आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

बाकुमा सम्पन्न ‘ग्लोबल टुरिजम कन्फ्रेरन्स’मा नेपालीलाई सम्मान

बाकुमा सम्पन्न ‘ग्लोबल टुरिजम कन्फ्रेरन्स’मा नेपालीलाई सम्मान

आर्थिक, समाचार
अजरबैजानको राजधानी बाकुमा ग्लोबल टुरिजम कन्फ्रेरन्स भव्य रुपमा सम्पन्न भएको छ । कोरोना कहरका कारण विश्वभर पर्यटन व्यबसायमा मन्दि भए संगै परेको असरको बारेमा विभिन्न देशका पर्यटन व्यबसायीहरुको सहभागिता रहेको उक्त सम्मेलनमा पर्यटन व्यबसायी वीच पर्यटन व्यबसायमा परेको असर र त्यसका समाधानका उपाय विषयक अन्तरक्रिया समेत गरिएको थियो ।  उक्त सम्मेलनले मुख्यत अजरबैजान पर्यटनको मुख्य गन्तव्य बन्दै गईरहेको सन्दर्भमा नेपालमा पनि अजरबैजानी पर्यटन भित्र्याउन पहलका विषयमा विशेष छलफल चलेको थियो ।अजरबैजानको लोकप्रिय संस्था टेम्पो ट्रिप्सले आयोजना गरेको उक्त सम्मेलनमा नेपाल, अजरबैजान लगायत विभिन्न देशकका पर्यटन व्यबसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।सम्मेलनमा बोल्दै आयोजक संस्थाकी प्रमुख सदागत तहमाजोभाले यस सम्मेलनले नेपाल अजरबैजानको पर्यटन प्रवद्र्धनमा विकास र टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको ...
कान्तिपुर मलमा सामान खरिद गर्दा छुट पनि,उपहार पनि

कान्तिपुर मलमा सामान खरिद गर्दा छुट पनि,उपहार पनि

आर्थिक, समाचार
काठमाडौं । अघिल्ला वर्षहरुमा झै कान्तिपुर मलले दसैं, तिहार र छ्ठ पर्वलाई लक्षित गरी विशेष प्याकेज ल्याएको छ । मलले पर्वको अवसरमा सामान खरिदमा छुटदेखि उपहार योजना पनि ल्याएको छ। मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँभन्दा माथिको सामान खरिदमा एक वटा उपहार कुपन प्राप्त गर्नेछन् । उपहार योजनाअन्तर्गत मङ्सिर १ गते ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुने मलका महाप्रबन्धक अमर निरौलाले जानकारी दिनुभयो। उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक, दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर, तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि ,चौथो पुरस्कार सान्सुई कम्पनीको २०० लिटरको फ्रीज र अन्य मेमाको घडी,आईरन लगायतका सान्त्वना पुरस्कार पनि राखिएका छ्न् । कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी जित बहादुर कटुवाल बताउनुहुन्छ । मलमा वित्तीय सं...
पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

पोर्चुगलमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

मनोरन्जन, समाचार, समाज
स्वदेशसँगै प्रवासमा पनि हिन्दू महिलाको प्रमुख चाड तीजको रौनक सुरु भएको छ । रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि प्रवासमा बस्दै आएका महिला दिदी बहिनीहरूसँग संस्थाहरूले तीज मनाउने गरेका छन् । तीज नजिकिएसँगै युरोपियन मुलुक पोर्चुगलमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । ‘परम्परा बचाउ, बिकृती हटाउ’ भन्ने मूल नारासहित चितवन समाज पोर्चुगलमा गायक भगवान भण्डारी, गायिका देबिका के.सी, जेबी ओलीको साथमा तीज गीत प्रतियोगिता एवम् साँस्कृतिक कार्यकम ओक मुन्दो रेष्टुरेन्ट लिस्वोनमा सम्पन्न भएको छ । प्रमुख अतिथि महा बाणिज्य दुत मकर हमालले पानसमा बत्ती बालेर सुरु भएको कार्यक्रमा पोर्चुगलमा भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । प्रतियोगितामा स्याङ्जा समाज पोर्तुगल पहिलो, बागलुङ समाज पोर्चुगल दोस्रो र एनआएलपी सिलाई समूहले तेस्रो भएका थिए । कोरोना कहरले गर्दा ...
एलिना चौहान र नन्दु गुरुङको स्वरमा‘मनको कुरा’ सार्वजनिक(भिडियो)

एलिना चौहान र नन्दु गुरुङको स्वरमा‘मनको कुरा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं,भदौ १३ । एलिना चौहान र नन्दु गुरुङको स्वरमा रहेको गीत ‘मनको कुरा’ सार्वजनिक भएको छ । राजन मावोको शब्द, देव गुरुङको क्पोज र अशोक थापाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/3x-wTN-v_8c पदम तामाङको निर्देशन रहेको गीतको भिडियोमा राजन निरौला र मेनुका माझीलाई फिचरिङ गरिएको छ । नाजिन धिमालको छायाँकन रहेको भिडियोमा पदमकै सम्पादन तथा कलरिङ रहेको छ । गीतको भिडियो डिआर म्युजिक क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । ...
‘द नेशनल डिजाईनर रनवे, २०२२’ उपाधी विजेता बने शमुएल

‘द नेशनल डिजाईनर रनवे, २०२२’ उपाधी विजेता बने शमुएल

मनोरन्जन, समाचार
काठमाडौँ —  शनिवार साँझ राजधानीको थापाथलीस्थित पार्टियार्ड रिसिप्सनमा सम्पन्न राष्ट्रिय स्तरको फेशन डिजाईनर तथा मोडल लक्षित ‘द नेशनल डिजाईनर रनवे, २०२२’ को शिर्ष उपाधी शमुएल एकोन्थन्शले जितेका छन । सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा आफ्नो उत्कृष्ट छवि बनाएको मोडल सङ्ग्स नेपालले नेपालकै अग्रणी डिजिटल अनलाईन भोटिङ सेवा प्रदायक ग्लोवल अनलाईन पेसंगको सहकार्यमा आयोजना गरेको ‘द नेशनल डिजाईनर रनवे’मा छनौट प्रक्रियाबाट उत्कृष्ट ठहरिएका कुल ६० मोडलले प्रतिस्पर्धामा सहभागी फेसन डिजाईनर, फेसन डिजाईनिङ हाउस तथा बुटिकसम्बद्द फेसन डिजाईनरले तयार पारेका उत्कृष्ट पहिरनमा सजिएर र्याम्पमा प्रस्तुती दिए। आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गरि फेसन डिजाईनिङ क्षेत्रमा आफूलाई अब्बल सावित गर्दै शमुएल एकोन्थन्शले बेस्ट फेसन डिजाईनरको उपाधी हात परेका छन। एकोन्थन्शले ‘द नेशनल ...
सारा संसार मिडियाको घोषणा तथा सम्मान कार्यक्रम

सारा संसार मिडियाको घोषणा तथा सम्मान कार्यक्रम

मनोरन्जन, समाचार
काठमाण्डौँ, भाद्र १० सारा संसार मिडिया प्रा लि को “घोषणा कार्यक्रम तथा सम्मान कार्यक्रम २०७९ सभ्य भव्य रुपमा समापन भएको छ । सारा संसार मिडिया प्रा.लि.की संस्थापक अध्यक्ष सारीका तमाङगको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ठ अभिनेता निर बिक्रम शाह तथा विशिष्ठ अभिनेत्री गौरी मल्ललाई चलचित्र, कला तथा मनोरञ्जन क्षेत्रमा निरन्तर लागि परी अतुलनीय योगदान पुर्‍याए बापत नगद सहित ताम्र पत्रद्वारा सम्मान गरिएको हो । युनिभर्सल क्याफेमा सम्पन्न उक्त कार्यक्रममा सारा संसार मिडियाका कार्यकारी निर्देशक शंकर प्रसाद दुलाल तथा अध्यक्ष सारीका तमाङगले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो । सारा संसार मिडियाका सल्लाहकार राजु केसिको संयोजनमा सम्पन्न कार्यक्रममा विशिष्ठ अभिनेता निर बिक्रम शाह तथा विशिष्ठ अभिनेत्री  गौरी मल्लले शुभकामना मन्तब्य दिनु भएको थियो । वर्षेनी सातै प्रदेशका एक महिला तथा एक पुरुष...
एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा सम्पन्न

एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा सम्पन्न

मनोरन्जन, समाचार
एघारौं संस्करणको ‘लिटिल आईकन नेपाल, २०२२’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘सिनियर गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘टीन गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर गर्ल्स’तर्फ युनिशा गुरुङ्ग विजयी भएकी छिन । गुरुङ्गले विधागत तर्फको बेस्ट र्याम्प वाक को अवार्ड समेत हात पारिन। ग्रेसी प्रधान फर्स्ट रनर अप र , जोया महर्जन सेकेन्ड रनर अप र पब्लिक चोईस, बिपाशा केसी थर्ड रनर अप घोषित हुँदा मस्ट पपुलर तर्फको अवार्ड कुसुम भट्टले जित्न सफल भईन। प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ फिलिप यादवले शिर्ष उपाधी जितेका छन । त्यसैगरी ओम महर्जन फष्ट रनर अप, क्षितिज तामाङ्ग सेकेण्ड रनरअप, सुयोग मानन्धर थर्ड रनर अप घोषित भए भने अभय नेपाली पब्लिक चोईस अवार्ड र सोप्निल श्रेष्ठ मस्ट पपुलर बन्न सफल भए। यस्...
रोटरी क्लव अफ नक्साल शक्तिले तीज विशेष प्रर्दशनी गर्ने

रोटरी क्लव अफ नक्साल शक्तिले तीज विशेष प्रर्दशनी गर्ने

समाचार, समाज
रोटरी क्लव अफ नक्साल शक्तिले तीज विशेष प्रर्दशनी गर्ने भएको छ । नेपाली घरेलु उत्पादनलाई विशेष प्रोत्साहन दिएर प्रर्वधन गरी व्यववसायिक संजाल विस्तार गर्ने उद्धेश्यले प्रर्दशनी आयोजना गरिएको क्लवका संस्थापक अध्यक्ष डा. लुना शर्मा अर्यालले जानकारी दिइन् । प्रर्दशनीको कार्यक्रम संयोजक रजनी श्रेष्ठका अनुसार प्रर्दशनी भदौ २ र ३ गते काठमाडौंको पुरानो बानेश्वर स्थित मान सरोवर पार्टी प्यालेसमा सम्पन्न हुनेछ । प्रर्दशनीमा विभिन्न खालका ५० वटा स्टलहरु रहने छ ।  घरेलु उत्पादन सहित कन्सल्टेन्सी, रियल स्टेट आदि । कार्यक्रममा प्रसिद्ध कलाकारहरु भिमु गुरुङ, रामजी खाड, शिव हमाल, घनश्याम रिजाल तथा चेतन गोतामेले आफ्ना साँगीतिक प्रस्तुतीहरु समेत दिनेछन् । संस्थापक अध्यक्ष डा. अर्याललले प्रर्दशनीबाट जम्मा भएको रकम सामाजिक काममा खर्च गरिने बताईन् । उनले भनिन्, ‘रोटरी गैरनाफामुलक र सेवामुलक संस्था हो, ह...
अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको १२औं विश्व रेकर्ड

अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारको १२औं विश्व रेकर्ड

खेलकुद, समाचार
अमेरिकामा नेपाली पार्कर खेलाडी दिनेश सुनारले १२औं गिनिज वर्ल्ड रेकर्डको प्रयास गरेका छन् । बाल्टिमोरको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो एवं फ्यामिलि मार्शल आर्टको परिसरमा सुनारले विश्व रेकर्ड प्रयास गरेका हुन् । एक मिनेटमा सबैभन्दा धेरै फुल ट्विस्टेड बटरफ्लाइ किक विधामा गरिएको प्रयत्न पार्कर खेलको फ्रि स्टाइल अन्तर्गत पर्दछ। सुनारले एक मिनेटमा २३ पटक गर्न सफल भएका छन् । अहिलेसम्म १५ पटककोमात्र रेकर्ड रहेको छ ।रेकर्डको आधिकारिकता लागि छिट्टै गिनिज वर्ल्ड रेकर्डमा पठाइने भएको छ । एभरेष्ट तेक्वान्दो स्कुलका संचालक तथा प्रशिक्षकहरु मास्टर कुमार कार्की र कल्पना कार्कीको अगुवाईमा कार्यक्रम भएको हो । प्रशिक्षकहरु राजु नगरकोटी, कृष्ण बलाल, राजु क्षेत्री, मेल्विन मोर्ते, उज्वल सिंह ठकुरी र नकुल शर्मा निर्णायक मण्डलमा रहेका थिए । नेपाल र अमेरिकाबीचको कुटनैतिक सम्बन्धको ७५ वर्षको उत्सव मनाइरहँद...
गणेशको गीतसङ्ग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन

गणेशको गीतसङ्ग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन

मनोरन्जन, समाचार
गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा राजधानीमा शनिबार एक विशेष कार्यक्रमबीच दुवै कृति एकसाथ विमोचन गरिएको हो । गीतकार सङ्घका अध्यक्ष शुभ मुकारुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि डा. कृष्णहरि बराल, विश्व वल्लभ दीपक जंगम, बुलु मुकारुङ, प्रमोद ढुङगाना, रमेश पौडेल लगायतले कृतिहरूको विमोचन गर्नुभएको थियो । गीतिएल्वम ‘रहरका फूलहरू’मा दीपक जङ्गमको एकल सङ्गीत रहेको छ । गीतकार सङ्घका उपाध्यक्ष वसन्त वित्यासी थापाले स्वागत मन्त्वय राख्नु भएको कार्यक्रममा रमेश पौडेल, बुलु मुकारुङ, दीपक जङ्गमले शुभकामना मन्त्वय राख्नुभएको थियो । उहाँहरूले स्रष्टा गणेशका कार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि यस्ता सिर्जनाले निरन्तरता पाउन भन्दै शुभकामना दिनुभएको थियो । स्रष्टा श्रेष्ठले धन्यवाद ज्ञापनसहित आफ...