आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
सिन्धुपाल्चोके युवा गायक संजय लामाको नयाँ सेलो बजारमा(भिडियो)

सिन्धुपाल्चोके युवा गायक संजय लामाको नयाँ सेलो बजारमा(भिडियो)

मनोरन्जन, समाचार
लामो समयको अन्तराल पछि गायक संजय लामाको सांगीतिक कोशेलि भिडियो सहित बजारमा आएको छ । भर्खरै मात्र सार्वजनिक भएको गीत जिग्मे मिडियाको अफिसियल युट्यूब बाट सार्वजनिक भएको हो । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा नम्बर – ५ थाङपाल गुन्सामा जन्मेका युवा गायक केही समय काम विशेष परदेश भएपनि पुनः सांगीतक यात्रालाई निरन्तरता दिने गरि बजारमा नयाँ गीत ल्याएको बताउछन । काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको कार्यक्रम नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व जिल्ला कोषाध्यक्ष देबेन्द्र खत्रिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा सिन्धुपाल्चोक जिल्लाकै पाँच पोखरी थाङपाल गाउँपालिका नेपाली कांग्रेसका पालिका सभापति सुर्य बहादुर अधिकारी र बरिष्ठ गायक प्रेम लोप्चन रहेका थिए। https://youtu.be/vaxR5Qy9SBk गायक संजय लामा र गायिक...
नेपाल महिला चेम्बरकी सल्लाहकार ताम्राकार योजना आयोगको सदस्य

नेपाल महिला चेम्बरकी सल्लाहकार ताम्राकार योजना आयोगको सदस्य

आर्थिक, समाचार
नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्रकार , बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य पदमा मनोनयन हुनु भएको छ ।ताम्रकार सहीत उपाध्यक्ष र सदस्यहरुको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गराउनु भएको हो ।आयोगका उपाध्यक्षमा मेलम्ची–६ बस्ने डाक्टर जगत बहादुर बस्नेत यस्तै सदस्यहरुमा रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ, काठमाण्डौ–४ वालुवाटारका निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेल रहेकाछन् ।कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री शाक्यले आयोगको कामलाई दु्रतगतिमा अगाडी बढाउनका लागि आफुहरुले आयोगलाई पूर्णता दिएको वताईन् ।साथै महिला चेम्बरका सभापति तथा नेपाल चेम्बर अफ कर्मसको उपाध्यक्ष उर्मिला श्रेष्ठले आफ्नो चेम्बरका सल्हाकार उच्च स्थानमा पुग्नु भएकोमा बधाई ताथा सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् । ...
चलचित्र निर्देशक सुमन दाहाल सम्मानित

चलचित्र निर्देशक सुमन दाहाल सम्मानित

मनोरन्जन, समाचार
काठमाण्डौँ, भदौ २८ | चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन् । स्थानीय संस्थाहरु इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उनलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो । एनआरएनले क्यान्टकीका अध्यक्ष केशवराज लोहनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा चलचित्र निर्देशक सुमन दाहाललाई बिदेशमा बसेर पनि नेपाली चलचित्र तथा म्युजिक भिडियोको माध्यमबाट नेपाली गीत संगीत, कला संस्कृतिको संरक्षण एवम् प्रवर्धनमा विशेष योगदान पुर्याएको र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोगना गर्दै आएको ठहर गर्दै सो सम्मानबाट सम्मानित गरिएको हो । उनी बिगत ५ वर्ष देखि क्यान्टकीको ल्याक्सिङटनमा रहेर म्युजिक भिडियो निर्देशन तथा विभिन्न सांस्कृतिक गतिविधिमा निकै सक्रिय रहँदै आएका छन् । यस्तै, एनआरएनए क्यान्टकी स्थापना गरेर पहिलो र दोश्रो कार्यक्रममा महत्वपूर्ण योगदान पुर्याएका ठहर सहि...
ल्याक्सिङटनमा गठन भयो सुदुर पश्चिम समाज

ल्याक्सिङटनमा गठन भयो सुदुर पश्चिम समाज

समाचार, समाज
काठमाण्डौँ, भाद्र २७ । सुदुर पश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित ल्याक्सिङटन शहरमा रहेका सुदुर पश्चिमका नेपालीहरु एकिकृत भएका छन् । उनीहरुले श्रष्टा उद्धबराज उप्रेतीको अध्यक्षमा ‘सुदुर पश्चिम समाज, ल्याक्सिङटन’ गठन गरेका छन् । गौरा पर्वको अबसर पारेर ल्याक्सिङटमा भएका सुदुर पश्चिमका नेपालीहरुले यो समाज गठन गरेका हुन् । श्रष्टा उद्धबराज उप्रेतीको अध्यक्षमा गठित सुदुर पश्चिम समाज ल्याक्सिनटनको उपाध्यक्षमा चुडामणि अबस्थि, महिला उपाध्यक्षमा रेखा जोशी, सचिबमा मानबहादुर शाह (मानव), सह-सचिबमा गोविन्द अबस्थि, कोषाध्यक्षमा विनोद पन्त रहेका छन् । यस्तै सो समाजको कार्यसमिति सदस्यहरुमा प्रकाश पाण्डेय, निराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेक प्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन् । समाजले त्यहाँ गौरापर्व मनाउनुका साथै एउटा देउडा गीत रेक...
“आगो त बाल्ने सलाईको” भिडियो युट्युबमा सार्वजनिक(भिडियो)

“आगो त बाल्ने सलाईको” भिडियो युट्युबमा सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
सिन्धुपाल्चोके खान्दोके सेलो एकपछि अर्को गर्दै ल्याईरहेका लोकप्रिय गायक आस्मान लोप्चनको नयाँ कोसेली “आगो त बाल्ने सलाईको” भिडियो युट्युबमा सार्वजनिक भएको छ । भिडियोमा लोप्चनले खान्दोके सेलो संगै आन्तरिक पर्यटनलाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले दृश्यहरु कैद गरेका छन् । जुन भिडियोको उत्कृष्ट पाटो मान्न सकिन्छ । गायक लोप्चनले यो नयाँ खान्दोके सेलोको भिडियोले मौलिक भाका, गीत संगीतको जगेर्ना गर्दै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे मान्द्रामा पर्ने स्थानिय पर्यटकिय स्थानहरुलाई पनि चिनाउने कोशिस गरेको बताउनुहुन्छ । बिशेष गरि भिडियोमा बयौलि कुण्ड, गुम्बा र मान्द्रा गाउँलाई भिडियोमा प्राथमिकता दिएका छन । https://youtu.be/eQVn-H7e4U0 “आगो त बाल्ने सलाईको” राम लामाको निर्माणमा तयार भएको भिडियो क्लिक नेपाल युट्युब बाट बजारमा ल्याएको होे । आस्मान लोप्चनको लय तथा शब्द संकलन र जोगलाल लामाको ...
नेशनल बक्स अफिस तिज अवार्ड २०७८ भब्यताका साथ सम्पन्न

नेशनल बक्स अफिस तिज अवार्ड २०७८ भब्यताका साथ सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौ । नेशनल बक्स अफिस तिज अवार्ड २०७८ भब्य सम्पन्न भएको छ। बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा आर्थिक बर्ष २७७र७८ मा रेकर्डिङ भई भिडियो निर्माण गरी सार्बजनिक भएका तिज गीत संगीतलाई समेट्दै कुल ४१ बिधामा अवार्ड वितरण गरेको छ। चलचित्र बिकास बोर्ड चाबहिल काठमाडौमा हरितालिका तिजको दर खाने दिनको अवसर पारेर भबव्यरूपमा सम्पन्न भएको नेशनल बक्स अफिस तिज म्युजिक अवार्ड २०७८ मा बर्षको तिज नारी सम्मानमा बरिष्ट नायिका करिष्मा मानन्धर , दिपाश्री निरौला, पुरुष कलाकार तर्फ तिज म्युजिक भिडियो सम्झिने पानी छम्किनेबाट विशिष्ट अभिनेता भुवन केसीलाई सम्मानित गरिएको थियो । त्यसैगरी बर्षको उत्कृष्ट तिज भिडियोको चरित्र अभिनेतामा बरिष्ट कलाकार रामचन्द्र अधिकारी र वरिष्ट अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको थियो। ख्यातिप्राप्त कलाकारहरुको गरिमामय उपस्थितिको साथमा सम्पन्न भएको अवार्डमा बर्षको सर्वउत्कृष्ट मो...
मञ्जु थापाको ‘माया मुरी मुरी’ सार्वजनिक (भिडियो)

मञ्जु थापाको ‘माया मुरी मुरी’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
मञ्जु थापाको स्वरमा रहेको गीत ‘माया मुरी मुरी…’ सार्वजनिक भएको छ । उद्धव प्याकुरेलको शब्द, विक्रम थापाको सङ्गीत र सन्दिप कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/75ZNVTuB6Ps जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा समृद्धि पौडल र सञ्जय विकलाई फिचरिङ गरिएको छ । भिडियोमा दीपेन बस्नेतको छायाँकन र सम्पादन छ । गीतमा मुरीका मुरी माया गर्ने मान्छेले कतै धुरी चढाएर खसाल्ने पो हो कि भन्ने शंका व्यक्त गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । ...
नील पुन तथा एलिनाको ‘निर्मोही मायालु’को भिडियो सार्वजनिक (भिडियो)

नील पुन तथा एलिनाको ‘निर्मोही मायालु’को भिडियो सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
एलिना चौहान र नील पुनः को स्वर समावेश म्युजिक भिडियो ‘निर्मोही मायालु’ सार्वजनिक भएको छ । शुक्रबार दिउँसो युट्युव रिलिज गरिएको उक्त गीतमा शब्द र संगीत पनि पुनः को नै छ । संगीत निर्माणको काम किरण माइकल घिमिरेले गरेका छन् । https://youtu.be/VMcRqiJm80U गीतको भिडियोमा मोडल द्वय सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् भने मानवी श्रेष्ठ, सोनी पुनः र रीमा पाइजालाई सहायक भुमिकामा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतको भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा कोरियोग्राफी प्रमोद भण्डारीको छ भने सम्पादन विकास दाहालले गरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई सुरेन्द्र थापाले निर्माण गरेका हुन् । ...
‘ब्राइट इभेन्ट फेसन शो’ भव्य रुपमा सम्पन्न

‘ब्राइट इभेन्ट फेसन शो’ भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं-  भदौ । ब्राइट इभेन्ट म्यानेजमेन्टले शनिवार राजधानीको पेप्सीकोलस्थित इन्टरनेसनल डान्स एकेडेमी एण्ड फिल्मक परिसरमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न गरेको छ । चर्चित फेशन कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेको उक्त फेशन शोमा नेपाल अधिराज्यभरबाट छानिएका चर्चित महिला तथा पुरुष मोडलहरु आकर्षक पहिरनमा स्टेजमा उत्रिएका थिए । अभिनेता, मोडल तथा कोरियोग्राफर एसराज गराचको कोरियोग्राफी रहेको उक्त फेसन शो मा जनकपुर, सिराह, रौतहट, विरगञ्ज, विराटनगर, दोलखा, काठमाडौं तथा भक्तपुरका गरि करिव ५० मोडलहरुले र्याम्प शो गरेका थिए । विश्वव्यापी स्वास्थ्य संकटको अवस्थामा विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड अनुरुप सम्पन्न उक्त फेसन शो का आयोजक राजन बुढाथोकीले कार्यक्रमलाई सफल तुल्याउन सहयोग गर्ने व्यक्ति, संघ,संस्था एवं मोडलहरुलाई धन्यवाद दिदै आगामी दिनमा थप उत्कृष्ट शो हरु आयोजना गर्दै ल...
नायक श्रीदेव भट्टराई निर्देशक खरेलको चलचित्रमा विषेश भुमिकामा देखिदै

नायक श्रीदेव भट्टराई निर्देशक खरेलको चलचित्रमा विषेश भुमिकामा देखिदै

मनोरन्जन, समाचार
चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा विषेश भुमिकामा नायक श्रीदेव भट्टराइलाई अनुबन्धीत गरेका छन् ।  यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, नायक संजित भण्डारी लगायतका कलाकारहरु अनुबन्धित गरिसकेका निर्देशक खरेलले विषेश भुमिाकामा नायक भट्टराईलाई अनुबन्धीत गरेका छन् । पिम नेपालको प्रस्तुति रहने चलचित्रका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल समेत कलाकारको रुपमा छानिएकोे निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए । चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चाँडै छायाँकन सुरु गरिने चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पगेक...