आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

किरण भुजेलको स्वरमा गीतकार विश्व गौडेलको ‘ऎशेलुको कांडा’ सार्वजनिक (भिडियो)

प्रवासमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका गीतकार विश्व गौडेलको रचनामा ऐशेलुको कांडा सार्वजनिक भएको छ ।

गीतमा नेपाल आईडल सिजन-३ मा तेश्रो स्थान हासिल गरेर थुप्रै गीतहरु मार्फत चर्चामा आईसकेका गायक किरण भुजेलको सुमधुर आवजले सजिएको गीतमा संगीतकार शंकर स्माईलीको संगीत रहेको छ भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ ।

चर्चित मोडेल सुधीर श्रेष्ठ र टिकटक क्वीन स्टार ट्विन्स सिस्टर प्रिन्सा खतिवडा, प्रिज्मा खतिवडा, कोरियोग्राफर सुरेन्द्र बस्याल, डेमोन क्षेत्री, उषाको दमदार नृत्य र अभिनय रहेको छ ।

भिडियोमा सबै कलाकारहरुले पहिलो चोटि सहकार्य गरेको र काम गर्दा निकै नै रमाइलो र पारिवारिक वातावरण भएको बताए ।

बलापनको साथीलाई बर्षौ पछि भेटदाको अनुभव र मायालाई व्यक्त गर्न खोजिएको भिडियोलाई र्‍यान कार्किले निर्देशन गरेका छन भने छांयाकन बुद्ध थापा सम्पादन बिष्णु खडकाको रहेको छ ।

ब्ल्याक ब्रोज इन्टर्टेन्ट्मेन्टको प्रस्तुतिमा रहेको भिडियोलाई यहि नाममा रहेको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियोलाई सक्दो माया र शेयर गरिदिन हुन टिमले सम्पुर्ण गीत संगीत प्रेमीलाई आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *