आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई ब्यवसायी श्रेष्ठको सहयोग

निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई ब्यवसायी श्रेष्ठको सहयोग

आर्थिक, समाचार
सरकारले बैशाख दोश्रोे हप्तादेखि लागु गरेको निषेधाज्ञाले पनि कोरोना भाइरसको नियन्त्रण र रोकथाम गर्न प्रभावकारी भूमिका खेल्न सकिरहेको छैन । निषेधाज्ञाले नागरिकहरूको दैनिक जीवनलाई कष्टकर बनाएको छ । संक्रमितको संख्यामा बृध्दि भएसंगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकट घोषणा गर्ने तयारी गरिरहेको अवस्था छ । यस्तो अवस्थामा दैनिक ज्याला मजदुरी, सानोतिनो ब्यवसाय गरेर आफ्नो परिवार चलाउनु पर्नेहरुको दिनचर्या मुश्किल बन्दै गैरहेको छ । सरकारले लगाएको निषेधाज्ञालाई अझ कडाई गरेपछि निम्नबर्गका परिवारहरुलाई थप समस्या परिरहेको छ । कोरोना महामारीको मारमा परेका पिडित परिवारलाई सरकारी वा गैरसरकारी पक्षबाट राहतको कुनै प्याकेज उपलब्ध हुन सकिरहेको छैन । यस्तैमा युवा ब्यवसायि तथा समाजसेवि नवराज श्रेष्ठले आफ्नो ब्यक्तिगत प्रयासमा पीडित परिवारलाई आवश्यक खाद्यान्न र अन्य ...
शिशिर योगीको स्वर तथा श्रीदेव अभिनित’हॉसो छैन’ को भिडियो सार्वजनिक(भिडियो)

शिशिर योगीको स्वर तथा श्रीदेव अभिनित’हॉसो छैन’ को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नेपालको तत्कालीन समाज र परिवेशलाई चित्रण गरिएको गीत ‘हाॅसो छैन…’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपालमा सम्भावनाहरू नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलब्धि हासिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक कार्य गर्न थालेको कथावस्तुलाई भिडियोमा देखाइएको छ । राजनकुमार कार्कीको शब्द रचना, कृति न्यौपानेको संगीत रहेको यस गीतमा शिशिर योगीले आवाज भरेका छन् । https://youtu.be/W23HGZd1it8 भिडियोमा श्रीदेव भट्टराई, अर्चना रिमाल मुख्य भूमिकामा छन् भने सहायक भूमिकामा अन्य पात्रहरू एवम् विशेष उपस्थितिमा रंग पत्रकार तथा सिनेकर्मी शान्तिप्रियलाई देख्न सकिन्छ । ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोबाट प्राप्त रोयल्टी समाजसेवाका लागि खर्च गरिने कुरा गीतकार कार्कीले बताएका छन् । सपना लम्सालको सौन्दर्यविन्यास, अजय रेग्मीको छायांकन र टेकेन्द्र शाहको ...
समस्यै समस्याका बीच नागरिक बाँच्नु परेको छ

समस्यै समस्याका बीच नागरिक बाँच्नु परेको छ

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, आज देश बिषम परिस्थितीवाट गुर्जदै छ । कोरोनाको डरले मान्छे घरवाट बाहिर निस्केका छैनन् । देश भरीका अस्पतालमा अक्सिजनको अभाव भइरहेको समाचार दिनौं जसो आईरहेका छन । अक्सिजन दिइरहेको बिरामी अक्सिजन सकिएर मरेको समाचार आउँछन । यो भन्दा दुखद कुरा अरु के हुन सक्छ ? सरकारले पूर्व तयारी नगरेको कारण यो भयावह परिस्थिती निम्तिएको हो । यदि समयमा सरकारले पूर्वतयारी गरेको भए यो स्थिती आउँदै आउने थिएन । भारतमा कोरोनाको दोस्रो लहर प्रवेश गरेको थाहा हुँदा हँदै पनि सकारले किन पूर्व तयारी गर्न सकेन ? सरकारलाई केले रोक्यो ? प्रश्न यो पनि हो । आज देश बडो दुख्खमा छ । सिंगो देश रोएर बसेको छ । आज राजनीतिक दल र तिनका नेताहरु सत्ता स्वार्थको हडडी लुछाचुडी गर्न ब्यस्त छन । यो बेलामा सत्तालाई भन्दा कोरोना नियन्त्रण र यसको ब्यवस्थापन गर्ने तर्फ दल र तिनका नेताहरुको ध्यान गए हुन्थ्यो भन्ने आमनागरि...
लायन सिटौलाले गरे इन्टरनेशनल डाइरेक्टर पदका लागि उम्मेदवारी घोषणा

लायन सिटौलाले गरे इन्टरनेशनल डाइरेक्टर पदका लागि उम्मेदवारी घोषणा

समाचार, समाज
लायन्स क्लब्स इन्टरनेशनल पुर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौला पी एम जे एफ (१६ डाइमण्ड)सेकन्ड सेन्चुरी एम्बेसडर लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा इन्डोर्सी पदका उम्मेदवारमा मनोनयन दर्ता गरेका छन। उनले  आगामी जेठ २१ र २२ गते हुने लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनका लागि इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । अन्तर्राष्ट्रिय लायन्सको क्षेत्रमा उनि आफू गभर्नर हुँदा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए । आफ्नो गभर्नरकाल(२००६- 0७)मा   सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डा समेत फहराउन सफल सिटौलाले आज नेपालको झण्डा विश्वको २ सय भन्दा बढी राष्ट्रहरुमा फहराउन अघि बढेका छन् । विश्वका २ सय भन्दा बढी देशमा फैलिएको लायन्स क्लब मार्फत उनी यस अभियानलाई सफल पार्न कम्मर कसेर लागेका छन् । सफल नेतृत्वको प...
सुशासनका लागि राजनीतिक शुद्धीकरण आवश्यक

सुशासनका लागि राजनीतिक शुद्धीकरण आवश्यक

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आह्वान गरेका छन् । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सो आहवान गरेका हुन । अवको राजनीतिक गति कसरी अघि बढछ त्यो भने अहिले नै यकिन गर्न सकिने अवस्था बनि सकेको छैन । राजनीतिमा कति खेर के हुन्छ त्यो भन्न सकिदैन । अहिले राजनीतिमा जे गतिविधि भइरहेका छन ति जनताको पक्षमा भइरहेका छैनन् । ति गतिविधि नेताहरुको सत्ता स्वार्थका लागी भइरहेका छन । राजनीतिक दल र तिनका नेताहरु व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुवेका छन । जसले गर्दा आमनागरिक मर्कामा परेका छन । यो कुरा सवैले बुझेका छन । दल र नेताका कारण देश बर्वाद भयो । दल र तिनका नेताहरु...
गायक सुरेन्द्र श्रेष्ठको नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक(भिडियो)

गायक सुरेन्द्र श्रेष्ठको नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
संगीतको दुनियामा आफ्नो सुमधुर स्वर लगायत विभिन्न गीतहरूमा संगीत दिदैँ आफ्नो कलालाई निखार्दै आउनुभएका चर्चित गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको स्वरमा नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक भएको छ । चण्डेश्वर महर्जनको शव्दमा तयार भएको गीतलाई स्वयं सुरेन्द्रले संगीत र जिबित जल्मीले एरेन्ज गरेका हुन । सुर मेलोडीमा रेकर्ड गरिएको गीतको भिडियोलाई भने गायक रवि सुवेदी तथा राज मर्हजनले संयुक्त रुपमा गरेका छन । रत्न शोभा मर्हजनले सम्पादन तथा रवि सुवेदीकै छायांकन रहेको भिडियोमा गायक सुरेन्द्र तथा मोडल सरिता बज्राचार्यको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=hAy-0ooL1yU&t=4s भिडियो गायक तथा संगितकार सुरेन्द्र श्रेष्ठको आफ्नै युट्यूब च्यानल सुरेन्द्र श्रेष्ठबाट सार्वजनिक भएको छ । संगीत क्षेत्रमा केही अलग मिठास दिने हेतुले तिरन्तर नेपाल भाषामा गीत लिएर बजारमा आईरहेका सु...
जसोदा र धुर्वको अभिनयमा सुमन र मुनाको ‘नियतिको खेल’ सार्वजनिक(भिडियो)

जसोदा र धुर्वको अभिनयमा सुमन र मुनाको ‘नियतिको खेल’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
समय एक्काईसौ शताब्दीमा पुगिसक्यो तर नेपालमा अझै पनि कँहीकतै जातपातलाई मानिन्छ । अहिले कानुनी रुपमा पनि यसलाई गलत मानिसकिएको छ तर पनि कहिकतै समाजमा यसको छाप कायम नै छ । यस्तै यस्तै कथा बस्तुलाई लिएर निर्माण गरिएको मर्मस्पर्शी गीत ‘नियतिको खेल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । https://youtu.be/NHmEvBODYfA सुमन बस्नेत र मुना कुमालको स्वरले सजिएको गीतमा जसोदा कार्की, धुर्व कोइराला र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ भने भिडियोलाई क्रान्ति के सिले निर्देशन गरेका छन । गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत, एरेन्ज र मिक्सिङ रहेको छ भने भिडियोको छांयाकन अजय रेग्मी र सम्पादन निर्देशक के सि कै रहेको छ । भिडियोलाई सुनिल बिसिको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो । https://www.youtube.com/watch?v=au4cTL0dNak यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वल्र्ड रेकर्डमा दर्ज भएको छ । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५२ विधामा विश्व रेकर्ड राख्नु भएको छ । ...
माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिद बम हमलामा घाइते

माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिद बम हमलामा घाइते

अन्तराष्ट्रिय, समाचार
माल्दिभ्सका भूतपूर्व राष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको एउटा सन्दिग्ध बम हमलामा घाइते भएका छन्। उनी माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि हुन्। सत्ताधारी माल्दिभियन डेमोक्र्याटिक पार्टीका समर्थकहरूले बताएअनुसार उनी आफ्नो घरबाहिर रहेको कारमा सवार हुन लाग्दा बिहीवार उक्त विस्फोट भएको थियो। माल्दिभ्सको प्रहरीले जारी गरेको एउटा वक्तव्यमा भनिएको छः मोहम्मद नाशिदलाई विस्फोटनमा चोट लागेको छ र उनको हाल उपचार भइरहेको छ। प्रारम्भिक विवरणहरूका अनुसार उनको घरबाहिर पार्क गरेर राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थहरू बाँधेर राखिएको र त्यसलाई विस्फोट गराइएको हुनसक्छ। उनको उपचार भइरहेको अस्पतालले मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको जनाएको छ। तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ। उनका समर्थकहरू अस्पतालबाहिर भेला भएका छन्। त्यहाँको अवस्था तनावपूर्ण रहेको र स्थित...
सूर्य राई दनुवारको स्वरमा ‘सँगैमिली जिन्दगीको’ सार्वजनिक(भिडियो)

सूर्य राई दनुवारको स्वरमा ‘सँगैमिली जिन्दगीको’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
सूर्य राई दनुवारको स्वरमा रहेको गीत ‘सँगैमिली जिन्दगीको नाउँ तर्न’ सार्वजनिक भएको छ । विकास चौधरीको सङ्गीत नारायण नेपालको रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=GU1QpQK22WA भरत केशीले निर्देशन गर्नुभएको गीतको भिडियोमा विजय केसी र मोनिका रायालाई फिचरिङ गरिएको छ ।भिडियो निर्माण कृष्ण भट्टराई तथा राज कुमारको रहेको छ भने गीतको भिडियो कृपा टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ...