आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
यो बेलामा राजनीति गर्ने होइन, माहामारी बिरुद्ध एक ढिक्का हौँ

यो बेलामा राजनीति गर्ने होइन, माहामारी बिरुद्ध एक ढिक्का हौँ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, प्राणघातक जस्तो कोरोना भाईरस संग जोगिन आफनो घरभित्र बस्नु बाहेक अर्को कुनै बिकल्प देखिएन । लामो दिन सम्म एकै ठाउँमा बसिरहदा दिग्दार लाग्दो रहेछ । के गर्ने यो संग जोगिन पनि त पयो नि । धर्य साथ हामी सवैले निषेधाज्ञा पालना गरौँ । यो बाहेक अरु कुनै बिकल्प छैन । कोरोना महामारीको दोस्रो लहर गम्भीर प्रकृतिको रुपमा देखा परेको छ । यो रोग संग हामी कसैले पनि खेलवाड नगरौं । सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञा पालना गर्ने दायित्व र कर्तव्य हामी सवै नागरिकको हो । सरकारले कोरोना भाईरसलाई नियन्त्रमा ल्याउन निषेधाज्ञा जारी गरेको हो । आज देशमा दिनप्रति दिन संक्रमितको संख्या बढ्दै गएको छ । बिरामीको मृत्युदर पनि बढ्दै गएको छ । आज कोरोना महामारीको दोस्रो लहर निकै संकटपूर्ण देखिएको छ । यसको सामाना गरेर जानु पर्ने आबश्यकता देखिए...
तारा अधिकारीको तेस्रो एल्बम ‘तस्बिर’ सार्वजनिक

तारा अधिकारीको तेस्रो एल्बम ‘तस्बिर’ सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एल्बमको नाम तस्बिर राखेकी छन् । उनको पहिलो एल्बम सपना र दोस्रो एल्बम सुनौलो तारा हो । https://youtu.be/qln0km17AII तस्बिर एल्बममा गुलेलीमा, पराईको सिन्दुर, पछ्यौरी र लाली ओठैमा गीत समावेश छन् । गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दिपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन छ । पराईको सिन्दुरमा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ भने पछ्यौरीमा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन छ । त्यस्तै लाली ओठैमा गीतमा स्वरुप राज आचार्य र रचना रिमालको स्वर तथा राजन राज सिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । कोरोना महामारीका बीचमा उनले तेस्रो एल्बम तस्बिरलाई आफ्नै आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्या...
कोरियोग्राफर अश्विनी झालाई ‘बेस्ट कोरियोग्राफर अफ दी ईअर ‘अवार्ड

कोरियोग्राफर अश्विनी झालाई ‘बेस्ट कोरियोग्राफर अफ दी ईअर ‘अवार्ड

मनोरन्जन, समाचार
नेपालका चर्चित कोरियोग्राफर अश्विनी झालाई  ‘बेस्ट कोरियोग्राफर अफ दी  ईअर ‘अवार्ड प्रदान गरिएको छ । राजधानीमा सम्पन्न नेपाल म्यूज़िक  एक फ़ैशन अवार्ड को समारोहमा कोरियोग्राफर अश्विनी झा वर्षको उत्कृष्ट कोरीयोग्राफर बिधामा सर्वोत्कृष्ट ‘फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयर’ को अवार्ड पाएका  छन।   यसका साथै फेसन, मोडलिङ क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त समारोहमा वर्षको उत्कृष्ट अवार्ड प्रदान गरिएको छ ।  नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा भएको थियो । बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर (मेल) निशुकान्त झा, बेस्ट पेजेन्ट डिरेक्टर अफ द इयर (फिमेल) प्रतिमा कार्कीले पुरस्कार प्राप्त गरेका छन् । यसैगरी, हेयर स्टाइलिस्ट रीन...
अनाबश्यक रुपमा घर वाहिर निस्किनेलाई कारवाही गर्ने काम गरौं

अनाबश्यक रुपमा घर वाहिर निस्किनेलाई कारवाही गर्ने काम गरौं

समाचार, समाज
डा.डिआर उपाध्याय, नेपालमा दोस्रो लहरको कोरोना भाईरस अझै नियन्त्रणमा आउन सकेको छैन । सरकार र सम्वन्धित पक्षहरु कोरोना भाइरस नियन्त्रमा ल्याउन आफनो क्षमताले भ्याय सम्म लागीपरि रहेका छन । सवै भन्दा पहिला आफू सुरक्षित हुने र अरुलाई सुरक्षित गर्ने बानी हामी सवै नेपालीहरुले गर्ने गरौं । हामी आफै सुरक्षित हुँदा अरु पनि स्वत सुरक्षित हुन्छन । यो कुरा सवैले बुझन जरुरी छ । अहिले कोरोना भाइरस माहामारीका रुपमा देखिएको छ । यस्तो बेलामा आफनो घर बाहेक अरु कुनै ठाउँमा जाने काम कसैले नगरौ । घर भित्र पनि सामाजिक दुरी कायम गरेर बसौं । किन कि घर भित्र पनि सुरक्षित नहुन सक्छ । एक आपसमा सुरक्षित रहेर बसौं । कोरोना भाइरस कहिले नियन्त्रमा आउँछ त्यो कुनै ठेगान छैन । तर आशा गरौं , यो दोस्रो लहरको कोरोना भाइरस चाडै नियन्त्रमा आउँछ भनेर । यसलाई चाडो नियन्त्रमा ल्याउने भनेको तपाई हाम्रो अनुशासनमा भर पर्दछ । ...
गायक निशान भट्राईको स्वरमा रहेको गीत ‘प्रेमपत्र’को भिडियो सार्वजनिक(भिडियो)

गायक निशान भट्राईको स्वरमा रहेको गीत ‘प्रेमपत्र’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायक निशान भट्राईको स्वरमा रहेको गीत ‘प्रेमपत्र’को भिडियो सार्वजनिक भएको छ । आर्शिवाद पन्तको शब्द, प्रमोद पन्तको सङ्गीत तथा रिदम कंडेलको एरेञ्ज र अशोक महर्जन तथा कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=kVJGtAmpiPc चर्चित भिडियो निर्देशक सोनाम पार्खिनको निर्देशन रहेको गीतको भिडियोमा कमल सिंह र श्रेया कार्कीलाई फिचर्ड गरिएको छ । उत्कृष्ट बनेको भिडियो ज्ञान चौलागाईको छायाँकन तथा सम्पादन रहेको छ ।निम बावु तामाङ्गको कोरियोग्राफी रहेको गीतको भिडियो आर्शिवाद म्यूजिकको अफिसल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
पूर्व प्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमित

पूर्व प्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमित

राजनीति, समाचार
पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल कोरोना संक्रमित भएका छन्। शनिबार उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको स्रोतले जनायो। खनाललाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनको हाल अवस्था सामान्य रहेको जनाइएको छ। यसअघि एमालेकै नेता मोदनाथ पश्रित पनि कोरोना संक्रमित भएका थिए। उनका छोरो एमाले केन्द्रीय सदस्य डा. विजय पौडेलले आफू र आफ्ना बाबु पश्रित संक्रमित भएको जानकारी दिएका थिए। ...
सवैले आ-आफनो सुरक्षा आफै गरौं

सवैले आ-आफनो सुरक्षा आफै गरौं

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, कोरोना भाइरसको संक्रमण देशव्यापी रूपमा पुनः बढ्न थालेको समाचार दिनौं जसो आइरहेका छन । यो नै चिन्ताको बिषय बनेको छ । यति बेला संक्रमितको संख्या बढे संगै अस्पतालहरूमा बेड र अक्सिजनको अभाव हुदैछ । समयमा उपचार नपाएर संक्रमितको मृत्यु भइरहेको छ । यस्तो बाध्यात्मक स्थिति पैदा भएको छ की सम्बन्धित निकायहरु विज्ञप्ति जारी गरेर बसेका छन्। यस्तो बेलामा सम्बन्धित निकायहरुले ठोस कदम चाल्नु पर्ने हो की होइन ? विज्ञप्ति मात्र जारी गरेर पन्छिन मिल्दैन । देश भरी जनता त्रासमा छन । अहिले बढीरहेको यो संक्रमण रोक्न सरकारले पहलकदमी लिनु पर्छ । यसमा जनता साथ दिन तयार छन । सरकारको एकल प्रयासले सम्भव छैन । अव सचेत र सतर्कता अपनाउने बेला आयो । पूर्व तयारी नभएको कारणले गर्दा यो परिस्थिती आएको हो । छिमेकी देश भारतमा संक्रमितको संख्या बढिरहेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकारले पूर्व तयार...
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक (भिडियो)

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतमा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । ‘नढाटी भन तिमीमाया गर्छु भनीसँगै जुनी कटाउँलातिम्रै साथमा रमाउँलाधड्कीनु धड्कन बनीछातीमै निदाउँनु तिमी ।’यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वल्र्ड रेकर्डमा दर्ज भएको छ । https://youtu.be/hb4TadQenTw नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ । ...
सोनाम पार्खिनको निर्देशन तथा रानी शाक्यको स्वरको ‘के बिराएँ मैले हजुर’ सार्वजनिक(भिडियो)

सोनाम पार्खिनको निर्देशन तथा रानी शाक्यको स्वरको ‘के बिराएँ मैले हजुर’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
रानी शाक्यको स्वरमा रहेको गीत ‘के बिराएँ मैले हजुर’ सार्वजनिक भएको छ । रमण घिमिरेको शब्द, हरि लम्सालको सङ्गीत तथा एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/1Cx5SNBNn1A सोनाम पार्खिनको निर्देशन रहेको गीतको भिडियोम हास्य अभिनेता बुध्दि तामाङ ‘हैट’ र नायिका छुल्ठिम गुरूङलाई फिचरि गरिएको छ । रमाईला र मिठा नोकझोंक सहितको भिडियो उत्कृष्ट बनेको छ । भुपेन्द्र लिम्बु तुम्बाहाफेको छायाँकन रहेको गीतको भिडियोमा शुसिल न्यौपानेको सम्पादन रहेको छ । गीतको भिडियो रानी शाक्यको अफिसल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
यो शहरमा कसैले कसैको मतलव गर्दैन

यो शहरमा कसैले कसैको मतलव गर्दैन

समाचार, समाज
डा.डिआर उपाध्याय, सरकारले बिहिवार देखि देशका बिभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । यसको प्रभाव बिभिन्न ठाउँमा परेको छ । निषेधाज्ञा जारी हुने भने पछि काठमाण्डौंबाट आफनो गाउँ फर्कनेको लर्को देखियो । आखिर आपत बिपतमा आफनै गाउँघर प्यारो हुन्छ । यो शहरमा कसैले कसैको मतलव गदैन । सवै आ आफनै धुनमा हुन्छन । मतलवी दुनिया देखेर नै धेरै मानिसहरु यो बेला आफनै गाउँघर फर्किएका छन । काठमाण्डौमा भोकै मरिन्छ की भन्ने चिन्ताले ति मानिसहरु गाउँ फर्किएका हुन । गत बर्षको लकडाउन बाट पाठ सिकेका ति मानिसहरु आफनै गाउँ घर फर्किन बाध्य भएका हुन । अरु केही होइन । अर्को कुरा ति मानिसहरु लर्को लाएर गाउँ फर्किदा के कोरोना लिएर फर्किएका त छैनन् ? यो पनि गम्भिर प्रश्न छ । सरकारले गाउँ फर्कने होइन जो जहाँ छ , त्यही बसेर सुरक्षित रहने हो , हामी छौं , केही भए सरकार छ भन्ने पनि आँट गर्न किन सकेन होला ? पक्कै गाउँ फर्क...