आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

अस्मिताको स्वर तथा गीतकार ‘ममल’को ‘कहाँ राखु प्रिय’को भिडियो छायांकन सम्पन्न

अस्मिताको स्वर तथा गीतकार ‘ममल’को ‘कहाँ राखु प्रिय’को भिडियो छायांकन सम्पन्न

मनोरन्जन, समाचार
ललितपुर । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित गीत ‘कहाँ राखु प्रिय’ बोलको गीतको भिडियो छायांकन सम्पन्न भएको छ । गायिका अस्मिता अधिकारीको स्वरवद्ध गीतको म्यूजिक भिडियो प्रमोद निर्वाणको एरेन्ज तथा संगीत रहेको गीत ललितपुरको गोदावरी गार्डेनमा छायांकन गरिएको हो । गोदावरीका आकर्षक हरियाली र मनमोहक दृश्यहरु कैद गरिएको भिडियोलाई छायांकार ओम प्रसाईले छायाँकन गरेका थिए । लोकप्रिय कलाकार तथा निर्देशक गोपाल ढकाल छन्देको निर्देशनमा तयार हुन लागेको भिडियोलाई नृत्य निर्देशक सन्दिप भुजेलले कोरियोग्राफी गरेका थिए भने कलाकारहरुमा मोडल सोनितराज ढुंगेल, मोडल डा.सलिन भित्रकोटी र अनिल नगरकोटी रहेका छन । पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त छन्देले हांस्य कलाकारको रुपमा चर्चित छन । अभि श्रेष्ठ प्रडक्सन म्यानेजर रहेको टिममा सौन्दर्यविद मनिषा जिसी तथा सृष्टि थापा मगरको श्रृंगार तथा ड्रेस डिज...
वरिष्ठ मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘राष्ट्रिय सौन्दर्यकर्मी सम्मान’

वरिष्ठ मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई ‘राष्ट्रिय सौन्दर्यकर्मी सम्मान’

आर्थिक, समाचार, समाज
सेलिब्रेटी मेकअप आर्टिष्ट टेकराज पाण्डेलाई यस वर्षको राष्ट्रिय सौन्दर्यकर्मी सम्मानबाट सम्माति गरिएको छ । राज मेकअप स्टुडियोका प्रमुख तथा मेकअप आर्टिष्ट पाण्डेलाई राष्ट्रिय नाचघरमा सम्पन्न दोश्रो क्वालिटी ईन्टरटेनमेन्ट अवार्डमा उक्त सम्मान प्रदान गरिएको हो । राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड विजेता पाण्डेलाई सौन्दर्यकर्मीको रुपमा लामो समयदेखि योगदान दिए वापत सम्मान गरिएको आयोजकले जनाएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा विभिन्न ३९ विधामा अवार्ड प्रदान गर्दै कार्यक्रम सम्पन्न भएको हो । यस्तै सो समारोहमा यो वर्षको क्वालिटी इन्टरटेनमेन्ट चलचित्र तथा संगीत पत्रकारिता पुरस्कार २५ हजार एक रुपैयाँ सहित पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरियो । अढाई दशक भन्दा लामो समयदेखि क्षेत्री पत्रकारितामा सक्रिय छन् । प्रमुख अतिथि प्रथम उपराष्ट्रपति झा सहित आयोजक संस्था क्वालिट...
रामकृष्ण ढकालको स्वरमा गीतकार गोबिन्द कडेल आँसुको ‘ए माया गाजलु'(भिडियो)

रामकृष्ण ढकालको स्वरमा गीतकार गोबिन्द कडेल आँसुको ‘ए माया गाजलु'(भिडियो)

मनोरन्जन, समाचार
गीतकार गोबिन्द कडेल आँसुको नयाँ गीत ( ए माया गाजलु ) बोलको गीत बजारमा आएको छ । कथा , कवीता , खण्डकाव्य , गीत लेखन साथै उपन्यास सम्पादन गर्दै आउनु भयको आँसुले नेपाली साहित्य र सङ्गीतमा दुई दशक देखी कलम चलाउँदै आउँनु भएको छ । https://www.youtube.com/watch?v=yaTEpEQYcZQ अहिलेका चर्चित सङ्गीतकार दीपक शर्माको सङ्गीत वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको उक्त गीतमा नायक आकाश श्रेष्ठ र अनुशा अधिकारीको अभिनय रहेको छ भने निकेश खड्काले भिडियो डाइरेक्सन गर्नुभएकोछ । सुरज अधिकारी निर्माता रहनु भएको उक्त गीतमा विष्णु पौड्यालको समेत सपोट रहेको छ ।रामकृष्ण ढकाल अफिसिएल युटुबच्यानलमा गीत राखीएको छ । ...
विश्व कीर्तिमानी गितकार डा. उपाध्यायले गरे सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम

विश्व कीर्तिमानी गितकार डा. उपाध्यायले गरे सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम

मनोरन्जन, समाचार
गीत-सङ्गीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित १ सय १० विश्व रेकर्ड कायम गरिसकेका बहुआयामिक सर्जक डा. डी. आर. उपाध्यायले सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम गरेका छन् l आज राजधानीमा आयोजित एक समारोहमा डा. उपाध्यायद्वारा रचित एवं विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध २५ वटा फरक फरक गीतको मेलोडी ( धुन ) २५ जना सङ्गीतकर्मीहरुले एकै थलोमा क्रमैसँग पालैपालो किबोर्डमा बजाएका छन् l यस प्रकारको प्रस्तुति विश्वमै नौलो र पहिलो भएको कुरा गीतकार डा. उपाध्यायले जानकारी गराए l कार्यक्रम राष्ट्रवादी गीतकार एवं गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l समारोहमा सन्तोष श्रेष्ठले ‘सन्तानको शिर उठाउन’, सागर अधिकारी `शरद´ ले ‘तिलिचो ताल’, देवेन्द्र नेवा:ले ‘तिम्रो एक झल्को नपाउँदा’, सूर्य दयालुले ‘स्वर्थी छ दुनि...
विकासमा अब्बल निर्विकल्प नेता ‘सोमप्रसाद पाण्डे’

विकासमा अब्बल निर्विकल्प नेता ‘सोमप्रसाद पाण्डे’

राजनीति, समाचार
विकासप्रेमी नेताका रुपमा चिनिनुहुन्छ सोमप्रसाद पाण्डे । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि उहाँ पाल्पा क्षेत्र नं २ बाट एकीकृत समाजवादीका तर्फबाट काँग्रेस वाम गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । प्रजातान्त्रीक आन्दोलनसँगै राष्ट्रिय राजनीतिमा होमीनुभएका पाण्डे २०५१, २०५६, २०७० र २०७४ मा साँसदका रुपमा निर्वाचित व्यक्तित्व हुनुहुन्छ । विकास प्रेमी नेताका रुपमा छवी बनाइसक्नुभएका उहाँ पाल्पा २ मा निर्विकल्प व्यक्तित्व हुनुहुन्छ । जसको उपस्थिति विना सिंगो पाल्पाले एक्लो महशुष गर्ने गरेको छ । बिशेषगरी पाल्पाको विकासमा सोमप्रसाद पाण्डेको भूमिका महत्वपूर्ण मानिन्छ । सडक निर्माण, पुर्वाधारको विकास, विभिन्न गाउँमा खानेपानीको व्यबस्थापन, सौचालयको व्यबस्थापन, शिक्षाका लागि पूर्वाधारको निर्माण जस्ता कार्यले सोमप्रसाद पाण्डेलाई पाल्पाले विकासप्रमि नेताका रुपमा स्थापीत गरेको छ । अध...
गोरखा क्षेत्र नं. १ मा राजेन्द्र बजगाईंको पक्षमा जनलहर

गोरखा क्षेत्र नं. १ मा राजेन्द्र बजगाईंको पक्षमा जनलहर

राजनीति, समाचार
आगामी मंसिर ४ गते हुने आम निर्वाचनामा गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार भएका राजेन्द्र बजगाईंको पक्षमा जनलहर देखिएको छ । नेपाली कांग्रेसको तर्फबाट गठबन्धनका उम्मेदवार बजगाईं जनताका माझमा विकासप्रेमी र संकटका सारथीका रुपमा चिनिनुहुन्छ । लामो समय पर्यटन व्यवसायमा रहनुभएका बजगाईं कांग्रेसको महासमिति सदस्य समेत हुनुहुन्छ । गोरखाको उच्च हिमाली क्षेत्रमा मानवीय संकट पर्नासाथ अधिकांशले बजगाईलाई नै सम्झने गर्दछन् ।।उहाँले धेरैपटक गोरखामा बिरामी र दुर्घटनामा परेकाहरुको उद्धार गर्दै आउनुभएको छ । गोर्खाली युवालाई प्रत्यक्ष रोजगारीको लागि उहाँको भूमिका महत्वपूर्ण रहँदै आएको छ । विकास र समृद्धिका लागि अग्रसर उहाँ गोरखाको विकास तथा निर्माणका लागि एक पील्लरका रुपमा स्थापीत हुनुहुन्छ । गोरखाको भीमसेन गाउँपालिका मसेल वडा नं. स्थित सामान्य कृषक परिवारमा जन्मिनु भएका बजगाईं बाल्यकालदेखिन...
‘लगानीमैत्री वातावरणबाट आर्थिक समृद्धि आजको आवश्यकता’ -दुर्गा विक्रम थापा

‘लगानीमैत्री वातावरणबाट आर्थिक समृद्धि आजको आवश्यकता’ -दुर्गा विक्रम थापा

आर्थिक, समाचार
काठमाडौ । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले धमाधम नेता तथा कार्यकर्ताहरु सगँ भेटघाट तथा अन्र्तरक्रियामा व्यस्त छन । राष्ट्रिय स्वतन्त्र पार्टि काठमाडौ क्षेत्र नं ३ का प्रतिनिध सभा तर्फबाट उमेदवार दुर्गा विक्रम थापा तथा नेपाल पश्मिना उद्योग संघका पधातिकारीहरु विच बुधबार शुभकामना तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल पश्मिना उद्योग संघका निर्वतमान अध्यक्ष समेत रहेका थापालाइ संघका पधाधिकारीहरुले आगामि हुने प्रतिनिध सभा सदस्य निर्वाचनमा साथ सहयोग गर्ने प्रतिबधता समेत व्यक्त गरे । शुभकामना तथा भेटघाट कार्यक्रमलाइ सम्बोधन गदै दुर्गा विक्रम थापाले निर्यातमुखि उत्पादनमा जोड दिएका छन । देशमा उत्पादन भएका उत्पादकत्वलाइ विदेशमा निर्यात गरी आर्थिक समृदि तर्फ लाग्न पर्नेमा जोड दिएका छन । उनले देशमा हुने गरेका विकाश निर्माण का...
गठबन्धनको राजनीति,चुनावी घोषणा पत्र र निर्वाचन

गठबन्धनको राजनीति,चुनावी घोषणा पत्र र निर्वाचन

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । यति बेला देश भरी नै चुनावी माहोल तातेको छ । यसै सिलसिलामा बिभिन्न राजनीतिक दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन । घोषणा पत्रमा खासै नयाँ कुरा केही पाउन सकिदैन । हुन त घोषणा पत्र जारी गर्दैमा सबै कुरा पुरा हुन्छन भन्ने कुनै ग्यारेन्टी छैन । बिगतका पटक पटकका चुनावमा पनि चुनावी घोषणा पत्र जनताले पढेकै हुन । तर ती घोषणा पत्रमा लेखेका कुरा कार्यान्वयन भएको पाइदैन । जनतालाई सधै भ्रममा राखेर भोट बटुल्ने खेल राजनीतिक दलहरुले पटक पटक गरिरहेका छन । अब जनता पहिले जस्तो झुक्किने काम गर्नु हुदैन । बिबेक प्रयोग गरेर मात्र हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई जिताउने अभियानमा लाग्नु पर्छ । त्यसो भयो भने मात्र मुलुकको भविश्य बन्छ । खराव मान्छेलाई चुनावी माध्यममार्फत ठाउँका ठाउँ रोक्नु पर्छ । पुराना नेताहरुलाई पटक पटक हेरियो अब युवालाई हेर्न बाँकी छ । य...
बिबेकशिल साझाका भण्डारी नेकपा एमाले प्रबेश

बिबेकशिल साझाका भण्डारी नेकपा एमाले प्रबेश

राजनीति, समाचार
काठमाडौं । विबेकशिल साझा पार्टिका केन्द्रिय सदस्य गोपाल भण्डारीको नेतृत्वमा स्वतन्त्र ब्यक्तिहरु तथा विभिन्न पार्टी परित्याग गरि एउटा ठूलो समुह नेकपा एमाले प्रवेश गरेको छ। चुनावको मुखमा देशका विभिन्न ठाउँहरुमा गरि ७१ जना उनको नेतृत्वमा नेकपा एमाले प्रबेश गरेका हुन । बिबेकशिल साझा, नेकपा समाजबादि , नेकपा माओबादी केन्द्रका बिभिन्न कमिटीहरुमा रहि काम गरिरहेका तथा स्वतन्त्र ब्यक्तिहरुको प्रबेश भएको हो। नेकपा एमालेका अध्यक्ष के. पि. ओलिले पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा नव प्रबेशिलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पार्टीका महासचिव शंकर पोखरेल अब देश बनाउने कार्यमा क्षमतावान युवाहरु अघि सर्नुपर्ने र त्यसको केन्द्रको रुपमा प्रबेशको लहर आएको बताउनु भयो कार्यक्रममा नव प्रबेशिहरुको प्रतिनिधित्व गर्दै गोपाल भण्डारीले बैकल्पिक पार्टीहरुले भन्दै आएको बैकल्पिक राजनीति ...
विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको हो । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ११० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गर्नुभएको गीति कविता र फरक शैलीको सिर्जनालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने उद्देश्य रहेको बताउनुभयो । यसपटक उहाँले आफ्ना १५० ओटा गीत विश्वको नक्सा (ग्लोबल)मा सार्वजनिक गर्नुभएको हो भने फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको हो । उहाँले सार्वजनिक गरेका गीति कवितामा संसारभरका ११५ वटा सांगीतिक पत्रिकाको नाम समेटिएको, अन्तरिक्षमा पाइला टेकेका विश्वका अन्तरिक्ष या...