बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

समाज

क्यानडामा विभिन्न क्षेत्रका ११ व्यक्तित्वलाई ‘प्रोफेशनल अचीभमेन्ट अवार्ड ‘

क्यानडामा विभिन्न क्षेत्रका ११ व्यक्तित्वलाई ‘प्रोफेशनल अचीभमेन्ट अवार्ड ‘

समाचार, समाज
टोरन्टो (क्यानडा), कात्तिक १५ गते। क्यानडामा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका नेपाली तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई  ‘प्रोफेशनल अचीभमेन्ट अवार्ड क्यानडा २०२६’ प्रदान गरिएको छ। सिजन मिडिया प्रालि नेपालको आयोजनामा आइतबार क्यानडाको मिसिसागास्थित हक्का खजानामा आयोजित समारोहमा विभिन्न क्षेत्रका ११ जना व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको गरिएको हो। पत्रकारिता, अध्यागमन कानुन, शिक्षा, उद्यमशीलता, वित्तीय व्यवस्थापन, रियल इस्टेट, संगीत, सञ्चार तथा सामुदायिक सेवाका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। सम्मानित हुनेमा खसोखास डटकमका प्रधान सम्पादक किशोर पन्थीलाई नेपाली डायस्पोरा पत्रकारिता, अमेरिकी अध्यागमन कानुन व्यवसायी बासु फुलारालाई अध्यागमन कानुन, अनोखी लाइफ तथा द ओपन चेस्ट कन्फिडेन्स एकेडेमीकी सं...
भव्य ‘द ग्ल्याम नाइट’पछि  ‘मिसेस नेपाल वर्ल्ड’ को प्रतीक्षा

भव्य ‘द ग्ल्याम नाइट’पछि ‘मिसेस नेपाल वर्ल्ड’ को प्रतीक्षा

मनोरन्जन, समाचार, समाज
मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम सम्पन्न भएको छ । धापासीस्थित द रामालयमा आयोजित कार्यक्रममा प्रतियोगीहरूले डिजाइनर श्री आभी बुटिकका आकर्षक पहिरनमा र्‍याम्प वाक गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । मिसेस नेपाल वर्ल्ड २०२६ की प्रतियोगी नम्बर ४ ऋचा शर्माले विवाहित महिलाहरूको आत्मविश्वास बढाउन र प्रतिभा प्रदर्शन गर्न प्रतियोगिता राम्रो मञ्च बनेको बताइन् । ललितपुरको धोबीघाटमा बस्दै आएकी शर्माले मिसेस नेपाल वर्ल्डमा सहभागी हुनु आफ्नो सपना रहेको उल्लेख गरिन् । महिलाहरूलाई अगाडि बढ्ने चाहना हुँदाहुँदै पनि विविध कारणले नसक्ने भन्दै उनले प्रयास नगरेसम्म आफ्नो क्षमता र सीमाबारे थाहा नहुने बताइन् । महिलाहरूले आफ्ना इच्छा र बाल्यकालदेखि अधुरा रहेका चाहना पूरा गर्न यस्ता अवसरको उपयोग गर्नुपर्ने उनको भनाइ छ । ‘यो महिलाहरूका लागि...
बुद्धका शान्ति र पञ्चशीलका सन्देश मानव जीवनका मार्गदर्शक

बुद्धका शान्ति र पञ्चशीलका सन्देश मानव जीवनका मार्गदर्शक

समाचार, समाज
थारु भाषामार्फत गौतम बुद्धका उपदेशको महत्व उजागर गर्दै प्रदेश सभा सदस्य पाठकले भने– पञ्चशीलको पालना गरे मानव समाज दुःख र अशान्तिबाट मुक्त हुन सक्छ कैलाली, बसन्ता ।सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय धर्मराज पाठकको प्रमुख आतिथ्यतामा कैलारी गाउँपालिका–७, बसन्तास्थित बुद्ध विहार, बुद्ध मन्दिर तथा सुईती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ३ महिने वर्षावास अधिष्ठान कार्यक्रम–२०८३ सम्पन्न भएको छ। बसन्ता मिनिपार्कको प्राङ्गणमा आयोजित उक्त धार्मिक तथा सामाजिक कार्यक्रममा बुद्ध विहारका अध्यक्ष कमल बहादुर पुन मगरको अध्यक्षता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य धर्मराज पाठकले बौद्ध भिक्षुहरूको तीन महिने वर्षावास अधिष्ठान कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै यसले अनुशासन, आध्यात्मिक चिन्तन र सामाजिक सद्भाव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उ...
सुदूरपश्चिमका पहिलो नायक अम्बिका आचार्यकी छोरी स्तुति परिवार नियोजन संघको कार्यसमितिमा

सुदूरपश्चिमका पहिलो नायक अम्बिका आचार्यकी छोरी स्तुति परिवार नियोजन संघको कार्यसमितिमा

समाचार, समाज
कैलाली । नेपाल परिवार नियोजन संघ, कैलाली शाखाको ३३औँ अधिवेशनबाट जनकराज जोशी अध्यक्षमा निर्वाचित भएका छन्। नवगठित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ। निर्वाचन परिणामअनुसार शाखाको कोषाध्यक्षमा चिरञ्जीवी पाठक निर्वाचित भएका छन्। त्यस्तै महिला सदस्यतर्फ भगवती बडाल र भुवनेश्वरी मल्ल विजयी भएका छन्। विशेषज्ञ सदस्यतर्फ विभिन्न क्षेत्रका प्रतिनिधिहरू चयन भएका छन्। जसमा अपाङ्गता क्षेत्रबाट कुश्मा जोशी, कानुनतर्फ सुभाषचन्द्र उपाध्याय, अर्थतर्फ रञ्जना जोशी र प्रजनन स्वास्थ्यतर्फ कालीप्रसाद पडाल निर्वाचित भएका छन्। त्यसैगरी किशोर–युवा सदस्यतर्फ मोनिका वड र स्तुति आचार्य तथा युवा सदस्यमा रोशनी चौधरी चयन भएकी छन्।स्तुति आचार्य सुदुर पश्चिमका पहिलो नायक भनेर परिचित अम्बिका आचार्यकी सुपुत्री हुन । नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षमा परिवार नियोजन सेवा विस्तार, प्रजनन स्वास्थ्य प्रवर...
डा. पोखरेल, वियोगी र न्यौपानेलाई डायमनशमशेर राणा प्रतिभा सम्मान

डा. पोखरेल, वियोगी र न्यौपानेलाई डायमनशमशेर राणा प्रतिभा सम्मान

समाचार, समाज
उपन्यासकार डायमनशमशेर राणाको १०९औँ जन्मजयन्तीका अवसरमा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानले राणाका ऐतिहासिक उपन्यासका विषयमा विद्यावारिधि गरेका डा. टीकाराम पोखरेल, उनका विषयमा ‘डायमनश्री’ महाकाव्य लेखेका माधव वियोगी र राणाका विषयमा खोज अनुसन्धान गरेका उपप्राध्यावक डा. विष्णु न्यौपानेलाई डायमनशमशेर राणा प्रतिभा सम्मान÷पुरस्कार प्रदान गरेको छ ।डायमनशमशेर राणाका ऐतिहासिक उपन्यासमा इतिहास र कल्पनाको प्रयोगको सीमा, त्यसको ऐतिहासिकता र ऐतिहासिक उपन्यासमा औपन्यासिक शिल्प र कलाको तादाम्यता कसरी हुनुपर्छ र इतिहास र उपन्यास बिचको सन्तुलन कसरी कायम गर्नुपर्छ भन्ने कुराको सैद्धान्तिक आधारमा पोखरेलले डायमनशमशेरको उपन्यासहरुको अध्ययन गरी वि. सं. २०६६ सालमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको हो । यसैगरी वियोगीले डायमनशमशेरको जीवनी र कृतिलाई आधार मानी डायमनशमशेरलाई महाकाव्यको नायकको रुपमा...
बौद्ध अम्बेडकर पार्क निर्माण सुरु, बुद्ध प्रतिमा अनावरण

बौद्ध अम्बेडकर पार्क निर्माण सुरु, बुद्ध प्रतिमा अनावरण

समाचार, समाज
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कैलालीको घोडाघोडी नगरपालिका–१० स्थित बुलबुलेमा भगवान गौतम बुद्धको प्रतिमा अनावरण गर्नुका साथै बौद्ध अम्बेडकर पार्कको शिलान्यास गर्नुभएको छ। नेपाल बौद्ध अम्बेडकर महासभाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रदेश प्रमुखले बुद्ध प्रतिमाको अनावरण तथा पार्कको शिलान्याससँगै वर र पीपलका बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको समेत शुभारम्भ गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुखले सुदूरपश्चिम प्रदेश बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न प्रदेश भएकाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो। उहाँले यस्ता स्थलहरूले प्रदेशको पहिचान, सामाजिक सद्भाव र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो। प्रदेश प्रमुखले कार्यक्रमस्थलमा रहेको प्राकृतिक पा...
१५३ विश्व कीर्तिमानी स्रष्टा डा.डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण

१५३ विश्व कीर्तिमानी स्रष्टा डा.डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण

समाचार, समाज
काठमाडौं – नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप मासिकको संयुक्त आयोजनामा सम्पन्न उक्त समारोह केवल पुस्तक विमोचनको औपचारिक कार्यक्रममा सीमित रहेन, बरु समकालीन नेपाली साहित्यको भावधारामाथि गम्भीर विमर्श र संवेदनशील संवादको सशक्त मञ्चका रूपमा स्थापित भएको थियो । सभाहलमा उपस्थित साहित्यकार, राजनीतिज्ञ, इतिहासविद्, गीतकार, कलाकार तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई विशेष गरिमा प्रदान गरेको थियो । कार्यक्रमका प्रत्येक क्षणमा साहित्यप्रतिको सम्मान, सिर्जनाप्रतिको अनुराग र समाजप्रतिको उत्तरदायित्वको स्पष्ट अनुभूति देखिएको थियो । कार्यक्रमका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली रहेका थिए भने प्रमुख अतिथि सा...
हरित र स्वच्छ नेपाल निर्माणमा योगदान पुर्‍याएको भन्दै नेपाल फुलवारी सम्मानित

हरित र स्वच्छ नेपाल निर्माणमा योगदान पुर्‍याएको भन्दै नेपाल फुलवारी सम्मानित

समाचार, समाज
काठमाडौं । फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप नेपाल फुलवारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस लाई प्रतिष्ठित ईन्भारमेन्टल एक्सिलेन्स अवार्ड -२०२६  प्रदान गरिएको छ । लक्जरी ईभेन्टस एण्ड ईन्टरटेनमेन्टद्वारा आयोजित उक्त सम्मान समारोह २०८३ साल जेठ २ गते नेपाल फिल्म डेभलपमेन्ट बोर्ड मा विभिन्न विशिष्ट व्यक्तित्व तथा अतिथिहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको हो । संस्थाले फोहोर संकलन, पुनः प्रयोग (रिसाइक्लिङ), प्रदूषण नियन्त्रण तथा दिगो वातावरणीय अभ्यासमार्फत स्वच्छ, स्वस्थ र जिम्मेवार समाज निर्माणमा पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । नेपाल फुलवारी वेस्ट थ्रीआर पोलुसन कन्ट्रोल सर्भिस ले सञ्चालन गर्दै आएका प्रभावकारी वातावरणीय अभियान तथा जिम्मेवार फोहोर व्यवस्थापन...
साल्ट ट्रेडिङ्गकी प्रमुख उर्मिला श्रेष्ठ सर्वोत्कृष्ट व्यबस्थापक एवं राष्ट्रसेवक सम्मानबाट सम्मानित

साल्ट ट्रेडिङ्गकी प्रमुख उर्मिला श्रेष्ठ सर्वोत्कृष्ट व्यबस्थापक एवं राष्ट्रसेवक सम्मानबाट सम्मानित

आर्थिक, समाचार, समाज
महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी सफल व्यवस्थापक उर्मिला श्रेष्ठ लाई ‘ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’ प्रदान गरिएको छ । काठमाडौंको होटल मक्र्युरमा सम्पन्न भव्य समारोहका वीच देशका प्रतिष्ठित व्यक्तित्वहरुका वीच उहांलाई उक्त अति विशिष्ट सम्मान प्रदान गरिएको थियो ।  व्यावसायिक दक्षता, संस्थागत नेतृत्व, सामाजिक उत्तरदायित्व तथा राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको कदरस्वरूप श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । लामो समयदेखि उद्योग, व्यापार तथा व्यवस्थापन क्षेत्रमा सक्रिय श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनुभएको छ । उहाँको नेतृत्वमा निजी क्षेत्रको सुदृढीकरण, महिला उद्यमशीलताको प्र...
बुद्ध जयन्तीमा धनगढी गुञ्जियो शान्तिको सन्देश: १३,४३० पाइला पदयात्रा

बुद्ध जयन्तीमा धनगढी गुञ्जियो शान्तिको सन्देश: १३,४३० पाइला पदयात्रा

समाचार, समाज
धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाँको प्रमुख आतिथ्यतामा २५७० औँ बुद्ध जयन्ती धनगढीमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। धर्मोदय सभा शाखा तथा लोकचक्र बुद्ध विहार, धनगढी–१ को आयोजनामा सम्पन्न कार्यक्रममा शान्ति पदयात्रा, धार्मिक तथा सांस्कृतिक गतिविधि, ध्यान शिविरलगायतका कार्यक्रमहरू आयोजना गरिएको थियो। शान्ति पदयात्रा संयोजक जितु तुलाधरको नेतृत्वमा सञ्चालन गरिएको पदयात्रा १३,४३० पाइला तय गर्दै सम्पन्न भएको हो। उक्त पदयात्रा बुद्ध मन्दिरबाट सुरु भई धनगढी चौराहा पुगेर पुनः बुद्ध विहारमा समापन गरिएको थियो। पदयात्रामा सहभागीहरूले बुद्धका शान्ति सन्देश बोकेका प्लेकार्डसहित विभिन्न नाराहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा धम्मरत्न भन्ते, विभिन्न लामा गुरुहरू, बुद्ध मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, आजीवन सदस्य, सुदूरपश्चिमका पहिलो नायक अम्बिका आचार्य, विद्यालयका स...