्यसै गरि, बिशेष अतिथीको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्य...