सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन माधव नेपाल समूह सहमत

मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन माधव नेपाल समूह सहमत

राजनीति, समाचार
प्रदेश नम्बर एक सरकारका मुख्यमन्त्री शेरधन राई विरुद्ध संसदमा दर्ता भएको अविश्वासको फिर्ता लिने सहमति भएको हो। योसँगै मुख्य मन्त्री राईको पद पनि जोखिएको छ। बुधबार मुख्यमन्त्री राईले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल समूहका नेताहरुले आफूहरु अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको जनाएका थिए। संसदीय दलको बैठकमा माधव नेपाल समूहबाट दुई जना सदस्य सहभागी भएका थिए। उनीहरुले शीर्ष नेताहरुबीच प्रदेश एक र तीन नम्बरमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने विषयमा शीर्ष नेताहरुबीच सहमति भइसकेकाले आफूहरुले पनि प्रदेश एकमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराएको माधव नेपाल समूहका प्रदेश सभा सदस्य राजेन्द्र राईले जानकारी दिए। ‘आज मुख्यमन्त्रीले बोलाउनु भएको दलको बैठकमा हाम्रो समूहबाट दुई जना सदस्य तुलसीप्रसाद अधिकारी र लिलावल्भव न्यौपाने सहभागी हुनु भएको थियो,’ राईले ...
‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक(भिडियो)

‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
रचना रिमाल र भक्त प्रधानको स्वर रहेको गीत ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ । हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश उक्त गीतमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको सङ्गीत रहेको छ । यो वेव फिल्म एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने पत्रकार सम्मेलनमा निर्मात्री तथा कलाकार कुञ्जना घिमिरेले जानकारी दिइन् । धुर्मुस-सुन्तलीको निर्देशनमा बनेको वेव फिल्म दुई घन्टा भन्दा लामो छ । टेकेन्द्र शाहको सम्पादन रहेको यो चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ । https://youtu.be/tjSnFJh2NmI सार्वजनिक गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशिला थापाको अभिनय छ । चलचित्रमा रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकराको पनि अभिनय छ । ...
राजनीतिक स्थिरता नै मुलुकको हितमा

राजनीतिक स्थिरता नै मुलुकको हितमा

राजनीति, समाचार
डा.डिआर उपाध्याय, अव दलहरु मिलेर राजनीतिक गतिरोध टोडि मुलुकलाई निकास दिनु पर्ने आबश्यकता देखिएको छ । राजनीति एउटा गतिका साथ अघि बढनु पर्छ । नेपाली जनताले देशको बिकास र समृद्धि होस् भन्ने चाहेका छन । यो जनताको चाहाना दलहरुले पुरा गरिदिनु पर्छ । हिजो चुनावमा जनता संग गरेका बाचा कवुल दलहरुले पुरा गरिदिन सक्दैनन् भने जनताले दलहरु लाई आगामी निर्वाचन मार्फत उचित फैसला गर्ने छन । अहिले मुलुकमा बिघटित प्रतिनिधिसभा पुनस्र्थापना भएको अवस्था छ । तर, पनि संसद्ले उपयुक्त विजनेसअनुसार काम गर्न सकिरहेको छैन । अहिले देशमा जुन किसिमका राजनीतिक गतिविधि भैरहेका छन ती देखेर जनता निराश बन्न बाध्य छन । जनतालाई निराश बन्न दिनु हुदैन । यदि जनता निराश भए भने देशमा समस्या उत्पन्न हुन सक्छ । यो कुरा दलहरुले राम्रो संग बुझन जरुरी छ । नयाँ सरकार बन्ने हल्लासँगै मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ जाने हो की भन्ने ...
क्लिक इनटरनेशल सातौ बर्षमा प्रवेश , बार्षिकोत्सको अवसरमा सेवामा २० प्रतिशत छुट दिने

क्लिक इनटरनेशल सातौ बर्षमा प्रवेश , बार्षिकोत्सको अवसरमा सेवामा २० प्रतिशत छुट दिने

शिक्षा
क्लिक इनटरनेशलले आफ्नो छैठौ बार्षिक उत्सवको अवसरमा संस्थाले प्रदान गर्ने सेवामा २० प्रतिशत छुट दिने भएको छ ।संस्थाले सातौ बर्षमा प्रवेश गरेको अवसरमा एक साताभर संस्थाले प्रदान गर्ने सेवामा विद्यार्थीलाई छुट दिने निर्णय गरेको हो ।नेपालबाट उच्च शिक्षा अध्ययन गर्नको लागि विश्वभरका विभिन्न देशहरुमा जाने विद्यार्थीलाई परामर्श प्रदान गर्ने यस सस्थाले जापान, अष्ट्रेलिया, अमेरिका, क्यानाडा, नर्वे, बेलायत र युएई जस्ता मुलुकमा विद्यार्थीलाई शिक्षण संस्थाको बारेमा जानकारी दिदै आएको क्लिक इन्टरनेशनल एजुकेशनका प्रवन्ध निर्देशक गोविन्द खनालले बताए । उनले भने , ‘संस्थाले छैटौँ वसन्त पुरा गरी सातौँ वसन्तमा प्रवेश गरिरहदाँ यस संस्थाले विश्वास, माया पाउनुका साथै सम्पूर्ण अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।’ नेपाल सरकार शिक्षा मन्त्रालयमा दर्ता भई सञ्चालनमा आएको यस संस्था नेपाल शैक्षिक परा...
अमृत सुनुवार निर्देशित ‘के बिराए’को भिडियो सार्वजनिक(भिडियो)

अमृत सुनुवार निर्देशित ‘के बिराए’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
छोरा र छोरी बीच भेदभाव हुनुहुदैन भन्ने सन्देशका साथ् तयार भएको गीत ‘के बिराए’ सार्वजनिक भएको छ। गितमा ‘दि भोइस अफ नेपाल सिजन २’ कि प्रतिस्पर्धी गिता शर्माको श्वर रहेको गीतमा बी.बी रोक्दुङ्गको शब्द रचना र संगित रहेको छ । https://youtu.be/iz-CsoG3xDo अमृत सुनुवारको निर्देशन रहेको भिडियोमा रश्मि भट्ट, कमल सिंह, ग्रेसी शाही, प्रकाश बस्नेत, रुपा कार्की लगायतको अभिनय रहेको छ । भिडियोमा माधब बेलबासेले सम्पादन गरेका हुन् । विशाल अर्यालको सह निर्देशनमा तयार भएको भिडियोलाई अमृत सुनुवारले नै छायांकन गरेका हुन् । ...
बेरोजगारी समस्या नै देशको लागी गम्भिर चुनौति

बेरोजगारी समस्या नै देशको लागी गम्भिर चुनौति

राजनीति, समाचार
डा.डिआर उपाध्याय, लामो समय देखि नै हाम्रो देशमा बेरोजगारी समस्या बढदै गएको छ । यो हाम्रो देशको लागी गम्भिर चुनौतिको बिषय हो । यो चुनौतिलाई पार गर्न सवै एक हुनु पर्ने आबकश्यकता छ । हाम्रो देशमा जुन किसिमले देखिएको बेरोजगारी समस्या छ त्यो समाधान गर्नु पर्ने दायित्व सरकारको हो । देशमा दिगो शान्ति कायम हुन नसके बिकास र समृद्धि आउन सक्दैन । आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार भएर सडकमा भौतारीन बाध्य छन । कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । यो हाम्रो देशको यथार्थ हो । विदेश पलायन हुनु भनेको रहर होइन , बाध्यता हो । शिक्षित युवाहरु विकसित राष्ट्रहरुमा गएका छन भने कम पढेलेखेका युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् । युवा युवतीहरुको अभावले ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् । खेतीपाती गर्ने मान्छे नभएपछि कृषि उत्पादन घट्दो छ ...
४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायाँकन गरी राजन खरेलले नाम लेखाए गिनिज वल्र्ड रेकर्डमा

४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायाँकन गरी राजन खरेलले नाम लेखाए गिनिज वल्र्ड रेकर्डमा

मनोरन्जन, समाचार
गिनिज बुक अफ वल्र्ड रेकर्डमा नेपालको तर्फबाट एउटा कीर्तिमान थप्न सफल भएको छ । विश्वको सर्वाधिक उचाईमा अडियो रेकर्ड तथा भिडियो छायांकनगरी नेपाललाई विश्वमानै प्रतिनिधित्व गर्ने साहासिक कार्य गर्न सफल भएको हो । सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरू बाद्यबादन र रेकर्डिङका लागि आवश्यक उपकरणसहित पुगेर लाईभ बाजा बजाएर सोही ठाउँमा अडियो रेकर्ड तथा भिडियो छायाँकन सम्पन्नगरी ‘गोक्यो रि’ नामक म्युजिक भिडियो सार्बजनिक गरेका छन् । भिडियो गायिका तथा मोडेल बबिना किराँतीको अफिसियल युट्युब च्यानलमार्फत अपलोड भएको छ । कलाकारहरूले यसलाई ४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकनगरी विश्व रेकर्ड बनाएका हुन् । उक्त गोक्यो रि गीतमा गायिका बबिना किराँतीको स्वर, गायक तथा सङ्गीतकार बिक्रम राईको सङ्गीत, मिलन किराँतीको शब्द, फनिन्द्र राईको सङ्गीत संयोजन रहेको छ भने साउन्ड ईन्जिनियर छिरिङ भोटेले...
होली गीत ‘हयापी होली’ सार्वजनिक (भिडियो)

होली गीत ‘हयापी होली’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
रंगको पर्व होली नजिकिदै जादा यस सम्बन्धि गीतहरू सार्वजनिक भइरहेका छन् । यही मेसोमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वरमा रहेको होली गीत ‘ह्याप्पी होली’ सार्वजनिक भएको छ । सारिकाले नै लेखेको शब्दमा योगेशको सङगीत तथा संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/XthtHezcepQ शिव विकको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा गायक द्वय काजी र श्रेष्ठको साथमा दुर्गेश थापा र लोसिना लामिछाने फिचर्ड छन् । भिडियो छायांकन अजय रेग्मीको रहेको छ भने सम्पादन मिलन विश्वकर्मा र पदम सुवेदीको छ । गायक योगेश काजी र निर्देशक विकको टिमअप पछिल्लो समय निकै सक्रिय रहेको छ । ...
कोरोना भाइरसलाई खेलाँची नठानौं सर्तक बनौं

कोरोना भाइरसलाई खेलाँची नठानौं सर्तक बनौं

समाचार, स्वास्थ्य
डा.डीआर उपाध्याय, विगत केही समय अघिदेखि घट्दो रुपमा रहेको कोरोना भाइरस फेरि दोहोरिन लागेको संकेत देखिन्छ । छिमेकी देश भारतमा कोरोना भाइरस बढे सगै नेपालमा खुल्ला सिमानाकाको कारण नेपालमा पनि यसप्रति सबै सचेत र जागरुप रहनु पर्ने देखिन्छ । कोरोनाका कारण देखाई पुन नेपालमा लकडाउन गर्ने खेल सरकारले गर्नु हुँदैन । गत वर्ष गरिएको लकडाउनका कारण नेपाली जनताको जनजीवन अझै सम्म पनि सहज बन्न सकिरहेको छैन । धेरैको व्यापार व्यावसाय अहिले सम्म सोचे बमोजिम सुचारु छैनन् । आम नागरिक लकडाउन भन्ने शव्द देखि नै त्रसित छन् । अब सरकारले यो विषयमा गम्भिरता पूर्वक सोच्नु पर्ने बेला आएको छ । कोरोनाका कारण लकडाउन गर्नु समस्याको समधान होइन भन्न्ने कुरा विगतको परिणामले पुष्टि गरेको छ । नेपाल अरु देशको तुलनामा गरीब भएता पनि कोरोना भाइरस सँग लड्न सक्ने क्षमता भएको कुरा विगतले पुष्टि गरेको छ । नेपाली जनता कुनै पनि दु...
नेशनल सोसल वेयलफेयर अवार्ड कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु सम्मानित

नेशनल सोसल वेयलफेयर अवार्ड कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु सम्मानित

समाचार, समाज
सामाजिक, साँस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अपाङ्गता, एकल महिला, शिक्षालगायत क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सम्मान गर्नुभयो । सोसल वेयलफेयर अवार्ड पाउनु हुनेहरुमा संयुक्त अपाङ्गता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियान्ता केपी खनाल र रन्जु राई, जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनका अध्यक्ष आरती लम्साल, महिला अधिकारकर्मी तथा पत्रकार रुपा सर्मा नेहा,महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, वुटवलका युवा व्यापारी तथा समाजसेवी सिद्धार्थ गुरुङ, रामनारायण घिमिरे, समाजसेवी विमल पन्त, निता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा राना मगर, उत्तम स...