आजदेखि काठमाडौं उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सन एण्ड जोन्सनको कोभिड खोप अभियान सुरु
आजदेखि काठमाडौं उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सन एण्ड जोन्सनको कोभिड खोप अभियान सुरु हुँदैछ।
अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटीअन्तर्गत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप लगाउन लागिएको हो। यो खोप एक पटक लगाए मात्रै लगाए पुग्नेछ।
जाेन्सनकाे १५ लाख ३४ हजार ४५० डाेज काेभ्याक्स सुविधामार्फत् नेपाललाई उपलब्ध गराएकाे हाे।
खोप अभियानको पहिलो तथा दोस्रो दिन ५३ देखि ५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरु, पूर्ण र अति अशक्त अर्थात् अपांगताको क र ख वर्ग व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणार्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहने बताइएको छ।
साथै, यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइनेछ। खोप अभियानको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिसकेका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा गत मंगलबार बसेको कोभिड–...





