सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
मोडल फरिताको डान्स सेन्टरको शुभारम्भ

मोडल फरिताको डान्स सेन्टरको शुभारम्भ

मनोरन्जन, समाचार
काठमाण्डौं, माघ १२ सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल फरिता खड्का र अमित ठाकुरले संयुक्त रुपमा ललितपुर, सातदोबाटोमा नृत्य तथा अभिनय प्रशिक्षण केन्द्र स्थापना गरेका छन् । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको प्रमुख आतिथ्यतामा ‘डाईनामिक नृत्य क्रियटिभ फिल्मस प्रा.लि.’को उद्घाटन भएको हो । कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी मोहन निरौला, गोपाल काजी कायस्थ, व्दन्द कलाकार संघका अध्यक्ष नारायन प्रधान, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, बरिष्ठ श्रृंगारकर्मी श्याम कुमार बराल, बरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, व्दन्द निर्देशक शंकर महर्जन, प्रदेश २ का नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण कुमार प्रधान, हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’, रामेश्वर बुर्लाकोटी लगायका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सभापतित्व ग्रहण गरेकी मोडेल फरिता खड्...
भिम, करीश्मा, गोबिन्द र गीर्वानी फिचर्ड ‘सालको पात बजाउनेले…’ सार्वजनिक(भिडियो)

भिम, करीश्मा, गोबिन्द र गीर्वानी फिचर्ड ‘सालको पात बजाउनेले…’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं : गायक सुबर्ण बुढाथोकी र गायिका रोसनी पुन मगरको स्वर रहेको लोकदोहोरी गीत ‘सालको पात बजाउनेले…’ को भिडियो सार्वजनिक गरिएको छ । भद्र नकालको शब्द/संगीत तथा सुदिप सागरको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । यस अघी टेलिभिजनमा थुप्रै हास्य टेलिफिल्ममा अभिनय गरिरहेका कलाकार भिमसेन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा भिम घिसिङ, करीश्मा मगर, गोबिन्द गौतम र ग्रिवाणी बस्नेत फिचर्ड छन । https://www.youtube.com/watch?v=QpHAsgzV0jQ&fbclid=IwAR32NvQtQYcZx7EwS8YltyXuAHnyoXeoDZgvKsn91RBQbG3kpU-lIWhBpf8 भिडियोमा समावेस यि चार जना मोडलको डान्सले दर्शकहरुलाई झुमाउने छ । बिगत लामो समय देखी डान्सलाई आफ्नो पेशा बनाउदै आएका मोडल द्वय भिम घिसिङ र करिश्मा मगरको उत्कृष्ट डान्स र बिगत लामो समय देखी गायकको रुपमा परिचित गायक गोबिन्द गौतम र नयाँ प्रस्तुतिको रुपमा रहेकी ...
हाम्रो देशलाई दुईतिहाईको सरकार नफापेको होकि लोकतन्त्र ?

हाम्रो देशलाई दुईतिहाईको सरकार नफापेको होकि लोकतन्त्र ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय देशमा पाँचवर्षे जनादेश प्राप्त प्रतिनिधिसभा बीचमै विघटन गरी मध्यावधि निर्वाचन घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि राजनीतिक अस्थिरता बढेर गएको छ । पत्रपत्रिका र सामाजिक सञ्जालहरू गाली गलौजले भरिएका छन । नेकपाका दुवै खेमाका नेता र कार्यकर्ताबीच एकले अर्कालाई हिलो छ्याप्ने काम भएको छ । यो राम्रो संकेत होइन । यति बेला नेकपाका दुवै खेमाका शीर्ष नेताहरु तल्लो स्तरको गाली गलौज, बेइज्जती र पोल खोल्न व्यस्त छन । यसरी मुलुकको मुहार फेर्न सकिदैन । अहिले यी र यस्ता गतिविधिले पार्टी मात्र नभई प्राप्त उपलव्धि नै खतरामा परेको छ । हाम्रो देशलाई दुईतिहाईको सरकार नफापेको होकि लोकतन्त्र ? नेपाली जनताले राजनीतिक स्थिरता, विकास र शान्ति चाहेका थिए । तर ऐतिहासिक अवसर मुलुक र पार्टीले गुमाउँदैछ । यतिबेला केही पार्टीहरु सडक आन्दोलनमा छन् । जसले गर्दा नेपाली जनताले फेरि दु...
‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ सम्पन्न,पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगद सहित रङ्ग पत्रकारिता सम्मान

‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ सम्पन्न,पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगद सहित रङ्ग पत्रकारिता सम्मान

मनोरन्जन, समाचार
काठमाडौं : ‘कला संस्कृतिको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नारासहित विमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड २०७७’ सम्पन्न भएको छ । शुक्रबार राजधानीमा एक विशेष समारोहबीच अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा बरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो भने पत्रकारद्वय अनन्त वाग्ले र कुवेर गिरीलाई नगदसहित रङ्ग पत्रकारिता सम्मान प्रदान गरिएको थियो । विमेन्स ग्रुपकी अध्यक्ष प्रतिमा राई र अवार्ड कार्यक्रमका अध्यक्ष गणेश सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य संघका नवनिर्वाचित केन्द्रीय सदस्य आकाश अधिकारी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, नेपाल टेलिभिजनकी नायवमहाप्रवन्धक आरती चटौत, नेपाल कम्युनि...
होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकीलाई ‘न्युजलाइन्स’ सम्मान

होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकीलाई ‘न्युजलाइन्स’ सम्मान

आर्थिक, समाचार
काठमाडौं- सेफ आर बि बुढाथोकी न्युजलाइन्स सम्मानबाट बिभुसित भएका छन् । न्युजलाइन्स मिडियाद्वारा महाराजगंज स्थित अरिकल्स इभेण्टद्वारा आईतबार आयोजित चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम माझ उनी सम्मानित भएका हुन । न्युजलाइन्स मिडियाले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा बुढाथोकी पाककला क्षेत्रबाट १५ उत्कृष्टमा पर्न सफल भएका हुन । कार्यक्रमका प्रमुख अतिथी बोधिसत्व स्वामी आनान्द अरुण र न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले संयुक्त रुपमा सम्मानित गरेका थिए । पाककलाको क्षेत्रमा मात्र नभएर नेपाली, चाईनिज, जापानिज, लगायत धेरै देशका परिकार बनाउन दक्ष सेफका रुपमा परिचित उनी नेपाली सेफ जगतमा परिकार माष्टरको रुपमा चर्चामा रहदै आएका छन् । यही नै आधारमा मुल्याङकन गरि उनलाई न्युजलाइन्स सम्मान २०२१ बाट सम्मानित गरिएको न्युजलाइन्स मिडियाले जनाएको छ । को हुन आर बि बुढाथोकी ?...
न्युज लाइन्स मिडियाको ४ औ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

न्युज लाइन्स मिडियाको ४ औ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

आर्थिक, समाचार
काठमाडौं, माघ – न्युज लाइन्स मिडियाको ४ औं वार्षिकोत्सव र सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टको सभापतित्व माझ आयोजित सो कार्यक्रम बोधिसत्व स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यता माझ आईतबार चक्रपथ महाराजगन्ज स्थित अरिकल इभेण्टमा सम्पन्न भएको हो । कार्यक्रम माझ प्रमुख अतिथी आनन्द अरुणले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई न्युजलाइन्स सम्मानबाट विभुसित गरे । सो अवसर माझ सम्मानित हुनेहरुमा होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकी, वरिस्ठ सौन्दर्यविद सुश्मा महरा, पर्यटन व्यवसायी एवम् समाजसेवी जगत बहादुर गुरुङ, खेलाडीद्वय सुर्य बहादुर बुढाथोकी र हरि कार्की, समाजसेवी अक्कल बहादुर तामाङ, द्वन्द निर्देशक याम प्रसाद ओली, चलचित्र निर्देशक श्याम राजा श्रेष्ठ, समाजसेवी भावना केसी, युवा व्यवसायी राजेन्द्र महर्जन, साहित्यकार भिस्म राज फुलारा...
अब राजनीतिक दलहरु गम्भिर बन्ने कि नबन्ने ?

अब राजनीतिक दलहरु गम्भिर बन्ने कि नबन्ने ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले मुलुकमा अस्थिर राजनीतिको बिउ रोपिएको छ । यो अस्थिर राजनीतिले मुलुकलाई कहाँ पु–याउने हो त्यो भने अहिले यसै भन्न सकिने अवस्था बनिसकेको छैन । मुलुकको राजनीति यति बेला भिरको डिलमा उभिएको छ । नेतृत्व बर्गले गम्भिरता पूर्वक सोच्ने हो भने अफठ्यारो बाटोमा उभिएको राजनीति सहि बाटोमा आउन सक्छ । अब राजनीतिक दलहरु गम्भिर बन्ने कि नबन्ने ? यतिबेला गम्भिर प्रश्न उठेको छ । मुलुकको भाग्य र भविष्य निर्माण गर्न राजनीतिक दलहरु नै अघि बढ्नु पर्छ । झण्डै तीन दशकपछि जनताले नेकपालाई बहुमत दिएर पाँच वर्षसम्म सरकार सञ्चालनको जिम्मा दिएका थिए । तर,नेकपाले त्यसलाई जोगाउन सकेन । यो नै देशको विडम्वना हो । समय अगावै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको मितिसमेत घोषणा गरिसक्नु भएको छ । तर यो अवस्थामा चुनाव हुन्छ या हुँदैन त्यो भने यसै भन्न सकिने राजनीतिक वातावरण...
शिवन पोखरेल निर्देशित तथा अभिनित ‘भक्कानो छोडि नरोए आमा’को भिडियो सार्वजनिक (भिडियो)

शिवन पोखरेल निर्देशित तथा अभिनित ‘भक्कानो छोडि नरोए आमा’को भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गायक नेत्र भण्डारीको स्वरमा ‘भक्कानो छोडि नरोए आमा’ बोलको मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ ।‘बिन्दवासिनी म्यूजिक’ नामको युट्यूब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा धन कमाउन बिदेशिन वाध्य युवाको दुःख पिडालाई यथार्थ चित्रण गरिएको छ । गीतलाई सुशिल खड्काको शव्दमा करन न्यौपानेले संगीत दिएका छन भने एरेन्ज विपिन आचार्यको रहेको छ । नरोए आमा एल्बममा समावेश उक्त गीतको भिडियोलाई अहिलेका व्यस्त मोडल तथा भिडियो निर्देशक शिवन पोखरेलले निर्देशन गरेका छन । https://www.youtube.com/watch?v=vO-oO7SFo8Y&feature=share&fbclid=IwAR1PpiKcZGUTRsodJqweA3lv4zTXaOvildq3K_rh1AHUG8Ybw823dAXcxww अजय रेग्मिको छायांकन रहेको भिडियोलाई सम्पादन अभिनायक मान शेरचन र कलर सम्पादन क्रान्ति केसीले गरेका छन ।सहारा फिल्मस् एण्ड ईन्टरटेनमेन्टको निर्माण रहेको भिडियोमा निर्देशक शिवन स्वयंकै अभिनय रहेको छ ...
अदूरदर्शी नेता र अन्धभक्त कार्यकर्ता

अदूरदर्शी नेता र अन्धभक्त कार्यकर्ता

राजनीति, समाचार
डा.डिआर उपाध्याय अहिले हाम्रो देशको राजनीतिक, सामाजिक, आर्थिक एवं शैक्षिक अवस्था खल्बलिएको स्थिति छ । यसलाई सही बाटोमा ल्याउनका लागि राजनीतिक पाटो सही ठाउँमा आउन जरुरी छ ।अझै पनि देशमा गरिबी, बेरोजगारी, अशिक्षा विभेद, अभाव, पछौटेपन, भ्रष्टाचार, महँगी हटेको छैन । यसको मुख्य कारण राजनीतिक अस्थिरता हो । लामो समयसम्मको राजनीतिक लडाइँबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यता संस्थागत हुन सकेको छैन । देशमा भएका कुनै दल र तिनका नेताहरुले यी समस्याको समाधान गर्न सकेका छैनन् । देशमा पटक पटक भएका आन्दोलन र त्यसबाट प्राप्त उपलब्धीहरु यतिखेर धरापमा परेको अवस्था छ । देशमा प्रजातन्त्र आएको तीन दशकसम्म पनि देश र जनताका समस्याहरू ज्युका त्युँ रहेका छन् । यी परिवर्तनले नेता मोटाउने र जनता दुब्लाउने मात्र काम भएको छ । यो बाहेक अरु उपलब्धी हुन सकेन । यावत यी समस्याहरु उत्पन्न हुनुको जड राजनीतिक दल र तिन...
मेलिना राईको स्वरमा नयाँ भिडियो सार्वजनिक(भिडियो सहित)

मेलिना राईको स्वरमा नयाँ भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
किम्भे प्रोडक्सन नामक युट्युब च्यानल मार्फत मेलिना राईको स्वरमा रहेको कस्को मुटु कति दुख्छ भन्ने गीतको भिडियो रिलिज भएको छ । https://youtu.be/OJOChXRK8-k यस गीतमा शब्द कमल के.सीको,एरेन्जर राजेश कुमार श्रेष्ठ, संगीत अश्मी रिशालको र निर्देशन यज्ञराज पराजुलीको रहेको छ भने प्रेम सुनामको कोरियोग्राफी रहेको यस गीतमा छायांकन तथा सम्पादन जय कामतको रहेको छ भने डा.पवन मेहत र एन्जल श्रेष्ठको अभिनय देख्न पाईन्छ ।लोकेन्द्र शाहले निर्माण गरेका यस गीतलाई हिजोबाट सार्बजनिक गरिएको किम्भे प्रोडक्सनका प्रमुख तारा थापा किम्भेले जानकारि दिए । ...