एएनपी मिडिया हाउसको आयोजनामा ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा सम्पन्न
तेश्रो संस्करणको ‘लिटिल स्टार नेपाल’ को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्यु, ‘गायन’ र ‘अभिनय’ समूहका मुख्य बिजेता घोषित भए ।
‘सिनियर डान्सतर्फ एन्जल देउला विजयी हुँदा स्विकार श्रेष्ठ फर्स्ट रनरअप, कृतिका खड्का सेकेन्ड रनर अप, सोफिया परियार थर्ड रनर अप, आर्या ब्यन्जनकार पब्लिक चोईस र आरएन सिंह मस्ट पपुलर अवार्ड विजेता घोषित भए। त्यसैगरी ‘जुनियर डान्सुतर्फ आर्या कुँवरले शिर्ष ताज पहिरिँदा परिधी कार्की फर्स्ट रनरअप, शहिन्सा चौधरी सेकेन्ड रनरअप, सुप्रेक्षा शाही थर्ड रनरअप, येस्मिन सापकोटा फोर्थ रनरअप, श्रीजिता चालिसे पब्लिक चोईस र बेबिका रोकयाले मस्ट पपुलर अवार्ड हात पारे।
प्रतियोगिताको ‘गायन’तर्फ दिव्या पाण्डेले शिर्ष उपाधी आफ्नो हातमा परिन। फर्स्ट रनरअप उमेश मगर, सेकेन्ड रनरअप निदुङ हाङ राई,पब्लि...








