बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

समाज

जेठ २१ मा विभेद उन्मूलन दिवस भव्य मनाइने, अभियानको सुरुवात पोखराबाट

जेठ २१ मा विभेद उन्मूलन दिवस भव्य मनाइने, अभियानको सुरुवात पोखराबाट

समाचार, समाज
पोखरा । नयाँ वर्ष २०८३ को अवसर पारेर गण्डकी प्रदेशमा “समतामूलक समाज निर्माणतर्फ साझा पहल” भन्ने नारासहित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। महेश गोदारको अवधारणा तथा संयोजकत्वमा आयोजित उक्त कार्यक्रममार्फत समतामूलक समाज निर्माणका लागि “महाअभियान” को औपचारिक सुरुवात गरिएको हो। कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। रूपा गाउँपालिका उपाध्यक्ष लालशुभा गुरुङ विशिष्ट अतिथि रहनुभएको थियो भने वडा नं. ३२ का अध्यक्ष अक्कल बहादुर कार्की विशेष अतिथिका रूपमा सहभागी हुनुभयो। कार्यक्रममा १० वटा विभिन्न संघ–संस्थाहरूको संयुक्त सहभागिता रहेको थियो। मानव अधिकारका क्षेत्रमा क्रियाशील दलित तथा जनजाति समुदायसँग सम्बन्धित संस्थाहरूले सहकार्य गर्दै कार्यक्रम आयोजना गरेका थिए। मानव अधिकारकर्मी, विभिन्न समुदायका प्रतिनिधि तथा स्...
१९ वर्षको सफल यात्रा पार गर्दै ‘नवीन सन्देश’ अब २०औँ वर्षमा

१९ वर्षको सफल यात्रा पार गर्दै ‘नवीन सन्देश’ अब २०औँ वर्षमा

समाचार, समाज
काठमाडौं । नवीन सन्देश मासिक ले सफलतापूर्वक १९ वर्ष पूरा गरी २० औँ वर्षमा प्रवेश गरेको सुखद् अवसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले पत्रिकाको योगदानको प्रशंसा गर्दै पत्रकारिताको जिम्मेवारी र व्यावसायिक वातावरणबारे महत्वपूर्ण धारणा व्यक्त गरेका छन्। कार्यक्रममा पूर्व सभासद् कान्तिका सेजुवालले २० वर्षसम्म पत्रिका निरन्तर सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण भएकाे उल्लेख गर्दै सम्पूर्ण टिमको मेहनत, समर्पण र दृढताले “सुन्दर गोरेटो” कोर्न सफल भएको बताइन्। उनले यतिका वर्षकाे निरन्तरता पत्रकारितामा उदाहरणीय रहेको धारणा राखिन्। त्यसैगरी, मौरिससका महावाणिज्य दूत तथा इपानका अध्यक्ष गणेश कार्कीले २० औँ वर्षमा प्रवेश गरेको अवसरमा बधाई व्यक्त गर्दै पत्रकारिताको मूल मर्म जोगाउनुपर्नेमा जोड दिए। उनले समाचार लेखनमा केवल आकर्षक हेडलाइनमा मात्र केन्द्रित भई सामग्रीको सारलाई क...
ग्लोबल स्टार अवार्डको दोस्रो संस्करण वैशाख ३१ मा होटल मर्क्युरमा

ग्लोबल स्टार अवार्डको दोस्रो संस्करण वैशाख ३१ मा होटल मर्क्युरमा

समाचार, समाज
काठमाडौं — आगामी बैशाख ३१ गते ‘ग्लोबल स्टार अवार्ड’को दोस्रो संस्करण भव्य रूपमा आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रम सुकेधारास्थित होटल मरक्युरमा सम्पन्न हुनेछ, जसका लागि तयारी तीव्र पारिएको छ। अवार्डको आयोजना दक्ष इन्टरनेशनलले गर्दै आएको छ भने संस्थाका प्रमुख तथा आयोजक समितिका अध्यक्ष, वरिष्ठ सेलिब्रेटी मेकअप आर्टिस्ट टेकराज पाण्डेको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिनेछ। यसपटक पनि अवार्डको एसोसियट पार्टनरका रूपमा प्याजेन्ट नेपाल रहनेछ। मुख्य आकर्षण: यस अवार्ड समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका, आ–आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिनेछ। विभिन्न पेशामा लामो समयदेखि सक्रिय रहँदै उल्लेखनीय उपलब्धि हासिल गरेका व्यक्तित्वहरूलाई जुरी टिमको मूल्यांकनका आधारमा छनोट गरिने आयोजकले जनाएको छ। ...
काठमाडौँमा ‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ अवसरमा १११ महिलालाई सम्मान

काठमाडौँमा ‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ अवसरमा १११ महिलालाई सम्मान

आर्थिक, समाचार, समाज
‘अन्तर्राष्ट्रिय नारी दिवस–२०२६’ को अवसरमा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडको आयोजना तथा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा विशेष कार्यक्रम सम्पन्न भएको छ। समाजमा अतुलनीय योगदान पुर्याएका ११ महिला, सामाजिक कार्यमा सक्रिय १०० स्वयंसेवक महिला, महिला निर्वाचन प्रहरी र नेपाल प्रहरीलाई समेत सम्मान गरिएको थियो। पूर्व कुमारी चनिरा बज्राचार्य, सञ्चारकर्मी माल्भिका सुब्बा, अन्तर्राष्ट्रिय खेलाडी करुणा रावत क्षेत्री र अन्य ११ महिला प्रमुख सम्मानित महिला घोषित भए। कार्यक्रममा नेपाल आइडल गङ्गा सोनामको सांगीतिक प्रस्तुति र ‘सर्वनाम’ नाटकघरको नाटक प्रदर्शन पनि गरिएको थियो। कार्यक्रमसँगै पाटनको मंगलबजारमा रक्तदान तथा आँखा जाँच शिविरको कार्यक्रम पनि सम्पन्न भएको थियो, जसमा ७ जनाले रक्तदान गरेका थिए। संस्थाका नेतृत्वकर्ता तथा डिस्ट्रिकका प्रतिनिधिहरूले महिला सशक्ति...
एनसिसि एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव सम्पन्न

एनसिसि एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव सम्पन्न

समाचार, समाज
काठमाडौं । राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालको आठौँ वार्षिकोत्सव प्रधान सेनापति महारथी  अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा  २०८२ पौष १३ गते विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति सिग्देलले राष्ट्रप्रति समर्पित, अनुशासित, नैतिकवान्, इमानदार तथा कर्तव्यनिष्ठ नागरिक उत्पादनमा राष्ट्रिय सेवा दल, नेपालको उल्लेखनीय भूमिकाको प्रशंसा गर्नुभयो। साथै, एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालसँग आबद्ध सबै पदाधिकारी तथा सदस्यहरूले राष्ट्र र समाजका लागि पुर्‍याउँदै आएको योगदानको कदर गर्दै वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा एन.सि.सि. एलुमनाई एसोसिएशन नेपालका केन्द्रीय निर्देशक  पवन कोइरालाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने राष्ट्रिय ...
विश्व हिन्दु युवा कलाकार संघको नयाँ यात्रा सुरु, नेतृत्वमा शिवन पोखरेल

विश्व हिन्दु युवा कलाकार संघको नयाँ यात्रा सुरु, नेतृत्वमा शिवन पोखरेल

समाचार, समाज
विश्व हिन्दु युवा कलाकार संघ-नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको कार्य समिति गठन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कलाकार तथा निर्देशक शिवन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार एवं चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का प्रमुख अतिथि रहनुभएको थियो। साथै विश्व हिन्दु युवा संघ-राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ऋषीकेशजंग शाहको विशेष आतिथ्यता थियो । उक्त अवसरमा शिवन पोखरेलको अध्यक्षतामा विश्व हिन्दु युवा कलाकार संघ-नेपाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको नयाँ कार्य समिति गठन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा गोपाल ढकाल (छन्दे), महिला उपाध्यक्षमा पुजन काफ्ले, महासचिवमा पवन केसी, सचिवमा पवित्रा आचार्य चयन हुनुभएको छ । सह-कोषाध्यक्षमा पुष्कर धनुके, प्रवक्तामा देबेन्द्र शाही तथा प्रेस संयोजकमा पत्रकार प्रकाश बराइली ‘अभिव्यक्ति’ चयन हु...
एनसीसी अल्मुनाईद्वारा दुईदिने तालिम र रक्तदान कार्यक्रम सम्पन्न

एनसीसी अल्मुनाईद्वारा दुईदिने तालिम र रक्तदान कार्यक्रम सम्पन्न

समाचार, समाज
काठमाडौं । एनसिसि अल्मुनाई एशोसिएसन नेपालद्वारा आयोजित दुईदिने विशेष कार्यक्रम—जोखिम न्यूनीकरण तथा सुरक्षा तालिम तथा रक्तदान कार्यक्रम—उत्कृष्ट सहभागिता र प्रभावकारी व्यवस्थापनका साथ सम्पन्न भएको छ। कार्यक्रममा संगठनका सदस्यदेखि नेपाली सेनाका प्रतिनिधिसम्म सक्रिय उपस्थिति रहेको आयोजक समितिले जनाएको छ। मंसिर १३ गते आयोजित जोखिम न्यूनीकरण तथा सुरक्षा तालिममा करिब ६० जना अल्मुनाई सदस्य तथा ३२ जना नेपाली सेनाका प्रतिनिधिहरू सहभागी भएका थिए। तालिममा जोखिम व्यवस्थापनका आधारभूत सिद्धान्त, प्राथमिक उपचारका सीप, आगजनी नियन्त्रणका उपाय तथा व्यावहारिक अभ्यासमार्फत सहायक कौशल विकासमा विशेष ध्यान दिइएको थियो। सहभागीहरूले देखाएको उत्साह, अनुशासन र विषयप्रतिको सक्रियता तालिमको मुख्य उपलब्धि रहेको आयोजकले बताएको छ। तालिम सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको राष्ट्रिय सेवा दल परिवारप्रति आयोजक समितिले ...
थाइल्याण्डमा चौथो स्टार इन्टरनेशनल अवार्ड : नेपाली प्रतिभा र गौरवको अन्तर्राष्ट्रिय सम्मान

थाइल्याण्डमा चौथो स्टार इन्टरनेशनल अवार्ड : नेपाली प्रतिभा र गौरवको अन्तर्राष्ट्रिय सम्मान

समाचार, समाज
बैंकक ।  नेपालका विविध क्षेत्रका प्रतिभाशाली व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित गर्ने उद्देश्यले स्टार इन्टरनेशनलको चौथो संस्करण अवार्ड समारोह थाइल्याण्डको राजधानी बैंककस्थित होटल पिकनिकमा भव्य रुपमा सम्पन्न भएको छ । यसअघि तेस्रो संस्करण पनि थाइल्याण्डमै सम्पन्न गरिएको थियो, जसले यसपटकको कार्यक्रमलाई अझै निरन्तरता र गरिमामय स्वरूप दिएको देखिन्छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका नवनिर्वाचित अध्यक्ष सञ्जय ढकाल, अन्तर्राष्ट्रिय समन्वय परिषद्को एशिया–प्रशान्त क्षेत्रीय उपसंयोजक लोकेन्द्र ओली, सल्लाहकार विश्व बराल (अमेरिका), पूर्व महासचिव सुनील खड्कालगायतका व्यक्तित्वहरूको आतिथ्य र उपस्थितिले समारोहलाई अझै प्रतिष्ठित बनाएको थियो । समारोहमा परम्परागत लोकदोहोरी, अभिनय, संगीत, व्यवसाय, आयुर्वेद, सौन्दर्यकला, मोडलिङदेखि उद्यमशीलता सम्मका १५ जना भन्दा बढी प्रतिभाहर...
१२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड भोली

१२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड भोली

समाचार, समाज
छायाँछबि क्रियशनद्धारा आयोजित १२ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८२ को अवसरमा गत वर्ष नै चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा स्थापना गरिएको दिपाशा स्मृति पुरस्कार यस वर्षका लागी पनि घोषणा गरिएको छ । एघार हजार एक रुपैयाको नगद राशी, सम्मान पत्र, दोसल्ला सहितको छाँयाछवि दिपाशा स्मृति पुरस्कार यस बर्ष चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार सञ्चिता शाहिलाई प्रदान गरिने भएको हो । यो पुरस्कार गत वर्ष चर्चित मोडल तथा कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।त्यसैगरी १२ औं छायाँछबि तीज म्युजिक अवार्ड २०८१ मा गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारीका घिमिरे, गायिका अञ्जु श्रेष्ठ, सौन्दयकर्मी संगीता राना मगर एवं अप्सना नेवा हायुलाई छायाँछबि तीज नारी सम्मान प्रदान गरनिने भएको छ । साथै यसै पटक तीज नारी डायस्पोरा सम्मान समेत प्रदान गरीने भएको छ । यस पटक यो सम्मान बाट अ...
रोटरी ई क्लब ३२९२ तथा रोटा किड्सको संयुक्त पदस्थापन :कन्चन र सम्यकले सम्हाले नेतृत्व

रोटरी ई क्लब ३२९२ तथा रोटा किड्सको संयुक्त पदस्थापन :कन्चन र सम्यकले सम्हाले नेतृत्व

समाचार, समाज
रोटरी ई क्लब अफ डिष्ट्रिक्ट ३२९२ तथा रोटा किड्स अफ रोटरी ई क्लबको संयुक्त पदस्थापन समारोह मिति १७ श्रावण २०८२ गते सम्पन्न भएको छ । काठमाण्डौको इन्द्रेणी सुइट होटलमा आयोजित विशेष कार्यक्रममा रोटरी ई क्लबका नव नियुक्त अध्यक्ष कन्चन तामाङ्ग तथा रोटा किड्सका नवनियुक्त अध्यक्ष सम्यक राज श्रेष्ठले रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९३ नेपाल – भुटानका गभर्नर इलेक्ट विष्णु बहादुर कार्की समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए। निवर्तमान रोटरी क्लबका अध्यक्ष राज श्रेष्ठ तथा रोटा किड्सका अध्यक्ष आरभ श्रेष्ठलाई उहाँहरुको सफल कार्यकालको कदर स्वरूप प्रशंसापत्र प्रदान गरिएको थियो ! रोटरी ई क्लबका पहिलो महिला अध्यक्षको रूपमा क्लबको नेतृत्व ग्रहण गर्न पाएको खुसी व्यक्त गर्दै अध्यक्ष तामाङ्गले ” रोटरी फर हर ” लाई मूलमन्त्र बनाउँदै आफ्नो कार्यकालमा महिलाहरूलाई केन्द्रविन्दु राखेर समाजमा सकारात्मक योगदान...