गोल्डेन गेटमा ब्युटीसियन पढाइ हुने, फेसियल हाउससँग भयो सम्झौता
काठमाडौँ । गोल्डेन गेट कलेज र फेसियल हाउसको संयुक्त आयोजनामा ब्युटी एण्ड हेयर विषयमा अध्यापन हुने सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमबीच फेसियल हाउसको तर्फबाट प्रबन्ध निर्देशक सुस्मा महरा शाह र कलेजको तर्फबाट अध्यक्ष रमेश कुमार सिलवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । गोल्डेन गेटका ११ र १२ कक्षाका विद्यार्थीहरूले मानविकी र व्यवस्थापन अन्तर्गत ऐच्छिक शिक्षाका रुपमा ब्युटिसियन र हेयर ड्रेसिङ फेसियल हाउसमा अध्यापन गर्न पाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले ब्युटी एण्ड हेयरलाई पनि प्लस टु मा ऐच्छिक विषयका रुपमा समावेश गरेसँगै कलेज र फेसियल हाउसले यस विषयमा अध्यापन गराउने भएका हुन् । कलेजका अध्यक्ष सिलवालले सम्झौतापश्चात विद्यार्थीलाई आत्मनिर्भर बनाउने बताएका छन् । उनले भने, ‘यो सम्झौता गर्दा विद्यार्थीले पढदै काम गर्दै आत्मनिर्भर बन्ने प्रोडक्ट हो, य...









