आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
‘त्यो पर्दैन’को गीत नै सार्वजनिक,लोकराजको शव्दमा योगेश र सारिकाको युगल स्वर (भिडियो)

‘त्यो पर्दैन’को गीत नै सार्वजनिक,लोकराजको शव्दमा योगेश र सारिकाको युगल स्वर (भिडियो)

मनोरन्जन, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले केही नयां कार्यकालका लागी प्रधानमन्त्री पदको शपथ गर्ने क्रममा राष्ट्रपति समक्ष बोल्नु भएको शब्द ‘त्यो पर्दैन‘’ निकै चर्चामा आयो । सामाजिक संजालमा निकै भाईरल बने पछि त्यो पर्दैन नै शिर्षक राखेर चर्चित गीतकार लोकराज अधिकारीले यूगल गीत नै रचना गरेका छन् । निकै छोटो अवधिमा नै 'त्यो पर्दैन' गीत तयार गरि लिरिकल भिडियो नै सार्वजनिक समेत भएको छ । https://www.youtube.com/watch?v=xMfMSYEJIAI वाइटिएच स्टुडियोको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा अहिलेका व्यस्त तथा चर्चित गायक योगेश काजी र नायिका एवं गायिका सारिका घिमिरेको स्वर रहेको छ । गीतलाई गायक योगेशकाजीले नै संगीतबद्ध गरेका छन् भने गीतका संगीत संयोजक पनि योगेश काजी नै हुन् । वर्ल्ड कभर मिडियाका विरेन्द्र भाट बिपिनले उक्त लिरिकल भिडियो तयार पारेका हुन् । ...
यस्तो बेलामा हाम्रा जनप्रतिनिधि कता छन ?

यस्तो बेलामा हाम्रा जनप्रतिनिधि कता छन ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, देशमा पटक पटक राजनीतिक परिवर्तन भए र ब्यवस्था पनि बदलीय तर दुख्खको कुरा जनताको अवस्थामा कुनै परिवर्तन आउन सकेन । पछिल्लो राजनीतिक परिवर्तन पछि आएको यो ब्यवस्थामा जनताको अवस्थामा केही परिवर्तन आउँछकी भन्ने आम जनतामा केही अपेक्षा थियो । तर जनताका ती अपेक्षाहरु अझै पुरा हुन सकेका छैन । आज देशमा जुन व्यवस्था छ , यो ब्यवस्थामा जनताको भाग्य र भविश्य सुन्दर हुनुपर्दथ्यो । तर यहाँ नेता र जनप्रतिनिधिहरुको मात्र भाग्य र भविश्य सुन्दर छ । अरुको छैन । अहिले देशमा जुन किसिमको राजनीति गतिविधि भइरहेको छ, त्यसले वास्तवमा नेपालीहरूको भविश्य बन्ने देखिदैन । मुलुकको विकास अनि समृद्धिको यात्रामा लम्कने त्यो सपना केवल भ्रम मात्र भइरहेको छ । व्यवस्था परिवर्तन हुँदा जनताको भाग्य र भविश्य किन निर्माण हुन सकेन ? आज उठने प्रश्न भनेको यो हो । व्यवस्था अनि व्यवस्थासँगै परिवर्तित भएका पात्...
नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको तेस्रो संस्करण हुने

नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको तेस्रो संस्करण हुने

मनोरन्जन, समाचार
नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलले तेस्रो संस्करण आयोजना गर्ने जनाउँदै फिल्मकर्मीलाई सहभागिताका लागि फिल्म बुझाउन आग्रह गरेको छ । फेस्टिभलका संस्थापक सन्तोष सुवेदीले देशी र विदेशी फिल्म समावेश फेस्टिभलमा सहभागिता जनाउनका लागि जुलाई १ सम्मको समय सीमा तोकिएको जानकारी गराएका छन् । इच्छुक फिल्मकर्मीले फिल्म फ्रिवेमार्फत् फेस्टिभलमा बुझाउन सक्नेछन् । सुवेदीले पहिलो र दोस्रो संस्करणको सफलतासँगै तेस्रो संस्करणको आयोजना लागि तयारीमा लागेको बताएका छन् ।  उनले भर्खरै खुलेको आवेदनमा पनि २७ देशका ७२ वटा फिल्म आइसकेको बताए । उनले अझै दुई महिना बढी फिल्म पठाउने समय सीमा रहेकाले प्रशस्त फिल्म सहभागी हुने अपेक्षा रहेको बताए ।   फेस्टिभलमा ७ नेपाली र ७ विदेशी गरी १४ फिल्मलाई पुरस्कृत गरिनेछ । फेस्टिभलमा विदेशतर्फ उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट डकुमेन्ट्री ...
७४ जिल्लामा निषेधाज्ञा

७४ जिल्लामा निषेधाज्ञा

राजनीति, समाचार
मुलुकका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन्। आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा हुँदा प्रशासनले म्याद थप गर्दै निषेधाज्ञालाई जारी राखेका हुन्। पछिल्लो समय गाउँगाउँमा सङ्क्रमण फैलिँदो क्रममा रहेको स्वास्थ्यविज्ञ डा विराज कर्माचार्यले बताए। नेपालमा गत वैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञामा सङ्क्रमणमा आएको बढोत्तरीसँगै समय थप गरेर अझै आदेशलाई कडाइ गरिँदै छ। पछिल्लो समय कतिपय जिल्लाले दुई हप्ताका लागि आदेश थप गरेर कार्यान्वयनमा लगेका छन् भने कतिपय जिल्लाले हप्ता÷दश दिन तोकेर थप गर्दै कोभिड–१९ सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन्। पछिल्लो समय भने निषेधाज्ञाको असर विस्तारै देखिन थालेको...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आर्थिक, समाचार
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा दाबी गरिएको छ । ...
महामारी नियन्त्रणमा बृहत् राष्ट्रिय एकता, आजको आबश्यकता

महामारी नियन्त्रणमा बृहत् राष्ट्रिय एकता, आजको आबश्यकता

राजनीति, समाचार
डा.डिआर उपाध्याय, केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुनु भएको छ । अघि अघिका कार्यकाल भन्दा यो कार्यकाल धेरै चुनौतिपूर्ण छ। किन भने अहिले देशका सामु जटिल परिस्थिति उत्पन्न भएको छ । कोरोना दोस्रो लहरको प्रवेशले नेपाललाई सकस बनाईरहेको छ । यस्तो बेलामा फेरि प्रधानमन्त्री नियुक्त हुनु भएका ओली सामु अवसर भन्दा धेरै चुनौतिका चाङ तेर्सिएका छन । ओलीले यो चुनौतिलाई कसरी पार लगाएर अघि बढनु हुन्छ त्यो भने चासोको बिषय बनेको छ । अहिले जसले जे भने पनि उहाँका सामु असहज बाटो तेर्सिएको छ । अहिले उहाँका काँधमा जिम्मेवारी र जवाफदेहिताको बोझ थपिएको छ । यतिबेला कोरोना संक्रमणको महामारीले जनता आक्रान्त छन । बिरामीहरु समयमा उपचार नपाएर शैयामा छट्पटाइरहेका छन् । अहिले संकटमा छ हाम्रो देशको अवस्था । हरेक हिसावले हामी संकट तर्फ छौ । समयमा उपचार नपाएर धेरै बिरामीको ज्यान समेत गएको छ । देश भरीका...
योगेश तथा अन्जुको स्वरमा ‘पिरतीको झरी’ सार्वजनिक(भिडियो)

योगेश तथा अन्जुको स्वरमा ‘पिरतीको झरी’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
अन्जु पन्त तथा योगेश काजीको स्वरमा पिरतीको झरी को भिडियो सार्वजनिक भएको छ । वाईटिएच यूट्यूब च्यानल मार्फत सार्वजनिक भिडियोको गीतलाई पुरुषोत्तम ढुंगेलले शव्द रचना गरेका हुन भने संगित तथा ऐरेन्ज पनि स्वयं योगेशले नै गरेका छन । भिडियोमा मोडल गरिमा शर्मा र बिक्रम पोखरेल फिचर्ड रहेका छन । https://www.youtube.com/watch?v=lsC0quiSEtw मोहन कुमार खत्री कार्यकारी निर्माता तथा सन्तोष पराजुली निर्माता रहेको भिडियोलाई भुपेन्द्र गुरुङ्गले कोरियोग्राफी तथा निर्देशन र उमेश थापाले सहनिर्देशन गरेका छन । बन्दे प्रसादले सम्पादन गरेको भिडियोलाई रोनिष तामाङ्गले छायांकन गरेका हुन ।पछिल्लो पटक लगातार एक माथी एक चर्चित गीतहरु सार्वजनिक भएका गायक योगेशकाजी संगितवद्ध ठुलो बजेटका चलचित्रहरु आउने तयारीमा रहेका छन । ...
भीष्मराज फुलाराको‘म मरे भने’ सार्वजनिक(भिडियो)

भीष्मराज फुलाराको‘म मरे भने’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
साहित्यकार एवम् गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक भएको छ ।‘म मरे भने त यो सहरको डेरा माखै कतिन्जेल कुहिन्छु होला’ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको हो । बाबुल गिरीको संगीत तथा एरेञ्ज रहेको गीतमा बाबुलकै स्वर रहेको छ । द पिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा दिनेश राजबहाकको मिक्सिङ छ भने जनकराज खकुरेलको स्वरांकन छ । https://youtu.be/EuRRAArYLJQ संजीत सागर मगरको निर्देशन रहेको गीतको भिडियोमा विश्वास भण्डारीको छायाँकन तथा सम्पादन र कृतिका श्रेष्ठको शृंगार छ । भिडियोमा फुलारा र बाबुललाई फिचर्ड गरिएको छ । निकै मार्मिक यो सार्वजनिक गीतमा सहरको भीडमा एक्लो भएको भाव व्यक्त गरिएको छ । आफ्ना अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि सबैले मन पराइदिनेमा आफू आशावादी रहेको फुलाराले मिलापलाई बताउनुभयो । ‘अहिलेको बिषम परिस्थिति र विश्वभरी आक्रान...
आत्मवललाई उच्च बनाऔं

आत्मवललाई उच्च बनाऔं

समाचार, समाज
-डा.डिआर उपाध्याय, अहिले हामीे कोरोना महामारीसँग लडिरहेका छौँ। यति बेला हामीलाई ठूलो सकस परिरहेको छ । रातमा निर्दा लाग्दैन । दिनमा छटपटि छुटछ । घरमा बसिरहँदा मनमा अनेक कुरा खेलिरहन्छन । आज देशका बिभिन्न ठाउँमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेको छ । यो महामारी नियन्त्रणका लागि देशका बिभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी छ । सवैले सामाजिक दुरी पनि पालना गरिरहेका छौं । तर पनि अझै कोरोना भाईरस नियन्त्रणमा आउन सकेको छैन । महामारी नियन्त्रणको लागी अव सवैले आआफ्ना स्थानबाट महत्वपूर्ण भूमिका खेल्नु पर्ने आबश्यकता छ। यो महामारी नियन्त्रण गर्न सरकारको मात्र एकल प्रयासले सम्भव छैन । सरकारलाई सघाउन सवैले महत्वपूर्ण भूमिका खेलौं । कोरोना संक्रमणले डर लाग्दो रुप लिदै आएको छ । सवैले धर्य गरौं, हतास मनस्थिती नवनाऔं । आत्मवललाई उच्च बनाऔं । आत्मवलले मान्छेलाई बाँच्न सिकाउँछ । मनमा अनाबश्यक कुरा खेला...
राज निर्देशित’अंग्रेजीमा बनाना’ को भिडियोमा सोनिया र सुधिर(भिडियो)

राज निर्देशित’अंग्रेजीमा बनाना’ को भिडियोमा सोनिया र सुधिर(भिडियो)

मनोरन्जन, समाचार
गायिका एलिना चौहान तथा गायक यात्री प्रेमको स्वरको यूगल गीत ‘अंग्रेजीमा बनाना‘’ म्युजिक भिडियो सार्वजनिक भएको छ । परिवर्तन इभेन्ट हाउसले तयार पारेको उक्त गीतको म्युजिक भिडियो गायिका चौहानकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतमा गायक यात्री प्रेमकै शब्द तथा संगीत निर्देशन रहेको छ । टंक बुढाथोकीले यो गीतलाई संगीत संयोजन गरेका छन् भने उनैले गीतलाई मिक्सिङ तथा मास्टरिङ समेत गरेका हुन् । https://youtu.be/tI7zOJUwz9s राज बराइलीद्वारा निर्देशन गरिएको उक्त भिडियोमा मोडल सोनिया जिआर तथा मोडल सुधिर श्रेष्ठलाई फिचर गरिएको छ । भिडियोमा पिंकी तामाङ, सुप्रिमा दर्नाल, सुलभ थापा मगर, सपन्न थापा, साङ्सो राज पाण्डेले पनि अभिनय गरेका छन् । नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् । भिडियोको कथा सोनिया जिआरले तयार पारेकी हुन् भने यसमा शिव बिकक...