आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

अब पनि राजनीतिक दलहरुको चेत खुलेन भने कहिले खुल्छ ?

अब पनि राजनीतिक दलहरुको चेत खुलेन भने कहिले खुल्छ ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय खनाल, काठमाडौं । मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चलेको छ । यो बास्तबिकता हो की हल्ला मात्र हो । पटक पटक मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चल्छ अनि बिस्तारै सेलाउ छ । नेकपा एकिकृत समाजवादी पार्टी मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा बढी जोड दिदै आएको छ । के मन्त्रिमण्डल हेरफेर गर्दैमा समस्या समाधान हुन्छ त ? आज देशमा थुप्रै समस्या तेर्सिएका छन । जनता समस्यामा पिल्सिरहेका छन । महंगीले सर्वसाधरण नागरिकको चुलो बोल्न छाडिसकेको छ । जनताका समस्यामा ध्यान दिन छोडेर मन्त्रिमण्डल हेरफेर गर्ने कुराले दुनिया हाँस्न थालेको छ । किसानले मल पाउँन सकिरहेका छैनन् । बिद्यार्थीले किताव पाउन सकिरहेका छैनन् । देशमा सरकार छ की छैन भन्ने कुरा जनताले अनुभूति गर्न समेत पाएका छैनन् । यस्तो बेलामा सरकार भएको अनुभूति जनतालाई दिलाउनु पर्छ । सरकार कहाँ छ ? मूल्य वृद्धिको बिरोधमा दिनौं सडकमा नारा जु...
घरकै खानाबाट सर्न सक्छ हैजा

घरकै खानाबाट सर्न सक्छ हैजा

समाचार, स्वास्थ्य
उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । यो सहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ । बिहीबार हैजा पुष्टि हुनेमा बल्खु बस्ने ३५ वर्षीया महिला हुनुहुन्छ । “उहाँले धारामा आउने पानी प्रत्यक्ष रूपमा पिउनु हुँदोरहेछ,” टेकु अस्पतालकी निर्देशक डा. मनीषा रावलले भन्नुभयो, “बिहीबार पनि पाँच जना बिरामी सघन उपचार कक्षमा उपचारत छन् ।” अब उपत्यकामा हैजा ‘आउटब्रेक’ हुने स्थिति भइसक्यो भन्दै उहाँले यसैगरी हैजा बढ्दै जाने हो भने डरलाग्दो स्थिति आउन सक्नेतर्फ सचेत गर्नुभयो । सबैलाई सरसफाइ, खानेकुरा तथा पिउने पानीमा विशेष ध्यान दिन आग्रह गर्दै निर्देशक डा. रावलले हैजाबारे जनचेतना भएन भने नियन्त्रण गर्न कठिनाइ हुने स्थिति देखिएको बताउनुभयो । -गोरखापत्र दैनिक ...
‘३ हजार लिएर काठमाडौ आए’-सन्च बहादुर राई ,विश्व किर्तिमानी

‘३ हजार लिएर काठमाडौ आए’-सन्च बहादुर राई ,विश्व किर्तिमानी

अन्र्तवार्ता, समाचार, समाज
मैले जन्मे पछि पहिलो पटक प्राप्त गरेको नै  सन्च भन्ने नाम हो। मलाई सन्च भन्ने नाम मेरो जेठा बाबाले दिनु भएको रहेछ। म सनिवार जन्मेको हुनाले मेरो नाम सन्च राखी दिनु भएको रहेछ। उहाँ अहिले यस लोकमा हुनुहुन्न तर उहाले दिनु भएको मेरो नाम अहिले नि छ भोलि नि हुनेछ। यो नाम नै मेरो पहिलो प्राप्ति भएको हुदा मलाई मेरो नाम प्रिय लाग्छ। । म २०४८ सालमा सोलुखुम्बु जिल्लाको साबिक बासा गा वि स वडा न ९ हाल माप्य दुधकोशी गाउँ पालिका वडा न २ मा अत्ति बिपन्न परिवारमा जन्मिएको थिए। मैले जन्मे पछि पहिलो पटक महसुस गरेकै अभाव हो। यदि कर्म अनुसारको फल पाउने कुरा सत्य थियो भने मलाई अहिले पनि भगवानलाई सोध्न मन लाग्छ कि मैले नजन्मदै के अपराध गरेको थिए र जन्मदै अभाव झेल्दै जन्मिनु पर्‍यो? मैले अनि मेरो परिवारले दुई छाक भात खान अरुको दैलोमा पुग्नु पर्ने के थियो होला? आफ्नो आङ ढाक्न अरुको सरिरको कपडा फाट्नु पर्ने...
‘सान एसईई फुट्सल’ प्रतियोगिता शुरु

‘सान एसईई फुट्सल’ प्रतियोगिता शुरु

शिक्षा, समाचार
काठमाडौं । विद्यार्थीमाझ लोकप्रिय रहेको सान ईन्टरनेशनल कलेजले यस वर्ष एसईई परिक्षा दिएर नतिजाको प्रतिक्षामा रहेका विद्यार्थीहरुलाई लक्षित गरी ‘सान एसईई फुट्सल प्रतियोगिता -२०७९’ को आयोजना गरेको छ । असार ८ गते कलेजका अध्यक्ष डा.सुवाष घिमिरेले उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । करिब १५ दिन लगातार चल्ने प्रतियोगीताका विजेताहरुले आकर्षक पुरस्कार समेत प्राप्त गर्नेछन । ‘शिक्षासंगै खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै कलजेका कार्यकारी प्रमुख गोपाल भण्डारीले भन्नु भयो, ‘सान कलेजबाट थुप्रै राष्ट्रिय खेलाडीहरु उत्पादन भई राष्ट्रको गौरवको रुपमा योगदान दिदै समाज र राष्ट्रको गरिमा कायम राख्न सफल भएका छन । खेलको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा समेत देश र यस कलेजको पहिचान बनाउदै आएका छन ।’ नेपाली राष्ट्रिय क्रिकेट टिमका भाईस...
रबिको पछि यति ठूलो भिड

रबिको पछि यति ठूलो भिड

राजनीति, समाचार
-डा.डिआर उपाध्याय खनाल काठमाडौं । रवि लामिछानेले राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन । यो दलको घोषणा संगै राजनीतिमा तरंग पैदा भएको छ । पुराना पार्टीवाट वाक्क दिक्क भएका जनता रबिको पछि लाग्नु स्वभाविक कुरा हो । राजनीतिमा लामो समय देखि छलछाम मात्रै भयो । ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । त्यसैले पनि रविले ब्यवस्था होइन, अबस्था बदल्न पार्टी निर्माण गरेको उदघोष गरे । सभामा सहभागी धेरै मान्छेहरु उत्साहित भएको पनि देखियो । पुराना राजनीति दलहरुले देश र जनताको पक्षमा राम्रो काम गरेर देखाउन सकेको भए रबिको पछि यति ठूलो भिड जम्मा नहुन सक्थ्यो । आज जनतामा यति धेरै निराशा छाएको छ की त्यो भनि साध्य छैन । जनतामा निराश र असन्तुष्टि भयो भने बिकल्प खोज्न बाध्य हुन्छन । यो जनताको अधिकारको कुरा हो । हिजोको सभामा रविको भाषण सुन्न जम्मा भएको ...
बंगलादेशी फेसनको स्वाद

बंगलादेशी फेसनको स्वाद

मनोरन्जन, समाचार
राजधानी शहरको प्रदशर्नीमार्ग स्थित प्रदशर्नी कक्षमा संचालन भएको नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ । शनिबार साँझ प्रस्तुत गरिएको सो फेसन शोमा बंगलादेशी फेसन अन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमूनाहरु ¥याम्पमाथि देख्न पाइयो । ्सात चरणमा प्रस्तुत गरिएको उक्त फेसन प्रस्तुतिमा साडी, सलवार कमीज, कुर्ती, शर्टस्, पन्जाबी स्टाइल, टि शर्ट लगायतका पहिरन संगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरिएको थियो । सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमूनाहरु मूलतः मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएकाहरु थिए । फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो । काठमाडांैंस्थित बंगलादेशी राजदूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रमको संयोजन तथा कोरिय...
नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना हुने

नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना हुने

मनोरन्जन, समाचार
नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि द्वारा नेपालमा नेक्स्ट ग्ल्यामर नेपाल प्रतियोगिताको आयोजना हुने भएको छ ।आउँदो असार ११ गते काठमाडौंको शान्तिनगर स्थित साक्यता डान्स स्टुडिओमा नेक्स्ट ग्ल्यामर नेपाल २०२२ को अडिसन हुने जनाइएको छ । नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले नेक्स्ट वर्ल्ड मिडिया प्रा.लि, साक्यता डान्स स्टुडिओ को कार्यालयबाट र अन्लाइन फर्मबाट फर्म लिएर सहभागिता जनाउन सक्ने जनाइएको छ । प्रतियोगितामा भाग लिनको लागि १६ बर्षदेखि २६ बर्ष सम्मको हुनुपर्ने जनाइएको छ । त्यस्तै महिलाको उचाइ ४ फिट ५ इन्च र पुरुषको ५ फि ५ इन्चभन्दा माथि हुनुपर्नेछ प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्रमा अवसर, म्युजिक भिडियोमा अवसर, अवार्ड, ट्रफि मिडियामा अन्तर्वार्ता र अन्य थुप्रै उपह...
मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई यो वर्षको ‘सर्वोत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड

मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई यो वर्षको ‘सर्वोत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड

आर्थिक, समाचार
ललितपुर । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले यो वर्षको सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड हात पार्न सफल भएका छन ।ललितपुरको बालकुमारीमा सम्पन्न तेश्रो संस्करणको नेपाल म्युजिक एण्ड फेशन अवार्डमा पाण्डेले उक्त अवार्ड जित्न सफल भएका हुन । गीत संगीत तर्फ ४१ विधामा र फेशन तर्फ ८ विधामा प्रदान गरिएको अवार्ड समारोहमा कार्यक्रमका प्रमुख अतिथी पूर्व उपराष्ट्रपति परमानन्द झा तथा वरिष्ठ अभिनेता मोहन निरौला र वरिष्ठ अभिनेता धिरेन शाक्यले संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरेका थिए । लामो समयदेखि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सफल सौन्दर्य व्यबसायीको रुपमा ख्याती कमाएका पाण्डेले देशभित्रका मात्र नभएर अन्तराष्ट्रिय अवार्ड समेत जित्न सफल भएका छन । विभिन्न संघ संस्थाबाट सम्मानित हुदै आफ्नो पेशा प्रतिको लगन र ईमान्दारिताका कारण वेग्लै छवी बनाएका पाण्डेल हालसम्म हजार...
भ्रष्टाचार र अनियमितताले देश खोक्रो बन्दै

भ्रष्टाचार र अनियमितताले देश खोक्रो बन्दै

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल मुलुकका सामु तमाम समस्या छन । यी समस्या समाधान गर्न दलहरु त्यति गम्भिर भएको देखिदैन । जनताको पसिना र जनताले तिरेको करमा मनपरि रमाउनेहरुलाई देशको बारेमा कुनै चिन्ता छैन । उनीहरु आफनै ब्यक्तिगत स्वार्थमा रमाइरहेका छन । आज देश गम्भिर संकटमा फसेको छ । देशको भबिश्य सोच्ने फुर्सद कसैलाई छैन । लुट्नेले लुटिरहेका छन, रात दिन पसिना बगाउने श्रमिकहरुको अबस्था कस्टकर छ । उनीहरु आफनो दैनिक गुजरा चलाउन सकिरहेका छैनन् । देशमा सुशासन छैन, जता गए पनि अनियमितता मात्र छ । यसरी देश बनाउन सकिदैन र बन्न सक्दैन । अब नेतृत्वले सोच्नु पर्ने बेला भयो । देशमा राजनीति दलहरु धेरै भए । संसद देखि संसद बाहिरका राजनीति पार्टीहरु पनि छन । बेरोजगारहरुको भिड जम्मा गर्ने राजनीति पार्टीबाट अब केहि हुदैन भन्ने जनताले बिस्तारै बुझदै जान थालेका छन । सरकार मुलुकमा सुशासन कायम गर्न सकेको छ्रैन । सेवाप...
सुरेन र प्रतिमाको स्वरमा ‘राधा प्यारी’ (भिडियो)

सुरेन र प्रतिमाको स्वरमा ‘राधा प्यारी’ (भिडियो)

मनोरन्जन, समाचार
सुरेन चन्द र प्रतिमा केसीको स्वर रहेको ‘राधा प्यारी’ गीत सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार सिएल शर्माको शब्द तथा सङ्गीत, विश्व अधिकारीको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/ato-TAUrrns विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडल गरिमा शर्मा र प्रिन्स चौहानको अभिनय छ । भिडियोमा राधाको भूमिकामा देखिनुभएकी गरिमा कृष्ण बन्नुभएका प्रिन्सको जोडी राम्रो देखिएको छ । एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलरिङ छ । ‘इनाक्छी इन्टरटेनमेन्ट’बाट बजारमा ल्याइएको भिडियो र अडियोको निर्माण पनि इनाक्छी इन्टरटेनमेन्टले नै गरेको हो । ...