आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

नेपाल–भारत बीचको सम्बन्ध अलौकिक

नेपाल–भारत बीचको सम्बन्ध अलौकिक

समाचार, समाज
नेपाल–भारत बीचको सम्बन्ध यो संसारकै सबै भन्दा अलौकिक र पुरानो सम्बन्ध हो । युगौयुगदेखिको सबैभन्दा मजबुत सम्बन्ध भनेको समाजिक, साँस्कृतिक, धार्मिक, भाषिक, रहन–सहन र बेटीरोटीको सम्बन्ध हो । यसलाई पटक पटक भनिरहनु पर्ने आवश्यकता नभए पनि वर्तमान समयमा सनातन बैदिक हिन्दु धर्मका भगवान पुरुषोत्म श्री रामको जन्मभूमि अयोध्यामा श्रीराम मन्दीर निर्माण कार्यको शुरुवात भएको र यस शुभ–कार्यमा हिन्दु धमावलम्बीहरुले भगवान् विष्णुको अवतारका रुपमा मानिने शिलावाट भगवान् रामको बालस्वरुपको मूर्ति बनाइने भएको तथा उक्त शिला नेपालको कालीगण्डकीवाट लगिएको हुनाले दुई देश बीचको सम्बन्धलाई पुनः नविकरण गरेको छ । त्रेतायुगमा माता जानकी र भगवान रामको विवाहले नेपाल–भारतबीचको सम्बन्धलाई प्रगाढ बनाएको थियो । छ करोड साल पुरानो शिला नेपालको कालीगण्डकीवाट ल्याइएको र जनकपुर हुँदै भारतको उत्तरप्रदेशको अयोध्या लैजाने व्रmममा...
रबिन्द्र आशिष ‘शैली’को ‘चिउरा भटमास’ सार्वजनिक (भिडियो)

रबिन्द्र आशिष ‘शैली’को ‘चिउरा भटमास’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गीतकार रबिन्द्र आशिष ‘शैली’को नयाँ गीत ‘चिउरा भटमास’ सार्वजनिक भएको छ । मुस्कान राई र सिर्जना तामाङको स्वर, राम कार्कीको संगीत एवं संगीत संयोजन रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो भकारी एमडिसीको बेष्टटोन म्युजिकको युट्युवमार्फत सार्वजनिक गरिएको हो । नयाँ एल्बमको तयारीमा रहनुभएको बताउनुहुने शैली यो गीत सो एल्बममा समावेश गर्ने बताउनुभयो । https://youtu.be/Sftdz_ogY04 शैलीका यसअघि ‘मायाले बोलाउँछ १ र २’ र ‘शैली’ जस्ता एल्वम श्रोता/दर्शकमाझ आएका छन भने गीति पुस्तक ‘शैली’ र गजलसंग्रह ‘माया महल’ सार्वजनिक भएका छन् । ...
‘कायस्थ समुदायलाई विश्व स्तरमा एकजुट र सशक्तिकरण गर्नेछौं’: डा.पूनम कर्ण

‘कायस्थ समुदायलाई विश्व स्तरमा एकजुट र सशक्तिकरण गर्नेछौं’: डा.पूनम कर्ण

समाचार, समाज
विश्व कायस्थ कन्फ्रेन्सको दोस्रो स्थापना दिवसको अवसरमा जीकेसी नेपालले विविध कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाउदै छ । यसै क्रममा जिकेसी नेपालले टेकुमा अवस्थित सतप्रयास महिला सेवा वृद्धाश्रममा आश्रित वृद्धाहरुको निशूल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निशूल्क औषधि वितरण गरेको थियो ।उक्त आश्रममा रहेका वृद्धाहरुका लागि आवश्यकता अनुसारको खाद्यवस्तु वितरण, छाला तथा स्वास्थ्य सामग्री वितरण गरी आफ्नो स्थापना दिवस मनाएको हो । सामाजिक कार्यमा लामो समयदेखि सक्रिय समाजसेवी डा.पूनम कर्णको अगुवाईमा भएको सो अभियानमा आश्रित परिवारलाई खाना समेत खुवाईएको थियो भने मानव सेवा पहिलो धर्म हो भन्ने उद्देश्यका साथ स्थापना भएको विश्व कायस्थ कन्फ्रेन्स(जिकेसी)को नेपाल च्याप्टरका अध्यक्ष डा.कर्णका अनुसार मानवताका लागि निशुल्क स्वास्थ्य सेवा भन्ने अभियानका साथ जिकेसी नेपालको दोश्रो स्थापना दिवसको अवसरमा पारेर वि...
श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव भब्य समारोहबीच सम्पन्न

श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव भब्य समारोहबीच सम्पन्न

समाचार, समाज
काठमाडौं । लाखौं साई प्रेमिहरूका आस्थाका प्रतीक श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव भब्य समारोहबीच सम्पन्न भएको छ । श्री संजय साइ बाबाको ३५औं सुभ जन्मोत्सव बिबिध मानव सेवाका सामाजिक कार्यक्रमहरू गर्दै सम्पन्न भएको हो । काठमाडौको सानो गौचरनमा निकै भब्य र दिब्य समारोहबीच सम्पन्न उक्त कार्यक्रममा हजारौं स्वदेशी तथा बिदेशी साइ भक्तहरूको उपस्थिति थियो । गत पुस २ गतेदेखि सुरु भएको ३५ दिने उक्त सुभ जन्मोत्सब कार्यक्रमहरुमा पुष १६ गते बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको थियो, कार्यक्रममा उल्लेख्य साइ भक्तहरूले रक्तदान गरेका थिए । यसैगरी जाडो र शितलहर लाई मध्यनजर गर्दै श्री संजय साइ सेवा अर्गनाइजेसनले चितवन, भैरहवा, रुपन्देही, सुनसरी, कटाहारी, बिराटनगर, पाल्पा, पर्सा, मकवानपुर, धादिङ, काठमाडौ , सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकलगायत जिल्लामा गरिब असाहाय र बिपन्न बर्गका परीवारहरूलाई लक्षित गरेर...
राजनीतिमा एउटा स्थिरता, अडान र सिद्धान्त हुनुपर्छ

राजनीतिमा एउटा स्थिरता, अडान र सिद्धान्त हुनुपर्छ

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, अब नेपालको राजनीति सहि ढंगले चल्नु पर्छ । हिजो जसरी चल्यो त्यसरी हुदैन । मुलुक परिबर्तनशिल छ । परिवर्तन संगै जनताका आकाँक्षा पनि बढेका हुन्छन । अब सबै भन्दा पहिला राजनीतिक दल र तिनका नेताहरु सुर्धन आबश्यक देखियो । नेताहरुमा सुधार आयो भने पक्कै देश बन्छ । आज देशमा नेताहरु प्रति कार्यकर्ताको विश्वास छैन। कारण के हो भने नेताहरुले मुलुक प्रति खासै राम्रो काम गरेर देखाउन सकेनन् । नेताहरुले जनताको मन जित्न सक्नु पर्छ । त्यसो भयो भने मात्र मुलुकको भबिश्य बन्छ । आज देशमा विश्वासको संकट छ । सबै राजनीतिक दलका कार्यकर्ताहरु त्यति सन्तुष्टि छैनन् । नेताहरुले आफना आसेपासे मात्र हेरे कार्यकर्ता हेरेनन् । यो कुरा त सत्य हो नी । राजनीतिका कारण हरेक कुरा बिग्रदै गएको छ । राजनीति सही बाटोमा जानु पर्छ भन्ने हाम्रो कुरा हो । राजनीतिक बाटो सहि भयो भने मात्र सबै कुरा सहि बाटोमा आउँछ । ...
जनतामा पलाएको आशा मर्न दिनु हुदैन

जनतामा पलाएको आशा मर्न दिनु हुदैन

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, नयाँ सरकार बनेसँगै केही थोरै भए पनि जनतामा आशा पलाएको छ । जनतामा पलाएको आशा मर्न दिनु हुदैन । यो सरकारको दायित्व र कर्तव्य दुबै हो । जनतामा निराशा छायो भने देशमा समस्या उत्पन्न हुन सक्छ । त्यसो भएकोले सरकारले समयमै देश र जनताकोे पक्षमा काम गरेर देखाउनु पर्छ । जनताआशावादी हुनु भनेको राम्रो संकेत हो । नयाँ सरकार सामु अबसर संगै चुनौति पनि छन । बर्तमान प्रचण्ड सरकारले चुनौतिलाई पार गदैं राम्रो काम गरेर देखाउनु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति चिन्तित बन्नु पर्ने बेला आएको छ । राजनीतिक दल र तिनका नेताहरु इमान्दार नबन्दा सम्म देश बन्न सक्दैन । सबै भन्दा ठूलो कुरा इमान्दारीता हो । देश बनाउने भनेको इमान्दार र दुरदर्शी नेताले हो । राजनीतिमा दुरदर्शीता चाहिन्छ ।अहिले सम्म दलका हर्ताकर्ताहरुले आफनो स्वार्थ बाहेक अरु केही हेरेनन् । त्यसले ...
भावना कँडेलको “फेक स्माइल” सार्वजनिक

भावना कँडेलको “फेक स्माइल” सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । भावना कँडेलले लेखेको उपन्यास “फेक स्माइल” आजबाट बजारमा आएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरियो । यो उनको पहिलो उपन्यास हो । उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको छ । कलिलै उमेरमा व्यवसायिक सफलताको स्वाद चाख्दै गरेकी २४ वर्षीया भावना कँडेले लकडाउनको फुर्सदमा किताव लेखेको सुनाइन । फेक स्माइल उपन्यास रहर मात्र नभएर लेखन यात्रामा निरन्तरताको शुभारम्भ भएको बताइन । विमोचन कार्यक्रममा पुगेकी नायिका रिमा विश्वकर्मा कलिलो उमेरमै पुस्तक लेख्ने भावना कँडेलबाट आँफु प्रभावित भएको बताइन । लेख्ने रहर भए पनि सामाजिक सञ्जालमा पोष्टबाहेक केही लेख्न नसकेको भन्दै उनले अब चाँडै पुस्तक लेख्ने सार्वजनिक गरिन । कार्यक्रममा पुस्तक समिक्षा गर्दै लेखक तथा समालोचक महेश क्षितिज कार्कीले फेक स्माइलले युवा पिँढीको मन जित्ने बताए । समिक्षाकै क्रममा लेखक क्रान्ति पराजुलीले उपन्यास...
साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५०० विद्यार्थीलाई निःशुल्क पोशाक वितरण

साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका ५०० विद्यार्थीलाई निःशुल्क पोशाक वितरण

शिक्षा, समाचार
साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीका विद्यार्थीहरुलाई पोशाक वितरण  गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको विद्यालयमा आयोजित कार्यक्रममा ५०० विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष निम्तो नवाङ्ग शेर्पा र संस्थापक निमा शेर्पाको प्रायोजनमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हाे । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिसिङले शिक्षाको उज्यालो सबैभन्दा महत्वपूर्ण रहेको बताउदै शिक्षाको उज्यालो छर्ने अभियानमा रहेको साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीलाई धन्यवाद समेत दिएका थिए। कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक निमा शेर्पाले उज्यालो नेपाल बनाउने कार्यकारी निर्देशकलाई धन्यवाद दिदै आफुले धेरै पैसा भएर वा अभिभावकहरुले नसकेर ...
“मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३”का लागि आवेदन खुल्ला

“मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३”का लागि आवेदन खुल्ला

मनोरन्जन, समाचार
बिगत ८ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२३ को छनौट प्रक्रियाको लागि पहिलो अडिसन माघ १४ गते नयां बानेश्वर स्थित होटेल रानी महल मा हुने भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुल’को पहिलो अडिसन हुन लागेको हो । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु निर्णायक मण्डल रहने छनौट प्रक्रियामा विवाहित तथा अविवाहित प्रतिस्पर्धि छनौट गरिने छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने जानकारी आयोजक तथा बरिष्ठ मेक अप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए। प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २५ दिनको ...
संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा बृहत् सम्मान अर्पण

संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा बृहत् सम्मान अर्पण

समाचार, समाज
लाखौं साई भक्तहरूको आस्थाको केन्द्र श्री संजय साई बाबाको ३५औं जन्मोत्सवको पावन अवसरमा श्री सत्य साई सेवा अर्गनाइजेसनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा लामो समयदेखि योगदान पुर्‍याउनुभएका विशिष्ट व्यतित्वलाई श्री सत्य साई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरूमा वरिष्ठ कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, शिवसुन्दर श्रेष्ठ, मिथिला शर्मा बोहोरा, पूर्जा शर्मा, सितार बादक शुसान थापा, शुसिल अमात्य, गायक सत्यराज आचार्य, स्वरूप राज आचार्य रहनुभएको छ । यस्तै सो समारोहमा प्रोफेसर यशोधा पन्त, प्रोफेसर कान्ता भट्टराई, डा.माधव मंगल जोशी, प्रो.डा.धनबहादुर कुँवर, डा.भोला रिजाल, डा.गुनबहादुर थापा, श्यामसुन्दर धवडेल, भद्राकुमारी घले, अस्मिता भण्डारी रहनुभएको छ । श्री संजय साई बाबाको ३५औं जन्मोत्सव को अवसरमा सत्य साई सेवा अर्गनाइजेसनले यही पुस २ गतेदेखि बृहत् ३५...