आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

दुबईको समारोहमा नपुगेका विजेतालाई काठमाडौंमै  एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

दुबईको समारोहमा नपुगेका विजेतालाई काठमाडौंमै एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

मनोरन्जन, समाचार
काठमाडौं । गत सेप्टेम्बर २९ मा दुबईमा भएको ‘एसियन प्रोफेशनल अचिभमेन्ट अवार्ड–२०२२’ समाराेहमा उपस्थित हुन नसकेका विजेताहरूलाई अवार्ड वितरण गरिएको छ । सिजन मिडियाले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले यस वर्षको अवार्ड पाउन बाँकी विजेताहरूलाई अवार्ड वितरण गरे । जसमा उद्यमी प्रदीपकुमार श्रेष्ठलाई आइकोनिक इन्डस्ट्रियल अफ नेपाल अवार्ड प्रदान गरिएको छ । त्यसैगरी, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमन पोखरेललाई सीईओ अफ दि इयर अवार्ड दिइएको छ । स्कुल प्रिन्सिपल अफ दि इयर अवार्ड अक्षरा स्कुलका प्रिन्सिपल अन्जु भट्टराईलाई प्रदान गरिँदा भेट्रान स्पोर्ट पर्सनालिटी अवार्डबाट अशोककुमार श्रेष्ठलाई सम्मान गरिएको छ । स्पोर्ट लिडरसिप अवार्डतर्फ मनिस जोसी, युथ फेशन इन्टरप्रेनियर अवार्डका लागि कृष्णराज तिमिल्सिना, डिजिटल मार्केटिङ एक्सपबाट बमवहादुर ...
इन्दिराको लक्ष्मी मन्त्र सहितको ‘लक्ष्मी भजन'(भिडियो)

इन्दिराको लक्ष्मी मन्त्र सहितको ‘लक्ष्मी भजन'(भिडियो)

मनोरन्जन, समाचार
नेपालीहरुको दोश्रो महान चार्ड तिहार नजिकै आएको छ । तिहारलाई विशेष गरेर फूलमालाको पर्वको रुपमा पनि चिन्ने गरिन्छ । विशेष गरेर लक्ष्मीको पुजा तथा दिदीबहिनीको हातमा टिका ग्रहण साथै देउसी भैली खेल्नु तिहारका विशेषता हुन । तिहारमा झिलीमिली बत्ति बालेर लक्ष्मीको पूजा गरे लक्ष्मीको कृपा प्राप्त हुने किंबदन्दी चलिआएको छ । https://www.youtube.com/watch?v=hjr-QZ7QFQQ तिहारमा यस सम्बन्धी गीत सङ्गीतले पनि चर्चा पाउने गर्दछन् । यसै मेसोमा गायिका इन्दिरा भट्टराईले लक्ष्मी भजन श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । सागर अधिकारीको शब्द सङ्गीत रहेको उक्त भजन हर्ट अफ हिमालय म्युजिक एन्ड ट्रेजरले बजारमा ल्याएको हो । भजनको भिडियोमा आर्यन विमलीले छायाँकन छ भने सञ्चारकर्मी कमल फुयाँलको निर्देशन तथा सम्पादन छ । भिडियोमा ग्रेसियन सापकोटालाई लक्ष्मीको अवतारमा देखाउन खोजिएको छ । साथमा गणेश सापकोटा, सपना गिरी, ...
सौन्दर्य व्यवसायमा चम्केको नाम ‘सुष्मा महरा’

सौन्दर्य व्यवसायमा चम्केको नाम ‘सुष्मा महरा’

अन्र्तवार्ता, आर्थिक, समाचार
नेपालको व्युटी बिजनेशमा बीग व्युटी बिजनेश वुमनको रुपमा सुषमा महरालाई चिनिने गरेको छ । विगत २५ बर्षदेखि सौन्दर्य व्यवसायमा सुषमाको ठूलो योगदान रहेको छ । काठमाडौं मल स्थित चौथो तल्लामा स्थापित फेसियल हाउस लेडिज एण्ड जेन्टस् सैलुन संचालनमा ल्याएकी सुषमाले काठमाडौं मलको अलावा चावहिल, सीटीसी मल, पोखरामा ,सुरखेत र धनगडीमा समेत फेसियल हाउसको विस्तार गरेकी छन् । १ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदैं आएकी सुषमा आफैपनि अहोरात्र खट्ने मेहनती बरिष्ठ सौन्दर्यविज्ञ हुन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कोषाध्यक्ष, कर्पोरेट मिडिया ग्रुपका प्रवन्ध निर्देशक तथा व्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य समेत रहेका सुषमाले कुनैबेला कपडा व्यवसाय तथा बुटिक संचालन गरेकी थिइन् । यद्यपि, सौन्दर्य व्यवसायमा नै सुषमा जमेकी छन् । यसै व्यवसायवाट सुषमाले नाम, दाम, इज्जत र प्रतिष्ठा कमाउ...
मिस वल्र्ड २०२२ क्यारोलिना नेपाल आउने

मिस वल्र्ड २०२२ क्यारोलिना नेपाल आउने

मनोरन्जन, समाचार
लन्डन स्थित डोरचेस्टर होटलमा चार दिन सम्म चलेको सिसि फोरमको सम्मेलन भब्यरुपमा सप्पन्न भएको छ दिगो बिकासका लागि विस्वब्यापि लगानि गर्ने उदेश्यले आयोजना गरिएको सम्मेलन सिसि फोरम को ८ औ सस्करण अक्टोबर १७ देखि अक्टोबर २० सम्म चलेको थियो । उक्त सम्मेलनमा विस्वको थुप्रै देशबाट विभिन्न लगानिकर्ताहरुको उपस्थिति थियो उक्त सम्मेलनमा छिटैनै युरोप र यशियाका विभिन्न देशमा उडान सन्चालनमा ल्याउनको लागि तयारी गरिरहेको एरलाइन्स हिमालय जेटको निर्देशक दीपेन्द्र गुरुङको निमन्त्रणामा आएकि मिस वल्ड २०२२ को उपाधि जितेकि पोलाण्डकि २३ वर्षिया सुन्दरी क्यारोलिना बिलवस्काले आफु चाडैनै नेपाल आउने बताएकि हुन । नेपालको सुन्दरताको बारेमा धेरै नै सुनेको अनि हिमाल र गौतम बुद्ध को देशमा पुग्ने ठुलो रहर भएको बताएकि थिइन । उनको यो रहर लाइ नेपाल लगायत विभिन्न युरोप र यसियालि देशमा संचालन हुन लागेको हिमालय जेट ले पुरा ग...
रमेशको ‘झिलिमिली तिहारै आयो’ दर्शकको रोजाईमा(भिडियो)

रमेशको ‘झिलिमिली तिहारै आयो’ दर्शकको रोजाईमा(भिडियो)

मनोरन्जन, समाचार
बहु प्रतिभाशाली गायक रमेश पाठकको नयाँ तिहार गीत सबैको रोजाइमा पर्न सफल भएको छ। पाठककै शब्द, स्वोर र संगीत रहेको “झिलिमिली तिहारै आयो” बोलको गीत केहि दिन अघी मात्र सार्वजनिक भएको थियो ।पाठकको आफ्नै वेभ स्टुडियोमा रेकर्ड भएको यस गीतको संगीत सम्योजन रिकेश गुरुङको रहेको छ भने मिक्सिङ र मास्टरीङ नरेन्द्र बियोगिले गरेका हुन । त्यस्तै भिडियो तर्फ छायान्कन बिजय कार्कीको रहेको छ भने सम्पादन रोशन धितालले गरेका हुन । नेपालीहरुको माहन चाड दिपावली नजिकदै गर्दा अहिले पाठकको “झिलिमिली तिहारै आयो” बोलको गीत एफ एम, टेलिभिजनहरुमा अत्याधिक बजिरहेको छ । त्यस्तै पछिल्लो समयमा चर्चित मोबाईल एप TIKTOK मा पनि पाठकको यो गीत अत्याधिक रुचाईएको छ । हुन त गायक रमेश पाठकका तीज गीत, दशै गीत प्राय सबै चर्चित छन । नेपालीहरुको चाड पर्बमाहरुमा पाठककै गीत हरु धेरै बज्ने गर्दछन गायक पाठक सचेतना मुलक गीतमा पनि उत्तिकै अब्ब...
जनता प्रतिनिधि देश प्रति इमान्दार हुनुपर्छ

जनता प्रतिनिधि देश प्रति इमान्दार हुनुपर्छ

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, अहिले राजनीतिक दलहरू चुनावको बिषयलाई लिएर ब्यस्त छन । उनीहरु संग कुरा गर्ने फुर्सद नै छैन । आज देश भरी चुनावी प्रचार ब्यापक रुपमा बढी रहेको छ । मंसिर ४ गते चुनाव हँदै छ । निर्वाचनको चटारो सबै दलहरुलाई लागेको छ । अहिले सबै दलहरु चुनावमा नै केन्द्रित छन । जनताको मन जित्नेहरुका लागी यो चुनाव अवसर हो, जनतालाई धोका दिनेहरुका लागी यो चुनाव ठूलो चुनौती हो । दलहरु जनता प्रति त्यति गम्भिर भएको देखिएन् । यो ठूलो समस्या हो । देश र जनताको निम्ति राजनीति गर्छु भन्ने हरु नै बेइमान भए । यो नै समस्या हो । जनतामा बिहान बेलुकाको छाक टार्न धौं धौ परिरहेको अबस्था छ । अब मुलुक बनाउन सबै उठ्नु पर्छ । जनताका प्रतिनिधि देश प्रति इमान्दार हुनु पर्छ । जनताका प्रतिनिधि नै बेइमान भए भने देश बिग्रन्छ । आज सत्तारुढ राजनीतिक दलहरू आफ्नै बलबुतामा नभई एक अर्काको बुइ चढेर अघि बढन खोजिरहेका छ...
‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक(भिडियो)

‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
नेपाली तथा तामाङ भाषा चलचित्र एवं म्यूजिक भिडियोमा ख्याति कमाएका नायक तथा मोडल सागर घिसिङ र नायिका मिना लामाको फिचर्ड रहेको नयाँ गीत ‘तिम्रो साथ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो। प्रेमकथामा आधारित म्युजिक भिडियोमा नायक घिसिङ र नायिका लामाले  अभिनय गरेरका छन् । नगरकोटको रमणिय दृश्यहरु समेटेर छायांकन गरेको  ‘तिम्रो साथ’ बोलको गीतको लाई दुई दिन लगाएर छायाँकन गरिएको थियो । गीतमा गायक कविन्द्र तामाङ र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ। कविन्द्र तामाङको शब्द तथा संगीत रहेको उक्त गीतलाई कर्साङ लामाले मिक्सिङ मास्टरिङ गरेका हुन् । बिक्रम लामा मोक्तानको छायाँकन रहेको म्युजिक भिडियोलाई कोरियोग्राफर समेत रहेका अजय स्याङ्तानले निर्देशन गरेका हुन्। https://youtu.be/K5QY1hRzYd8 ...
धनगढीमा ‘फेसियल हाउस’को छैटौं शाखा

धनगढीमा ‘फेसियल हाउस’को छैटौं शाखा

आर्थिक, समाचार
काठमाडौं । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा संचालन गरेको छ । धनगढीको चौडामा आज एक कार्यक्रमका विच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प राज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । महराले सुदुरपश्चिममा शाखा विस्तार गरे सँगै पश्चिम हुँदै पुर्वतिर पनि सेवाग्राहीहरूले गुणस्तरीय सेवा खोज्न थालेपछी फेसियल हाउसको अन्य शाखा विस्तार गर्ने लागेको बताएकी छन् । सो कार्यक्रमका प्रमुख अतिथि रहेका कुँवरले आफ्नो मन्तव्य राख्दै भने आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यबाद दिएका छन् । काठमाडौंको काठमाडौं मल, चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा, सुर्खेतबा...
नेताहरुमा चरम अवसरवाद छ

नेताहरुमा चरम अवसरवाद छ

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल काठमाडौं ।  आमनिर्वाचन २०७९ को माहोल तातिसकेको छ । नेताहरु चुनावी प्रक्रियामा लागी सकेका छन । तर आमजनतामा निर्वाचनप्रति खासै उत्साह भएको देखिएन । कारण के हो त ? आम जनता यति बेला निराश भएको अबस्था देखिन्छ । राजनीति गर्ने नेताहरुले जनतामाथि बेइमान गरिरहेका छन । त्यो कारणले पनि जनतामा उत्साह देखिएन । जनतामा निराश आउनु भनेको खतराको संकेत हो । अब राजनीतिक दलहरु इमान्दार नबन्ने हो भने समस्या पककै आउँछ । आज हामीले देखिरहेका छौं , नेताहरुमा चरम अवसरवाद छ । नेताहरु भ्रष्टाचारमा चुर्लुम डुबेका छन । बेइमानको राजनीतिले मुलुकलाई अघि बढाउन सकिदैन । आज हामी देखिरहेका छौं, जनता किन निराश र वाक्क छन् ? लोकतन्त्रमा देश र जनता सम्पन्न हुनु पर्ने हो त्यो किन हुन सकेन ? कारण नेताहरु बेइमान भए अरु केही होइन । लोकतन्त्रको नाममा छाडातन्त्र चलेको छ । यसरी देश चल्दैन । जनताको ...
नारायणको निर्देशनमा ‘तिहारै आयो झिलीमिली’ (भिडियो)

नारायणको निर्देशनमा ‘तिहारै आयो झिलीमिली’ (भिडियो)

मनोरन्जन, समाचार
नेपालीहरूको महान् पर्व दशैँ विदाभएसँगै दोस्रो ठूलो चाड तिहार आउने तयारीमा छ । तिहार भन्दा वितिकै देउसी भैलोको चर्चा हुने गर्दछ । तिहारका गीत सङ्गीतको बेग्लै रौनक हुने गर्दछ । तिहारलाई लक्षित गर्दै नयाँ नयाँ गीत सार्वजनिक पनि हुन थालेका छन् । यही मेसोमा नारायण रिजालको निर्देशन र कोरियोग्राफिमा ‘तिहारै आयो झिलीमिली’ सार्वजनिक भएको छ । संजय तुमरुक र सब्बु केसी साथमा रवी केसीको स्वर, पदम साधना कुलुङको शब्द, विकास चौधरीको सङ्गीत सजय हमालको एरेञ्ज र शुशिल विक्रम शाहको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/J_C0YzXcUdo सार्वजनिक गीतको भिडियोमा नारायण रिजाल, रेनुका रिजाल, रोशन बुढाथोकी, अजय थापा, प्रतिज्ञा भण्डारी, युनिशा रिजाल, हरिवंश पन्त, सुदर्शन भट्टराई, सम्पूर्ण श्रेष्ठ, गणेश कार्की, देवी खड्कालगायत लाई फिचरिङ गरिएको छ । शिव कैलाश कला मन्दि...