आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
जनताको ताजा जनादेश लिने कुरामा कोही पछि हटनु हुदैन

जनताको ताजा जनादेश लिने कुरामा कोही पछि हटनु हुदैन

राजनीति, समाचार
डा.डिआर उपाध्याय, नेपाली जनता धेरै समस्यामा परेका छन । जनताको सरकार अझै आएको छैन । जनताले धेरै कुराको सास्ती भोग्दै आएका छन । जुन सरकार आए पनि जनतालाई केही अनुभूति भएको छैन । अहिले जनता पुरै निराशमा छन । जनतामा उत्साह र उमंग छैन । आज समृद्ध नेपाल, सुखी नेपालीको नारा ओझेलमा परेको छ । सरकार पनि जनचाहनाअनुसार अगाडि बढ्न सकेको छैन । सरकारले जनताको पक्षमा काम गर्न सकेन । लोकतन्त्रको मूल मर्म अनुसार कुनै काम हुन सकेको छैन । जनताको ताजा जनादेश लिने कुरामा कोही पछि हटनु हुदैन । वास्तवमा सत्तारूढ दलमा देखिएको आन्तरिक किचलो सत्तास्वार्थ नै हो । जसले गर्दा यो गलत परिणाम आएको हो । नेकपा एमाले बिभाजन हुनु दुखद कुरा हो । लाखौँ कार्यकर्ता अझै पनि एकताको पक्षमा उभिएका छन् । अहिले नेकपा एमालेमा देखिएको समस्या भनेकै गलत चिन्तन र प्रवृत्ति नै हुन् । सरकारका अगाडि थुप्रै चुनौती छन् । देशमा कोरोनाका ...
‘किनबेचबिजनेश डटकम’को ‘एक घर एक उद्योग’ अभियान शुरु

‘किनबेचबिजनेश डटकम’को ‘एक घर एक उद्योग’ अभियान शुरु

मनोरन्जन, समाचार
किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयेजना गरेर किनबेच विजेनस डटकमको औपचारिक उद्घाटन गरिएको हो ।उक्त प्ल्याटफर्मले ‘एक घर, एक उद्योग’ मिशनका साथ नेपाली युवाहरुलाई रोजगरी तथा विजनेस गर्न प्रेरित गर्नुको साथै मार्गदर्शनसमेत दिने भएको कम्पनीका सिइओ विश्वास बडुले जानकारी दिए । उनकाअनुसार प्रत्येक दिन पन्ध्र सयभन्दा बढिको संख्यामा विदेशिन बाध्य भएका युवाहरुलाई नेपालमै उद्योग सञ्चालन गर्न प्रेरित गर्ने कम्पनीले लक्ष्य बोकेको छ । उक्त प्ल्याटफर्ममार्फत प्रत्येक नेपालीको आयस्रोतमा वृद्धि हुने र नेपाल समृद्व हुनेपनि दाबी गरिएको छ ।कार्यक्रममा किनबेच विजनेस डटकमका सिइओ तथा संस्थापक विश्वास बडुले उक्त प्ल्याटफर्मलाई अन्र्राष्ट्रियकरण गर्न आफूहरु लागिपरेको बताए । उनल...
नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा एसडिजी कमिटिद्वारा आयुर्वेदिक बिरुवा वितरण

नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा एसडिजी कमिटिद्वारा आयुर्वेदिक बिरुवा वितरण

समाचार, समाज
नेपाल जेसीजको ५७ औं वार्षिकोत्सवमा नेपाल जेसीज अन्तर्गत SDG Committee ले एक सुन्दर वातावरण र राम्रो स्वास्थ्यका लागि आयुर्वेदिक बिरुवाहरु वितरण को एक राष्ट्रव्यापी परियोजना शुरू गरेको छ । आयुर्वेदिक बिरुवा वितरण कार्यक्रम १७ सेप्टेम्बर, २०२० मा नेपाल जेसीजका पूर्व अध्यक्ष, जेसीआई सेन राजेश मोहन प्रधान को मुख्य अतिथिमा आयोजना भएको थियो। यो पहल SDG Committee को लक्ष्य अनुसार नेपालमा जलवायु परिवर्तन मा परेको असर र नेपाली जनताको स्वास्थ्यमा परेको नकरात्मक असरमा केन्द्रित थियो । ठुलो बर्षाका बाबजुट पनि सो कार्यक्रम ललितपुरको भीमसेन मन्दिर नजिकै मंगलबजारमा नेपाल जेसीज अन्तर्गतका विभिन्न शाखाहरुका प्रतिनिधिहरु, स्थानीय समुदायका सदस्यहरु, प्रहरी प्रशासन र अन्य व्यक्तिहरुको बाक्लो उपस्थित भएको थियो । कार्यक्रमका अतिथि वक्ता श्री कमल बहादुर राजलावतबाट आयुर्वेदिक बिरुवाहरुले स्वास्थ्यमा पार्ने लाभ क...
गायक रामकुमारको मनै छुने ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक(भिडियो)

गायक रामकुमारको मनै छुने ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गीतसंगीतको क्षेत्रमा उत्कृष्ट उत्पादन गरी देश विदेशका दर्शक, स्रोता माझ राम्रा राम्रा संगीत पुर्‍याउने उद्देश्यले स्थापना भएको ‘भोल्युम अन’ नामक संस्थाले विल्कुलै भिन्न शैलिको म्युजिक भिडियो ‘यतातिर दुख्यो कहिले’ बोलको भिडियो सार्वजनिक गरेको छ । ‘सुसाइड’ एल्वममा समावेश यो गीत लोक दोहरीको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेका गायक रामकुमार नेपालीको शब्द संगीत एवं मिठो स्वर रहेको छ । मनछुने भावुक शैलीको गीतको भिडियोमा नायिका निता ढुंगाना, अशोक केसीको साथमा सुभाष सुवेदी, सामिक्षा भुजेल, निराजन केसी, बाल कलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का बिवेक केसी आदिको जिवन्त अभिनय रहेको छ । https://youtu.be/zr7GlDcsIT4 भिडियोमा मनोरञ्जन क्षेत्रमा राम्रै नाम कमाएका निर्देशक क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको छ भने श्रृंगार नन्दा अधिकारीको रहेको छ...
संगठन बलियो बनाउने नै मेरो प्रमुख योजना:शान्तिरत्न शाक्य,नगर सभापति उम्मेदवार,नेका

संगठन बलियो बनाउने नै मेरो प्रमुख योजना:शान्तिरत्न शाक्य,नगर सभापति उम्मेदवार,नेका

अन्र्तवार्ता, राजनीति, समाचार
शान्तिरत्न शाक्य नेपाली काङ्ग्रेस बनेपाको क्रियाशिल व्यक्ति हुन् । उनी बनेपा शहरका स्थायी बासिन्दा हुन् । उनी एक सफल ब्यवसायी पनि हुन । काभ्रे जेसिसको नेतृत्व समालिसकेका शाक्य तत्कालिन बनेपा नगर वडा नम्बर ९ का वडा अध्यक्ष भएर जनप्रतिनिधिको अनुभव पनि छ । नगर सभापति भएपछि नगर पिता बन्ने सहज बाटो खुल्ने हुँदा उनि बनेपा कांग्रेसको सारथी बन्न हौसिएका हुन । उनलाई काङ्ग्रेस नेता कन्चनचन्द्र बादेको साथ छ सभापति मधु आचार्यको आशिर्वाद छ। नगर अधिवेशनको सेरोफेरोमा इपाना नेपालले शाक्यसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । सम्पादक । •नगर सभापतिका उम्मेदवारहरु अरु पनि हुनुहुन्छ, र तपाई अनुभवी पनि हुनुहुन्छ । यो अवस्थामा अरु उम्मेदवारहरु भन्दा तपाईंलाई कुन कुन कुराहरुले योग्य हुनुहुन्छ जस्तो लाग्छ ?​मेरा प्रत्यासी साथीहरु पनि सक्षम हुनुहुन्छ । उहाँहरुले पनि संगठन विस्तारको लागि आफ्नो योगदान दिनु ...
देश प्रति नेताहरु गैरजिम्मेवार हुनु दुखद पक्ष

देश प्रति नेताहरु गैरजिम्मेवार हुनु दुखद पक्ष

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । भदौ २९ गतेबाट पूर्णरूपमा मन्त्रिमण्डल विस्तार हुने भनिएको थियो । तर अहिले सम्म मन्त्रिमण्डल बिस्तार हुन नसक्दा प्रधानमन्त्री शेर बहादुर देउवाले ठूलो आलोचना खेप्नु परिरहेको छ । यो अवधिसम्म अपूर्ण सरकारले झण्डै दुइ महिना पार गरिसकेको छ । मन्त्रिमण्डल बिस्तार हुन नसक्दा सरकारी काम कारवाही ठप्प छन । सरकार सुस्त गतिले हिडिरहेको छ । मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ प्रधानमन्त्री ज्यू ? यसरी मुलुक बनाउन सकिदैन । देश प्रति नेताहरु गैरजिम्मेवार हुनु दुखद पक्ष हो ।काम नै गर्न सकिदैन भने तत्कालीन ओली सरकारविरुद्ध किन पाँच दलीय गठबन्धन बनाएको ? सरकारलगायतका सबै कुराहरूमा प्याकेजमा सहमति गर्ने भनेको खै ? के जनताको आखाँमा छारो हाल्नलाई हो यो सव भएका्े ? होइन भने फटाफट काम गरेर देखाउनु पर्छ देउवा सरकारले सबै समस्याको समाधान दिने र सरकार...
६ वर्षे वाल गायिका जियाले ल्याईन ‘सुनकेशरी’ (भिडियो)

६ वर्षे वाल गायिका जियाले ल्याईन ‘सुनकेशरी’ (भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौँ, भाद्र ३१ | ‘कर्मलाई उमेरले छेक्दैन भने झै’ हालै ६ वर्षकी सानी नानी जिया भुषालको स्वरमा रहेको ‘सुनकेशरी’ गीतको भिडियो सार्वजनिक भएको छ । विशिष्ट गीतकार विश्व वल्लभ ज्युको प्रमुख आतिथ्य, विशिष्ट अतिथि उन्नती शिला बोहरा, वरिष्ठ लोकप्रिय गायक यम बराल, लोकप्रिय ब्याण्ड ‘दि एक्स’का शिव मुखिया, लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक, सञ्चारकर्मी कृष्ण कडेंल, प्रतिमा कंडेल, हास्य कलाकार जोगिन्दर पानवला, गायक प्रमोद निर्वान, गायक कविन्द्र श्रेष्ठ लगायतको आतिथ्यमा एक विशेष समारोहको आयोजना गर्दै सो गीतको बिमोचन गरिएको थियो । वारीष्ठ संगीतकार महेश ज्ञवालीको संगीत, गीतकार सञ्जय बिक्रमको शब्द, सञ्जय हमालको संगीत संयोजन गोबिन्द सोनीको मिक्सिङ मास्टरिङगमा मीरा साउण्ड्मा रेकर्डिङ गरिएको हो । https://youtu.be/g835nu_In1g संगीतकार महेश ज्ञवालीले सानी नानी जियाको लागि यती सम्म गर्न पाएको ...
मनमाेहन प्राविधिक विश्वविद्यालयको सिनेट मेम्बरमा लिमा अधिकारी मनोनित

मनमाेहन प्राविधिक विश्वविद्यालयको सिनेट मेम्बरमा लिमा अधिकारी मनोनित

आर्थिक, समाचार
मनमाेहन प्राविधिक विश्वविद्यालयले लिमा अधिकारीलाई सिनेट मेम्बर मनोनयन गरेको छ । विश्वविद्यालयले उनलाई व्यवसायी महिलाको कोटा अन्तर्गत सिनेटरमा मनोनयन गरेको हो । प्रदेश १ सरकारको छनौट पस्चात विश्वविद्यालयका उपकुलपति डा. शुभाष श्री पाेखरेलले उनलाई सिनेटर अर्थात विश्वविद्यालय सभा सदस्यमा नियुक्त गरेका हुन । मनमोहन प्राविधिक विश्वविद्यालय ऐन २०७६ को दफा ७ को उपदफा २, खण्ड २ बमोजिम उनलाई उक्त पदमा मनोनयन गरिएको हो । प्रदेश १ काे शैक्षिक धराेहरको रुपमा रहेको मनमाेहन प्राविधिक विश्वविद्यालय राष्ट्रकै प्रथम प्राविधिक विश्वविद्यालय हो । अधिकारी नेपाल चेम्बर अफ कमर्शकी कार्य समिति सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव हुन । . ...
राष्ट्रीय जनगणना २०७८ को लागि झापामा सुपरिबेक्षहरुको तालिम

राष्ट्रीय जनगणना २०७८ को लागि झापामा सुपरिबेक्षहरुको तालिम

समाचार, समाज
नेपालमा राष्ट्रीय जनगणणा २०७८ शुरु गर्ने तयारी नेपाल सरकारले गरिरहेको छ । त्यस्का लागी आवश्यक जनशक्ती र प्रावधिक तयारी सकेर तथ्यांक सन्कलनका लागी नियुक्त गणकहाँरु आ–आफ्नो कार्यक्षेत्रमा परिचालन भईसकेको अवस्था रहेको छ ।नेपालमा हरेक १० बर्षमा जनगणना हुनेगरेकोछ । पछिल्लो गणना पछी हालसम्म आउँदा धेरै राष्ट्रीय योजनाका कार्यहाँरुमा धेरै नयाँ निती नियम र कानुन लागु अनि कार्यान्वयन भईसकेका छन । यसरि नै राष्ट्रीय जनगणना २०७८ लागी पनि आफ्नो हक र पहिचानका लागी नयाँ कानुनको ब्यवस्था भई कार्यान्वय भएको छ । जस अन्तर्गत यस पालिको जनगणनामा महिला पुरुष बाहेक आफुले अन्य लिंगिको रुपमा पहिचान बनाउन चाहनेको लागी पनि छुट्टै कोलमको ब्यबस्था २०७८ को जनगणनामा गरिएको छ । पछिल्लो जनगणनामा लिंग पहिचानको लागी महिला, पुरुष र अन्य भनिएर उल्लेख हुने र महिला पुरुष बाहेक अरु कुनै पहिचान खुलाउन चाहेमा अन्य लेखिएको बिकल्प र...
दिशाविहीन बन्दै गएको राजनीति

दिशाविहीन बन्दै गएको राजनीति

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति गम्भिर बन्न सकेनन् । जसले गर्दा दलीय ब्यवस्था माथि नै पटक पटक प्रश्न उठिरहेको छ । लामो समय देखि नेपालको राजनीतिले सहि गति लिन सकेको छैन । राजनीति सधै अस्थिरताबाट गुज्रिएको छ । देशले सहि गति लिने सम्भावना अत्यन्त न्यून देखिँदै छ । राजनीतिक दल र तिनका नेताहरु सधैं सरकार गिराउने र बनाउने खेलमा मात्र सीमित बनेका छन । कुनै नेतामा दीर्घकालीन सोच भएन । देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक रूपान्तरणका दिशामा चिन्तन गर्ने कुनै नेता नै छैनन् । राजनीति व्यक्तिवादी बन्दै गएको छ । दलहरूमा सिद्धान्तको कुनै मतलव छैन । बढी सुविधा कसरी प्राप्त गर्ने भन्ने ध्यान दलहरुको छ । यो सोचले राजनीति दिशाविहीन बनेको छ । सरकार प्रमुखको चिन्ता मुलुक प्रति हुनु पर्छ । देशमा सुशासन कायम हुन सकेको छैन । विकास निर्माणका काम पनि त्यस्तै छन । देशको विदे...