स्व.धन बहादुर नगरकोटीको स्मिृतीमा श्रीदेवी आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण
काठमाडौ । शंखरापुर- ३ काठमाडौ, स्थित श्रीदेवी आधारभुत विद्यालय, भन्ज्याङ्गमा शैक्षिक सामाग्री एवं खाजा वितरण गरिएको छ । शंखरापुर ३ बोजिनी निवासी युवा समाजसेवीद्वय अनिल नगरकोटी र सुनील नगरकोटी दाजुभाईले आफ्ना दिवंगत पिता स्व. धन वहादुर नगरकोटीको स्मृतिमा स्थापित प्रतिष्ठानको तर्फबाट आर्थिक रुपमा विपन्न वालवालिकाका लागि स्कूल व्याग,कापी,कलम तथा खाजा वितरण गरेका छन । विद्यालय प्रांगणमा वृक्षारोपण गरि कार्यक्रम औपचारिक शुभारम्भ गरिएको थियो ।शैक्षिक सामाग्री वितरण कार्यक्रममा शंखरापुर नगरपालिका ३ का निवर्तमान वडा अध्यक्ष सन्त बहादुर वाईबा,विद्यालय व्यबस्थापन समितिका अध्यक्ष चम्पा माया वाइबा, विद्यालयका प्रधानाध्यापक बिना प्रधान,अभिनेता श्रीदेव भट्टराई,संचारकर्मी सोनीत राज ढुंगेल,फोटो पत्रकार युवराज नेपाल, शंखरापुर- ४ स्थित वैरमहादेव आधारभुत विद्यालयका प्रधानाध्यापक राघव झा, सोही विद्यालयका सह ...









