आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

गोल्डेन गेटमा ब्युटीसियन पढाइ हुने, फेसियल हाउससँग भयो सम्झौता

गोल्डेन गेटमा ब्युटीसियन पढाइ हुने, फेसियल हाउससँग भयो सम्झौता

आर्थिक, समाचार
काठमाडौँ । गोल्डेन गेट कलेज र फेसियल हाउसको संयुक्त आयोजनामा ब्युटी एण्ड हेयर विषयमा अध्यापन हुने सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच फेसियल हाउसको तर्फबाट प्रबन्ध निर्देशक सुस्मा महरा शाह र कलेजको तर्फबाट अध्यक्ष रमेश कुमार सिलवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । गोल्डेन गेटका ११ र १२ कक्षाका विद्यार्थीहरूले मानविकी र व्यवस्थापन अन्तर्गत ऐच्छिक शिक्षाका रुपमा ब्युटिसियन र हेयर ड्रेसिङ फेसियल हाउसमा अध्यापन गर्न पाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले ब्युटी एण्ड हेयरलाई पनि प्लस टु मा ऐच्छिक विषयका रुपमा समावेश गरेसँगै कलेज र फेसियल हाउसले यस विषयमा अध्यापन गराउने भएका हुन् । कलेजका अध्यक्ष सिलवालले सम्झौतापश्चात विद्यार्थीलाई आत्मनिर्भर बनाउने बताएका छन् । उनले भने, ‘यो सम्झौता गर्दा विद्यार्थीले पढदै काम गर्दै आत्मनिर्भर बन्ने प्रोडक्ट हो, य...
गायिका सुजाता केसीको ‘गाएर नाचेर टोलै थर्काउने’सार्वजनिक(भिडियो)

गायिका सुजाता केसीको ‘गाएर नाचेर टोलै थर्काउने’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
हिन्दु नारीहरूको आउदै गरेको महान् पर्व हरितालिका तिजको शुभकामना सहित अर्जुन पोखरेलको शब्द संगित र  गायिकासुजाता केसीको स्वरमा’गाएर नाचेर टोलै थर्काउने’गायिका सुजाता केसीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक भएको छ । गित संगीतमा निकै नै रुचि राख्ने सुजाता केसीले अत्यन्तै मिठो अनि मौलिक रहेको भाका रहेको तिज गित सार्वजनिक गरिसके पछी ६० हजार भन्दा माथि दर्शक स्रोताको नजरमा पुगिसकेको छ । तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु दोहोरी गीत जस्तै बनेर ,अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा सुजाता केसीले भने मौलिक सृजनालाई अलि बढी महत्व राख्ने गायिका तथा सर्जक हुन् । https://youtu.be/ebeco6e1iw4 गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । भिडियोमा लोकप्रिय मोडल उ...
नेपालमा पहिलो ग्लोबल कायस्थ सम्मेलन

नेपालमा पहिलो ग्लोबल कायस्थ सम्मेलन

समाचार, समाज
ग्लोबल कायस्थ सम्मेलन नेपालले राजधानीमा पहिलो क्रस बोर्डर अन्तरक्रिया गरेको छ । ग्लोबल कायस्थका अध्यक्ष राजीव रञ्जनको प्रमुख अतिथिको रूपमा उपस्थित रहेको थियो। कार्यक्रमको अध्यक्षता ग्लोबल कायस्थ नेपालका अध्यक्ष डा. पुनम कर्णले गर्नुभएको थियो । यसैक्रममा ग्लोबल कायस्थ सम्मेलनका प्रवक्ता मितेश कर्णले यस सम्मेलनले नेपाल र भारतबीचको मित्रतालाई अझ प्रगाढ बनाउने बताउनु भयो। नेपालमा पहिलो पटक आयोजना हुन लागेको र भारतबाट ३० भन्दा बढी सहभागीहरुको सहभागिता रहेको मितेशले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विश्व कायस्थ सम्मेलन नेपालमा हुनु गौरवको विषय भएको बताउनुभयो । नेपाली कांग्रेसका तर्फबाट नेता निधिले सबैलाई बधाई तथा स्वागत गर्नुभएको थियो । उनले राजीव रञ्जनलाई राजनीतिक रूपमा नेपाल आउन निम्तो पनि दिनुभयो। सो अवसरमा नेपाल चित्रगुप्त समाजका अध्यक्ष रतिशचन्द्र ल...
साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान

साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान

मनोरन्जन, समाचार
साधना म्युजिक अवार्ड (रिवार्ड)का उत्कृष्ट पाँचलाई प्रमाणपत्र प्रदान गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण गरिएको हो । तीन वर्षदेखि राष्ट्रिय साधना अवार्ड कार्यक्रम गर्दै आएको सामना म्युजिक क्रियसनले यसपटक रिवार्ड गर्न लागेको हो । अर्थात् अवार्डसँगै नगद प्रदान पनि गर्ने कार्यको सुरुवात गर्न लागेको छ । नेपालमा अवार्ड वितरण आयोजकले गर्न लागेको सम्भवतः यो नै पहिलो रिवार्ड भएको आयोजकको दाबी छ । जसअन्तर्ग सोमबार विभिन्न २१ विधाका उत्कृष्ट पाँच कलाकार/सर्जक/स्रष्टालाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ ।चाडै नै एक विशेष कार्यक्रमको आयोजन गरेर अवार्ड (रिवार्ड) प्रदान गरिने सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहले जानकारी गराउनुभयो । अवार्डका नाममा विकृति बढेको र अवार्ड किनबेच हुने गरेको भनेर आलोचना भइरहेका बेला आफूहरूले नयाँ प्रयोग गर्न खोजेको प्रा...
जनजीविकाका सवालमा केही कुरा

जनजीविकाका सवालमा केही कुरा

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । जनजीविकाका सवालमा केही कुरा लेख्ने मन लाग्यो । सबैलाई चित्त बुझुस या नबुझुस केही छैन । तर केही न केही त लेख्छु लेख्छु । आज नेपाली जनता सबै भन्दा बढी महँगीको समस्यामा परेका छन । यो समस्या झन बढदै छ । आम नागरिक महँगीको मारमा यसरी पिरोलिएका छन् की त्यो भनी साध्य छैन । बजारमा सबै चिज महँगीएको छ । सर्बसाधरण नागरिकको त चुलो समेत बल्न सकेको छैन । भोकाएको मान्छेले राम्रो संग खान पाएका छैनन् । मान्छेको सबै भन्दा ठूलो समस्या भोक हो । मान्छे खाली पेट भर्नका लागी रात दिन काम गरेका हुन्छन । तर पनि श्रम गरे अनुसार खान पाएका छैनन् । जीवन चलाउन धेरै मान्छेलाई समस्या नै छ । त्यसैले सबैभन्दा पहिले मान्छेलाई साँझ बिहानको छाक टार्ने व्यवस्था हुनुपर्छ । यो कुरामा सरकार गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरुले गफ मात्र गर्ने होइन, ब्यवहा...
आरबी खत्री ‘सरद’को नयाँ भजन सार्वजनिक(भिडियो)

आरबी खत्री ‘सरद’को नयाँ भजन सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
आरबी खत्री ‘सरद’ले नयाँ भजन सार्वजनिक गरेका छन् । उनले भगवान शिवको नाममा ‘ॐ नम शिवाय’ भजनको भिडियो सहित सार्वजनिक भएको छ ।उनी आफैले लेखेको गीतमा संगीत बाबुल गिरीले भरेका छन् । भजनमा गायक स्वयंम अभिनयमा उत्रिएका छन् । उनको साथमा सुरेन्द्र मकाजु,सरिता भण्डारी,शंकर पोखरेल,सुजता पोखरेल र बिन्दु कार्कीको अभिनय रहेको छ । पोखराका विभिन्न स्थानमा खिचिएको थियोलाई दर्शकले पनि युटुबमा मन पराएका छन् । https://www.youtube.com/watch?v=OYAr_ex08ow उत्तम अर्यालले खिचेको भिडियोलाई नबिन निरौँलाले सम्पादन गरेका छन् । यस भजनको निर्देशन पनि गायक खत्रीले नै गरेका छन् । त्यस्तै यो भिडियोमा लगानी सुरेन्द्र मकाजुुको छ । गायक खत्रीले यस अघि थुप्रै म्युजिक भिडियो तथा ठुला व्यानरका फिल्ममा कम गरिसकेका छन् । नैना रेशम,नबोलेनी हाँसि राखन,सिसा,नाईट क्विन,पसिना लगायत फिल्मा गायक खत्रीले आफ्नो काम देखाइसकेका छन् ...
“मिस इकलेज २०२२” को लागि आवेदन फारम खुल्ला

“मिस इकलेज २०२२” को लागि आवेदन फारम खुल्ला

मनोरन्जन, समाचार
साउन २, काठमाडौं, विगत १३ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०२२ को एघारौंै संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २५ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि “ मिस ईकलेज २०२२ ” को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले वताउनु भयो । कलेज स्तरका युवतीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो । विगत १३ वर्षदेखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्द...
‘मिस टिन हिमालय नेपाल २०२२’ सम्पन्न

‘मिस टिन हिमालय नेपाल २०२२’ सम्पन्न

मनोरन्जन, समाचार
कथा ईभेन्टले आयोजना गरेको ‘मिस टिन हिमालय नेपाल २०२२’ सम्पन्न भएको छ । १३० जना प्रतिष्पर्धीहरू मध्ये ३७ जना प्रतिस्पर्धाहरूले मिस टिन हिमालय २०२२ ताजको लागि प्रतिस्पर्धा गरेका थिए । मिस टिन हिमालयको ग्रान्ड फिनाली योहो टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो कथा ईभेन्टका चेयरमान गनिका गुरुङले मिस टिन हिमालय नेपाल अहिलेको सबैभन्दा चर्चित राष्ट्र स्तरको टिन प्याजेन्टको रूपमा स्थापना भइसकेको जानकारी दिए । ग्रान्ड फिनालीमा वरिष्ठ पाईल्ट तथा समाजसेवी क्याप्टेन बिजय लामाले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए भने ड्रिस्टिक ३२५ E का ड्रिस्टिक गभ्रनर लायन कर्म गुरूङ् र ड्रिस्टिक फष्ट लेडि लायन अन्जलि गुरूङ्ले विशेष अतिथिको भूमिका निर्वाह गरेका थिए । मिस टिन हिमालय नेपालको ग्रान्ड फिनालीमा भने वरिष्ठ र्‍यापर निर्णय श्रेष्ठ, अभिनेत्री बेनिशा हमाल, क्याप्टेन रमण घिमिरे, उद्यमी रतिन्द्र सिंह र म...
वरिष्ठ नायक सरोज खनालले गरे ‘दि साकुरा फुडल्याण्ड’को उद्घाटन

वरिष्ठ नायक सरोज खनालले गरे ‘दि साकुरा फुडल्याण्ड’को उद्घाटन

आर्थिक, समाचार
काठमाडौँको बुढानिलकण्ठ -२ स्थित ` दि साकुरा फूड ल्याण्ड कम्पनी प्रालि´को औपचारिक उद्घाटन भएको छ । दिवस थापा , सुमन अधिकारी र बिजय कुमार उप्रेतीले सन्चालन गरेको उक्त कम्पनीलाई कलाकार तथा व्यवसायी सरोज खनालले रिवन काटेर उद्घाटन गरेका हुन् । जापानीज राष्ट्रिय फूल साकुराको नाम बाट खोलिएको उक्त रेस्टुरेन्टको उद्घाटन समारोहमा संचालक टिमलाई बधाई तथा शुभकामना दिदै अभिनेता सरोज खनालले युवाहरुले चाहेका बखत जे पनि गर्न सकिने बताए । नेपालमा केही पनि गर्न सकिँदैन भन्नेहरुका लागि संचालक टिमको उदाहरण दिदै अभिनेता खनालले आँट गरे असम्भव केही नभएको बताए । साथै उक्त रेस्टुरेन्टले छुट्टै पहिचान बनाउने आसा व्यक्त गर्दै ग्राहकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरि सेवा दिन पनि आग्रह गरे । यस्तै, कार्यक्रममा बोल्दै वरिष्ठ गायक यम बरालले रेस्टुरेन्टले छुट्टै पहिचान बनाउने आसा व्यक्त गरे । उनले काठमाडौँमा थ...
जीवन शाहीको निर्देशनमा ‘म आउँछु चौतारी’मा (भिडियो)

जीवन शाहीको निर्देशनमा ‘म आउँछु चौतारी’मा (भिडियो)

मनोरन्जन, समाचार
जीवन शाहीको निर्देशन रहेको ‘म आउँछु चौतारी…’मा गीतको भिडियो सार्वजनिक भएको छ । कविर योञ्जन फिरोज, स्नेहश्री थापाको स्वर, कल्पना पार्खिनको शब्द, कविरकै संगीत र दानियल गदालको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/X2ijHrryPP8 निशल पौडेलको छायाँकन र दिनशोन शाहको सम्पादन रहेको गीतको भिडियोमा निराजन प्रधान र आस्मा मल्ल बानियाँलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ सबैको मिहिनेतबाट गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको निर्देशक शाहीले बताउनुभयो । ...