सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
प्रमोद खरेलको स्वरमा ‘समयले’सार्वजनिक(भिडियो)

प्रमोद खरेलको स्वरमा ‘समयले’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
प्रमोद खरेलको स्वरमा रहेको गीत ‘समयले’ सार्वजनिक भएको छ । लिलानाथ घिमिरको शब्द, रमेश खडकाको सङ्गीत रहेको गीत ‘समयले’को भिडियो सार्वजनिक भएको हो । कृष्ण पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा आस्मा ज्वेल श्रेष्ठ, कृष्ण पौडेल, कोमल देवकोटा, लोएनस खडका फिचरिङ छन् । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको डिओपी, कलर र सम्पादन छ । https://www.youtube.com/watch?v=Evn70uvt_cw एक्टिभ फिल्मस् प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियो तारा सितारा प्रोडक्सनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । केही चलचित्र निर्देशन गरेका कृष्ण पौडेल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त छन् । ...
हिजोको एमाले र आजको एमाले

हिजोको एमाले र आजको एमाले

राजनीति, समाचार
डा.डिआर उपाध्याय, कुनै बेला नेकपा (एमाले) को नेतृत्व ब्यवस्थित र चुस्तदुरुस्त थियो भन्ने मानिन्छ । मनमोहन र मदन भण्डारीको पाला एमाले मुलुकको ऊर्जाशील राजनीतिक शक्ति मानिन्थ्यो । त्यस बेला नेता कार्यकर्ता अनुशासित थिए । देश र जनताका लागी ज्यान दिन समेत तयार हुन्थ्ये । हिजोको एमाले र आजको एमालेमा आकाश जमिनको फरक छ । अहिले हिजोको जस्तो त्यस्तो त्यागी स्थिती छैन । कार्यकर्ताले नेताको बिश्वास गर्न छाडि सके । त्यति लामो त्याग तपस्या र दुःखले हुर्काए बढाएको पाटी नेकपा एमाले अहिले विभाजन र विघटनको संघारमा उभिएको छ । नेकपा एमालेका तमाम नेता कार्यकर्ताहरु चिन्तित छन । बिगतमा नेकपा एमालेमा हजारौं जुझारु कार्यकर्ता थिए । ती कार्यकर्ताहरु अहिले छिन्न भिन्न छन । २०४७ साल कात्तिकमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिलेर नेकपा (एमाले) गठन भएको थियो । नेकपा एमालेको अध्यक्ष मनमोहन अधिकारीलाई बनाइएक...
“मिस टिन काठमाडौं आईकन” र “टप मोडल युनिभर्स” को अन्तिम स्पर्धा सम्पन्न

“मिस टिन काठमाडौं आईकन” र “टप मोडल युनिभर्स” को अन्तिम स्पर्धा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र ४, २०७७। न्यु राईज ईन्टरटेनमेन्टद्वारा आयोजित सौन्दर्य प्रतियोगिता “मिस टिन काठमाडौं आईकन, २०२१” र “टप मोडल युनिभर्स,२०२१” को अन्तिम स्पर्धा सम्पन्न भएको छ। राजधानीको जडिबुटीस्थित जडिबुटी बैंक्वेटमा सम्पन्न भएको “मिस टिन काठमाडौं आईकन, २०२१” को शिर्ष विजेताको ताज सनिया बिष्टले पहिरिईन भने “टप मोडल युनिभर्स,२०२१” को शिर्ष बिजेताको ताज सामना खत्रीले पहिरिईन। विजेताले उपाधीसंगै विभिन्न आकर्षक गिफ्ट ह्यापरहरु प्राप्त गरेका थिए । “मिस टिन काठमाडौं आईकन, २०२१” तर्फको अन्तिम प्रतियोगितामा साहारा गिरी फर्स्ट रनर अप भईन भने “टप मोडल युनिभर्स,२०२१” तर्फ शनी सिंह फर्स्ट रनर अप भए । त्यसैगरी टप मोडल एसिया क़ृष्टिना श्रेष्ठ, मिस टिन चार्मिङ ईन्टरनेशनल प्रतिष्ठा ढकाल , मिस्टर टिन अनुराग भट्ट, मिस्टर प्रि टिन सलोम तामाङ, एम्बास्डर ईशिका चौधरी र मिस प्रि टिन सुहाना थापा घोषित भए। कोरि...
राजनीतिक अन्योलका बेला राष्ट्रपति भण्डारीको मध्यस्थता स्वागतयोग्य

राजनीतिक अन्योलका बेला राष्ट्रपति भण्डारीको मध्यस्थता स्वागतयोग्य

राजनीति, समाचार
डा.डिआर उपाध्याय, राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सर्वदलिय बैठक बोलाउनु भयो । यस्तो राजनीतिक अन्योलका बेला राष्ट्रपति भण्डारीको मध्यस्थता स्वागतयोग्य कुरा हो । पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गर्नु भयो । यसमा उहाँ बिवादित पनि बन्नु भयो । प्रतिनिधिसभा विघटन भए पछि राजनीतिक दल, नागरिक समाजका साथै विभिन्न संघ संगठनहरु आन्दोलन गर्न बाध्य भए । दिनौं जसो सडक आन्दोलन भए । उनीहरुले सडक आन्दोलनवाट विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनु पर्ने माग राखेका थिए । जसअन्तर्गत सर्वोच्च अदालतले फागुन २३ प्रतिनिधिसभा पुनस्थापनाको फैसला सुनायो । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री ओलीले राजीनामा गर्नु होला भन्ने धेरैले सोचेका थिए । तर, उहाँले राजीनामा दिनु भएन । यहीबीचमा नेकपा विवादबारे सर्वोच्च अदालतलको फैसला आयो । फैसला पछि एमाले र ...
भक्तपुर फेशन रनवे,२०२१’ सम्पन्न

भक्तपुर फेशन रनवे,२०२१’ सम्पन्न

मनोरन्जन, समाचार
भक्तपुर स्थित इम्पेरियल बैंक्वेटमा ‘भक्तपुर फेशन रनवे’ भब्य रुपमा सम्पन्न भएको छ । लु खा ईभेन्टसको आयोजना तथा रोश्ना मेकअप स्टुडियो र क्याप्चर मोशन नेपालको सहकार्यमा ‘भक्तपुर फेशन रनवे, २०२१’ नाम दिइएको उक्त शो मा दुई दर्जन भन्दा बढि चर्चित मोडलहरु र्याम्पमा उत्रिएका थिए । कोरियोग्राफर आशिष नापित तथा उजोल सन्धाको कोरियोग्राफीमा संचालित रन वे शोमा गायक मानस राज, भोईस अफ नेपाल सिजन २ का प्रतिस्पर्धी गायक कुमा सागर लगायतले आफ्नो सांगितिक प्रस्तुति दिएका थिए। नेपाल आईस नेचुरा, श्री जनशक्ति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, सुर्य किरण सेभिङ एण्ड क्रेडिट को अपरेटिभ तथा हुण्डाई ईलेक्ट्रोनिक्सको प्रायोजन रहेको उक्त फेशन रन वेमा बेस्ट मोडलको उपाधी प्रतिक मुलगुठीले हात पारे। बेस्ट मोडल छनौटका लागि ग्लोवल अनलाईन पे मार्फत अनलाईन भोटिङ गरिनुको साथै रनवेमा गरेको प्रदर्शनलाई आधार मानिएको थियो। प्रजिता ...
राजनीतिक दल र तिनका नेताहरु देश प्रति इमान्दार हुन जरुरी

राजनीतिक दल र तिनका नेताहरु देश प्रति इमान्दार हुन जरुरी

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, राजनीतिमा विसंगति र विकृति मौलाउँदै जादा समस्या उत्पन्न भएको छ । यो समस्या समाधानका लागी जनता पनि जागरुप र सचेत बन्दै जानु पर्ने आबश्यकता देखिएको छ । देश र जनताको पक्षमा खुलेर काम गर्न नसक्दा दलहरू अप्रिय बन्दै गएका छन । राजनीतिक दल र तिनका नेताहरुले देश र जनताको पक्षमा राम्रो काम गर्न नसक्दा जनताले दलभन्दा राजतन्त्र नै ठिक हो की भन्न थाले । तर यो परिस्थिती भने आउन दिनु हुदैन । दल र तिनका नेताहरुले आफ्नो छवि सुधार्दै जानु पर्छ । जे जस्तोसुकै भए पनि जनताका प्रतिनिधि भनेका दलका नेताहरु नै हुन । लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो । राजनीतिक दलका नेता भ्रष्टाचारमा लिप्त हुन पुगे । स्वच्छ छवि भएका नेता भेटिन कठिन हुँदै गएको छ । नेताहरुमा रातारात नवधनाढ्य बन्ने प्रतिस्पर्धा चल्दै गयो । यसले राम्रो संकेत देखाएको छैन । सर्वसाधारण जनताले आफ्ना प्रतिनिधिको क्रियाकलाप नजिकबा...
कम्युनिष्ट पाटी भित्र गम्भीर चुनौती

कम्युनिष्ट पाटी भित्र गम्भीर चुनौती

राजनीति, समाचार
डा.डिआर उपाध्याय, सम्मानित सर्वोच्च अदालतले ऋषि कटेलको नेपाल कम्युनिस्ट पार्र्टीलाई आधिकारिक मान्यता दिएको छ । सत्ता रुढ दल नेकपा लाई पूर्ववत् एमाले र माओवादी केन्द्रको रूपमा नै रहने फैसला गरिदिएको छ । अदालतको फैसला पछि एमाले र माओवादी पार्टी पूर्ववत् अवस्थामा फर्किएका छन । सम्मानित अदालतको फैसला सवैले स्वीकार गर्नु पर्छ । अहिले यो बिषयमा टिका टिप्पणी गर्ने बेला होइन । अहिले देश असहज परिस्थितीबाट गुज्रिरहेको छ । एकताबद्ध भएको नेकपा फुटनु नै मुलुकको लागी दुर्भाग्य हो । ओली प्रचण्डले यो कुरा बुझन जरुरी छ । अव ढिला नगरी पार्टीभित्रको आन्तरिक संघर्ष पार्टीकै नीति र विधानबाट समाधान गरेर व्यवस्थित एवं एकताबद्ध भएर सञ्चालन हुनुपर्दछ । यो आम नेपाली जनताको चाहाना हो । विश्वका थुप्रै देशका कम्युनिस्ट पार्टी र अन्य पार्टीभित्र पनि विवाद, बहस र अन्तरसंघर्ष चल्छन । विवाद, बहस र अन्तरसंघष कम्युनि...
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुबोध गुप्ता निर्वाचित

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुबोध गुप्ता निर्वाचित

आर्थिक, समाचार
वीरगञ्ज । आइतबार वीरगञ्जमा सम्पन्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४५ औं वार्षिक साधारणसभाले सुवोधकुमार गुप्तालाई अध्यक्षतामा निर्वाचित गरेको छ । उनी सर्वसम्मतका साथ अध्यक्षमा चयन भएका हुन । नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य साथै बैंक बित्तिय तथा बिमा समितिको उपसभापति, चामल दाल तेल उद्योग सङ्घका अध्यक्ष समेत रहेका गुप्ताको मनोनयन विरुद्धमा कसैले पनि उम्मेदवारी गराएनन् । त्यसैगरि उक्त साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । निर्वाचनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिलकुमार अग्रवाल पटवारी, उपाध्यक्षमा हरिप्रसाद गौतम, महासचिवमा मनोजकुमार दास, उद्योगतर्फको सचिवमा अरविन्द्र अमात्य र वाणिज्यतर्फ आषिशकुमार लाठ, कोषाध्यक्षमा गोविन्द शाह, सह-कोषाध्यक्षमा प्रेमचन्द्र गोयल, उद्योगतर्फको सह-सचिवमा शुशान्त चाचान र वाणिज्यतर्फ अनोजकुमार रुङ्गटा चयन भएका छन् । गुप्ता नेतृत्वक...
सत्ता प्राप्ति र शक्ति संघर्षको लडाइँ

सत्ता प्राप्ति र शक्ति संघर्षको लडाइँ

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सवै क्षेत्रमा अन्योल सिर्जना गरेको छ । नेपालको राष्ट्रिय राजनीतिको बिषयमा बिभिन्न कोणवाट फेरि नयाँ खालको बहस सुरु भइरहेको छ । यति बेला नेपालको कम्युनिस्ट आन्दोलनको बिषयमा बिभिन्न खालका टीका–टिप्पणी भइरहेका छन् । अव नेपालको कम्युनिष्ट आन्दोलन के हुन्छ ? भन्ने प्रश्न पनि उठेको छ । प्रतिनिधिसभा पुनःस्थापना हुनु आफैँमा एउटा महत्वपूर्ण कुरा हो । तर संसद विघटनको परिस्थिति किन सिर्जना भयो भन्ने प्रश्न महत्वपूर्ण हो । प्रधानमन्त्रीले प्रतिनिधिसभा किन विघटन गरे ? यो प्रश्नको जवाफ कुनै बेला खोजिएला यो बेग्लै कुरा हो । तर अहिले संसद पुनस्थापना भएको परिस्थिती छ । अहिले जवाफ खोजेर अल्मलिने बेला छैन । देशमा देखिएका तमाम समस्या समाधान गदै अघि बढनु पर्ने बेला हो यो । देशमा कुनै पनि सरकार पाँच वर्षसम्म नटिक्...
अव नेकपा एमाले सच्चिने की सिद्धिने ?

अव नेकपा एमाले सच्चिने की सिद्धिने ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपालको पछिल्लो राजनीति नराम्रो संग गोलचक्करमा फसिरहेको छ । नेपालको प्रमुख राजनीतिक दल नेकपा छिन्न भिन्न भएको छ । अहिलेको राजनीति गतिविधिले खासै राम्रो संकेत देखाइरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गरेयताको राजनीतिक घटनाक्रमले उतारचढाव ल्याएको छ । प्रधानमन्त्रीको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले फागुन ११ मा फैसला बदर गरेपछि राजनीतिक निकास निस्कने अपेक्षा गरिएको थियो । त्योअपेक्षा बमोजिम राजनीति चलेन । जसको कारण राजनीतिक संकट झन थपिदै छ । राजनीतिक दल र तिनका नेताहरूले जतिसुकै चर्को कुरा गदै हिडे पनि जनता भने मर्कामा छन । नाफाघाटाको राजनीतिले देशलाई कहाँ पुयाउने हो कुनै ठेगान छैन । देश र जनताको पक्षमा काम गर्ने दल र नेता नै नेपालमा देखिएनन् । यो बडो समस्याको कुरा छ । जनताले ठूलो आशा र भरोसा गरेर तत्कालिन एमाले र माओवादी केन्द्...