आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
कृष्ण रसालको कोरियोग्राफमा ‘के पारा हो यस्तो’ सार्वजनिक(भिडियो)

कृष्ण रसालको कोरियोग्राफमा ‘के पारा हो यस्तो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
कृष्ण रसालको कोरियोग्राफमा रहेको गीत ‘के पारा हो यस्तो’ सार्वजनिक भएको छ । मनोज लकान्द्रिको स्वर र समिर आचार्यको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=6yyzgkPTpJc पेन्टर कृष्णको निर्देशन रहेको गीतको भिडियोमा अर्चना डी क्षेत्रीको अभिनय छ । ओम गोर्खालीको छायाँकन र मिन विश्वकर्माको सम्पादन रहेको भिडियोमा अष्ट्रेलियाका सुन्दर दृश्य कैद गरिएको छ । सबैको मिहिनेतबाट एउटा राम्रो गीतको भिडियो बनेको र दर्शक स्रोताले मन पराउनेमा आफू आशावादी रहेको कोरियोग्राफर रसालले बताउनुभयो ।  भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । ...
नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त

नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त

राजनीति, समाचार
नेपाल साँस्कृतिक संघको केन्द्रीय महामन्त्रीमा गणेश सुवेदी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक भातृ संस्था नेपाल साँस्कृतिक संघले केन्द्रीय महामन्त्रीमा चलचित्रकर्मी, तथा गीतकार गणेश सुवेदीलाई नियुक्त गरेको हो । सुवेदीले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई कला, साहित्य, संगीत, नाट्य एवम् श्रव्यदृश्य सामाग्रीमार्फत जनता सम्म पुर्‍याउने उद्देश्यले स्थापित नेपाल सांस्कृतिक कर्मीहरूको हक हित संरक्षणका लागि योगदान गर्दै आउनुभएको छ । मुलुकमा निकट भविश्यमा सम्पन्न हुन गइरहेको तीनै तहका निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन संघले साँस्कृतिक गतिविधि गर्ने तथा संघको तेस्रो महाधिवेशनलाई यथाशीघ्र सम्पन्न गर्न मिति २०७८ माघ २२ गते शनिबारको दिन नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्य समितिको पूर्ण वैठक सम्पन्न गरेको छ । लोकतन्त्र प्रति विश्वास राख्ने समग्र साँस्कृतिकक...
“अनलाईन एक्टिङ कम्पिटिसन” को आयोजना हुने

“अनलाईन एक्टिङ कम्पिटिसन” को आयोजना हुने

मनोरन्जन, समाचार
काठमाडौं । ग्रेट भिजन मिडियाको प्रस्तुतिमा “अनलाईन एक्टिङ कम्पिटिसन,२०२२” को आयोजना हुने भएको छ । आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष के.डी भट्टराईले दिएको जानकारी अनुसार माघ १५ गतेबाट प्रतियोगिताको आवेदन फाराम खुल्ला रहनेछ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको त्रासको बीचमा पनि मनोरंजन दिने र नयाँ प्रतिभा बाहिर लिएर आउने हेतुले “अनलाईन एक्टिङ कम्पिटिसन,२०२२” को आयोजना गर्न लागेको भट्टराईले बताए । उनले दिएको जानकारी अनुसार यस प्रतियोगितामा भाग लिनको लागि प्रतिस्पर्धीहरुले २ देखि ५ मिनेट सम्मको भिडियो आफ्नै आवाजमा रेकर्ड गराएर पठाउनु पर्नेछ। यदि भिडियोमा कपिराइट लागेको खण्डमा प्रतियोगिलाई डिस्क्वालिफाई गरिने बताइएको छ। प्रतियोगिताको निर्णायकको रुपमा निर्देशक अनिल बि. डि.आर, जादुगर तथा कलाकार राजेन्द्र गिरि(गुन्द्रुके), आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष एवम् फेसन कोरियोग्राफ...
रामप्रसाद खनालको “एउटा ढुकुर उडिगयो” सार्वजनिक(भिडियो)

रामप्रसाद खनालको “एउटा ढुकुर उडिगयो” सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नेपालबाट भर्खर अमेरिका फर्केका  वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनालले अमेरिकाबाट आफ्नो अर्को नयाँ र फरक शैलीको सेन्टिमेन्टल दोहोरी गीत “एउटा ढुकुर उडिगयो” युट्युबबाट संसारभर र नेपालमा जनता टेलिभिजन, जनता टेलिभिजनबाट एक साथ रिलिज  गरेका छन् । https://www.youtube.com/watch?v=6ROhNu-sR04 दोहोरी गीत लाने र ल्याउने मात्र हुँदैनन्, कथा र व्यथाका पनि बन्छन्, फरक शैलीका पनि बन्छन्, त्यही फरक शैलीको प्रयोग गरेको छु मैले यो गीत “एउटा ढुकुर उडिगयो” मा रामप्रसाद खनाल भन्छन् । खनालको आफ्नै शब्द र अभिनयमा आएको नयाँ गीतमा सुनिता बुढाले खनाललाई स्वरमा साथ दिएकी छिन भने अभिनयमा शोभा त्रिपाठीको मिठो साथ रहेको छ । त्यसै गरी खनाललाई निर्मल शर्माले निर्देशन र अभिनयमा दुबैमा साथ दिएका छन् । थानेस्वर गौतम को सङ्गीत, कमल सरगमले सङ्गीत संयोजन गरेको यो गीत रामप्रसाद खनालको बाउन्नौँ एल्बम...
गीतकार लोकराजले नायिका बर्षालाई भने “राजनिती चल्दैन ” (भिडियो)

गीतकार लोकराजले नायिका बर्षालाई भने “राजनिती चल्दैन ” (भिडियो)

मनोरन्जन, समाचार
भन्छन- सम्बन्धमा “राजनीति चल्दैन ” प्रणय दिवश अर्थात भ्यालेन्टाइन डे नजिकिदै छ । एकातिर राजनीतिक सरगर्मी पनि बढेको छ । चारै तिर राजनीति चलेको बेला प्रसिद्ध गीतकार लोकराज अधिकारी भने “राजनीति चल्दैन “भन्दैछन । ” हाम्रो सम्बन्धमा राजनीति चल्दैन ” बोलको नयाँ र फरक शैलिको गीतकार अधिकारीको गीतमा गायक कृष्ण काफ्लेको स्वर रहेको छ । शुक्रबार सार्बजनिक भएको ‘राजनीति चल्दैन’ बोलको गीतको म्युजिक भिडियोमा नायिका वर्षा शिवाकोटी, मोडेल सुधिर श्रेष्ठ र रोशन केसीको अभिनय देख्न सकिन्छ । https://youtu.be/xEqonIuMzDU अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा संगीत संयोजन रिदम कँडेलको रहेको छ । निशान घिमिरेको निर्देशन गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन हरि हुमागाईंले गरेका हुन् भने भिडियोको कोरीयोग्राफी टीम एमडिएको रहेको छ । सबैतिर खराब राजनीति चलेपनी पार्टी नै फुटेपनी माया-प्रेममा सम्बन्धमा खराब राजन...
चाैध प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीले दिए फाेनबाटै निर्देशन

चाैध प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीले दिए फाेनबाटै निर्देशन

राजनीति, समाचार
गृहमन्त्री बालकृष्ण खाणले जिल्लाको शान्ति सुरक्षाको विषयमा १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गरेका छन् । विहिबार विहानै प्रजिअहरूसँग जिल्लामा कोभिड–१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ संक्रमण, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या पुग अपुग के छ ? पठाउनु पर्छ कि पर्दैन ? जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भन्दै कुराकानी गरेका हुन् । गृहमन्त्री खाणले प्रमुख जिल्ला अधिकारीहरू इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), धर्मेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन संवाद गरेका हुन् । त्यसैगरी चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल...
दिपेन गुरुङको ‘स्वतन्त्र’ सार्वजनिक (भिडियो)

दिपेन गुरुङको ‘स्वतन्त्र’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गायक दिपेन गुरुङ ‘एकेए बबाल’ र्‍याप गीत ‘स्वतन्त्र’ सार्वजनिक भएको छ । दिपेनकै शब्द, कम्पोज र निर्माण रहेको गीत ‘स्वतन्त्र’को भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=wiGYne30p0U नेपाली चलचित्र निर्देशन गरिसक्नु भएका सुयोग गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दिपेनसँगै दिव्य दृष्टिको अभिनय रहेको छ । म स्वतन्त्र भइ बाच्न चाहन्छु, मलाई स्वतन्त्र छोडिदेउ भन्ने भाव रहेको गीतको भिडियोमा अन्य कलाकारलाई पनि देख्न सकिन्छ । गीतको भिडियो हङकङका विभिन्न स्थानमा छायाँकन गरिएको छ । दिपेनका यसअघि ‘भोटेको छोरा’, ‘जा कोरोना जा’ लगायतका र्‍याप गीत लोकप्रिय रहेका छन् । आफ्ना यसअघिका गीतलाई जस्तै ‘स्वतन्त्र’लाई पनि दर्शक/स्रोताले मन पराउनेमा आफू आशावादी रहेको दिपेनले बताउनुभयो । ...
३ हजार ५४० जना कोरोना सङ्क्रमित थपिए,३२ जनाको मृत्यु

३ हजार ५४० जना कोरोना सङ्क्रमित थपिए,३२ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा १३ हजार १४५ जनामा परीक्षण गर्दा ३ हजार ५४० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार ९१० जनामा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ४९ जनामा र ३ हजार २३५ जनामा एन्टीजेन परीक्षण गर्दा ४९१जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९.५ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३२ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७३७ पुगेको छ । यसैगरी देशमा हालसम्म ८३ हजार ९९९ जना सक्रिय सङ्क्रमित रहेका छन् । ...
मधुमेह के हो ? कारण र रोकथामका उपाय

मधुमेह के हो ? कारण र रोकथामका उपाय

समाचार, स्वास्थ्य
– डा.प्रियादर्शिनी योन्जन, काठमाडौं । मधुमेहको विरामी तीब्र गतिमा वढिरहेको छ । हाल विश्वभर ५३७ मिलियन भन्दा वढिको संख्यामा मधुमेह रोगी रहेका छन । मधुमेह एउटा गम्भिर र दीर्घ रोग हो । समयमा उपचार गरिएन भने यस रोगले विभिन्न अंगहरुलाई हानी पुर्याउन सक्छ । मधुमेह कुनै पनि उमेर, लिङ्ग र जातिको मानिसलाई हुन सक्ने रोग हो । मधुमेह अथवा डायवेटीज ग्रीक शव्द Siphon बाट आएको हो । Melltus  मेलिटस ल्याटिन शव्द हो । जसको अर्थ मिठो (गुलीयो) हो ।छैठौं शताव्दीमा भारतमा सुश्रुत नामका उपचारकर्ताले मधुमेह पहिचान गरे र यसलाई मधुमेको नाम दिएका थिए । मधुको अर्थ मह हो । प्राचिन समयका भारतीयहरु मानिसको पिसाबमा आकर्षित भएको देखेर मधुमेहको परिक्षण गर्थे ।सन १७७६ मा म्याथ्यु डोव्सनले मधुमेहको बिरामीको पिसाबमा चिनीको मात्रा बढि भएको कारण मधुमेह रोगीको विसाबको स्वाद मिठि भएको पुष्टि गरेका थिए ।सन् १८८९ मा जोसेफ ...
सिटी मन्टेश्वरीलाई ब्रिटिश काउन्सिलबाट ईन्टरनेशनल स्कूल अवार्ड

सिटी मन्टेश्वरीलाई ब्रिटिश काउन्सिलबाट ईन्टरनेशनल स्कूल अवार्ड

शिक्षा, समाचार
सिटी मन्टेश्वरीलाई ब्रिटिश काउन्सिलबाट ईन्टरनेशनल स्कूल अवार्डको सम्मान प्राप्त भएको छ ।करिब एक वर्षदेखि ब्रिटिश काउन्सिलमा ईन्टरनेशनल अवार्डका लागि सहभागिता जनाउदै आएको अनामनगरमा रहेको सिटि मन्टेश्वरीले यो वर्ष फुल अवार्डडेड भई ईन्टरनेशनल स्कूलको परिचय बनाउन सफल भएको छ । करिब २०० भन्दा बढि विद्यार्थीहरु रहेको सिटि मन्टेश्वरीमा कक्षा एलकेजी देखि कक्षा तीन सम्मका विद्यार्थीहरु उक्त प्रोजेक्टमा सहभागी भएका थिए । आठ वटा प्रोजेक्टमा विभिन्न देशका विभिन्न स्कूलका विद्यार्थीहरुलाई भर्चुयल माध्यमबाट कक्षा संचालन गरि प्रोजेक्टमा सहभागि गराइएको थियो । विश्वव्यापी शिक्षाको अवधारणा अनुसारको विषयहरुको जवाफ दिनुपर्ने भएकोले स -साना बालवालिकालाई सिटि मन्टेश्वरीका विद्यार्थीहरुलाई केहि असहज लागे पनि अनुभवी शिक्षक शिक्षिकाको अथक प्रयासले यो सम्भव भएको मन्टेश्वरीका प्रिन्सिपल पुष्पा रिजालले जानकारी ...