सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
एमाले भित्र वामदेव गौतमले खेल्नु पर्ने भूमिका

एमाले भित्र वामदेव गौतमले खेल्नु पर्ने भूमिका

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले भावनात्मकरुपमा मिलेर अघि बढनु पर्छ । एमालेका नेताहरू मिलेर जादा नै लोकतन्त्र बलियो र मजवुझ बनाउन सकिन्छ । अहिले नेकपाका नेताहरु सम्बन्ध विच्छेदको अवस्थामा होइन , सम्वन्ध बलियो बनाउने बाटो तर्फ अघि बढनु पर्छ । एमाले फुट्ने होइन, जुट्ने कसरतमा लाग्नु पर्छ । एमाले पार्टीभित्र समानान्तर गतिविधि चलिरहेका छन्, यो राम्रो कुरा होइन , यसले राम्रो सन्देश पनि दिदैन । यो जुँगाको लडाइँ हो । अब केपी शर्मा ओली , माधव–झलनाथ र बामदेव मिलेर जानु पर्छ । यो समयको माग पनि हो । अव एक आपसमा झै झगडा गरेर बस्ने बेला होइन । अव एमालेले चमत्कार गरेर देखाउनु पर्छ । अहिले पाटी भित्र जुन किसिमको गतिविधि भैरहेका छन ति गतिविधिले कतै पुग्न सकिँदैन। गलत राजनीति बाटोले राजनीति जोगिँदैन । हरेक कार्यकर्ता पार्टीप्रति प्रतिबद्ध छन । पार्टीप्रति उनीहरूको आस्था, व...
‘मिस फेस अफ नेपाल’को आवेदन खुल्ला

‘मिस फेस अफ नेपाल’को आवेदन खुल्ला

मनोरन्जन, समाचार
अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ को आवेदन खुलेको छ । शुक्रबार काठमाडौंस्थित यो क्याफेमा आयोजित एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । ‘ मिस फेस अफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पु¥याउने मिस फेस अफ नेपालका आयोजक तथा कोरियोग्राफर सपना राइले जानकारी दिइन् । टाइटल विनरलाई स्कुटर, सिल्भर क्राउन प्रदान गरिनेछ,आयोजक राइले भनिन्,फस्ट रनरअपलाई पच्चिस हजार नगद र सिल्भर क्राउनका साथै सेकेन्ड रनर अपलाई पन्ध्र हजार नगद र सिल्भर क्राउन पुरस्कार राखिएको छ। प्रतियोगितामा सहभागी सबै जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ । सहभागिताका लागि उमेर १५ देखि ३० वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई तोकिएको छ । आवेदनका फारम आजैबाट खुला गरिएको छ । चैत्र १५ गते पहिलो अडिसन र २५ ...
आइसल्याण्डमा ज्वालामुखी बिस्फोट

आइसल्याण्डमा ज्वालामुखी बिस्फोट

अन्तराष्ट्रिय, समाचार
आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रको ज्वालामुखी बिस्फोट भएको छ । आइसल्याण्डको मौसम विभागका अनुसार रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा ज्वालामुखी बिस्फोट भएको हो । ठूला पत्थर तथा ढुंगाहरु आउन सक्ने तथा पहिरो समेत जान सक्ने भन्दै स्थानीय बासिन्दालाई सचेत पारिएको छ । पछिल्लो तीन हप्तामा सो क्षेत्रमा ५० हजार भन्दा धेरै भूकम्प गएको थियो । अहिले सो क्षेत्रमा ज्वालामुखी बिस्फोट भएको हो । सन् २०१० मा आइसल्याण्डमै भएको ज्वालामुखी बिस्फोटका कारण युरोपको हवाई ट्राफिक प्रभावित भएको थियो । तर यसपटकको फाग्राडाल्स्फल ज्वालामुखीबाट ठूलो मात्रामा खरानी तथा धुवाँ ननिस्कने अनुमान छ । वेम्याम्स तथा स्याटेलाइट तस्बिरहरु मार्फत शुक्रबार बेलुकादेखि ज्वालामुखी बिस्फोट भएको पुष्टि भएको आइसल्याण्डको मौसम विभागले बताएको छ । ज्वालामुखी बिस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिट...
आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै

आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै

आर्थिक, समाचार
मार्च २०  मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा पनि  मनाउन लागिएको डेन्टल एशोसियसनले जानकारी दिएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ राख्न जरूरी रहेको चिकित्सकहरू बताउँछन् । वर्ल्ड फेडरेशनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १ सय ३० वटा डेन्टल एशोसियसनहरुले एकै साथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यस अवसरमा नेपालमा निःशुल्क डेक्टल क्याप, स्कुले बालबालिकाहरुलाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षा, दन्त्य क्षेत्रमा कार्यरत उत्कृष्टलाई सम्मान, निःशुल्क दन्त्य परीक्षण गरिँदै आएको छ । ...
एकीकृत नमुना बस्ती चिरिच्याट्ट,संरचना कच्चा !

एकीकृत नमुना बस्ती चिरिच्याट्ट,संरचना कच्चा !

आर्थिक, समाचार
धार्चे गाउँपालिका–४ गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्ती चिरिच्याट्ट देखिन्छ। तर, यहाँ बनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दाले असन्तुष्टि जनाएका छन्। ‘ढोका पनि प्लास्टिकको छ, झ्याल पनि प्लास्टिकको छ’, वडाध्यक्ष राज गुरुङले भने, ‘बाहिर बोक्रो, भित्र खोक्रो भनेजस्तो छ। सानोतिनो ठक्करले पनि कतिपय घरका झ्यालढोका फुटिरहेका छन्। घर असुरक्षित भयो।’ काठका झ्यालढोका बनाउन वडा र गाउँपालिका कार्यालयले जति अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो वडाध्यक्ष गुरुङले गरे। भूकम्पका कारण विस्थापित भएका लाप्राकवासीलाई पुनःस्थापित गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो बस्ती निर्माण गरेको हो। बस्तीमा ५ सय ७३ वटा घर निर्माण सम्पन्न गरेको छ। भूकम्प गएकै दिन वैशाख १२ गते स्थानीयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ। सक्नेले एनआरएनएले बनाएको झ्यालढोका फाले...
महिलाहरुको अस्मिता माथि किन खेलवाड ?

महिलाहरुको अस्मिता माथि किन खेलवाड ?

समाचार, समाज
डा.डिआर उपाध्याय, देशमा राजनीतिक स्थिरता भएन भने सामाजिक, सांस्कृतिक, आर्थिक, सवै क्षेत्रमा प्रभाव पर्छ । अहिले देश राजनीतिक अस्थिरताकै कारण अन्योलमा छ । नेपाली समाज विषम परिस्थितिसँग जुध्दै छ । देशले सही बाटो लिएर अगाडि बढ्न नसकिरहेको अवस्था छ । नेपाली समाजमा हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधहरु दिन–प्रतिदिन बढदै गएका छन । अहिले बिभिन्न सञ्चारमाध्यममा हत्या, हिंसा, बलत्कार, अपहरणजस्ता अपराधका समाचारहरु आइरहेका छन । समाजमा दण्डहीनताको वृद्धि भैरहेको अवस्था छ । आज समाजमा घरेलु हिंसा, बालहिंसा, दलित हिंसा, महिला हिंसा, एसिड आक्रमण, बलात्कार, महिला तथा किशोरीहरुमाथि हुने यौन दुराचारजस्ता अपराधका घटनाहरु दोहोरीरहेका छन । अव समाजमा जनचेतना जगाउनु पर्ने आबश्यकता देखिएको छ । समाजमा यौन हिंसा–हत्या, आफ्नै हाडनाताभित्र हुने गरेका घटनाहरु बिभिन्नसञ्चारमाध्यमहरुमा आउने गरेको देखिन्छ । नै...
रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

राजनीति, समाचार
 अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बडाललाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजैदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका थिए । राष्ट्रपतिले खरेललाई महान्यायाधिवक्ताका हैसियतले गरेको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ । ...
किर्तिमानी गीतकार डा.डिआरको विश्वमै पहिलोपटक एकै दिनमा गीति एल्बम तयार गरि सार्वजनिक

किर्तिमानी गीतकार डा.डिआरको विश्वमै पहिलोपटक एकै दिनमा गीति एल्बम तयार गरि सार्वजनिक

मनोरन्जन, समाचार
गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित गीत-सङ्गीत क्षेत्रका फरक फरक विधामा ३२ वर्ल्ड रेकर्ड राख्न सफल गीतकार डा. डीआर उपाध्यायले आज एकैदिनमा सिङ्गो गीति एल्बम तयार पारेका छन् । गीतकार उपाध्यायको एकल शब्दरचनामा रहेको गीति एल्बम धड्कन आज दिनभरिमा लाइभ बाजा, भोकल रेकर्डिङ, मिक्सिङ्, माष्टरिङ् र डबिङ् सहित तयार गरी साँझ ७ बजे बिमोचन गरिएको हो । अनामनगरस्थित एक्शन रेकर्डिङ स्टुडियोका प्राविधिक पवन बिकले रेकर्ड गरेको यस एल्बमका चारैवटा गीतको मिक्सिङ्/माष्टरिङ् गोविन्द सोनीले गरेका हुन् । गीतकार डा. डीआर उपाध्याय, एल्बमका सङ्गीतकार सागर अधिकारी ‘शरद’, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, रेकर्डिष्ट पवन बिक, साउण्ड इन्जिनियर गोविन्द सोनी, एरेन्जर देवेन्द्र नेवा, कवि तथा निर्देशक हेम प्रभाष, पत्रकार तुलसी गिरी ‘भावुक’, गायक अशोक बराल र युथ क्रिएशनका सञ्चालक रमेश थाप...
स्वरोजगार बन्ने सीप, दक्षता र उद्यमशीलता आजको आबश्यकता

स्वरोजगार बन्ने सीप, दक्षता र उद्यमशीलता आजको आबश्यकता

आर्थिक, समाचार
डा.डिआर उपाध्याय, देशमा बेरोजगारी समस्या दिनौं बढदै गएको छ । यो चिन्ताको बिषय हो । बेरोजगारी समस्या समयमै समाधान हुन सकेन भने देशमा असन्तुष्टिका स्वरहरु गुञ्जिन थाल्छन । यसलाई समयमै सम्बोधन गर्ने कार्य प्रभावकारी हुन जरुरी छ । यदि समयमै यो समस्या समाधान गर्न सकिएन भने यसले अझ भयावह रूप लिने निश्चित छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसारका रोजगार सिर्जनाका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको खाँचो छ । स्थानीय, प्रदेश र संघ तीनै तहबाट रोजगार सिर्जनाको कार्यलाई प्राथमिकताका साथ अघि बढाउनु पर्छ । देशमा रोजगारीको अवसर नपाएर युवा जनशक्ति खाडी मुलुक देखि अन्य मुलुकमा पलायन हुन बाध्य छन । राज्यले ती युवामा आशा, भरोसा र विश्वास जगाउन सक्नु पर्छ । हाम्रो देशका युवामा केवल निराशा र वितृष्णा मात्रै छ । यसो हुनुको कारण पनि छ । देशमा गरि खाने शिक्षा भएन । अहिले सम्म पनि नेपालको...
‘चोर र पुलिस’जेठमा आउँदै

‘चोर र पुलिस’जेठमा आउँदै

मनोरन्जन, समाचार
आरएल लामाको निर्देशनमा निर्माण भएको चलचित्र ‘चोर र पुलिस’ जेठ पाँचदेखि सिनेमाघरमा आउने भएको छ । छायाँकनको सम्पूर्ण काम सकाएर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘चोर र पुलिस’ जेठ पाँचदेखि आम दर्शकमाझ आउन लागेको हो । दोलखा, सिन्धुपाल्चोक, मुडे, चरिकोटल, कुलेखानी, हेटौडा, पोखरा र काठमाडौंलगायतका स्थानमा छायाँकन गरिएको यो चलचित्रमा बुद्धी तामाङ, सुलेमान शंकर ‘इकु’, जयनन्द लामा, धिरन शाक्य ,कविता राय, रेशम फिरिरि, रामचन्द्र अधिकारी, सुरविर पण्डित, कविता राय, बालबलाकारमा अर्नव बिष्ट, कौसल राईलगायतको अभिनय रहेको छ । आरएल फिल्म इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा बन्ने चलचित्रका निर्माता सोनाम मोक्तान, लङ्कामाया मोक्तान हुन् । निर्देशक लामाकै लेखन रहेको चलचित्रले नचाहादा नचाहदै चोर बन्नुपर्ने बाध्यता र पुलिसको कतब्यै बिषयबस्तु बनाएको छ । चलचित्रका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् । चलचित्...