अदुवाको औषधीय गुण
हाम्रो भान्सामा दैनीक जसो हामी अदुवा प्रयोग गर्छौं । अदुवाको प्रयोगले हाम्रो खाना मिठो तथा स्वादिलो बनाउँदछ । अचार बनाउन तथा तरकारीमा हालेर हामी यसलाई खान्छौ । तर हामी कतिपयलाई अदुवा औषधिको रुपमा पनि प्रयोग गरिन्छ भनेर थाहा नहुन सक्छ । यस आलेखमा अदुवाको औषधीय गुणको बारेमा प्रस्ट पार्न खोजिएको छ ।
१ खाना खानु अघि एक टुक्रा अदुवामा सिधेनून अथवा अरु नै नून मिलाएर खाएमा अरुचि रोग हुँदैन । जसले गला जिब्रो सफा हुन्छ । भोक बढाउँछ ,भुँडीमा पाचन रस बनाउँछ , पखाला तथा दिशा सम्बन्धी केही रोग भए ठीक हुन्छ । खाना खाए पस्चात् एक टुक्रा अदुवा खाने गरे अरोचक रोग आउँदैन ।
२ अदुवाको रसमा बराबर मौरीको मह मिलाएर खाएमा श्वास रोग,कफ बिकार,मन्दाग्नि,रुघा,अमन हुने,वातज अण्डवृद्धि र सास बढ्ने रोगमा लाभ हुन्छ ।
३.कागतीको रसमा अदुवा मिलाएर खानाले पैत्तिक मन्दाग्निमा,खक्खरमा मिलाएर खानाले अजीर्णमा,पुरानो गु...







