चर्चित गायन जोडी समिर र विद्याको ‘भात खाएर हो’ सार्वजनिक ( भिडियो )
‘पिच रोड’ र ‘घाममा सुकाइदेउ’ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समिर आचार्य र विद्या तिवारीको नयाँ गीत ‘भात खाएर हो ‘ सार्वजनिक भएको छ। समिरकै शब्द ,संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ”द नेक्ट”लाइ फिचारिंग गरिएको छ। भिडियोमा ”द नेक्ट”का प्रभा दवाडी ,साजिया मियाँ,अन्जना तामाङ , दिञ्छेन ह्योल्मो ,अमित बज्राचार्य ,अमर पाख्रिन र प्रवेश गौचनको दमदार नृत्य रहेको छ।
https://www.youtube.com/watch?v=dj-ItDXJ-yo&t=2s
अष्ट्रेलियामा बसेर आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाइरहेका गायक समिर र गायिका विद्याको यसअघिको गीतले राम्रो चर्चा पाइसकेका छन् । ”द नेक्ट”को युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको भिडियोलाई एस स्टडी वर्ल्डले निर्माण गरेको हो। एस स्टडी वर्ल्डले यसअघि पनि राम्रा राम्रा गीतहरुको म्युजिक भिडियोको निर्म...









