‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ अरविन्द्र गौतमलाई प्रदान
बनेपा, काभ्रे — रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा सम्पन्न ‘सातौं संस्करण किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा पत्रकार अरविन्द्र गौतमलाई ‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ प्रदान गरिएको छ। कार्यक्रम बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा भव्य रूपमा सम्पन्न भएको हो।
सम्मान कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम र अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले सम्मान गरेका थिए।
पत्रकार गौतमलाई प्रमाणपत्र र सम्मान प्रदान गरिएको हो। काभ्रेपलाञ्चोकको विकट क्षेत्र चौबासबाट आएका गौतम विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। उनले विकृति, विसङ्गति, संस्कृति, कला, राजनीति र जनचासोका विषयमा सत्य तथा खोजमूलक सामग्री प्रस्तुत गर्दै आएका छन्।
सामाजिक यथार्थ र सांस्कृतिक विषयमा आधारित डकुमेन्ट्री निर्माणमा समेत उनी सक्रिय छन्। यसअघि...









