मेरो पैदल यात्रा
-डा.डिआर उपाध्याय,
केहि दिन अघिको कुरा हो । म एउटा बिकट जिल्लाको पहाडी भेगमा घुम्न निस्किएको थिए । बाटाहरु उकाली र ओराली मात्र थिए । म जुन ठाउँमा जानु थियो त्यो ठाउँमा यातायातको सुविधा थिएन । यातायातको सुविधा नभए पछि पैदल हिडनै पर्ने बाध्यता आयो । उकालो र ओरालो गर्ने मेरो रहर पनि थियो । तर त्यो रहर धेरै कठिन भयो ।
तप तप पसिना चुहाउँदै उकालो निस्कनु पर्ने रहेछ , घरि घरिमा ओरालो पनि झर्नु पर्ने रहेछ । जे होस् पहाडी भेगको यात्रा कठिन हुँदो रहेछ । मलाई जान्नु र बुझनु थियो की पहाडको जनजीवन कस्तो हुन्छ ? मलाई त्यो कठिन यात्राले धेरै सिकाएको छ । त्यसै बेला म एउटा चौपारीमा बसेर सितल र मिठो हावा खाइरहेको थिए । बसिरहेको ठाउँमै चारैतिरबाट चिसो हावा आउँदो रहेछ । मलाई आनन्द आयो । त्यही बेला चौपारी देखि तल एउटा गोरेटो बाटामा भारी बोक्दै एक जना अधवैसे युवा उकालो चढिरहेका थिए । ती युवाले तप तप पसिन...







