शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

समाचार

सरकारद्वारा लुम्बिनी क्षेत्रमा सञ्चालित विद्युतीय बस भारतमै बनेको पुष्टि

सरकारद्वारा लुम्बिनी क्षेत्रमा सञ्चालित विद्युतीय बस भारतमै बनेको पुष्टि

आर्थिक, समाचार
काठमाडौं— फागुन १३। सरकारले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न खरिद गरेका विद्युतीय बसको भन्सार जाँचपासमा आयात गरिएको मुलुक भारत नै रहेको भैरहवा भन्सारबाट खुल्न आएको छ । सरकारले लुम्बिनी क्षेत्रमा सञ्चालन गर्न खरिद गरेका विद्युतीय बस (माथि) र भैरहवास्थित भन्सार कार्यालयमा आपूर्तिकर्ता कम्पनी साइमेक्स इंकले बुझाएको प्रज्ञापनपत्र । जसमा ५ वटै विद्युतीय बसको कन्ट्री अफ ओरिजिन भारत उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि आयातकर्ता कम्पनी साइमेक्स इंकले सम्झौता गरेका १६ विद्युतीय सवारी साधनमध्ये पहिलो चरणमा ल्याइएका पाँच बसको ‘कन्ट्री अफ ओरिजिन’ भारत नै रहेको पत्ता लागेको हो । उच्च स्रोतले उपलब्ध गराएका कागजातमा काठमाडौंमा दर्ता भएको नेपाली आपूर्तिकर्ता साइमेक्स इंकले पहिलो चरणमा भित्र्याएका ती बस भारतबाट ल्याइएको प्रज्ञापनपत्रमा उल्लेख गरेको छ । यस परियोजनाका ला...
राजतन्त्र र हिन्दुराष्ट्रकोअन्त्यपछि के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा

राजतन्त्र र हिन्दुराष्ट्रकोअन्त्यपछि के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा

राजनीति, समाचार
काठमाडौं— फागुन १३। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समीक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका हुन् । ‘यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समीक्षा गरौँ । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ? राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको बिउ कहाँबाट र किन आयो ?’ थापाले प्रश्न गरे । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको दाबी गरे । थ...
काठमाडौं मलका व्यवसायी कर्मचारी सञ्चय कोषको निर्णयविरुद्धआन्दोलित, पसल हटाउने निर्णय मान्य नहुने

काठमाडौं मलका व्यवसायी कर्मचारी सञ्चय कोषको निर्णयविरुद्धआन्दोलित, पसल हटाउने निर्णय मान्य नहुने

समाचार, समाज
काठमाडौं— फागुन १३। काठमाडौं मल खाली गराउने कर्मचारी सञ्चय कोषको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन थाल्ने भएका छन् । ठेक्कामा सम्झौता तोडिएपछि कोषले मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्न व्यवसायीलाई पसल हटाउन निर्देशन दिएको छ । तर, मलका व्यवसायी कोषको निर्णय गैर कानूनी भन्दै त्यसलाई नमान्ने बताउँछन् । त्यहाँका व्यवसायीहरुको छाता संगठन ‘द काठमाडौं मल व्यापार संघ’ले भोलि मंगलबार पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । मलमा १४ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई कोषले एक्कासी हटाउन नपाउने संघकी अध्यक्ष सुष्मा महराले बताइन् । ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ । लाखौं लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई कोषले सडकमा ल्याउन खोजेको उनको आरोप छ । ‘टेण्डरबाट छानिएको ठेकदारसँग बीचमै ठेक्का तोडिन्छ, मलको आयभन्दा बढी ...
उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्री फेल्टरबीच भेटवार्ता

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्री फेल्टरबीच भेटवार्ता

राजनीति, समाचार
काठमाडौं— फागुन १३। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले साेमबार शिष्टाचार भेट गरेका छन् । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा राज्यमन्त्री जोसेफ फेल्टरबीच सोमबार सिंहदरबारमा भएको शिष्टाचार भेटबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै मन्त्री पोखरेल । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग जुटाउने भन्ने विषयमा छलफल भएको हो । भेटमा उपप्रधामन्त्री पोखरेलले नेपालको नयाँ बन्ने राष्ट्रिय सुरक्षा नीति, सुरक्षा निकायलाई व्यवस्थित र सुदृढ गर्ने सोचका बारेमा जानकारी गराएपछि राज्यमन्त्री फेल्टरले सहयोगको निरन्तरता हुने उल्लेख गरे । उपप्रधामन्त्री पोखरेलले अप्ठ्यारो ...
ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट फिल्म, पहिलोपटकको मनोनयनमा नै रमी र ओलिभिया सर्वोत्कृष्ट अभिनेता/अभिनेत्री चयन

ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट फिल्म, पहिलोपटकको मनोनयनमा नै रमी र ओलिभिया सर्वोत्कृष्ट अभिनेता/अभिनेत्री चयन

मनोरन्जन, समाचार
काठमाडौं— फागुन १३। यसपटकको सर्वोत्कृष्ट फिल्मको ओस्कर अवार्ड 'ग्रीन बुक'ले प्राप्त गरेको छ । प्राय सबैको अनुमान विपरित यो वर्षको अवार्ड ग्रीन बुकले हात पार्न सफल भएको हो । अस्वेत व्यक्तिको स्वेत ड्राइभरको कथामा आधारित फिल्मलाई समीक्षकहरुको खासै नरुचाएको बताइएको थियो । यस्तै अल्फोन्सो क्युरोनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन्। 'रोमा' नामक अर्ध-आत्मवृतान्तमा आधारित फिल्मका लागि उनले उक्त अवार्ड प्राप्त गरेका हुन्। उनको यो दोस्रो ओस्कार हो। उनले २०१४ मा पनि ग्य्राभिटी फिल्मका लागि ओस्कार जितेका थिए। पहिलो पटक ओस्कारका लागि मनोनयनमा परेकी अभिनेत्री ओलिभिया कोलमनले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। उनको 'द फेवरेट'का लागि यो सम्मान प्राप्त गरेकी हुन्। यस्तै सर्वोत्कृष्ट अभिनेता तर्फ पनि पहिलोपटक ओस्कार मनोनयनमा परेका अभिनेता रमी मालेकले सम्मान हात पारे। उ...
दीपक बज्राचार्यको “मन मगन” यात्रा भक्तपुरको सल्लाघारीमा भव्य रुपमा सम्पन्न

दीपक बज्राचार्यको “मन मगन” यात्रा भक्तपुरको सल्लाघारीमा भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं— फागुन १३। ‘मन मगन…’ गीतको लोकप्रियता शनिवार भक्तपुरको सल्लाघारीमा देखिएको छ । मन मगन भक्तपुर–२०७५ शीर्षकको लाइभ कन्सर्टमा गायक दीपक बज्रँचार्य तथा उनको सांगीतिक समुह रिदमले उपस्थित दर्शकहरुलाई नचाउन सफल भएको छ । रशलाइट मिडियाले आयोजना गरेको उक्त कार्यक्रममा गायक बज्रँचार्यले मन मगनसहित आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए । करिव साढे दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार बज्राचार्यले कार्यक्रममा काली काली हिस्सी परेकी, मायाको डोरीले, ओ अमिरा, प्रीये, मन मगनसहितका गीतहरु प्रस्तुत गरेका थिए । मन मगन…गायक बज्रँचार्यको पछिल्लो लोकप्रिय गीत हो । मन मगन गीत तथा यसको म्युजिक भिडियो नेपालमात्र होइन, विदेशसम्म पनि उत्तिकै लोकप्रिय छ । उक्त गीतमा बजाइएका परम्परागत बाजा तथा भिडियोमा प्रस्तुत गरिएको परम्परागत कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमै र...
एकैदिनमा जथाभावी हर्न बजाउने १७१ चालकलाई कार्वाही

एकैदिनमा जथाभावी हर्न बजाउने १७१ चालकलाई कार्वाही

अपराध, समाचार, समाज
काठमाडौं— फागुन १३। ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरानाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए । ‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपर...
म्यान्चेस्टर सिटीले जित्यो सिजनकै पहिलो उपाधि, चेल्सी टाई ब्रेकरमा पराजित

म्यान्चेस्टर सिटीले जित्यो सिजनकै पहिलो उपाधि, चेल्सी टाई ब्रेकरमा पराजित

खेलकुद, समाचार
काठमाडौं— फागुन १३। चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर सिटीले यस वर्षको कारावाओ कप अर्थात लिग कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउदै म्यानचेष्टर सिटीले सिजनको पहिलो उपाधि आफ्नो नाममा पारेको हो । निर्धारित र अतिरिक्त समयको खेल समेत गोलरहित बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको थियो । जसमा म्यानचेष्टर सिटी ४–३ ले विजयी हुन सफल रह्यो । चेल्सीका जोर्जिन्होको प्रहार सिटी गोलकिपर एडरसनले रोकेका थिए भने डेविड लुईजको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । सिटीले लिग कपको उपाधि जितेको यो भने छैटौं पटक हो ।...
भारतका प्रधानमन्त्री मोदीले कसको खुट्टा धोए ?

भारतका प्रधानमन्त्री मोदीले कसको खुट्टा धोए ?

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— फागुन १३। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाँचजनाको खुट्टा धोएका छन् । सामान्य नागरिकको खुट्टा प्रधानमन्त्री मोदीले धोएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले प्रतिक्रियासमेत जनाएका छन् । आइतबार उत्तर प्रदेशको प्रयागराजमा मोदीले पाँच सफाइकर्मीको खुट्टा धोएका हुन् । पाँचैजनालाई कुर्सीमा राखेर आफू होचो आसनमा बसेर उनले उनीहरुको खुट्टा पालैपालो धोएका हुन् । कुम्भ मेलामा उनीहरुले निर्वाह गरेको विशेष योगदानलाई मध्यनजर गर्दै मोदीले उनीहरुको खुट्टा धोएका हुन् । भारतका प्रधानमन्त्रीले यसरी सर्वसाधारणको खुट्टा धोएको पहिलोपटक भएको भारतीय सञ्चारमाध्यमको दावी छ । सफाइकर्मीहरुको खुट्टा धुनु आफ्नो जीवनको अविस्मरणीय पल रहेको मोदीले बताए । ‘उहाँहरुको आशिर्वाद, स्नेह, तपाईहरु सबैको आशिर्वाद, तपाईहरु सबैको स्नेह ममाथि यसैगरी रहिरहोस्,’ मोदीले भने । कतिपयले मोद...
ट्राफिक प्रहरीलाई  जेसिआई काठ्माण्डौ लेडी नेपालको फोटोग्राफी  तालिम

ट्राफिक प्रहरीलाई जेसिआई काठ्माण्डौ लेडी नेपालको फोटोग्राफी तालिम

समाचार, समाज
जेसिआई काठ्माण्डौ लेडी नेपालले आयोजना गरेको ट्राफिक प्रहरीहरूलाई लक्षित मोबाइल क्यामरा केन्द्रित फोटोग्राफी सम्बन्धित तालिम सम्पन्न भएको छ । सडक दुर्घटना स्थलमा कुनै दुर्घटना घटेमा पिडितले न्याय पाउन सकुन र कुनै निर्दोष व्यक्ति पिडित हुन नपरोस भन्ने उदेश्यका साथ ३ दिने फोटोग्राफी तालिमको आयोजना गरिएको थियो । क्यामराको किसिम , कार्य , मोड तथा चलाउने तरिका , दुर्घटना स्थलमा कुन तरिकाले तस्विर खिच्दा स्पस्ट देखिने , राति को समयमा कसरी मोबाइल क्यामरा प्रयोग गर्ने तरिका लगायतका तालिम प्रदान गरिएको थियो । फोटोग्राफर कमल प्रजापति तथा प्रबिण टक्की कार्कीले ट्राफिक प्रहरीलाई ३ दिने क्यामरा सम्बन्धि विविध प्रसिक्षण दिएका थिए । भने कार्यक्रम समापनका अवसरमा आयोजित कार्यक्रममा बरिष्ठ फोटोग्राफर राजभाइ सुवालले प्रसिक्षार्थीहरुलाई दुर्घटना श्रीजीत गरेर बाटोमा प्रयोगात्मक कक्षा संचालन तथा अभ्यास ग...