अब एमालेले बिनासको बाटो रोज्ने की तेस्रो धारलाई नेतृत्व दिने ?
-डा.डिआर उपाध्याय,
अब देश बिकास र समृद्धिका लागी युवा जुटनु पर्छ । देश बनाउने भनेको युवाले हो । युवा तात्नु पर्छ । बुढा नेताबाट अब युवाले नेतृत्व खोसेर लिनु पर्छ । अब पनि बुढा नेताको हातमा नेतृत्व गयो अथवा जान दियौ भने मुलुकको अवस्था जहाँको त्यहि हुने निश्चित छ ।
अहिले हाम्रो देशमा सबै दलमा बुढा नेताहरुले नै नेतृत्व गदै आएका छन । उनीहरुले युवालाई सजिलै नेतृत्व छाडलान भन्ने कुनै छाँटकाँट नै छैन । आर्यघाट नपुन्जेल नेतृत्व छाडन कुनै बुढा नेता तयार छैनन् । यो हाम्रो देशको समस्या हो । युवाहरु नेतृत्वको दास बने । नेतृत्वलाई कुनै युवा नेताले दवाव दिने आँट गर्न सकेनन् । युवामा आँट हुनु पर्छ । आँट र साहासले नै मुलुक बनाउने हो । आज देशमा यति धेरै उर्जाशिल युवा नेता छन । तर सबै किनाराको साक्षी मात्र भए ।
एमाले भित्र त्यहि समस्याले पाटी फुट्यो । ओली र नेपालले नेतृत्वको टकराव नगरेको भए पार्टी...








