आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

व्यवसायी कुवरलाई रिक्रियसन आन्टरपृनियर अवार्ड

व्यवसायी कुवरलाई रिक्रियसन आन्टरपृनियर अवार्ड

आर्थिक, समाचार
काठमाडौँ, दुबईमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’ अन्तर्गत नेपाली यूवा होटल तथा रेष्टुरेन्ट व्यवसायी श्रवण कुमार कुवरले रिक्रियसन आन्टरपृनियर अवार्ड हात पार्न सफल भएका छन । विगत तीन वर्ष देखि सिजन मिडिया प्रालिले प्रदान गर्दै अवार्डमा नेपालका कसवर सहित विभिन्न एशियन मुलुकका ३४ जनाले यस वर्षको प्रोफेसनल अवार्ड हात पार्न सफल भएका थिए । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’मा रिक्रियसन आन्टरपृनियर अवार्ड विधामा मनोरन्जन तथा रेष्टुरेष्ट व्यापारमा सफल युवा व्यवसायी कुवरले अवार्ड प्राप्त गर्न सफल भएका थिए । सिजन मिडियाको १४ औं स्थापना दिवसको अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर डा. रोबेट किट्टेल (अमेरीकी) पूर्व मन्त्री एकनाथ ढकाल साथै यूएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाक...
गीत लेखनमा रमाएका गीतकार मिश्र

गीत लेखनमा रमाएका गीतकार मिश्र

मनोरन्जन, समाचार
गीतकार कुमार मिश्र २०५५-५६ देखि कविता, नाटक रूवाई हुँदै गीत लेखन थालेका सृजनशिल कलमजिबी हुन ।२०५७ मा (शब्दको राइफल अक्षरका गोलि) नामक कविता बाट झापा जिल्ला साहित्य संघ बाट सम्मानित मिश्र गजल लेखन मा पनि उत्तिकै सकृय छन । उनका २०५७ -२०५९ सम्म हिमालय दर्पण, गर्खे पत्र र दार्जेलिँग क्रोनिकल बाट मासिक रुपमा गजल सङ्गै कविता र कथा छापिएका।२०६० सालमा इलामे साहित्य संघ द्वारा आयोजित गजल वाचन बाचनमा उनको शेष नागले लक्ष्मी बिष्णु किन डस्दैन गजलले सम्मान प्राप्त गरेको थियो । २०६४ साल देखि केहि रेकर्डिङ भएका गीतहरू बजारमा आउन थालेका मिश्रले २०७३ सालमा (सामिप्य) गजल एल्बम र २०७४ सालमा गीत गजल संग्रह (सम्बन्ध) नामक एकल एल्बम सार्बजनिक गरे ।फुटकर रेकर्डिङ गरि ५०-६० गीत गजल सार्बजनिक गरेका गीतकार कुमार मिश्रको रोल नम्बर ७६ र सौभाग्य एल्बम रिलिज हुने तयारीमा छन ।२०४० सालमा जन्मिएका मिश्रले हाइ स्कुल कालिम...
यात्रारत यात्रा

यात्रारत यात्रा

समाचार, समाज
एभरेष्टमेन विषय देखे पछि कथा उन्ने तथा दृष्यमा बदल्ने गर्छु। समाजमा धेरै किसिमका विषयहरु हुन्छन् तर मलाई हाम्रै समाजका व्यक्तिले भोगिरहेका हाम्रै समाज वास्तविक विषयको मात्र कथा उन्न र दृष्यमा बद्लने सोच आउछ । मैले कथा बुनेका र दृष्यमा रुपान्तरण गरेका विषय कुनै विषेश लिङ्ग, जाति, क्षेत्रसँग सम्बन्धित हुने गर्छन् । यस क्रममा नयाँ ठाउँ खोज्ने र त्यसलाई यात्रादृष्यमा बदल्ने गर्छु यसले मलाई परम खुशी तथा आनन्द मिल्छ। यसै सिलसिलामा सन् २०११ मा सगरमाथाको चुचुरोबाट नेपाल बैंक लिमिटेडको व्यवसायिक विज्ञापन बनाए वापत विश्व रेकर्ड पनि बन्यो । यो अवधिको भोगाई र बुझाईका कारण सगरमाथाको आरोहणलाई गौरवमय बनाउने शेर्पा त्यसभित्रका पनि कथामा नभनिएका, नबुनिएका तर सगरमाथाको गरिमामा ईटा थपिरहनेहरुको विषयले मलाई एभरेष्टमेन बनाउन प्रेरित गर्यो । एभरेष्टमेन हिमाल आरोहणमा असाधारण क्षमता भएका कामीरिता शेर्पाको...
जनतालाई झुक्याउने दिन गए

जनतालाई झुक्याउने दिन गए

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, अब राजनीतिक दलका नेताहरु सच्चिनु पर्छ । लोकतन्त्र बचाउने भनेको दलहरुले हो । दलहरु नमिले सम्म लोकतन्त्र बलियो हुदैन । लोकतन्त्र बलियो बनाउन पनि दलहरु मिल्नु पर्छ । आज देशमा राजनीतिक अबस्था त्यति राम्रो ढंगले चलेको छैन । जनता धेरै निराश अबस्थामा छन । राजनीतिक दलहरुले जनतालाई भ्रममा पारिरहेका छन । अब जनता सचेत हुनु पर्छ आज जनताको चेतनास्तरमा निकै वृद्धि भइसकेको छ । अहिलेका जनता मुलुक हाँक्ने भएका छन । अब हुने चुनाव मा जनताले आफै फैसला गर्छन । अब मतदाता सचेत हुनु पर्ने आबश्यकता देखिएको छ । अब जनतालाई सचेत र सजग बनाउनु पर्ने बेला आएको छ । राजनीतिक दलहरुले ले मुलुक बनाउने चिन्ता पटक्कै गरेनन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट पाठ सिकेर दलहरु अघि बढनु पर्छ । दल र तिनका नेताहरुले सधैँ नेपाली जनतालाई सोझो सम्झँदै आएका छन् । नेताहरूका भ्रष्ट प्रवृत्तिका बिरुद्ध ...
एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड ३४ जनालाई

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड ३४ जनालाई

मनोरन्जन, समाचार
दुवई-  तीन वर्ष देखि सिजन मिडिया प्रालिले अन्तराष्ट्रिय स्तरमा प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट नेपाल लगायत एसियन मुलुकका ११ जना गरी ३४ जनाले यस वर्षको प्रोफेसनल हात पार्न सफल भएका छन । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले दुबईको याक एन यति क्लबमा एक कार्यक्रमका बिच अवार्ड प्रदान गरेको हो । सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर डा. रोबेट किट्टेल ( अमेरीकी ) पूर्व मन्त्री एकनाथ ढकाल साथै यूएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाको हातबाट प्रदान गरेको सिजन मिडिया प्रालिका अध्यक्ष प्रदीप राज वन्तले जानकारी दिए । उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भारतिय नेता विजय जोली आउने निश्...
रोजिन शाक्यलाई दुवईमा एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

रोजिन शाक्यलाई दुवईमा एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

मनोरन्जन, समाचार
काठमाडौं । बडा दशैको शुभ अवसरमा दुबई आयोजना भएको एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा नेपालका फेसन कोरिायोग्राफर रोजिन शाक्यलाई आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड प्राप्त भएको हो । उक्त अवार्ड कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, बंगलादेश, युएई लगायतका मुलुकका विभिन्न क्षेत्रका विभिन्न व्यवसायिक व्यक्तिहरुलार्ई उनीहरुको आ आफ्नो क्षेत्रमा निरन्तरता, उपलब्धी र योगदानको उच्च मुल्यांकन एवं कदर गर्दै एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड विजेता रोजिन शाक्य झन्डै २५ वर्ष देखि फेसन र संचार क्षेत्रमा निरन्तर क्रियाशिल नाम हो । स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सौन्दर्य, मोडलिङ तथा फेसन कार्यक्रम गरी झन्डै चौध सय कार्यक्रमको कोरियोग्राफरको रुपमा अनुभव संगालिस...
राजनीतिमा नातावाद घुसे देश बन्न सक्दैन

राजनीतिमा नातावाद घुसे देश बन्न सक्दैन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । लामो समय देखि नै नातावादको राजनीतिले देशलाई गाँजेको छ । यसबाट देश अझै मुक्त हुन सकेको छैन । राजनीतिमा नातावाद घुसे पछि देश बन्न सक्दैन । राजनीति भनेको यस्तो पवित्र चिज हो, जहाँ निस्वार्थ रुपमा जनसेवा गरिन्छ । तर नेपालको राजनीतिमा भने त्यस्तो देखिएन । नेपालको राजनीतिमा समाजसेवाको नाममा ब्यापार भएको छ । नेताहरु राजनीतिको नाममा सबै कुरामा सम्पन्न भएका छन । जनताको बलमा यति ठूला ठूला परिवर्तन भए, परिवर्तनबाट नेता बने तर जनता जहाँको त्यही छन । राजनीति दल र तिनका नेताहरुले राजनीति नियुक्ति, चुनावका लागी टिकट आदी इत्यादीमा सबै भन्दा बढी प्राथमिकता नातावादलाई दिन्छन । परिवर्तनका लागी लडेका, पार्टीको लागी योगदान दिएका ती नेता कार्यकर्ताहरु ओझेल परेको जस्तो देखिन्छ । जो संग पैसा छ त्यो नै राजनीतिमा हावी भएको छ । लामो समय देखि यस्तो प्रवृत्ति देखिन्छ । सत्ता राज...
सुरेन्द्र श्रेष्ठको स्वरमा “बाली सिङ्गापुर सार्वजनिक (भिडियो)

सुरेन्द्र श्रेष्ठको स्वरमा “बाली सिङ्गापुर सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गृष्मा पौड्याल द्वारा रचित म्यूजिक भिडियो “बाली सिङ्गापुर” सार्वजनिक भएको छ। संगित र गायन सुरेन्द्र श्रेष्ठको रहेको यो गीत तारा सितारा प्रोडक्सनले तयार पारेको हो । https://youtu.be/GlKuNDJnugA आमेश भण्डारी र अनु पराजुलीको मुख्य अभिनय रहेको यो भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् भने युवराज खत्रीले एडिटिङ्ग गरेका हुन् । ...
नेपालकै अग्रणी व्युटि सलुन ‘फेसियल हाउस’ १५ वर्षमा प्रवेश

नेपालकै अग्रणी व्युटि सलुन ‘फेसियल हाउस’ १५ वर्षमा प्रवेश

समाचार, समाज
फेसियल हाउस १४ वर्ष पुरा भएर १५ वर्षमा प्रवेश गरिसकेको छ । यहाँ फुल फेमेली प्याकेजको सुविधा छ । फेसियल हाउस काठमाडौं उपत्यका लगायत देशभर भएका व्युटी सैलुनहरु मध्य उत्कृष्ट सैलुनमा पर्न सफल छ । नेपालको नम्वर वान ब्युटी सौन्दर्यको अवार्ड पाउन पनि फेसियल हाउस सफल छ । नेपालमा नै उत्कृष्ट ब्राण्ड बन्न सफल छ फेसियल हाउस । यसैक्रममा हामीले फेसियल हाउसका प्रवन्ध दिर्नेशक तथा बरिष्ठ सौन्दर्यविद सुष्मा महरासँग कुराकानी गरेका छौंः फेसियल हाउसको कसरी सेवा प्रदा गरिरहेको छ ? सानो बच्चादेखि लिएर वृद्धवृद्धासम्मका लागि प्याकेज हामीसँग छ । इन्फ्रा स्टक्चर पनि सोही अनुशार बनाएका छौं । बच्चालाई मनपर्ने खेलौनाको चेयर छन् । कपालको लागि सोही अनुशारको सेप्रेट रुममा पनि सर्भिस दिन्छौं । हजुर बुवा हजुर आमाको लागि पनि सोही अनुशारको प्याकेज छन्् । लेडिज तथा जेन्स ब्युटी पार्लर भन्न भन्दा पनि फुल फेमेली प्याकेजव...
कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न

कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न

समाचार, समाज
कोलकता । शिव कैलाश कला मन्दिरको प्रस्तुति कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । शिव कैलाश कला मन्दिर काठमाडौंका नारायण रिजालको संयोजन रहेका कलाकार हरूले आ-आफ्नो प्रस्तुति दिएका थिए । आयोजक गोरखनाथ सेवासमिती अघ्यक्ष केशव अधिकारी क्षेत्री, उपाध्यक्ष खेमराज बराल, व्यवस्थापक अरुण पान्डे, महासचिव नरविक्रम थापा, गोरखनाथ सेवा समिति मुल कमिटी सांस्कृतीक सम्योजक सुखदेव प्रधान, सचिव मोहन सिंहले संयोजन गर्नुभएको कार्यक्रममा दिलिप थापा डान्स एकेडेमीकोसमेत प्रस्तुति रहेको थियो । नारायण रिजालको संयोजनमा रहेका नेपालका कलाकारहरूमा रेनुका रिजाल, भरत पुटुवार, स्नेहा घिमिरे, युनिशा रिजाल, रोशन बुढाथोकी, शान्ता सत्याल, बिकास तामाङ, प्रतिज्ञा भण्डारी, राजकुमार सिंह तथा गायक सविन शंकर र गायिका सपना सुनारका साथमा सरु बुढाथोकी, बालकलाकार आस्तिक रिजाल र रिह्नान बुढाथोकीले प्रतुति दिनु...