आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलमा कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड

तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलमा कुईनेटोवाट खरेलले जिते निर्देशकको अवार्ड

मनोरन्जन, समाचार
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै  महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन, इन्भारोमेन्ट फिल्म द वइन्टर ट्याप, जुरी अवार्ड धुलोबाट प्रधुम्न मिश्र, विषेश वुमेनफिल्म इन्द्रायाणीबाट दर्शनवीर शाक्य, चोरखाते फिल्मका कृष्ण भण्डारी र सिया फिल्मका मिरा गुरुङले रिकग्निशन एवं स्पेशल मेन्सन फिल्म अवार्ड हात पारेका थिए । त्यस्तै अन्तराष्ट्रिय विधा अन्तर्गत मानवाधिकार फिल्म कुम गेसी (टर्की), फीचर फिल्म मार्केट (भारत), वृत्तचित्र फिल्म  द खे सेन पीस गार्डन (भियतनाम), एनिमेशन...
किर्तिमानी डा.उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक

किर्तिमानी डा.उपाध्यायका फरकशैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक

मनोरन्जन, समाचार
विश्व किर्तीमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गरेका चार गीति कविता र चार पृथकशैलीमा सिर्जना सार्वजनिक लाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैहुनुन्छ । यसपटक उहाँले सार्वजनिक गरेको गीति कवितामा संगीतका विभिन्न तालहरू (क्लासिकल बीट) सम्बन्धी गीति कविता, ट्राफिक चिन्ह समेटिएको गीति कविता, विश्वका प्रमुख राजधानी शहर समेटिएको गीति कविता र जनावरहरूको नाम समेटिएको गीति कविता रहेका छन् भने प्रत्येक एकबारमा आधा आधा कड समेटिएको गीत, आफ्ना गीत भलिबलमा, मुमेन्टोमा आफ्ना १०९ गीत र अंग्रेजी नयाँ वर्षको क्यालनेडरमा आफ्ना १०९ प्रकाशित गरी सार्वजनिक गर्नुभएको छ । सो अवसरमा गायक त...
नवौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र प्रदान

नवौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनमा परेकालाई प्रमाणपत्र प्रदान

राजनीति, समाचार
नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को मनोनयनमा परेका उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको म्यूजिक खबर म्यूजिक अवार्डको ४२ विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र कलाकारलाई प्रमाणपत्र प्रदान गरिएको हो । राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत र गजलका उत्कृष्ट पाँचमा परेका स्रष्टा, सर्जक, कलाकार र प्राविधिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।पूर्व मन्त्री तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कलाकार फोरमका अध्यक्ष रामप्रसाद खनाल, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणी देवकोटा, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, पश्चिमाञ्चल सां...
सिद्धान्तका कुरा गरेर मात्र जनता सन्तुष्ट हुँदैनन्

सिद्धान्तका कुरा गरेर मात्र जनता सन्तुष्ट हुँदैनन्

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, यतिबेला देशको राजनीति ठिक ढङ्गले अघि बढन नसकेको हो की जस्तो भान भइरहेको छ । राजनीति गर्ने नेता देश र जनता प्रति इमान्दार हुनुपर्ने हो, त्यो अझै देखिन सकेन । राजनीति गर्ने भनेको देश र जनताका लागि हो । यहाँ त राजनीति आफनै स्वार्थका लागि गरेको देखियो । यसरी देश र जनताको उन्नति र प्रगति हुन सक्दैन । नेपालको राजनीतिमा नेता धनी बन्दै जाने अबस्था देखियो । देश र जनताको अबस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । जनताको जीवनमा कुनै परिवर्तन आउन सकेन । ब्यवस्था बदलियो तर जनताको अवस्था उस्तै छ । यसरी राजनीति चल्दैन । राजनीतिक दल र तिनका नेताहरूले जनताको पक्षमा काम गर्न सक्नुपर्छ । देशलाई अघि बढाउने काम राजनीति दल र तिनका नेताको हो । राजनीतिक दलले आ–आफ्नै प्रकारले आस्था र सिद्धान्तको तय गरेका हुन्छन् । तर, त्यस अनुसार काम गरेको देखिएन । सिद्धान्त एकातिर ब्यवहार अर्को तिर गर्ने ...
नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा शनिवार अन्तर्राष्ट्रिय रेस्लिङ हुदै

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा शनिवार अन्तर्राष्ट्रिय रेस्लिङ हुदै

खेलकुद, समाचार
नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनले काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लिङ सञ्चालन गर्ने भएको छ । मंसिर १८ गते शनिबार काठमाडौंको भृकुटीमण्डपमा हुने रेस्लिङ महाभिडन्तमा विभिन्न देशका विभिन्न खेलाडीहरुले खेल देखाउँदैछन् । कार्यक्रममा अमेरिका, पाकिस्तान, भारत र नेपाली खेलाडीहरुको उपस्थिति रहने फाउन्डेसनको संस्थापक अध्यक्ष एवं नेपालको पहिलो महिला रेस्लर भगवती खड्का युनिकाले जानकारी दिएकी छिन् । छैटौं पटक भृकुटीमण्डपमा अमेरिकी महिला खेलाडी पोलान्को नेफ्रेटिरीसँग नेपाली चर्चित महिला खेलाडी जुरेली, पाकिस्तानी खेलाडी कोभु ब्रान्डनसँग कुमार थापा नेपाली ब्रो भिंड्दै छन् । त्यस्तै, भारतीय खेलाडी गोपाल शर्मासँग पाकिस्तानी जोर्डन हुर्‍र र नेपाली महिला खेलाडीहरु स्नेहा थापा मगर, जमुना तामाङ, गीता जिरेल, मनिषा रानाभाट, सपना तामाङलगायत अन्य खेलाडीहरुसहित अन्तर्राष्ट्रिय रेस्लिङ्ग महाभिडन्त हुनेछ । कार...
वरिष्ठ सौन्दर्यकर्मी मंजिला सुवेदीलाई ग्लोबल ईन्टरनेशनल अवार्ड

वरिष्ठ सौन्दर्यकर्मी मंजिला सुवेदीलाई ग्लोबल ईन्टरनेशनल अवार्ड

आर्थिक, समाचार
नेपालकी वरिष्ठ सौन्दर्यकर्मी  मंजिला सुवेदी  अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुनु भएको छ । उहाँले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएई रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथीहरुको हातबाट उक्त अवार्ड प्राप्त गर्नु भएको हो । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सौन्दर्य विशेषज्ञ विधाबाट अवार्ड सुवेदीले अवार्ड पाउनु भएको हो  । सौन्दर्य क्षेत्रको बर्षौ लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उहाँ  ने...
नेपाली नायक श्रीदेव भट्टराईलाई दुवईमा ‘विशेष नायक सम्मान’

नेपाली नायक श्रीदेव भट्टराईलाई दुवईमा ‘विशेष नायक सम्मान’

मनोरन्जन, समाचार
काठमाडौं। नायक श्रीदेव भट्टराई लाई महत्वपूर्ण चलचित्र सम्मान मिलेको छ । उनले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएईका रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त सम्मान प्राप्त गरेका हुन । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । सो अवसरमा ईभेन्ट डाईरेक्टर सोनीत राज ढुंगेल,दुवईमा वसेर मनोरन्जन क्षेत्रमा सक्रिय मोडल आशिष पुरुष,ईनास युएईका अध्यक्ष एमडि बोहोरालाई समेत सम्मान गरिएको थियो । कलाकारिताको क्षेत्रमा करीब दुई दसकको लामो अनुभव साथै चलचित्रको छेत्र, देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप भट्टराईलाइ नेपालबाट उक्त सम्मानको लागि छनौटमा प...
एनप्लस प्रोफेसनलका ६ नयाँ उत्पादन बजारमा

एनप्लस प्रोफेसनलका ६ नयाँ उत्पादन बजारमा

आर्थिक, समाचार
एनप्सल प्रोफेसनले ६ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ६ वटा नयाँ सौन्दर्यका सामाग्री सार्वजनिक गरेको हो । सौन्दर्यका सामाग्रीलाई भारतको प्रख्यात ब्रान्ड नन्दीनी हर्वल प्रालीले उत्पादन गरेको हो । केही महिना अघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका कारण ढिलो गरी सामाग्री सार्वजनिक गर्नु परेको कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्वानीले बताउनु भयो । सौन्दर्य सामाग्रीहरुको परिक्षण र निरिक्षणमा सरकारले चाँसो नराख्दा नक्कली सामाग्रीहरु बजारमा आइरहेकाले सचेत रहन एनप्लस प्रोफेसलनका क्षेत्रीय बजार व्यवस्थापक पदम शर्माले आग्रह गर्नु भयो । उहाँले एनप्सल प्रोफेसनलका नयाँ ६ वटा सामाग्री ढुक्कले प्रयोग गर्न सुझाव समेत दिनुभएको थियो । उत्पादित सामाग्रीको प्रचारमा आफूले सञ्चार माध्यमसँग साझेदारी गरेर अगाडी बढ्ने ब्राण्ड एम...
दसौं महाधिवेशनमा एमाले

दसौं महाधिवेशनमा एमाले

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, दसौं महाधिवेशनमा एमाले यति बेला नेकपा एमाले दसौं महाधिवेशनमा छ। चितवनमा हुन गइरहेको यो महाधिवेशनले बिशेष महत्व राखेको छ । राजनीतिक दलहरूले यतिबेलाको समयलाई महाधिवेशनको समय बनाएका छन्। देश नै राजनीतिक महाधिवेशनमय बनेको छ। एमालेको महाधिवेशनलाई धेरैले विशेष चासोका साथ नियालिरहेका छन्। आगामी एमाले कस्तो हुने बहस भइरहेको छ। त्यसैले उतारचढाव, टुटफुट र एकताको बीचबाट हुन लागेको यो महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ । पार्टीलाई नेपाली कम्युनिस्ट आन्दोलनको भरोसा योग्य पार्टी बनाउने गरी दसौं महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने भनाई हो। एमाले महाधिवेशन कसरी सम्पन्न हुन्छ भन्ने बिषयले यतिबेला निकै महत्त्व पाएको छ। किनकि टुटफुट र एकताको आधारमा यो महाधिवेशन सम्पन्न हुन गइरहेको छ । देशको नेतृत्व गर्ने पार्टी संग दुरदर्शीता चाहिन्छ । त्यो सबै नेतामा हुनु पर्छ । आजको दुनियामा दु...
सर्लाहीका साह बने देशकैं कान्छा महाधिवेशन प्रतिनिधि

सर्लाहीका साह बने देशकैं कान्छा महाधिवेशन प्रतिनिधि

राजनीति, समाचार
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ चितवनमा जारी छ । एमालेको देशभर रहेका साढे ८ लाखभन्दा बढी संगठित सदस्यहरुमध्ये चुनिएका करिब २४ सय महाधिवेशन प्रतिनिधिले यस महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछन । एमाले महाधिवेशनमा युवाहरुको उल्लेख्य सहभागिता रहेको छ । जसमा सर्लाहीका चन्द्र भुषण साह नेपालकै कान्छा प्रतिनिधि बन्न सफल भएका छन् । विगतमा विद्यार्थी राजनीति गरेका युवा नेता साह जम्मा २८ वर्षका भएका छन् । सर्लाहीका ईश्वरपुर नगरपालिका निवासी साह युवाहरुमाझ चर्चित नेता हुन् । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्र र राजनीतिशास्त्र दुईटै संकायमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी कानुनशास्त्रका विद्यार्थी समेत हुन । ...